02/12/2025
३४ औँ अन्तर्राष्ट्रिय अपाङ्गता दिवसको अवसरमा आयोजना भएको अपाङ्गता भएका व्यक्तिहरू र सरोकारवालाहरूका लागि १ दिने अभिमुखीकरण तथा सचेतनामूलक कार्यक्रम - २०८२ सफलतापूर्वक सम्पन्न भएको छ! 🎉
#३४औँअपाङ्गतादिवस #ऋषिङ्गगाउँपालिका #सशक्तीकरण #समावेशीविकास
28/11/2025
प्रारम्भिक वातावरणीय परीक्षण अध्ययन (IEE) को सार्वजनिक सुनुवाईको लागि सार्वजनिक सूचना !!!
27/11/2025
लैङ्गिक हिंसा विरूद्धको १६ दिने अभियान- २०८२
यस वर्षको नारा: 'प्रविधिको सही प्रयोग गरौँः लैङ्गिक हिंसा अन्त्य गरौँ'
लैङ्गिक हिंसा सामाजिक अपराध हो। यसको अन्त्य गर्न हामी सबैको साझा प्रयास आवश्यक छ। ऋषिङ्ग गाउँपालिका लैङ्गिक हिंसा मुक्त समाज निर्माणका लागि प्रतिबद्ध छ।
27/11/2025
सेवा करारमा पदपूर्ती गर्ने सम्बन्धी सूचना !!!
26/11/2025
विद्युतीय बोलपत्र आह्वानको सूचना !
25/11/2025
लैङ्गिक हिंसा विरुद्धको १६ दिने अभियान भव्य रुपमा सफल पारौँ ।
(मंसिर ९ देखि मंसिर २४ सम्म)
November 25 - December 10
"UNITE TO END DIGITAL VIOLENCE AGAINST ALL WOMEN AND GIRLS"
"प्रविधिको सही प्रयोग गरौँः लैङ्गिक हिंसा अन्त्य गरौँ"
"लैङ्गिक हिंसा रहित प्रविधि, सुरक्षा र न्यायो विधि"
ऋषिङ्ग गाउँपालिका
#१६दिनेअभियान
24/11/2025
हार्दिक बधाई तथा सफल कार्यकालको शुभकामना!
श्री कञ्चन परियार ज्यू, जनस्वास्थ्य अधिकृत
श्री मनिषा बस्नेत ज्यू, उद्यम विकास सहजकर्ता,
तपाईँहरू दुवै जनालाई सम्बन्धित पदहरूमा अस्थायी नियुक्ति हुनुभएकोमा ऋषिङ्ग गाउँपालिकाको तर्फबाट हार्दिक बधाई तथा सफल कार्यकालको लागि शुभकामना!
तपाईँहरूको सेवाकाल नेपाल, नेपाली जनता र स्थानीय तहप्रति सदैव समर्पित रहोस्।
ऋषिङ्ग गाउँपालिका
18/11/2025
गाउँपालिकामा नवनियुक्त शिक्षकहरूलाई हार्दिक बधाई तथा स्वागत!
ऋषिङ्ग गाउँपालिकाको विभिन्न विद्यालयहरूमा पदस्थापन हुनुभएका सम्पूर्ण नवनियुक्त शिक्षकज्यूहरूलाई गाउँपालिका परिवार हार्दिक बधाई तथा न्यानो स्वागत व्यक्त गर्दछ!
तपाईंहरूको ज्ञान र अनुभवले यस क्षेत्रका विद्यार्थीहरूको भविष्यलाई उज्यालो बनाउनेछ भन्नेमा हामी पूर्ण विश्वस्त छौँ।
पदस्थापन विवरण:
रिता कुमारी गैह्रे: नेपाली विषय, बालविकास मा वि, ऋषिङ्ग वडा नं. ४ ।
सुनिल पन्थी: अंग्रेजी विषय, श्रृङ्ग मा वि, ऋषिङ्ग वडा नं. ६ ।
विष्णु पौडेल: विज्ञान विषय, बालविकास मा वि, ऋषिङ्ग वडा नं. ४ ।
तपाईंहरूको सफल र प्रेरणादायी कार्यकालको लागि हामी हार्दिक शुभकामना व्यक्त गर्दछौँ! 🙏
#नवनियुक्तशिक्षक #बधाईरस्वागत #शिक्षण #शिक्षा
18/11/2025
सम्झौता गर्न आउने सम्बन्धी सूचना
17/11/2025
अन्तिम नतिजा प्रकाशन सम्बन्धी सूचना ! (पदः उद्यम विकास सहजकर्ता)
17/11/2025
नेपाल विद्युत प्रधिकरणको सर्वसाधारणको लागि सूचना !