18/05/2026
मेरो ताजा लेख
रेमिट्यान्स इन्भेस्टमेन्ट म्याचिङ फन्ड : श्रमिकको पसिनाबाट राष्ट्र निर्माणको आधार
रेमिट्यान्स इन्भेस्टमेन्ट म्याचिङ फन्ड : श्रमिकको पसिनाबाट राष्ट्र निर्माणको आधार
सरकारले ल्याएको आगामी आर्थिक वर्ष २०८३/८४ को वार्षिक नीति तथा कार्यक्रममा रेमिट्यान्सलाई उपभोगबाट उत्पादनशील ल...
26/04/2026
Remittance is not just survival, it is the foundation for Nepal’s investment future.
Heartfelt thanks to rising Nepal team
20/04/2026
honored to be featured in the latest HEC Paris Stories special edition celebrating Qatar!
A heartfelt thank you to HEC Paris Doha for this wonderful recognition and for the truly transformative Executive MBA journey. The program opened new horizons, sharpened my leadership skills, and reinforced that education keeps our minds open and receptive — as my mother wisely reminds me, there is always more to learn.
I’m also eternally grateful to Qatar — my second home — for offering endless opportunities for growth, learning, and success. This remarkable country has been the perfect platform to turn dreams into reality, from building Pigeon Engineering to serving the community back in Nepal.
Thank you HEC Paris Doha and thank you Qatar for believing in me and empowering so many professionals like me.
Sharma
29/03/2026
सरकारको १०० कार्यसूचीमा प्रवासी नेपालीका निम्न मुद्दा छुटेको देखिन्छ-
✅ गैरआवासीय नेपाली नागरिकता कार्यान्वयनको सवाल ।
✅ दूतावासमा जनशक्ति अभाव र श्रमिक सुरक्षाको सवाल ।
✅ विमानस्थलमा 'स्क्रिनिङ' फितलो हुँदा श्रमिकले विदेशमा पाउने सास्ती ।
सरकार, समृद्धिको साझेदार मानिने प्रवासी नेपालीलाई उपेक्षा गरेर शासकीय सुधार सम्भव छैन, कार्यसूची सच्याइयोस् !
https://www.ratopati.com/story/553543/issues-of-major-concern-to-nepali-expatriates-are-missing-from-the-governments-100-agenda-they-should-be-included-former-speaker-sharma
सरकारका १०० कार्यसूचीमा प्रवासी नेपालीका मुख्य सरोकारका विषयहरू छुटेका छन्, समेटियोस् : पूर्
काठमाडौँ । गैरआवासीय नेपाली सङ्घ (एनआरएनए) का पूर्व अध्यक्ष आरके शर्माले सरकारले सार्वजनिक गरेको 'शासकीय सुधार' क....
25/03/2026
जेनजी आन्दोलनसम्बन्धी जाँचबुझ आयोगमा मेराे सुझावसहितको धारणा समेटेकोमा आयोगलाई धन्यवाद । साथै सुझावलाई गम्भीरतापूर्व लिँदै कार्यान्वनतर्फ लाग्न सरकारलाई अनुरोध गर्दछु
जेनजी जाँचबुझ आयोगको प्रतिवेदनमा एनआरएनए पूर्वअध्यक्ष शर्माको ६ पृष्ठ लामो धारणा
काठमाडौँ । भदौ २३ र २४ गते भएको ‘जेनजी’ आन्दोलनका सन्दर्भमा गठित उच्चस्तरीय जाँचबुझ आयोगको प्रतिवेदनमा गैरआवास...
19/03/2026
४ वर्षपछि फर्किएको एकता — नयाँ नेतृत्वप्रति हार्दिक शुभकामना !
झण्डै चार वर्ष लामो विवादको अन्त्यसँगै वृहद् एकतामा सम्पन्न १२औँ महाधिवेशनले गैरआवासीय नेपाली संघ (एनआरएनए)मा नयाँ आशा, ऊर्जा र विश्वास सञ्चार गरेको छ।
यी चार वर्ष संस्था लागि अत्यन्त पीडादायी, विभाजित र अन्योलपूर्ण रहे। तर ती कठिन घडीहरू पार गर्दै धैर्य, प्रतिबद्धता र निरन्तर प्रयासका साथ पुनः एउटै मञ्चमा उभिन सफल हुनु केवल उपलब्धि मात्र होइन—यो विश्वभर छरिएका नेपालीहरूको विश्वास, भावना र आशाको पुनर्जागरण पनि हो।
मार्च १४ ,१५ १६ मा सम्पन्न महाधिवेशनबाट सर्वसम्मत रूपमा अध्यक्षमा निर्वाचित डा. हेमराज शर्मालगायत सम्पूर्ण कार्यसमितिलाई सफल कार्यकालको हार्दिक शुभकामना व्यक्त गर्दछु। नयाँ नेतृत्वमाथि अब लाखौँ गैरआवासीय नेपालीहरूको अपेक्षा, विश्वास र भविष्य जोडिएको छ।
विशेषगरी विभाजित एनसीसीहरूलाई पुनः एकताबद्ध गर्ने, टुटेका मनहरू जोड्ने र सबैलाई समेट्दै संस्थालाई अघि बढाउने कार्यमा नेतृत्व सफल होस् भन्ने हार्दिक कामना गर्दछु।
दसौँ महाधिवेशनदेखि सुरु भएको कठिन यात्रालाई सम्झँदा आज पनि मन गह्रौँ हुन्छ। त्यो समयमा विभिन्न समूहहरूबीच देखिएको विभाजनबीच संस्थालाई जोगाउनु नै मेरो एकमात्र उद्देश्य थियो। सबै पक्षलाई एकतामा ल्याउँदै एघारौँ महाधिवेशन सम्पन्न गर्ने लक्ष्यका साथ निरन्तर प्रयास गरियो।
सहमतिका आधारमा महाधिवेशन सम्पन्न होस् भन्ने उद्देश्यले विभिन्न नेतृत्व तहबीच समझदारीहरू पनि भएका थिए। तर दुर्भाग्यवश ती सहमतिहरू पूर्ण रूपमा कार्यान्वयन हुन सकेनन् र घटनाक्रमहरू थप जटिल बन्दै संस्था अझ विभाजनतर्फ धकेलियो।
पछिल्लो चरणमा सर्वोच्च अदालतको परमादेशअनुसार बनेको कार्यसमितिमा समेत सबै पक्षलाई एउटै मञ्चमा ल्याउने प्रयास निरन्तर जारी रह्यो। व्यक्तिगतभन्दा संस्थागत स्वार्थलाई प्राथमिकतामा राख्दै एकताको अभियानमा दृढतापूर्वक लागिरहँदा अन्ततः आजको सफलतासम्म आइपुग्दा अत्यन्त सन्तोष र गर्व महसुस भएको छ।
यस यात्रामा साथ दिने, सुझाव दिने, खबरदारी गर्ने र आवश्यक ठाउँमा आलोचनामार्फत सही बाटो देखाउने सम्पूर्ण गैरआवासीय नेपाली दाजुभाइ तथा दिदीबहिनीहरूप्रति हार्दिक आभार व्यक्त गर्दछु। यो कुनै व्यक्तिगत अभियान थिएन—यो हाम्रो साझा संस्थालाई जोगाउने सामूहिक प्रयास थियो।
एकताको यात्रामा संवादका क्रममा कतै मेरा शब्द वा व्यवहारबाट कसैको मन दुखेको भए विनम्रतापूर्वक क्षमा याचना गर्दछु।
आर.के. शर्मा
पूर्वअध्यक्ष, एनआरएनए
09/03/2026
मध्यपूर्वका नेपालीको सुरक्षाका लागि उच्चस्तरीय कूटनीतिक पहल गर्न आरके शर्माको आग्रह
मध्यपूर्वका नेपालीको सुरक्षाका लागि उच्चस्तरीय कूटनीतिक पहल गर्न आरके शर्माको आग्रह
काठमाडौँ । गैरआवासीय नेपाली संघ (एनआरएनए) का पूर्वअध्यक्ष आरके शर्माले मध्यपूर्वमा रहेका नेपाली नागरिकहरूको सु.....
19/10/2025
मानवका सच्चा साथीलाई प्रेम, माया र दक्षिणा ✨
कुकुर तिहारको शुभकामना!
19/10/2025
काग तिहारको मंगलमय अवसरमा शुभकामना 🪶✨
सन्देशवाहक कागले जस्तै, हाम्रा शुभकामना पनि तपाईंको घर–घरमा खुशी र सद्भावको सन्देश बोकून।