Dakshin Deukhuri Adhikar Manch

  • Home
  • Dakshin Deukhuri Adhikar Manch
Contact the organization

Dakshin Deukhuri Adhikar Manch Working for social improvement through the agriculture and farming .

च्याउ खेती र तरकारी खेतिबाट मनज्ञ आम्दानी बटुल्दै घोराहाको प्रगतिशील समुह ।
29/11/2020

च्याउ खेती र तरकारी खेतिबाट मनज्ञ आम्दानी बटुल्दै घोराहाको प्रगतिशील समुह ।

दक्षिण देउखुरी अधिकार मन्चको भवन वरिपरी तारबारको कार्य सम्पन्न ।
13/11/2020

दक्षिण देउखुरी अधिकार मन्चको भवन वरिपरी तारबारको कार्य सम्पन्न ।

आज दक्षिण देउखुरी अधिकार मंच को आयोजनामा र नेपाल परिवार नियोजन संघ दाङ शाखा को आर्थिक सहयोग मा  'सुरक्षित गर्भपतन सेवा प...
26/09/2020

आज दक्षिण देउखुरी अधिकार मंच को आयोजनामा र नेपाल परिवार नियोजन संघ दाङ शाखा को आर्थिक सहयोग मा 'सुरक्षित गर्भपतन सेवा प्रति हामो प्रतिबद्धता कोभिड 19 को महामारी मा पनि सेवा को सुनिश्चितता ' बन्ने मूल नाराका साथ छैठौ सुरक्षित गर्भपतन दिवस को अबसरमा महिला लाई गर्भपतन तथा प्रजनन स्वास्थ्य सम्बन्धी छलफल तथा अभिमुखिकरण कार्यक्रम गरिमा मनाइयो ।

कोरोना भाइरस संक्रमण बढ्दै गईरहेको वर्तामान अवस्थामा समुहका सदस्यहरुलाई सचेत गराउदै गढवा ६ मधपुरको सरस्वर्ती समुहमा तिज ...
10/08/2020

कोरोना भाइरस संक्रमण बढ्दै गईरहेको वर्तामान अवस्थामा समुहका सदस्यहरुलाई सचेत गराउदै गढवा ६ मधपुरको सरस्वर्ती समुहमा तिज विशेष कार्यक्रम सम्पन्न भयो ।

सामुदायमा आधारित कार्य सञ्जाल संस्था दक्षिण देउखुरी अधिकार मा आवद्ध गढवा गाउँपालिका  का २७ वटा समुह र राजपुर गाउँपालिका ...
06/08/2020

सामुदायमा आधारित कार्य सञ्जाल संस्था दक्षिण देउखुरी अधिकार मा आवद्ध गढवा गाउँपालिका का २७ वटा समुह र राजपुर गाउँपालिका का १० वटा समुहका सचिव र कोषाध्यक्ष लाई कोष व्यवस्थापन सम्बन्धी दुई दिने कार्याशाला सम्पन्न ।

20/07/2020
17/07/2020

कर्मचारी आवश्यकता

विज्ञापन नं.१–२०७७/२०७८
दक्षिण देउखुरी अधिकार मञ्च गढवा दाङ समुदायमा आधारित कार्यसंजाल संस्था हो । यस संस्थाले विगत८वर्ष देखि सहकर्मी समाज सुर्खेत संगको साझेदारीमा सामुदायिक संगठनको दीगोफनाका लागि स–सशक्ति करणमा आधारित जीवन स्तर सुधार कार्यत्रम ( Community Organizing for Sustainable and Empowerment based Livelihood Improvement -COSELI-Programme Dang )संचालन गरिरहेको छ ।ऊक्त कार्यत्रम संचालनका क्रममा तपसिल बमोजिमका कर्मचारीको स्थान रिक्त हुन आएकोले योग्यता पुगेका नेपाली नागरिकहरुबाट तपसिल बमोजिको विवरण अनुसार दरखास्त आव्हान गरिन्छ ।
१. पद - कार्यक्रम व्यवस्थापक
संख्या - १ (एक)
योग्यता -मान्यता प्राप्तशिक्षण संस्थावाट कम्तिमा स्नातकतहवा सो सरह उत्तीर्ण गरेको ।
उमेर - २१ बर्ष पुरा भै ४५ वर्ष ननाघेको ।
अनुभव - सामाजिक विकासको क्षेत्रमा कम्तीमा दुई वर्षको अनुभव प्राप्त गरेको ।
बान्छनिय योग्यता - नेपाली तथा अंग्रेजी भाषामा प्रतिवेदनहरु तयार गर्न सक्ने ।कम्प्यूटरमा राम्रो दखल भएको ।समन्वय र सम्वन्ध विस्तार गर्न सक्ने क्षमता भएको । कम्तिमा ५वर्ष संस्थाको जिम्मेवारीमा प्रतिवद्ध हुन सक्ने ।

कायक्रम ब्यवस्थापकले गर्नुपर्ने मुख्य जिम्मेवारीहरुः
कार्यक्रम ब्यवस्थापक यस संस्थाको सबै भन्दा वरिष्ठ पद भएकोले सम्पूर्ण कर्मचारी ब्यवस्थापन र यस संस्थाको संस्थागत कृयाकलापका साथै संचालन हुने सम्फूर्ण कार्यक्रमहरुको नेतृत्वको जिम्मेवारी हुनेछ । कार्यत्रम ब्यवस्थापक संस्थाका कार्यसमितिका अध्यक्षप्रति उत्तरदायि रहदै निम्नानुसार मुख्य जिम्मेवारीहरु पुरा गर्नुपर्नेछ ।

- सामुदायिक संगठनको दीगोफनाकालागि स–शक्तिकरणमा आधारित जीवन स्तर सुधार कार्यत्रम संचालनको सम्पूर्ण ब्यवस्थापन मिलाउने ।
- कार्यक्रम विकास, प्रस्ताव तयारी तथा सम्भावित संस्थाहरुमा श्रोतको खोजीका लागि पहल गर्ने ।
- कार्यक्रमहरुको प्रभावकारी कार्यान्वयन, अनुगमन र आवधिक प्रतिवेदनहरु तयार गरि सम्बन्धित निकायमा पेश गर्ने ।
- कर्मचारी क्षमताविकास, परिचालन योजना र ब्यवस्थापन मिलाउने ।
- अध्यक्ष वा कार्यसमितिको निर्देशनमा संस्थाका सम्पूर्ण संस्थागत कृयाकलापहरु कार्यानवयन गर्ने ।
- संस्थाको तर्फबाट अध्यक्षको परामर्शमा सरकारी, दातृ निकाय तथा सरोकारवाला निकायहरु संग सम्बन्ध, समन्वय तथा सहकार्यको वातावरण मिलाउने ।

उल्लेखित विवरण अनुसारको योग्यता पुगेका नेपाली नागरिकहरुले आफ्नो व्यक्तिगत विवरण (Bio-data) नेपाली नागरिकता, शैक्षिक योग्यता, तालिम तथा अनुभव आदिको फोटोकपी र हालसालै खिचेको पासपोर्ट साईजको एक प्रतिफोटो, सम्पर्क मोवाईल नं., ठेगाना र आफ्नो हस्तलिखित निवेदन सहित मिति२०७७/०४/११गते साँझ ५.०० बजे भित्र तपसिलको ठेगानामा आई पुग्ने गरि दरखास्त आव्हान गरिन्छ ।
निवेदका साथमा निम्नानुसार प्रश्नको जवाफ सहित पेश गर्नुपर्ने छ ।
१. सरकारले लिएको सम्बृद्धि र विकासका लागि स्थानीय समुदायमा आधारित गैरसरकारी संस्थाहरुको भूमिकाकस्तो हुनुपर्दछ ? र तपाईको विचारमा सरकारले यस्ता संस्थाहरु परिचालनका लागि कस्तो नीति लिनुपर्दछ होला?
२. गैरसरकारी संस्था ब्यवस्थापन भन्नाले के बुझ्नु हुन्छ? गैरसरकारी संस्था ब्यवस्थापनमा यसको कर्मचारी नेतृत्वको भूमिका कस्तो हुनुपर्दछ ?
३. तपाईको विचारमा स्थानीय स्तरमा नै स्वरोजगारको अवसर कसरी सृजनागर्न सकिन्छ होला?गढवा र राजपुर गाउँपालिका भित्र स्थानीय स्वरोजगार सृजनाको लागि के कस्ता सम्भावनाहरु देख्नुहुन्छ ?

रित नपुगेको र म्याद नाघिआएको दरखास्त उपर कुनै कारवाहीहुने छैन । प्रारम्भिक छनोटमा परेका उम्मेदवारलाई मात्र अन्तरवार्तामा बोलाईनेछ । दक्षिण देउखुरी अधिकार मञ्चको कार्यक्षेत्र गढवा र राजपुर गाउँपालिकामा रहेका सामुदायिक समूहका सदस्यहरु वा ऊक्त गाउपालिकाहरुमा स्थायी बसोवास गरेका व्यत्तिहरुलाई विशेष ग्राह््यता दिईने छ ।तलब तथा अन्य सेवा सुविधा दक्षिण देउखुरी अधिकार मञ्चको आर्थिक तथा कर्मचारी प्रशासन नियमावली अनुसार हुनेछ । टेलीफोन सम्पर्कशोभनिय मानिने छैन ।


अध्यक्ष
दक्षिण देउखुरी अधिकार मञ्च
गढवा –२ गढवा, दाङ
(वुद्धज्योतीबोर्डिङ्ग स्कुलजाने बाटोमा)
ईमेल [email protected]

उपाध्यक्ष द्वारा घम्तिकोष वितरणसामुदायमा आधारित कार्यसञ्जाल संस्था दक्षिण देउखुरी अधिकार मंञ्च ले विकास कोष नर्बेको आर्थ...
25/06/2020

उपाध्यक्ष द्वारा घम्तिकोष वितरण
सामुदायमा आधारित कार्यसञ्जाल संस्था दक्षिण देउखुरी अधिकार मंञ्च ले विकास कोष नर्बेको आर्थिक सहयोग र सहकर्मी समाजको प्रबिधिक सहयोगमा सन् २०१२ देखि कोशेली परियोजना संचालन गर्दै आएको छ । दक्षिण देउखुरी अधिकार मञ्च मा आवद्व सिमान्तकृत पछाडी पारिएका महिला मदेशी जनजाती दलित हरुको जिबनस्तर माथी उठाउनका लागी मदत पु–याउदै आएको छ । जस अन्तरगत दक्षिण देउखुरी अधिकार मञ्चमा आबद्व १० वटा समुहका १० जना सदस्यहरुलाई आयआर्जनमा मदर्त पु–याउन का लागी प्रति सदस्य रु २०००० का दरले जम्मा २००००० रुपैया गढवा गा.पा.का उपाध्यक्ष श्री शान्ति चौधरी ज्यु बाट हस्तान्तरण गर्ने कार्यक्म सम्पन्न भयो ।

Address


Website

Alerts

Be the first to know and let us send you an email when Dakshin Deukhuri Adhikar Manch posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Contact The Organization

Send a message to Dakshin Deukhuri Adhikar Manch:

Shortcuts

  • Want your organization to be the top-listed government service?

Share