08/07/2024
गुर्भाकोट जनता जागुरुप समाज 📢। गुर्भाकोट का जनता ले माछा पनी मारिसकेका छन्।
सना माछा । स्थानीय सरकारलाई दिएका छन् ठूला माछा संसदमा पठाउने कि प्रदेशमा पठाउने जनतालाई सोध्दा हुन्थ्यो भनेका छन्। अब अरु आफै भन्नुस् संसदमा मानिने पूर्णबहादुर खड्काज्यूलाई पठाउने कि प्रदेशका पूर्व सामाजिक विकासमन्त्री खड्का पोख्रेललाई पठाउने तपाईँहरू कै हात् मा छ्।भन्नुस् कस्लाई पठाउने। 🙏
07/07/2024
Breaking खुलासा📢 गुर्भाकोट राजधानी मेहेलकूना सडक मा माछा पाल्ने योजना।
अविरल वर्षाको कारण सडक पक्कीकरण र नहरको अभावले गर्दा पानी जम्मा भई ताल बनेको छ। त्यस ठाउँमा धान रोप्न नमिलेपछि माछापालन गर्ने योजना बनाएका छन्।र त्यहाँ पालेका माछा स्थानीय प्रमुख र उपप्रमुखलाई खुवाउने निर्णय गरेका छन गुर्भाकोटका जनताले।
के तपाईँ सहमत हुनुहुन्छ।आफ्नो प्रतिक्रिया दिनुहोला।
05/07/2024
गुर्भाकोट वडा नम्बर ८ का वडा अध्यक्ष आदरणीय किरण बि.क. ज्यूले गर्नुभएको कामबाट हामी अत्यन्तै खुसी व्यक्त गर्न चाहन्छौं। सुन्दर नगरका जनताले धेरै समयदेखि भोग्दै आएको सिँचाइ समस्यालाई उहाँले रोड क्रसिङ ठाउँमा पानीको प्रवाह सहज बनाउँदै तुरुन्तै समाधान गर्नुभएको छ। हामीले राम्रो कामलाई पनि मान्यता दिनुपर्छ, किनकि राम्रो कामको मूल्याङ्कन भयो भने अझै राम्रो काम गर्न प्रेरणा मिल्छ। हाम्रो गुर्भाकोट भित्रका धेरै गाउँ समाजमा यस्ता समस्याहरू छन् र तिनीहरूको समाधानका लागि पनि यहाँका वडा अध्यक्षहरूले पहल गरिदिनुहुन आग्रह गर्दछौं। हामीलाई विश्वास छ कि वडा अध्यक्ष किरण बि.क. को कामबाट अन्य वडाका अध्यक्षहरूलाई पनि प्रेरणा मिल्नेछ। यदि तपाईंको समाजमा पनि वडा अध्यक्षहरूले यस्ता राम्रो कामहरू गरेका छन् भने, कृपया हामीलाई जानकारी गराउनुहोस् ताकि हामी तिनीहरूको उचित मूल्याङ्कन गर्न सकौं। हाम्रो भनाइ अझै यस्तै आधारभूत भौतिक विकासहरू तीर्व गतिमा हुन्।
02/07/2024
📢 जनताहरू जागरुक हुनुहोस्।🙏
नेपालको भ्रष्ट नेताहरूको कारणले हाम्रो देश अहिलेको अवस्थामा पुगेको हो। यी नेता, विशेषगरी शेरबहादुर देउवा, केपी ओली, र पुष्पकमल दाहाल (प्रचण्ड), देशलाई गरिब र जनतालाई बेरोजगार बनाउने प्रमुख कारण हुन्। यी नेताहरूले आफ्ना व्यक्तिगत स्वार्थका लागि संसद् विघटन गर्छन् र सत्तामा आउनका लागि देश र जनताप्रति कुनै माया देखाउँदैनन्। सत्तामा टिक्नको लागि यी नेताहरूले चुनावको समयमा विभिन्न प्रचार गर्छन् र जनतालाई भ्रममा पार्छन्।
चुनावको समयमा यी नेताहरू एकआपसमा झगडा गरेजस्तै गर्छन् र एकअर्कालाई आलोचना तथा गाली गर्छन्। जनताले पनि यिनीहरूलाई पछ्याएर आपसमा "तेरो पार्टी मेरो पार्टी" भन्दै झगडा गर्छन् र अन्त्यमा आफ्ना पार्टीलाई जिताउँछन्।
हाम्रो देशमा रोजगार नभएको कारण के हो भने, जनताले राम्रो मानिसलाई चुनावमा नचुनेर, ती प्रमुख नेताहरूलाई फेरि सत्तामा ल्याउँछन्। ती नेताहरू सत्तामा बस्नका लागि एकआपसमा गठबन्धन गरेर सरकार बनाउँछन् र आफ्ना स्वार्थका लागि जनतालाई लडाउँछन्। सत्तामा नरहे ती नेताहरूको कर्तुत बाहिर आउने भ्रष्टाचारका फाइलहरू खोलिने डर भएकाले उनीहरू सत्तामा टिक्न हरसम्भव प्रयास गर्छन्।
त्यसपछि जनताहरू जनताहरू भेडा जस्तै लाइन लागि खाडीतिर जान्छन् जान्छन् जनताको गल्ती कि नेताको गल्ती आफै मूल्याङ्कन गरौं
जनताले सचेत हुन जरुरी छ। राम्रो, शिक्षित, समाजसेवी, र देशप्रेमी व्यक्तिलाई चुनावमा समर्थन र मत दिन आवश्यक छ। केवल यसैगरी हाम्रो देशमा सुधार र विकास सम्भव छ।
02/07/2024
SEE भाई बहिनी को लागी अत्ति आबेसक सूचना।
01/07/2024
वीरेन्द्रनगर, भेरीगंगा, र गुर्भाकोट नगरपालिकाहरूको भौतिक पूर्वाधार विकासको आधारमा विश्लेषण गर्दा । वर्तमान समयसम्म कुन क्षेत्र् मा बिकास धेरै भयको छ त
1) गुर्भाकोट नगरपालिका
2) भेरीगंगा नगरपालिका
3) वीरेन्द्रनगर नगरपालिका
आफुले मूल्याङ्कन गरी भन्दिनु होला🙏