30/07/2021
यो गाडी टायर हरुले भरिएको छ। तर यहि गाडी को एउटा टायर पन्चर भएको कारणले गाडी अगाडि बढ्न सकेको छैन ।
त्यहा गाडी माथी लोड भएका कुनै पनि टायर यो गाडिमा फिट हुँदैनन्। त्यत्रो टायर साथ मै हुदा नि फेर्न मिलेन । हो त्यस्तै हाम्रो जीवनमा पनि आफुलाई परेको बेला काम नलाग्ने साथीहरुको लोड बोकेर हामी थकित भएर हिडिरहेका हुन्छौ।
त्यसैले हामीलाई धेरै साथि होइन , पर्दा काम लाग्ने एक दुई साथी भए जीवनको गाडी मज्जाले चल्छ।
अनाबश्यक साथीभाई हरुलाई खुशी राख्ने जिम्मेवारी सम्झेर काम नलाग्ने साथिहरुको लोड नबोकै। साथ दिने साथीहरुलाई मन मै राखौ।
आजको पोस्ट तपाईहरुलाई कस्तो लाग्यो कृपया आफ्नो बिचार कमेन्ट गरेर र सेयर गरेर ब्यक्त गर्नु होला।
16/07/2020
रामको जन्मभूमि नेपाल नै हो। यो सत्य कुरा हो। इतिहास र प्रमाणले येही बोल्छनि नेपाल नै भएको कुरा विश्वसामू राख्नु पर्छ । रामायणमा वर्णित सरयू नदी माडी या नारायणी या राप्ती मध्यै कुनै एक हुनुपर्छ । यी तथ्यहरुले रामको जन्मभूमि नेपाल नै भएको सिद्ध गर्ने हुँदा भगवान् राम हाम्रा ज्वाईं होइनन् हाम्रै देश का सन्तान हुन् छोरा हुन् भन्ने कुरालाई सगर्व हृदयंगम गर्नुपर्छ ।
सत्यलाई दबाउने उद्देश्यले जब भ्रमको खेती गरिन्छ र हजारौं पटक उही असत्य लाई दोहोर्याइन्छ भने भ्रम एति बलवान् हुँदै जान्छ कि सत्य बोल्दा पनि कसैले नपत्याउने स्थिति पैदा हुन्छ। त्यति मात्र होइन सत्य बोल्न पनि डराउनु पर्ने र सत्य बोले वापत् सजायँ भोग्न तयार हुनुपर्ने भयावह अवस्थाको सिर्जना हुँदै जान्छ। पृथ्वीले सूर्यको परिक्रमा गर्छ भन्ने वास्तविकता पत्ता नलागेसम्म सूर्यले नै पृथ्वीको परिक्रमा गर्छ भन्ने भ्रमलाई सत्य ठानिँदै आएको थियो। इटालीका ग्यालिलियो ग्यालेलीले लामो समय देखि मानी आएको भ्रम लाई खण्डन गरेर सत्य कुरा भनेकै कारण जेल यातना भोग्नु पर्यो।
यस्तै एउटा भ्रममा लामो समय देखि हामी नेपाली लगायत पूरै विश्व बाँचिरहेको छ। त्यो हो रामजन्मभूमि अयोध्या को वास्तविकता। जुन अयोध्या लाई हामी लगायत पूरा विश्वले रामको जन्मभूमि मानिरहेको छ ,त्यो आजभन्दा झण्डै डेढ शय वर्ष अगाडी हिन्दू र मुस्लिमका बीचमा झगडा पार्न केही क्रिश्चियनहरुद्वारा रचिएको नियोजित प्रोपगण्डा थियो। वास्तविक अयोध्या त्यो होइन। लखनऊ नजीकै रहेको उक्त ठाउँको वास्तविक नाउँ फैजावाद हो।
यदि इण्डिया को लखनऊ नजीकै रहेको अहिले अयोध्या कहलिएको ठाउँ रामजन्मभूमि होइन भने वास्तविक अयोध्या कहाँ छ त ? केवल त्यो होइन भनेर मात्रै त पुग्दैन । यो हो पनि त भन्न सक्नुपर्यो । यही सोचेर मैले आजभन्दा पाँच वर्ष अगाडी आफ्नै खर्चमा झुटो अयोध्या देखि लिएर साँचो अयोध्या को खोजी मा केही महीना बिताएको थिएँ र जुन कुरो सामुन्ने आएको थियो त्यो पूर्ण रूपेण निश्चित नभईकन एत्तिकै बोलिहाल्न हुने कुरा पनि थिएन र इण्डिया को उच्च न्यायालयमा रामजन्मभूमिका विषय लाई लिएर मुद्दा चलिरहेकाले बिना ठोस प्रमाण केही भनिहाल्ने अवस्था पनि थिएन।
मैले त्यस पछि असली अयोध्याका बारेमा केही प्रमाणहरुको खोजी गरें। शास्त्रहरुमा भनिएका कुराहरुको पनि विद्वानहरुसँग विमर्श गरें। वाल्मीकि आश्रम पुगें। सरयू नदीका बारेमा अध्ययन गरें। सीता जमीनमा भासिएको स्थानदेखि लिएर चित्रकूट, कोशी नदी, जनकपुर, रामग्राम, अयोध्यापुरी आदि सबै ठाउँमा पुगें। अनेक पुस्तकहरुको अध्ययन गरें।
भगवान् श्रीराम भारतको लखनउ नजीकै जन्मेको भन्ने भ्रम कतिसम्म गहिरो हुँदै गएको छ भने सीतालाई हाम्री छोरी र भगवान् रामचन्द्रलाई ज्वाईं ठान्छौं हामी । भारतको लखनउ नजीक रहेको अयोध्या लाई झूटो भन्नै सक्दैनौं। तेसको पुरानो नाउँ फैजाबाद थियो।
भारतका प्रसिद्ध उपन्यासकार कमलेश्वरले सन् २००० मा प्रकाशित गरेको उपन्यास ‘कितने पाकिस्तान’ मा पनि सो लखनऊ नजीकैको अयोध्या रामको जन्मभूमि नभएको पुष्टि गरिएको छ, जसलाई नामवर सिंह, अमृता प्रितम, हिमांशु जोशी, विष्णु प्रभाकर जस्ता लेखक साहित्यकारले मुक्तकण्ठ ले प्रशंसा गरेका थिए । र, भारतका सबैजसो पत्रपत्रिकामा त्यसको समीक्षा छापिएको थियो । जसरी अहिले केही भारतीयहरूले भारतमा रातारात नक्कली लुम्बिनी बनाएर बुद्ध इन्डियामा जन्मेका हुन् भन्ने कुरा सिद्ध गर्ने प्रपञ्च रचेका छन्, त्यसरी नै शतकौं अघि रामायणमा वर्णित अयोध्या लाई उत्तर प्रदेशको राजधानी लखनऊ नजीकै देखाएर तेसको श्रेय सँगै त्यहाँ भएको कथित बाबरीमस्जिदमाथी हिन्दूहरूले हमला गरुन् र अयोध्याको विषयलाई हिन्दू मुस्लिमबीच कहिल्यै समाप्त नहुने युद्ध छेडियोस् भन्ने अंग्रेजहरूको अभीष्ट लुकेको कुरा मा दुई मत रहेन ।
नक्कली अयोध्यासँग मेल नखाने प्रमाणहरु :
अंग्रेजहरूले फैजाबादलाई अयोध्या नामाकरण गरी राम जन्मेको भनी प्रचार गराएर बहुसंख्यक हिन्दूहरूलाई आफ्नो हातमा लिए पश्चात् हिन्दू मुसलमानबीच फाटो मात्रै भएन हिन्दूहरु नै सो ठाउँ लाई रामजन्मभूमि सिद्ध गर्न टुप्पी कसेर लागिपरे। त्यसलाई अहिले छिमेकी मुलुकका हिन्दूहरूले मात्रै नभएर हामी नेपालीले समेत वास्तविक रामजन्म भूमिका रूपमा मान्दै आएका छौं। तर सो ठाउँ लाई रामजन्मभूमि मान्दा नमिलेका असंख्य प्रमाणहरु तर्फ भने हाम्रो ध्यान गएको छैन।
१. माता सीता जन्मिएको ठाउँ जनकपुर नै हो भन्ने कुरा मा कुनै सन्देह छैन। यो कुरा लाई इण्डियनहरु ले समेत मानिरहेका छन्। यसैको आधारमा हामीले केही तथ्यहरु लाई जाँच्न सक्छौं। सीता जन्मभूमि जनकपुर र नक्कली अयोध्याबीचको सिधा दूरी पाँच सय किलोमिटर भन्दा धेरै छ । पाँच सय किमी टाढा रहेको वर्तमानको अयोध्याबाट रथमा चढेर एकैदिनमा जनकपुर आउनु पत्यारलाग्दो र सम्भव कुरा होइन । पाँच सय किमी दूरी रथबाट पार गर्न कम्तीमा पनि १५ दिन लाग्छ। रथ तान्ने घोडाहरु लगातार हिँडिरहन सक्दैनन्। बीचबीचमा घाँस-पानी खुवाउँदै लानुपर्ने हुन्छ।
२. सूननदी पतनदी को किनार मा नेपाल भित्र अवस्थित वाल्मीकि आश्रम को ऐतिहासिकता र प्रामाणिकता का बारे मा पनि कसैलाई सन्देह छैन । धोबी को कुरा सुनेर राम ले सीता लाई वनबास पठाएको कुरा रामायण मा वर्णन गरिएको छ । लक्ष्मण ले सीता लाई वाल्मीकि आश्रम नजीकै छाडेर उसै दिन फर्केको प्रसंग रामायणमा छ। लखनऊ नजीकै को अयोध्या बाट वाल्मीकि आश्रम को सिधा दूरी करीब ३०० किलोमिटर छ। भने पछि जाऊ आऊ गर्दा ६०० किमी पुग्छ। ६०० किमी बाटो रथ को सहायता ले एकैदिन मा पूरा गर्न सम्भव कुरै होइन।
३. रामायणको अन्तिमतिर वाल्मीकिले सीता र लव कुशलाई लिएर पैदल यात्रा गरी राम लाई भेट्न गएको वर्णन छ। सीताको पवित्रताका बारेमा राम लाई अवगत गराएर सीता तथा लव कुश तीनै जनालाई रामका जिम्मा लगाउने वाल्मीकिको योजना थियो। त्यो बेला उनीहरु को भेट भएको ठाउँ अहिले को देवघाट हो। त्यो बेला रामले सीता लाई स्वीकार गर्दा जनतामा गलत सन्देश जाने लख काटे र सहजतासँग वाल्मीकिको आग्रह शिरोपर गर्न सकेनन्। यसबाट दुःखी भएकी सीताले धरती माता लाई पुकारिन्। धरती फाटिन् र सीता धरतीमा समाहित भइन् भन्ने वर्णन रामायणमा छ र तेसरी धर्ती फाटेको ठाउँ चितवनको देवघाटमा पर्छ। त्यो ठाउँको दर्शन गर्न अहिले पनि हजारौं तीर्थालुहरुको भीड लाग्छ। लखनऊका स्थित अयोध्यामा बसेका राम कहिलेकाहीं विश्रान्तिका लागि देवघाट आउनु तर्कयुक्त कुरा होइन। बरु देवघाट नजीकै स्थित ठाउँ लाई राम विश्राम गर्नका लागि आउने भएकैले रामनगर भनिएको हुनुपर्छ।
४. रामायणमा वर्णित एउटा घटनामा शिकार खेल्दै रामका पिता दशरथ अहिलेको श्याङ्जा पर्वत र कास्की को संगम आँधीखोलाको मुहान पञ्चासेको लेक पुगेको प्रसंग छ। उक्त दहमा श्रवणकुमारले गाग्रीमा पानी भर्दै गर्दा निस्किएको आवाजलाई कुनै जंगली हात्तीको आवाज जस्तो मानेर दशरथले पँधेरातिर ताकेर वाण चलाएका थिए। सो वाण लागेर श्रवणकुमारको मृत्यु भएको थियो। श्रवणकुमारका दुवै मातापिता अन्धा थिए। छोराको मृत्यु थाहा पाएपछि उनीहरुले दशरथ लाई पनि आफ्नै जस्तो पुत्रवियोग होस् भन्ने श्राप दिए र पुत्रवियोग को पीडाले बूढाबूढी धेरै दिनसम्म त्यो श्रवणकुमारले पानी भर्न खोजेको दह नजीकै बसेर रोइरहे। श्याङजामा अहिले पनि अन्धाअन्धी दहका नामले प्रसिद्ध कुवा छ र त्यो दह नै आँधीखोलाको मुहान हो। अहिले मानिरहेको नक्कली अयोध्याबाट शिकार खेल्न पाँच छ शय किमी पर आउने कुनै सम्भावना हुन्छ त?
५. रामका चारै जना दाजूभाई लाई सानै छँदा दरबारमै पुगेर पढाउने गुरु वशिष्ठको जन्मभूमि पनि नेपाल नै भएको पुष्टि गर्ने धेरै आधारहरु छन् । रामहरु किशोर भएपछि धनुर्विद्या आदि सिकाउने गुरु विश्वामित्रसँग जोडिएको एउटा प्रसंग रामायणमा छ । जसमा विश्वामित्र सँगै राम लक्ष्मणले कोशी नदी तरेको उल्लेख छ । त्यो कोशी नदी अहिले नेपालमै बगिरहेको कोशी नदी हो भन्ने कुरामा कुनै सन्देह छैन । अहिले मानिरहेको लखनऊ नजीकैको अयोध्याबाट घुम्दै हाम्रो कोशी नदीसम्म आइपुगेको कुरा पत्याउन सकिँदैन ।
सक्कली अयोध्या नेपालमै :
लखनऊमा रहेको अयोध्या सक्कली होइन र विभिन्न तथ्यांकहरुले त्यसलाई रामको जन्मभूमि सिद्ध गर्न सक्दैनन् भन्ने निष्कर्षमा पुगे पछि हाम्रा अगाडी अर्को प्रश्न तेर्सिन्छ- त्यसोभए सक्कली अयोध्या कुन हो र कहाँ छ ? यसका लागि विभिन्न किसिमले अध्ययन गर्दा हामी नेपालको चितवन जिल्लामा अवस्थित माडीमा पुग्नुपर्ने हुन्छ । केही समय पहिले सम्म त्यहाँ स्थित एउटा गाविस को नाउँ अयोध्यापुरी रहेको थियो। अहिले माडी नगरपालिका भएपछि अयोध्यापुरी क्षेत्र वडा नम्बर ७ र ८ भित्र समेटिएको छ। जो प्राचीन समय देखि नै अयोध्यापुरी कै नामले जानिन्थ्यो। जुन कुरा महाभारतमा समेत उल्लेख गरिएको भेटिन्छ । अयोध्यालाई प्रायः अयोध्यापुरी भनिन्थ्यो। त्यो क्षेत्र नै वास्तविक अयोध्या हुनुपर्छ। एसका लागि केही तर्कहरु को सहारा लिनुपर्ने देखिन्छ-
१. सो ठाउँबाट जनकपुर को सिधा दूरी करीब १५० किलोमिटर पूर्वमा पर्छ भने वाल्मीकि आश्रम करीब ३५ किलोमिटर पश्चिममा पर्छ । त्यहाँबाट रथमा चढेर एकैदिनमा वाल्मीकि आश्रम पुगेर फर्कन सम्भव छ ।जो प्राचीन समयदेखि नै अयोध्यापुरीका नामले प्रसिद्ध छ त्यो नै सक्कली अयोध्या हो भन्ने महसूस हुन्छ।
२. सरयू नदीको प्रसंग : संस्कृतमा सरको अर्थ ताल छहरो पोखरी आदि हुन्छ। त्यो हिसाबले सरयू भनेको सरबाट बगेर आएको नदी। सरयूको अर्को नाम सरस्वती पनि हो। सरस्वती लाई पारावतघ्नि पनि भनिन्छ। त्यसको अर्थ पर्वतलाई खियाएर, चिरेर, घात गरेर बग्ने नदी हो। अयोध्यापुरी वरिपरि नै सरयूको खोजी हुनु आवश्यक भएको छ।
३. देवघाटसँगै मात्र होइन माडी भन्दा केही दक्षिण तर्फ पनि रामनगर नामक गाउँ अवस्थित छ । उक्त रामनगरको नाम पनि महाभारतमा उल्लेख छ। तनहुँको सेन राज्यको हिउँदकालीन राजधानी रहेको सो रामनगर हाल भारतीय सीमा भित्र पर्छ। वरिपरि राम जोडिएका ग्राम र नगरहरुको उपस्थितिले पनि अयोध्यापुरीलाई सक्कली अयोध्या साबित गर्न मद्दत गर्दछ।
४. अहिलेको अयोध्यापुरीदेखि पश्चिम नारायणी नदी पार गरेपछि रामग्राम आउँछ। अयोध्यापुरी देखि उत्तरतिर रामपुर छ। अयोध्यापुरी देखि पूर्व सुनसरी जिल्लाको जंगलमा रामले धुनी जगाई आगो तापेको ठाउँ अद्यापि रामधुनीका नामले प्रसिद्ध छ। उता देवघाटसँग जोडिएको रामनगर पनि बिर्सन हुँदैन। पाल्पामा पनि रामपुर छ। रामपुरसँगै काली नदीको किनारमा रामघाट छ जहाँबाट राम अन्तर्ध्यान भएका थिए। रामायणमा रामले आफ्नो राज्य विस्तार गरेको प्रसंग उल्लेख छ। वरिपरि का रामनामयुक्त ठाउँहरु रामले विजय प्राप्त गरेका ठाउँहरु हुन सक्छन्।
हाम्रो दायित्व :
सर्वप्रथम त यो कुराको महत्त्व र बृहद् पक्षको गोरवपूर्ण अनुभूति हामी सबैमा हुनुपर्छ। यो धेरै ठूलो कुरा हो। यसतर्फ नेपाल सरकारको समेत ध्यान जानु अपरिहार्य छ।
यस्तो सत्य कुराको थप अनुसन्धान गरी प्रचार प्रसार गरेर बुद्धको मात्र होइन, राम को जन्मभूमि पनि नेपाल नै भएको कुरा विश्वसामु राख्नुपर्छ । राम जन्मभूमिको विवादलाई लिएर इन्डियाको अयोध्यामा हजारौं मानिसहरूको ज्यान गइसकेको छ र केही महीना अगाडी अदालतले फैसला गरे पनि मानिसहरुको दिलोदिमागमा झगडा यथावत् छ । रामायणमा वर्णित सरयू नदी माडी या नारायणी या राप्ती मध्ये कुनै एक हुनुपर्छ । यी तथ्यहरूले रामको जन्मभूमि नेपाल नै भएको सिद्ध गर्ने हुँदा भगवान् राम हाम्रा ज्वाइँ होइनन्, हाम्रै देश का सन्तान हुन्, छोरा हुन् भन्ने कुरालाई सगर्व हृदयङ्गम गर्नुपर्छ ।वाल्मीकि आश्रम अहिले पनि नेपाल मै पर्ने कुरा सबैले जानिआएको र मानिआएको विषय हो। चितवन राष्ट्रिय निकुञ्ज तथा पर्सा वन्यजन्तु आरक्षको दक्षिणी सिमानामा अवस्थित वाल्मीकि आश्रममा नेपाल कै भूमि भएर पुग्न वर्तमानमा सहज छैन। अहिले पनि त्रिवेणीबाट नारायणी पार गरेर भारत को टंकी बजार पुगी भारतकै वाल्मीकि बाघ संरक्षण क्षेत्र हुँदै सुननदी र पतनदी तरेर आश्रम पुग्नुपर्ने अवस्था छ। नेपाल सरकारको पर्यटन मन्त्रालयले यस विषयमा ध्यान दिनु जरुरी छ। सो क्षेत्रको संरक्षण, सम्बर्धनसँगै नेपालभित्रबाटै पुग्न सकिने बनायौं भने धार्मिक पर्यटनको थप विकास हुने थियो।
यसको थप अनुसन्धान गरी प्रचारप्रसार गरेर बुद्धको मात्र होइन रामको जन्मभूमि पनि नेपाल नै भएको कुरा विश्वसामू राख्नु पर्छ । अनि इण्डियासँग हाम्रो झुकेको नाता (सीता को माइती भएका कारण) लाई समाप्त गरिनुपर्छ । राम जन्मभूमिको विवादलाई लिएर इण्डियाको अयोध्यामा हजारौं मानिसहरुको ज्यान गइसकेको छ र झगडा यथावत् छ । रामायणमा वर्णित सरयू नदी माडी या नारायणी या राप्ती मध्यै कुनै एक हुनुपर्छ । यी तथ्यहरुले रामको जन्मभूमि नेपाल नै भएको सिद्ध गर्ने हुँदा भगवान् राम हाम्रा ज्वाईं होइनन् हाम्रै देश का सन्तान हुन् छोरा हुन् भन्ने कुरालाई सगर्व हृदयंगम गर्नुपर्छ ।
-लोकमणि पौडेल
25/06/2019
सहयोगका लागि जारी गरिएको!
तस्विरमा देखिएका वच्चा ४५ दिनको पुग्नु भयो उहाँको तौल १.५ केजी मात्र रहेको छ। वच्चा माडी गाउपालिका, रोल्पाको हुनुहुन्छ, यो वच्चाको उपचार कहाँ र कसरी गर्न सकिन्छ सल्लाह तथा सहयोग गर्न चाहनु हुन्छ भने कृपया घर्ति गाउ स्वास्थ्य चौकीका प्रमुख कृष्ण प्रसाद आचार्य ज्युलाई फोन नम्वर 9849230184 मा सम्पर्क गर्नु होला, साथै Nutrition Rehabilitation Center वा पोषण सम्वन्धित काम गर्ने सघ सस्था र आफ्ना साथीहरुलाई comment मा mention गरिदिनु हुन हार्दिक अनुरोध छ।
#साभार:सगुन बल्ग।
फोटो: सागर पौडेलवाट उपलब्ध गराईएको हो ।
22/06/2019
MSNP Review Meeting and discussion on MSNP Program Planning for f/y 2076/77 among Health Coordinators/MSNP Focal Persons and Municipality Chief's at District Coordination Committee (DCC), Humla successifully conducted!
10/04/2019
Late Post..!!!
Here are some of the wonderful pictures of the 2 days Training on capacity build up for the local leaders, health workers and responsible stakeholders of RM Simikot, Humla.
06/04/2019
Here are some of the pictures of Ward Level Nutrition and Food Security Steering Comittee formation at ward no. 4 of Simikot, Humla. The 1000 golden days mothers were also supported with the distribution of buckets and seeds for the cultivation of vegetables and crops. MSNP would like to thank RM Somikot Health Coorinator Mr. Dhurbaraj Singh Sir, MSNP Volunteer Dipendra Bhandari, Ward No. 4 Chief and all who participated in the program.
29/03/2019
On the way during the observation of filed progress activities of M.S.N.P, in different parts of RM Kharpunath like Yanchu and Bokchegunda, we found some beautiful Green House Kitchen Gardens. Here are some of the pictures to share..!!!