08/23/2026
न्यु योर्क स्टेट जनसम्पर्क समितिको आयोजनामा नेपाली कांग्रेसका महामन्त्री गुरुराज घिमिरेज्यूसँग समसामयिक राजनीतिक विषय, पार्टी संगठन, प्रवासमा रहेका नेपाली कांग्रेसका शुभेच्छुक तथा सदस्यहरूको भूमिका र आगामी दिनका चुनौती तथा सम्भावनाबारे महत्वपूर्ण अन्तरक्रिया तथा भेटघाट सम्पन्न भयो।
यस अवसरमा नवनिर्वाचित पदाधिकारीहरूलाई हार्दिक बधाई तथा सफल कार्यकालको शुभकामना व्यक्त गर्दै, आपसी शुभेच्छा र सद्भाव आदानप्रदानका साथ कार्यक्रम सम्पन्न गरियो।
नेपाली कांग्रेसलाई थप सुदृढ, लोकतान्त्रिक, जनमुखी र प्रवासी नेपालीसँग अझ नजिक बनाउँदै अघि बढ्न यस्ता संवाद र अन्तरक्रियाले महत्वपूर्ण भूमिका खेल्ने विश्वास लिएका छौँ।
कार्यक्रमका केही सम्झनायोग्य तस्वीरहरू। 🇳🇵
#नेपालीकांग्रेस #जनसम्पर्कसमिति #गुरुराजघिमिरे #अन्तरक्रिया #नवनिर्वाचितपदाधिकारी #प्रवासीनेपाली #लोकतन्त्र #जयनेपाल