Embassy of Nepal, Riyadh नेपाली राजदूतावास, रियाद

Share

official Facebook Account of Nepal Embassy, Riyadh.

24/05/2026

ईद उल-अजहाको अवसरमा राजदूतावास बन्द रहनेसम्बन्धी सूचना ।

ईद उल- अजहा (Eid Al- Adha) १४४७ को पावन अवसरमा साउदी अरेबियामा रहनु भएका सम्पूर्ण ईस्लाम धर्मावलम्बी दाजुभाई तथा दिदीबहिनीहरूमा नेपाली राजदूतावास रियाद हार्दिक मंगलमय शुभकामना व्यक्त गर्दछ ।

ईद उल- अजहा (Eid Al- Adha) १४४७ को अवसरमा यही २०८३ जेठ १३ गते बुधबार (२७ मे २०२६) र २०८३ जेठ १४ गते बिहिबार (२८ मे २०२६) का दिन यस राजदूतावास बन्द रहने व्यहोरा सम्बन्धित सबैमा जानकारी गराइन्छ ।

नेपाली राजदूतावास, रियाद।

२४ मे २०२६

Photos from Embassy of Nepal, Riyadh नेपाली राजदूतावास, रियाद's post 24/05/2026

राजदूतावासमार्फत ६३ जनाको Final Exit Visa ‍प्राप्त भएको सूचना ।

१. यस राजदूतावासबाट Exit Visa को प्रक्रिया गरिएका मध्ये यसैसाथ संलग्न सूची बमोजिमका नेपालीहरूको Exit Visa प्राप्त भएकोले यथाशीघ्र नेपाल फर्कनु हुन अनुरोध गरिन्छ ।
२. Iqama Expire भइ नेपाल फर्कन चाहनु हुनेले नेपाली राजदूतावासमा उपस्थित भइ ३ (पाना) को सिफारिसपत्र लिनुहोला । उक्त सिफारिसपत्र प्राप्त पाए पश्चात https://sso.hrsd.gov.sa/login पेजमा गइ Please Create a New Account मा Click गरी Account Create गर्नुपर्छ । उक्त Page मार्फत आफ्नो Iqama Number, जन्म मिति (अरबी – Hijri Calendar अनुसार) मोवाइल नम्बर, Verification Code भरेपछि Declaration मा Click गरी Registration गर्नुपर्छ । सो पश्चात HRSD बाट म्यासेज आउँछ र सो म्यासेजमा आएको Password को प्रयोग गरी https://sso.hrsd.gov.sa/login Page/Client Page मा Iqama Number र Password को प्रयो गरी Entrance गर्ने र Final Exit मा Request गरी फाराम भर्नु पर्दछ । फाराम भरेको म्यासेज सोही समयमा नै आउनेछ। केही हप्ता वा महिनापछि HRSD बाट Final Exit को Dispatch Number म्यासेजबाट प्राप्त भएपछि सो Dispatch Number/QR Code सहित आफ्नो सक्कल Iqama र Passport Copy यस राजदूतावासमा पेश गर्नुहोला। यसरी पेश भएको २ हप्ता सम्ममा MOI वा Nepal Embassy बाट Final Exit को जानकारी प्राप्त हुन्छ ।
३. यदि मोवाइलमा Exit Visa लागेको म्यासेज आएको छैन भने राजदूतावासमा सम्पर्क गरेर आफ्नो एक्जिट भिसाको पेपर लिएर जानुहुन अनुरोध गरिन्छ । एक्जिट भिसा लागेको म्यासेज मोवाइलमा आएसकेको छ भने एयरपोर्टमा त्यही म्यासेज देखाउँदा हुन्छ एक्जिट पेपर लिनको लागि राजदूतावासमा आइरहनु पर्दैन।
४. Exit Visa प्रोसेसिङ्ग निशुःल्क हुनेछ । Exit Visa आइसकेपछि नेपाल फर्किने हवाई टिकट व्यक्ति स्वयंले व्यवस्था गर्नुपर्नेछ ।
५. Exit Visa मा भएको राहदानी/ट्राभल डकुमेन्ट नम्वर र आफूसँग भएको राहदानी/ट्राभल डकुमेन्ट नम्वर एउटै छ/छैन हेरेर एकिन गरी हवाई टिकट खरिद गर्नुहोला ।
थप जानकारी चाहिएमा मात्र राजदूतावास, रियादको सम्पर्क नम्वर ०११-४६१११०८ मा विहान ८:०० बजे देखि वेलुका ४:०० बजेसम्म, ०११-२८८३७९५ मा दिउसो ३:०० बजे देखि वेलुका ४:०० बजेसम्म र नेपाली महावाणिज्यदूतावास जेद्दाको लागि ०१२-६२२६६६५ मा नियोग खुल्ला रहेको दिन सम्पर्क गर्नु होला ।

नेपाली राजदूतावास, रियाद ।
२४ मे २०२६

20/05/2026

Hon. Minister for Foreign Affairs Mr Shisir Khanal held a telephone conversation today with H.H. Prince Faisal bin Farhan Al Saud, Minister of Foreign Affairs of the Kingdom of Saudi Arabia.

During the conversation, H. H. the Foreign Minister of Saudi Arabia congratulated the Hon. Foreign Minister Khanal and conveyed his commitment to working closely together in areas of mutual interest. Hon. Minister Khanal expressed his appreciation for the gracious message of congratulations and conveyed the sincere gratitude on behalf of the Government of Nepal to the Government of the Kingdom of Saudi Arabia for ensuring the safety and security of Nepali nationals amid the ongoing conflict in the region. He also reaffirmed Nepal’s solidarity with the friendly Kingdom of Saudi Arabia during this challenging period.

The two Ministers discussed the longstanding bilateral relations between Nepal and Saudi Arabia and reaffirmed their shared commitment to further strengthening cooperation at both bilateral and multilateral levels.

They also discussed avenues for enhancing collaboration in trade, investment and other areas of mutual interest, including the promotion of Saudi private sector investment in Nepal, as the two countries prepare to commemorate the Golden Jubilee of the establishment of diplomatic relations next year.

1142.xlsx 18/05/2026

११४२ वटा नयाँ राहदानी दूतावासमा प्राप्त भएको सम्बन्धी सूचना ।
--------------------------------------------------
राहदानी नवीकरणको लागि देहायको लिंकमा नाम भएका ११४२ जना आवेदकहरूको राहदानी प्राप्त भएको हुंदा राहदानी लिनको लागि पुरानो राहदानी र राजस्व तिरेको सक्कल रसिद सहित राजदूतावासमा सम्पर्क गर्नु हुन अनुरोध छ ।

११४२ थान राहदानीको विवरण हेर्ने लिङ्कः https://shorturl.at/4euNA

उक्त ११४२ वटा राहदानीहरु र दूतावासबाट वितरण हुन बाँकी अन्य राहदानीलाई यही मितिः २०८३/०२/०८ र ०९ गते (२२ र २३ मे २०२६) शुक्रबार र शनिबार जुवेल (Jubail) मा राजदूतावासले आयोजना गर्ने राहदानी शिविरमा समेत वितरण गरिने छ ।

जुवेल (Jubail) मा आयोजना हुने राहदानी शिविरको लोकेशनः https://maps.app.goo.gl/kMREPjkQgc6smx1M9

नोटः नयाँ राहदानी लिन पुरानो सक्कल राहदानी र राजस्व तिरेको सक्कल रसिद सहित आवेदक आफैं आउनु होला । कम्पनीको आधिकारिक पत्र पेश गरेको खण्डमा पत्रमा उल्लिखित आवेदकको राहदानी तोकिएको व्यक्तिलाई निजको परिचयपत्र एकिन गरी (अकामा हेरी) दिन सकिने छ।

थप जानकारीको लागि राजदूतावासको फोन: ०११४६१११०८ मा कार्यालय समयमा सम्पर्क गर्नुहोला।

--------------------

नेपाली राजदूतावास, रियाद ।
१८ मे २०२६

1142.xlsx

18/05/2026

वैदेशिक रोजगार सूचना व्यवस्थापन प्रणाली (FEIMS) को Password Reset सम्बन्धमा वैदेशिक रोजगार विभागको जानकारी ।

HandbooK.pdf 18/05/2026

सचेतनामुलक हाते पुस्तिका सम्बन्धमा।

साउदी अरबमा बस्ने नेपाली श्रमिकहरूले जान्नुपर्ने विषय तथा जानकारी समावेश गरी राजदूतावासले सचेतनामुलक हाते पुस्तिका तयार गरेको छ । राजदूतावासले प्रदान गर्ने सेवाहरूः राहदानी नवीकरण, कन्सुलर सेवा, पुनः श्रम स्वीकृति, Exit Visa प्रक्रिया, शव नेपाल पठाउने प्रक्रिया तथा क्षतिपूर्तिको प्रक्रिया आदिका बिषयमा पुस्तिकामा जानकारी समावेश गरिएको छ । पुस्तिकामा QIWA Agreement तथा Absher र सामाजिक सुरक्षा योजना बारेमा समेत जानकारी समावेश गरिएको छ । श्रमिकहरूलाई उपयोगी हुने QR Codes समेत पुस्तिकामा राखिएको छ । पुस्तिकालाई राजदूतावासको वेबसाइटमा समेत राखिएको छ । साउदी अरबमा रहेका र साउदी आउने क्रममा रहेका नेपालीलाई उक्त हाते पुस्तिका पढ्न र Share गर्न राजदूतावास अनुरोध गर्दछ ।

सचेतनामुलक हाते पुस्तिकाको लागि लिङ्कः

https://drive.google.com/file/d/1zAx_mJMBxjhPM9X7GU9bTwPiC5hA-jRk/view?usp=sharing

नेपाली राजदूतावास, रियाद
मितिः २०८३/०२/०४ गते

HandbooK.pdf

15/05/2026

नेपाली राजदूतावास, रियादले दूतावासको आधिकारिक फेसबुक पेजबाट श्रमिकसँग प्रत्यक्ष जोडिन र समस्या तथा गुनासो सम्बोधनका लागि लाइभ कार्यक्रम गर्न लागेको हुँदा उक्त लाईभ कार्यक्रममा जोडिनु हुन साउदी अरबमा रहनु भएका नेपाली नागरिकलाई नेपाली राजदूतावास, रियाद हार्दिक अनुरोध गर्दछ ।

14/05/2026

राजदूतावासमार्फत ६० जनाको Final Exit Visa प्राप्त भएको सूचना ।

१. यस राजदूतावासबाट Exit Visa को प्रक्रिया गरिएका मध्ये यसैसाथ संलग्न सूची बमोजिमका नेपालीहरूको Exit Visa प्राप्त भएकोले यथाशीघ्र नेपाल फर्कनु हुन अनुरोध गरिन्छ ।

२. Iqama Expire भइ नेपाल फर्कन चाहनु हुनेले नेपाली राजदूतावासमा उपस्थित भइ ३ (पाना) को सिफारिसपत्र लिनुहोला । उक्त सिफारिसपत्र प्राप्त पाए पश्चात https://sso.hrsd.gov.sa/login पेजमा गइ Please Create a New Account मा Click गरी Account Create गर्नुपर्छ । उक्त Page मार्फत आफ्नो Iqama Number, जन्म मिति (अरबी – Hijri Calendar अनुसार) मोवाइल नम्बर, Verification Code भरेपछि Declaration मा Click गरी Registration गर्नुपर्छ । सो पश्चात HRSD बाट म्यासेज आउँछ र सो म्यासेजमा आएको Password को प्रयोग गरी https://sso.hrsd.gov.sa/login Page/Client Page मा Iqama Number र Password को प्रयो गरी Entrance गर्ने र Final Exit मा Request गरी फाराम भर्नु पर्दछ । फाराम भरेको म्यासेज सोही समयमा नै आउनेछ। केही हप्ता वा महिनापछि HRSD बाट Final Exit को Dispatch Number म्यासेजबाट प्राप्त भएपछि सो Dispatch Number/QR Code सहित आफ्नो सक्कल Iqama र Passport Copy यस राजदूतावासमा पेश गर्नुहोला। यसरी पेश भएको २ हप्ता सम्ममा MOI वा Nepal Embassy बाट Final Exit को जानकारी प्राप्त हुन्छ ।

३. यदि मोवाइलमा Exit Visa लागेको म्यासेज आएको छैन भने राजदूतावासमा सम्पर्क गरेर आफ्नो एक्जिट भिसाको पेपर लिएर जानुहुन अनुरोध गरिन्छ । एक्जिट भिसा लागेको म्यासेज मोवाइलमा आएसकेको छ भने एयरपोर्टमा त्यही म्यासेज देखाउँदा हुन्छ एक्जिट पेपर लिनको लागि राजदूतावासमा आइरहनु पर्दैन।

४. Exit Visa प्रोसेसिङ्ग निशुःल्क हुनेछ । Exit Visa आइसकेपछि नेपाल फर्किने हवाई टिकट व्यक्ति स्वयंले व्यवस्था गर्नुपर्नेछ ।

५. Exit Visa मा भएको राहदानी/ट्राभल डकुमेन्ट नम्वर र आफूसँग भएको राहदानी/ट्राभल डकुमेन्ट नम्वर एउटै छ/छैन हेरेर एकिन गरी हवाई टिकट खरिद गर्नुहोला ।

थप जानकारी चाहिएमा मात्र राजदूतावास, रियादको सम्पर्क नम्वर ०११-४६१११०८ मा विहान ८:०० बजे देखि वेलुका ४:०० बजेसम्म, ०११-२८८३७९५ मा दिउसो ३:०० बजे देखि वेलुका ४:०० बजेसम्म र नेपाली महावाणिज्यदूतावास जेद्दाको लागि ०१२-६२२६६६५ मा नियोग खुल्ला रहेको दिन सम्पर्क गर्नु होला ।

नेपाली राजदूतावास, रियाद ।
१४ मे २०२६

14/05/2026

Facebook Live गर्ने सम्बन्धमा ।

भोलि मितिः १५ मे २०२६ गते (शुक्रवार) विहान १०.०० बजे नेपाली राजदूतावास, रियादले दूतावासको आधिकारिक फेसबुक पेजबाट श्रमिकसँग प्रत्यक्ष जोडिन र समस्या तथा गुनासो सम्बोधनका लागि लाइभ कार्यक्रम गर्न लागेको हुँदा उक्त लाईभ कार्यक्रममा जोडिनु हुन साउदी अरबमा रहनु भएका नेपाली नागरिकलाई नेपाली राजदूतावास, रियाद हार्दिक अनुरोध गर्दछ ।

नेपाली राजदूतावास, रियाद।
१४ मे २०२६

13/05/2026

जुवेल (Jubail) मा राहदानी नवीकरण तथा वितरणका लागि घुम्ती शिविर सञ्चालन हुने सूचना।

नेपाली राजदूतावास, रियादले साउदी अरेबियाको जुवेल (Jubail) मा मितिः २०८३/०२/०८ र ०९ गते (२२ र २३ मे २०२६) शुक्रबार र शनिबार दुई (२) दिन देहायको स्थान र समयमा राहदानी नवीकरण तथा राहदानी वितरणका लागि घुम्ती शिविर सञ्चालन गर्न लागेको व्यहोरा सम्बन्धित सबैमा जानकारी गराइन्छ ।

स्थानः Sharq Asian Restaurant, Jubail.

लोकेशनः https://maps.app.goo.gl/kMREPjkQgc6smx1M9

राहदानी फाराम भर्ने लिङ्कः https://emrtds.nepalpassport.gov.np/

(राहदानी नवीकरण गर्न Pre-enrollment Form भरेको मितिमा मात्रै शिविरमा आउनु होला ।) See less

emrtds.nepalpassport.gov.np

Photos from Embassy of Nepal, Riyadh नेपाली राजदूतावास, रियाद's post 07/05/2026

राजदूतावासमार्फत ७० जनाको Final Exit Visa प्राप्त भएको सूचना ।

१. यस राजदूतावासबाट Exit Visa को प्रक्रिया गरिएका मध्ये यसैसाथ संलग्न सूची बमोजिमका नेपालीहरूको Exit Visa प्राप्त भएकोले यथाशीघ्र नेपाल फर्कनु हुन अनुरोध गरिन्छ ।

२. Iqama Expire भइ नेपाल फर्कन चाहनु हुनेले नेपाली राजदूतावासमा उपस्थित भइ ३ (पाना) को सिफारिसपत्र लिनुहोला । उक्त सिफारिसपत्र प्राप्त पाए पश्चात https://sso.hrsd.gov.sa/login पेजमा गइ Please Create a New Account मा Click गरी Account Create गर्नुपर्छ । उक्त Page मार्फत आफ्नो Iqama Number, जन्म मिति (अरबी – Hijri Calendar अनुसार) मोवाइल नम्बर, Verification Code भरेपछि Declaration मा Click गरी Registration गर्नुपर्छ । सो पश्चात HRSD बाट म्यासेज आउँछ र सो म्यासेजमा आएको Password को प्रयोग गरी https://sso.hrsd.gov.sa/login Page/Client Page मा Iqama Number र Password को प्रयो गरी Entrance गर्ने र Final Exit मा Request गरी फाराम भर्नु पर्दछ । फाराम भरेको म्यासेज सोही समयमा नै आउनेछ। केही हप्ता वा महिनापछि HRSD बाट Final Exit को Dispatch Number म्यासेजबाट प्राप्त भएपछि सो Dispatch Number/QR Code सहित आफ्नो सक्कल Iqama र Passport Copy यस राजदूतावासमा पेश गर्नुहोला। यसरी पेश भएको २ हप्ता सम्ममा MOI वा Nepal Embassy बाट Final Exit को जानकारी प्राप्त हुन्छ ।

३. यदि मोवाइलमा Exit Visa लागेको म्यासेज आएको छैन भने राजदूतावासमा सम्पर्क गरेर आफ्नो एक्जिट भिसाको पेपर लिएर जानुहुन अनुरोध गरिन्छ । एक्जिट भिसा लागेको म्यासेज मोवाइलमा आएसकेको छ भने एयरपोर्टमा त्यही म्यासेज देखाउँदा हुन्छ एक्जिट पेपर लिनको लागि राजदूतावासमा आइरहनु पर्दैन।

४. Exit Visa प्रोसेसिङ्ग निशुःल्क हुनेछ । Exit Visa आइसकेपछि नेपाल फर्किने हवाई टिकट व्यक्ति स्वयंले व्यवस्था गर्नुपर्नेछ ।

५. Exit Visa मा भएको राहदानी/ट्राभल डकुमेन्ट नम्वर र आफूसँग भएको राहदानी/ट्राभल डकुमेन्ट नम्वर एउटै छ/छैन हेरेर एकिन गरी हवाई टिकट खरिद गर्नुहोला ।

थप जानकारी चाहिएमा मात्र राजदूतावास, रियादको सम्पर्क नम्वर ०११-४६१११०८ मा विहान ८:०० बजे देखि वेलुका ४:०० बजेसम्म, ०११-२८८३७९५ मा दिउसो ३:०० बजे देखि वेलुका ४:०० बजेसम्म र नेपाली महावाणिज्यदूतावास जेद्दाको लागि ०१२-६२२६६६५ मा नियोग खुल्ला रहेको दिन सम्पर्क गर्नु होला ।

नेपाली राजदूतावास, रियाद ।
०७ मे २०२६

Want your business to be the top-listed Government Service in Riyadh?

Click here to claim your Sponsored Listing.

Location

Address

Https://goo. Gl/maps/tixPbZEgA46CKsfE 9
Riyadh
94384

Opening Hours

Monday 9am - 4pm
Tuesday 9am - 4pm
Wednesday 9am - 4pm
Thursday 9am - 4pm
Sunday 9am - 4pm