As a Love

Call Website

As a Love AI STORY

27/09/2026
04/08/2026

जिल्ला काठमाडौं, काठमाडौं महानगरपालिका ३१ शंखमूलबाट वैदेशिक रोजगारीमा आकर्षक आम्दानीको प्रलोभन देखाई रकम ठगी गरेको आरोपमा दुई जना पक्राउ परेका छन ।
पक्राउ पर्नेमा धनुषाको जनकनन्दिनी गाउँपालिका २ स्थायी घर भई हाल काठमाडौं महानगरपालिका ३१ शंखमूल बस्ने २६ वर्षीय रिगबान शेष रहेका छन् । उनले एक जनालाई बेलायत (यूके) पठाइदिने भन्दै रु. ७ लाख ठगी गरेका थिए ।
यस्तै, कञ्चनपुरको भीमदत्त नगरपालिका ११ स्थायी घर भई हाल काठमाडौं महानगरपालिका ३१ शंखमूल बस्ने ४४ वर्षीय नवराज भट्ट पनि पक्राउ परेका छन् । उनले एक जनालाई क्रोसिया पठाइदिने भन्दै रु. ८ लाख ५० हजार ठगी गरेका थिए । दुवै जनालाई आवश्यक अनुसन्धान तथा कारबाहीका लागि वैदेशिक रोजगार विभागमा पठाइएको छ ।

04/08/2026

जिल्ला पर्सा, बिन्दवासिनी गाउँपालिका ५ तिलावे भिष्वा सडकखण्डमा २०७ केजी गाँजासहित पिकअप चालक पक्राउ परका छन । इलाका प्रहरी कार्यालय पोखरिया र प्रहरी चौकी प्रसौनीभाठ्टाबाट खटिएको प्रहरी टोलीले सवारी चेकजाँच गर्ने क्रममा मकवानपुर हेटौंडा उपमहानगरपालिका १३ बस्ने अन्दाजी ४८ वर्षीय कृष्ण लामाले चलाएको प्रदेश ३-०१-०२४ च ५३८५ नम्बरको टाटा योद्धा पिकअप रोकी जाँच गर्ने क्रममा उक्त गाँजा फेला पारेको हो । पिकअपभित्र सिमेन्टको बोरामा लुकाइछिपाइ राखिएको गाँजासहित चालक र पिकअपलाई नियन्त्रणमा लिई थप अनुसन्धान भइरहेको छ ।
#अनुसन्धान

20/07/2026

वैदेशिक रोजगारीमा UK पठाइदिने प्रलोभन देखाई १७ लाख रुपैयाँ ठगी गर्ने एक जना महिला पक्राउ परेकी छन् ।
वैदेशिक रोजगार विभागबाट जारी पक्राउ पुर्जीका आधारमा जिल्ला काठमाडौं महानगरपालिका–१७ बस्ने ३२ वर्षीया पूजा शाहीलाई काठमाडौंको माइतीघरबाट पक्राउ गरिएको हो ।

उनीविरुद्ध UK पठाइदिने भन्दै एक जना पीडितबाट १७ लाख रुपैयाँ ठगी गरेको आरोप रहेको छ। पक्राउ परेकी शाहीमाथि थप अनुसन्धान भइरहेको छ।

20/07/2026

जिल्ला बाजुराको हिमाली गाउँपालिका-५, क्युडीस्थित कुवाडी-क्युडी भित्री कच्ची सडकखण्डमा यात्रुवाहक जिप दुर्घटना हुँदा २ जनाको मृत्यु भएको छ भने चालकसहित ७ जना घाइते भएका छन् ।
धुलाचौरबाट दुधिला खोला तर्फ जाँदै गरेको सु.प्र.प्र. ०१-००१ ज १४७८ नम्बरको जिप सडकको माथिल्लो मोडबाट करिब १० मिटर तल खस्दा दुर्घटना भएको हो। जिप हिमाली गाउँपालिका-२, नातीखोला बस्ने अन्दाजी २५ वर्षीय जनवीर बुढाले चलाएका थिए ।
दुर्घटनामा चालकसहित ७ जना घाइते भएका छन् । घाइतेहरूको कोल्टी आधारभूत अस्पताल, कोल्टी (बाजुरा) मा उपचार भइरहेको छ ।
दुर्घटनामा हिमाली गाउँपालिका-२ बस्ने ४० वर्षीय धर्मलाल बुढा र हुम्लाको ताजाकोट गाउँपालिका-५ का अन्दाजी ४० वर्षीय अम्मर सिंह बुढाको उपचारका क्रममा मृत्यु भएको हो।
घटनाबारे थप अनुसन्धान भइरहेको छ ।
घाइतेहुनेहरु :-
१. चालक जिल्ला बाजुरा हिमाली गाउँपालिका वडा नं. २ नातीखोला बस्ने बर्ष अं. २५ को जनविर बुढा, टाँउकोमा चोट, अवस्था मध्यम ।
२. जिल्ला बाजुरा हिमाली गाउँपालिका वडा नं. २ नातीखोला बस्ने बर्ष ३१ की मिजरा बुढा, टाँउकोमा चोट, अवस्था मध्यम ।
३. जिल्ला हुम्ला ताजाकोट गा.पा. ५ बस्ने बर्ष २० की अस्मिता थापा, कम्मरमा चोट, अवस्था सामान्य ।
४. जिल्ला हुम्ला ताजाकोट गा.पा. ५ बस्ने बर्ष २८ को जंग सिंह बुढा हातमा चोट, अवस्था सामन्य ।
५. जिल्ला हुम्ला ताजाकोट गा.पा. ५ बस्ने बर्ष २० को गोरख रोकाया, हात र टाउकोमा चोट अवस्था सामान्य ।
६. जिल्ला हुम्ला ताजाकोट गा.पा. ५ बस्ने बर्ष २७ को लोकेन्द्र बुढा,हातमा चोट अवस्था सामन्य ।
७. जिल्ला हुम्ला ताजाकोट गा.पा. ५ बस्ने बर्ष अं. ९ की सुस्मा बुढा आखामा चोट अवस्था सामान्य रहेको छ ।

Follow garnu Back paunu hune xa🫰
13/07/2026

Follow garnu
Back paunu hune xa🫰

13/07/2026

शिक्षा अधिकृतको शरीरमा मोबविल छर्किने वडा सदस्य पक्राउ
जिल्ला दाङ, घोराही उपमहानगरपालिका-१५ स्थित पद्यमोदय पब्लिक नमुना माध्यमिक विद्यालयको विद्यालय व्यवस्थापन समितिको निर्वाचन बिथोल्ने उद्देश्यले शिक्षा अधिकृतको शरीरमा मोविल छर्किने वडा सदस्य पक्राउ परेका छन् ।
पक्राउ पर्नेमा घोराही उपमहानगरपालिका-१५ का वडा सदस्य ४२ वर्षीय उत्तम बुढाथोकी रहेका छन् । उनले असार २७ गते बिहान निर्वाचनका मतदान अधिकृतसमेत रहेका घोराही उपमहानगरपालिका शिक्षा महाशाखाका शिक्षा अधिकृत ४८ वर्षीय अजय बोहोराले चलाएको रा.१ ब १०४२ नम्बरको मोटरसाइकल रोकी उनको शरीरमा मोविल छर्किएका थिए । घटनापछि बुढाथोकी फरार रहेका थिए ।
सोही घटनामा अपमानजनक तथा अमानवीय व्यवहार सम्बन्धी कसुरमा २०८३ असार २८ गते मुद्दा दर्ता भएको थियो । त्यसपछि दाङ जिल्ला अदालतबाट पक्राउ पुर्जी जारी भएसँगै असार २९ गते घोराही उपमहानगरपालिका-१५ बाट लुकिछिपी बसेको अवस्थामा उनलाई पक्राउ गरिएको हो । घटनाबारे थप अनुसन्धान भइरहेको छ।

जिल्ला कास्की पोखरा महानगरपालिका २६ कालीकाचोकमा सेतो ढुङ्गाजस्तो टल्किने पदार्थलाई बहुमूल्य वस्तु भएको भन्दै सर्वसाधारणल...
13/07/2026

जिल्ला कास्की पोखरा महानगरपालिका २६ कालीकाचोकमा सेतो ढुङ्गाजस्तो टल्किने पदार्थलाई बहुमूल्य वस्तु भएको भन्दै सर्वसाधारणलाई प्रलोभनमा पारी ठगी गर्ने कार्यमा संलग्न रहेका ६ जनालाई नियन्त्रणमा लिइएको छ ।
भाडामा बस्दै आएका व्यक्तिहरूको डेरा तथा शरीर खानतलासी गर्दा सेतो टल्किने क्रिस्टलजस्तो लाम्चो देखिने वस्तु एक थान, काठको फोल्डिङ बट्टा एक थान, करिब ६ फिट ५ इन्च लम्बाइको केबलसहितको चार्जर एक थान तथा ६ थान मोबाइल फोन बरामद गरिएको छ ।
पक्राउ पर्नेमा जिल्ला पर्वत, फलेवास नगरपालिका ५ घर भएका ३५ वर्षीय राजन विक, जिल्ला पर्वत, फलेवास नगरपालिका ५ कार्कीनेटा घर भएकी २७ वर्षीया रोशनी विक, जिल्ला पर्वत, फलेवास नगरपालिका ५ कार्कीनेटा घर भएकी ६९ वर्षीया बाटुली भन्ने खगिसरा कामी रहेका छन ।
त्यस्तै जिल्ला म्याग्दी, मालिका गाउँपालिका ४ घर भई हाल जिल्ला कास्की, पोखरा महानगरपालिका २६ बस्दै आएका ५१ वर्षीय दिलबहादुर बुढा मगर, जिल्ला म्याग्दी, रघुगंगा गाउँपालिका ५ घर भई हाल जिल्ला कास्की, पोखरा महानगरपालिका २७ अर्चले बस्ने २९ वर्षीय दीपक गोतामे तथा जिल्ला कास्की, पोखरा महानगरपालिका २१ निर्मलपोखरी घर भई हाल जिल्ला कास्की, पोखरा महानगरपालिका ५ मालेपाटन बस्दै आएका ४५ वर्षीय प्रेमचन्द्र विश्वकर्मा लाई समेत नियन्त्रणमा लिइएको छ । घटनाको सम्बन्धमा आवस्यक अनुसन्धान भई रहेको छ ।

Address

AI HOME
Tulsipur
22400

Alerts

Be the first to know and let us send you an email when As a Love posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Shortcuts

Share