Nepal Insurance Authority, Karnali Province Office

Nepal Insurance Authority, Karnali Province Office

Share

बीमा क्षेत्रको नियमनकारी निकाय The Authority is entrusted with the objective to ensure a fair, competitive, reliable and credible insurance service in Nepal.

Nepal Insurance Authority is the sole Regulatory Agency established to systematize, regularize, inspect and supervise insurance business in Nepal. It is an autonomous institution, established as per section 3 of the Insurance Act, 2079 BS, having a legal personality with perpetual succession. Similarly, the Authority is also responsible for the regulation of insurance business effectively to prote

Photos from Nepal Insurance Authority, Karnali Province Office's post 22/05/2026

नेपाल बीमा प्राधिकरण कर्णाली प्रदेश कार्यालयद्वारा सिमान्तकृत महिलाहरूका लागि महिला संस्था (WAM), सुर्खेतसँग समन्वय गरी महिलाहरूसँग बीमा सम्बन्धी छलफल तथा अन्तरक्रिया कार्यक्रम सम्पन्न गरिएको छ । कार्यक्रम नेपाल बीमा प्राधिकरण, कर्णाली प्रदेश कार्यालयका कार्यलय प्रमुख निलप्रसाद लामिछानेको अध्यक्षतामा सम्पन्न भएको थियो । उक्त कार्यक्रममा WAM का अध्यक्ष देवी पौडेल, WAM का कार्यक्रम संयोजक हिक्मत नेपाली, WAM का अन्य कर्मचारीहरू सहित विभिन्न महिला संस्थाका सदस्यहरू गरी करीब ५५ जनाको सहभागिता रहेको थियो ।
उक्त कार्यक्रममा नेपाल बीमा प्राधिकरणका सहायक निर्देशक विपना पन्थीले नेपाल बीमा प्राधिकरणको परिचय, प्राधिकरणको काम कर्तव्य र अधिकार, बीमाको परिचय र महत्व, बीमाका प्रकारहरू, बीमाका सिद्धान्तहरू, नेपालको वित्तिय प्रणालीमा बीमाको महत्व लगायतका विषयहरू समेटेर कार्यपत्र प्रस्तुत गर्नुभएको थियो । छलफल तथा अन्तरक्रिया कार्यक्रममा सहभागीहरुले घर बीमा, जीवन बीमा, कृषि बीमासँग सम्बन्धित जिज्ञासाहरु राख्नुभएको थियो । कार्यक्रममा शुभकामना मन्तव्य दिदै WAM का अध्यक्ष देवी पौडलले बीमा सम्बन्धी कार्यक्रम धेरै महत्वपूर्ण भएकोले सहकार्यको लागि प्राधिकरणलाई धन्यवाद दिदै आउने दिनहरूमा पनि सहकार्यको लागि आफ्नो संस्था र आफु सधै तयार रहेको बताउनुभएको थियो ।
छलफल तथा अन्तरक्रियामा उठेका प्रश्न तथा जिज्ञासाहरुको सम्बोधन गर्दै नेपाल बीमा प्राधिकरण कर्णाली प्रदेश कार्यालय प्रमुख निलप्रसाद लामिछानेले कृषि बीमा, घर बीमा गर्दा ध्यानदिनुपर्ने कुराहरू, बीमालेख खरिद गर्दा अपनाउनुपर्ने कुराहरूको साथै दाबी भुक्तानीको सम्बन्धमा कुनै गुनासो भए प्राधिकरणमा निवेदन दिन सकिने कुरालाई पनि सहभागीहरू समक्ष प्रष्ट पार्दै उहाँले दुर-दराजसम्म बीमा सम्बन्धी सचेतना अभिवृद्धिका लागि महिलाहरूको भूमिका निकै महत्त्वपूर्ण हुने बताउनुभएको थियो ।

Photos from Nepal Insurance Authority, Karnali Province Office's post 15/05/2026

"रक्तदान जीवन दान"

५८औ बार्षिक उत्सवको अवसरमा प्राधिकरणको कर्णली प्रदेशले आयोजना गरेको बृहत रक्तदान कार्यक्रममा सुर्खेत स्थित बीमकका कर्मचारी तथा मध्यस्थकर्ताहरूको उल्लेखनिय सहभागिताका साथ सफलतापुर्वक सम्पन्न भयो ।

Photos from Nepal Insurance Authority, Karnali Province Office's post 15/05/2026

प्राधिकरणको ५८औ बार्षिकोत्सवको अबसरमा कर्णाली प्रदेश कार्यालयबाट आयोजित प्रभात फेरी कार्यक्रम

Photos from Nepal Insurance Authority, Karnali Province Office's post 15/05/2026

नेपाल बीमा प्राधिकरणको ५८औ बार्षिकोत्सवको अवसरमा कर्णाली प्रदेश सरकारका माननीय मूख्यमन्त्रीको प्रमुख आतित्थ्यता तथा मूख्यमन्त्री तथा मन्त्रीपरिषदको कार्यालयका सचिवज्यूको विशेष आतित्थ्यतामा प्राधिकरण कर्णाली प्रदेश कार्यालयद्वारा आयोजित शुभकामना आदानप्रदान कार्यक्रमका केहि झलकहरू

Photos from Nepal Insurance Authority, Karnali Province Office's post 13/05/2026

नेपाल बीमा प्राधिकरणको ५८औँ वार्षिकोत्सवको अवसरमा सार्वजनिक यातायातमा बीमा सचेतनामूलक सन्देशसहितको स्टीकर टाँस गर्ने कार्यक्रम, २०८३/०१/३०, वीरेन्द्रनगर, सुर्खेत।

13/05/2026

नेपाल बीमा प्राधिकरण, कर्णाली प्रदेश कार्यालयद्वारा आयोजित प्रदेशस्तरीय निबन्ध प्रतियोगिताको नतिजा प्रकाशित गरिएको जानकारी गराइन्छ।

प्रतियोगितामा उत्कृष्ट स्थान हासिल गर्नुहुने सम्पूर्ण विजेताहरूलाई हार्दिक बधाई तथा सहभागी सबैप्रति धन्यवाद व्यक्त गर्दछौँ।

09/05/2026

नेपाल बीमा प्राधिकरणको ५८औं वार्षिक उत्सवको अवसरमा कर्णाली प्रदेशमा आयोजना हुने अन्तर बीमक ब्याडमिन्टन प्रतियोगितामा उत्साहपूर्वक सहभागिताका लागि हार्दिक अनुरोध छ।

22/04/2026

नेपाल बीमा प्राधिकरण कर्णाली प्रदेश कार्यालय द्वारा सुर्खेतस्थित बीमकका बजारीकरण कर्मचारीहरूसँग बीमासँग सम्बन्धित छलफल तथा अन्तरक्रिया कार्यक्रम सम्पन्न भयो । कार्यक्रममा सहभागीहरूले सानो बजारमा उच्च व्यवसायिक लक्ष्यका कारण पर्ने चुनौती, साथै अन्डरराइटिङ र दाबीसम्बन्धी ज्ञान नहुदा पर्ने गरेको असहजता जस्ता विभिन्न विषयहरू उठाउनुभयो। अन्डरराईटिङ र दाबी सम्बन्धी तालिम बजारिकरणका कर्मचारीलाई समेत उत्तिकै आवश्यक रहेको भन्ने सम्पूर्ण सहभागीहरूको साझा भनाई रहेको थियो । छलफलका बिषयलाई सम्बोधन गर्दै प्राधिकरणको तर्फबाट नेपाल बीमा प्राधिकरण कर्णाली प्रदेश कार्यालय प्रमुख निल प्रसाद लामिछानेज्यूले कम्पनीबाट वास्तविक रूपमा नै पिर मर्का पर्ने कार्य भए प्राधिकरणमा गुनासो गर्न सकिने र तालिमको विषयमा प्राधिकरणले सकेसम्म सहजिकरण गर्ने व्यहोरा उल्लेख गर्दै कार्यक्रम समापन भएको थियो ।

Photos from Nepal Insurance Authority, Karnali Province Office's post 18/04/2026

प्रतिबद्ध परियोजनाको आयोजनामा मुख्यमन्त्री तथा मन्त्रिपरिषदको कार्यालय, बारेकोट गाउँपालिका र नेपाल बीमा प्राधिकरणको समन्वयमा जाजरकोट बारेकोट गाउँपालिकाका जनप्रतिनिधि विपदसँग सम्बन्धित पदाधिकारी र अन्य सरोकारवाला हरूको सहभागितामा सम्बन्धी स्थानीय तहमा विपद जोखिम बीमा सम्बन्धी छलफल।

15/04/2026

📝 कर्णाली प्रदेश भित्रका कलेज/विश्वविद्यालयमा स्नातक तहमा अध्ययनरत विद्यार्थीका लागि सुनौलो अवसर! ✨

नेपाल बीमा प्राधिकरण, कर्णाली प्रदेश कार्यालय द्वारा आयोजित प्रदेशस्तरीय निबन्ध प्रतियोगिता मा सहभागी भई आफ्नो विचार प्रस्तुत गर्नुहोस्।

विषय: “कर्णाली प्रदेशको उत्थानशील समाज र अर्थतन्त्र निर्माणका लागि बीमा”
Subject: "Insurance for Building a Resilient Society & Economy in Karnali Province"

❌अन्तिम मिति (पहिले ): २०८२ चैत मसान्त
✅अब १० दिन म्याद थप: अन्तिम मिति २०८३, बैशाख १० सम्म

✔️ सहभागी: कर्णाली प्रदेशभित्रका मान्यता प्राप्त कलेज/विश्वविद्यालयमा स्नातक तहमा अध्ययनरत विद्यार्थी
✔️ भाषा: नेपाली वा अंग्रेजी
📩 इमेल: [email protected]

🏆 पुरस्कार:
प्रथम रु. १५,०००
द्वितीय रु. १०,०००
तृतीय रु. ५,०००
📞 थप जानकारीको लागि: ०८३-५९०७४३/४४

बीमा, अर्थतन्त्र, कर्णालीको विकास र विद्यार्थी प्रतियोगिता सम्बन्धी आफ्नो सिर्जनशील सोचलाई शब्दमा उतार्ने यो अवसर नछुटाउनुहोस्।

✅ अन्य विवरणहरु:
- निबन्धको विषय:
“कर्णाली प्रदेशको उत्थानशील समाज र अर्थतन्त्र निर्माणका लागि बीमा”
- Subject: "Insurance for Building a Resilient Society & Economy in Karnali Province"

- कसले भाग लिन पाउँछन्?
कर्णाली प्रदेशभित्रका कलेज वा विश्वविद्यालयमा स्नातक तहमा अध्ययनरत विद्यार्थीहरूले।

- लेखनको भाषा:
नेपाली वा अंग्रेजीमध्ये कुनै एक।

- फन्ट साइज:
नेपालीमा लेख्दा: कोकिला १६
अंग्रेजीमा लेख्दा: Times New Roman 12

- शब्द संख्या:
कम्तीमा १५०० शब्द हुनुपर्छ।

- कहाँ पठाउने?
निबन्ध [email protected] मा पठाउनुपर्नेछ।

- निबन्धसँग के-के पठाउनुपर्छ?
हालसालै खिचिएको PP Size Photo
अध्ययनरत संस्थाको परिचय खुल्ने कार्ड
अध्ययनरत संस्थाको सिफारिस पत्र

- महत्त्वपूर्ण नियमहरू:
निबन्ध आफैंले लेखेको मौलिक हुनुपर्छ।
कपी गरेको वा साहित्यिक चोरी भएको हुनुहुँदैन।
निबन्धलाई AI Detector र Plagiarism Detector बाट जाँच गरिनेछ।
मूल्यांकन कसरी हुन्छ?

- निबन्धलाई यी आधारमा नम्बर दिइनेछ:
विषयवस्तुको ज्ञान – ४०%
भाषा तथा शैली – २०%
संरचना – १०%
सृजनशीलता – २०%
व्याकरण/शुद्धलेखन – १०%

- पुरस्कार:
प्रथम: रु. १५,०००
द्वितीय: रु. १०,०००
तृतीय: रु. ५,०००
- अन्य कुरा:
सबै सर्त पूरा नगरेको निबन्ध प्रतियोगितामा समावेश गरिने छैन।
पुरस्कार रकममा लाग्ने कर काटेर दिइनेछ।
निर्णायक समितिको निर्णय अन्तिम हुनेछ।
प्राप्त निबन्धको कपिराइट नेपाल बीमा प्राधिकरणमै रहनेछ।

- थप जानकारीका लागि:
📝 नेपाल बीमा प्राधिकरण, कर्णाली प्रदेश कार्यालय
📍 वीरेन्द्रनगर–०६, कालुङ्चोक, सुर्खेत
📞 फोन: ०८३–५७०७४३ / ४४
📩 इमेल: [email protected]

#नेपालबीमाप्राधिकरण #कर्णालीप्रदेश #निबन्धप्रतियोगिता

Want your business to be the top-listed Government Service in Surkhet?

Click here to claim your Sponsored Listing.

Location

Address

Birendranagar-07, Kalunchwok
Surkhet
21700

Opening Hours

Monday 09:00 - 17:00
Tuesday 09:00 - 17:00
Wednesday 09:00 - 17:00
Thursday 09:00 - 17:00
Friday 09:00 - 15:00
Sunday 09:00 - 17:00