शारदा नगरपालिका , सल्यान

शारदा नगरपालिका , सल्यान

Share

Government Organization

31/05/2026

नेपाली मौलिक संस्कृति र परम्पराको महत्वपूर्ण पहिचानका रूपमा रहेको पन्चेवाजाको संरक्षण, संवर्द्धन तथा नयाँ पुस्तामा यसको महत्वबारे सचेतना अभिवृद्धि गर्ने उद्देश्य राखेर शारदा नगरपालिका र उद्योग तथा उपभोक्ता हित संरक्षण कार्यालय सल्यानको आयोजनामा शारदा नगरपालिका वडा नम्बर-१५ मा पन्चेवाजा संरक्षण तथा प्रबर्द्धन कार्यक्रम संचालन गरिएको थियो ।

Photos from Prakash Bhandari - Secretariat's post 31/05/2026

कर्णाली प्रदेश योजना आयोगको आयोजनामा कर्णाली प्रदेश विकास परिषदको चौथो बैठक सुर्खेतको वीरेन्द्रनगरमा सुरु ।
उक्त बैठकमा शारदा नगरपालिकाका नगर प्रमुख प्रकाश भण्डारी सहभागी ।
-१७ बैशाख २०८३

Photos from Prakash Bhandari - Secretariat's post 30/05/2026

लिसा–कुरल–सिमपाखा–स्याला हुँदै कजेरी स्वास्थ्य चौकी जोड्ने मोटर बाटो को स्तरउन्नति कार्यको सुरु भएको जानकारी गराइन्छ ।

नागरिकले ब्यग्र प्रतीक्षा गरेको यस सडकले स्थानीय नागरिकको आवतजावत सहज बनाउनुका साथै स्वास्थ्य सेवा, शिक्षा, कृषि तथा समग्र विकासमा महत्वपूर्ण योगदान पुर्‍याउने विश्वास छ । वर्षौंदेखिको स्थानीय जनताको अपेक्षा पूरा गर्ने दिशामा यो कार्य महत्वपूर्ण उपलब्धि बन्ने अपेक्षा लिइएको छ ।

Photos from Prakash Bhandari - Secretariat's post 30/05/2026

शारदा नगरपालिकाले कार्यान्वयन गरेको जलबायु परिबर्तन स्थानीय अनुकूलन (LACC) परियोजना अन्तर्गत उपभोक्ता समिती ब्यबस्थापन तथा बाह्य सामग्री खरिद तालिम सम्पन्न ।
शुक्रबार नगरप्रमुख प्रकाश भण्डारीको प्रमुख आथित्यतामा सम्पन्न कार्यक्रममा LACC कार्यक्रम अधिकृत निमराज केसीका साथै विभिन्न उपभोक्ता समितिका सद्स्यहरुको उपस्तिथि रहेको थियो ।
-१६ बैशाख २०८३

29/05/2026

शुभकामना 🙏❤️

Photos from Prakash Bhandari - Secretariat's post 28/05/2026

🔹शारदा नगरपालिका र उद्योग तथा उपभोक्ता हित संरक्षण कार्यालय सल्यानको संयुक्त आयोजनामा
स्थानीय कच्चा पदार्थमा आधारित स्थानीय सिप बिकास तालिम कार्यक्रम अन्तर्गत संचालित बास निगालोको सामग्री बनाउने तालिम वडा नम्बर-१२ मा बुधबार सम्पन्न ।

🔹उद्योग तथा उपभोक्ता हित संरक्षण कार्यालय सल्यानका प्रमुख श्यामलाल खरालको अध्यक्षता तथा नगर प्रमुख प्रकाश भण्डारीको प्रमुख आथित्यतामा सम्पन्न कार्यक्रममा उप प्रमुख सुस्मिता सापकोटा, वडा अध्यक्ष सुरेन्द्र बुढाको उपस्थिति रहेको थियो ।

🔹१६ जना प्रशिक्षार्थी उक्त तालिम मा सहभागी रहेका थिए । समापन कार्यक्रमको सहजीकरण उद्योग तथा उपभोक्ता हित संरक्षण कार्यालय सल्यानका कर्मचारी धुर्बबहादुर खत्रीले गर्नु भएको थियो l

Photos from शारदा नगरपालिका , सल्यान's post 28/05/2026

🎉हार्दिक बधाई 🎉
सामाजिक विकास कार्यालय सल्यानको आयोजनामा बिद्यार्थी प्रतिभा पहिचान कार्यक्रम अन्तर्गत विज्ञान प्रदर्शनी प्रतियोगितामा शारदा नगरपालिका , सल्यानको तर्फबाट सहभागीता जनाइ त्रिभुवन जन मा.वि.लुहापिङ्गमा अध्यनरत द्धितीय स्थान प्राप्त गर्न सफल निरुप चौधरी र सुनिभा शर्मा र चित्रकलामा महेन्द्ररत्न मा.वि. पिपल्नेटाका छत्रा न्युरिका बस्नेत प्रथम स्थान हुनु भएकोमा हार्दिक बधाई ।
----------------------
प्रकाश भण्डारी
नगर प्रमुख
एवं समस्त शारदा नगरपालिका सल्यान परिवार

Photos from Prakash Bhandari - Secretariat's post 27/05/2026

नेपाली सेना सिद्दी बक्स गण सिमखर्क र सशस्त्र प्रहरी बल सल्यानको आयोजनामा शारदा नगरपालिका -८ सिमखर्कमा बिपद प्रतिकार्य अभ्यासको नगर प्रमुख प्रकाश भण्डारीद्वारा अबलोकन !

Photos from शारदा नगरपालिका , सल्यान's post 27/05/2026

कृषि विकास कार्यालय, सल्यानको आयोजना तथा शारदा नगरपालिकाको समन्वयमा नगरको वार्ड नं. ०७ मा कृषकहरुलाई दुई दिने सुन्तला बगैंचा स्थापना तथा ब्यवस्थापन सम्बन्धी तालिम कार्यक्रम सम्पन्न भएको छ।

यस तालिमको मुख्य उद्देश्य सुन्तला ह्रासका कारण उत्पादनमा आएको कमी तथा बगैँचा नास हुने समस्यालाई न्यूनीकरण गर्नु रहेको थियो। तालिम विशेषगरी सुन्तला बगैँचामा फैलिँदै गएको Citrus Greening रोगको पहिचान, व्यवस्थापन तथा बगैँचा संरक्षणमा केन्द्रित रहेको थियो।

तालिममा सम्पादन गरिएका मुख्य क्रियाकलापहरू निम्न रहेका छन् :

१. सूक्ष्म खाद्यतत्वहरूको मिश्रण तयार गरी Greening रोगबाट प्रभावित बिरुवाहरूलाई स्प्रे मार्फत पोषण उपलब्ध गराउने विधिबारे व्यवहारिक प्रशिक्षण प्रदान गरियो।

२. सुन्तलामा लाग्ने विभिन्न रोग तथा किराको सही पहिचान र तिनको प्रभावकारी व्यवस्थापन सम्बन्धी विषयमा तालिम विशेष केन्द्रित रह्यो।

३. मलखाद व्यवस्थापन, बगैँचा सरसफाइ तथा बिरुवाको उचित काँटछाँट सम्बन्धी विषयलाई पनि विशेष महत्वका साथ समावेश गरी कृषकहरूलाई जानकारी प्रदान गरियो।

Photos from शारदा नगरपालिका , सल्यान's post 27/05/2026

शारदा नगरपालिका शिक्षा युवा तथा खेलकुद शाखाको आयोजनामा शैक्षिक सुचना ब्यबस्थापन (EMIS) सम्बन्धि शिक्षक तालिम ।
नगर प्रमुख प्रकाश भण्डारीले उदघाटन गर्नु भएको तालिममा विभिन्न बिद्यालयका ३१ जना शिक्षकहरु सहभागी ।
-१३ जेठ २०८३/ नगरपालिका सभा हल

Want your business to be the top-listed Government Service in Salyan?

Click here to claim your Sponsored Listing.

Location

Telephone

Address


Khalanga/2
Salyan
22200