03/05/2023
स्वतन्त्र प्रेस लाेकतन्त्रकाे आधार हाे।
विश्व प्रेस स्वतन्त्रता दिवसकाे शुभकामना!
Contact information, map and directions, contact form, opening hours, services, ratings, photos, videos and announcements from Bibeksheel Sajha Party, Karnali, Political Party, Surkhet.
03/05/2023
स्वतन्त्र प्रेस लाेकतन्त्रकाे आधार हाे।
विश्व प्रेस स्वतन्त्रता दिवसकाे शुभकामना!
29/04/2023
महावीर पुनको सामाजिक आन्दोलनमा विवेकशील साझाको ऐक्यवद्धता
महावीर पुनको सामाजिक आन्दोलनमा विवेकशील साझाको ऐक्यवद्धता काठमाडौं। विवेकशील साझा पार्टीले महावीर पुनको सामाजिक आन्दोलनमा ऐक्यवद्धता जनाएको छ। अनुसन्धान, नवप्रर्वतन र आ...
24/04/2023
लाेकतन्त्र दिवसकाे शुभकामना।
19/04/2023
आमाकाे मुख हेर्ने दिन अर्थात मातातीर्थ औंशीकाे शुभकामना!
03/04/2023
विवेकशील साझाको ‘मिशन’ आम निर्वाचन २०८४, पार्टी सुदृढीकरणको अभियान चलाउने
विवेकशील साझाको ‘मिशन’ आम निर्वाचन २०८४, पार्टी सुदृढीकरणको अभियान चलाउने काठमाडौं । समीक्षा बाँस्कोटा नेतृत्वको विवेकशील साझा पार्टीले आम निर्वाचन २०८४ को तयारी थालेको छ । वैकल्पिक राज....
29/03/2023
प्रेस विज्ञप्तिः
मिटरब्याज पीडितको मागलाई दिगो रुपमा सम्बोधन गर्न विवेकशील साझाको अपील।
आफ्ना माग सरकारलाई सुनाउन १२ दिनको पैदल यात्रा तय गरेर बर्दिवासबाट काठमाडौं आएका मिटरब्याज पीडितहरु, ती पीडितहरुलाई खुल्लामञ्च प्रवेशमा लगाइएको रोक, मिटरब्याज पीडितहरुको सडक पेटीमा भएको वास र प्रधानमन्त्रीलाई भेट्न बालुवाटार जाँदै गरेका मिटरब्याज पीडितलाई टंगालमै रोकिएका विषयहरु प्रति विवेकशील साझा पार्टीको गम्भीर ध्यानाकर्षण भएको छ।
देशका नागरिकले राज्यलाई आफ्ना मागहरु सुनाउन काठमाडौंमै धाउनुपर्ने बाध्यात्मक अवस्थाले हाम्रो संघीयताको कार्यान्वयन कति फितलो छ र नागरिकका मागमा हाम्रो राज्यसत्ता कति उदासिन छ भन्ने प्रष्ट हुन्छ। तसर्थ नारामा मात्र सिमित, “गाँउ गाँउमा सिंहदरवार” लाई तुरुन्तै बलियो कानुन बनाएर स्थानिय तह तथा प्रदेश सरकारलाई अधिकार सम्पन्न बनाउने अनि जवाफदेही बनाउने तर्फ पनि सरकारले सोच्न आवश्यक छ। यद्यपी मिटरब्याजीलाई कारवाही गर्ने गरि कानून बनाउने र मिटरब्याज पीडितहरुसँग वार्ता गर्ने सरकारको मंगलवारको निर्णय स्वागत योग्य छ।
मिटरब्याजको पीडा राष्ट्रिय समस्याकै रुपमा बढ्दै गइरहेको अवस्थामा मुलुकी अपराध संहिता २०७४ संशोधन गरेरै मिटरब्याजीहरुलाई कानूनी दायरामा ल्याउने प्रक्रिया द्रुत गतिमा अघि बढाउन र देशभर आफ्ना संयन्त्रहरु मार्फत “विशेष कार्यान्वयन अभियान” नै चलाएर मिटरब्याजीहरुलाई कानूनी दायरामा ल्याउन समेत हामी सरकारसँग जोडदार माग गर्दछौं।
मिटरब्याज पीडितहरुका माग र समस्याको समाधानका लागि यसअघि नै गठित मिटरब्याज अपराध नियन्त्रण सिफारिस कार्यदलद्वारा पेश गरिएको प्रतिवेदनमा दिइएको सुझावका अतिरिक्त यस्ता समस्याको दिर्घकालीन समस्याको लागि वित्तीय साक्षरता बढाउने राष्ट्रिय अभियान सञ्चालन गर्ने, मिटरब्याज जस्ता अनौपचारिक तथा गैर कानूनी वित्तीय कारोबार समाजमा प्रचलित लेनदेनको कार्य घटाउन वित्तीय संस्थाहरुलाई जवाफदेही बनाउने, नागरिकले ऋण लिनुपर्ने बाध्यताका घटनाहरु अध्ययन गरी हरेक घटना सुहाउँदो योजना बनाई स्थानीय सरकारद्वारा कार्यान्वयन गराउने नीतिगत व्यवस्था गर्न हामी सरकारलाई सुझाव समेत दिन चाहान्छौं।
अतः आफ्ना माग पूरा नभएसम्म नफर्किने मिटरब्याज पीडितहरुको नैसर्गिक अधिकारको सम्मान गर्दै मिटरब्याज पीडितहरुका आन्दोलनमा विवेकशील साझा पार्र्टीका तर्फबाट ऐक्यवद्धता जनाउँदछौं। मिटरब्याज पीडितका माग शिघ्र सम्बोधन गरी मिटरब्याज पीडितहरुलाई न्याय दिन हामी सरकारसँग माग गर्दछौं। मिटर ब्याज पीडितहरुले राजधानीमा गर्ने प्रदर्शनमा सहभागिता जनाउन र राजधानी आएका मिटरब्याज पीडितहरुको खाना, पानी, वास जस्ता आधारभूत आवश्यकतामा गच्छे अनुसारको मद्दत गर्न पार्टी पंक्ति र शुभेच्छुकहरुलाई समेत विवेकशील साझा पार्टी आग्रह गर्दछ।
समिक्षा बास्कोटा
अध्यक्ष
२०७९/१२/१५
28/03/2023
ऐक्यवद्धता!
हामी मिटरब्याज पीडितका पक्षमा छौं।
24/03/2023
नेपाली रेडियो जगतको मूर्धन्य व्यक्तित्व एवं विवेकशील साझा पार्टीको सुरुवाती दिनदेखिको सहयात्री सञ्चार विभागको पूर्व सदस्य कृष्णा ताम्रकारको निधनले सम्पूर्ण पार्टी पंक्तिलाई स्तब्ध बनाएको छ।
पार्टीका हेरक अप्ठ्यारोमा प्रतिवद्ध भएर उभिने स्वर्गीय ताम्राकारको निधनले हामीलाई अपुरनीय क्षति भएको छ। हामीले एउटा असल अभिभावक गुमायौं।
हार्दिक श्रद्धान्जली!
नोटः उहाँको अहिले विद्धुतीय शवदाह गृह पशुपतिमा ९ बजे अन्तिम सस्कारको हुने पनि जानकारी गराउँदछौं।
24/03/2023
हामी गुणस्तरीय र निशुल्क स्वास्थ्य सेवा राज्यकाे दायित्व ठान्दछाैं।
हामी सबै मिलेर क्षयराेग अन्त्य गर्न संभव छ।
21/03/2023
५८ औ अन्तर्राष्ट्रिय जातीय विभेद उन्मूलन दिवसकाे शुभकामना!
16/03/2023
किर्तिमानी जितका लागि बधाई टिम नेपाल!
13/03/2023
शानदार जितका लागि हार्दिक बधाई टिम नेपाल!