Panchayat Account Assistants

Panchayat Account Assistants

Share

Contact information, map and directions, contact form, opening hours, services, ratings, photos, videos and announcements from Panchayat Account Assistants, Government Official, .

Photos from Panchayat Account Assistants's post 19/08/2021

One day Orientation program on PFMS... Director, Panchayati Raj Shri Prabhakar Rai grace the occasion as the special guest and assured every possible help from his side to all the Panchayat Accounts Assistant of Sikkim.

16/08/2020

"DUE TO AUSTERITY MEASURE OUR FILE IS IN ABEYANCE"
WHY ONLY OUR REGULARISATION FILE???

SIKKIM PAA

Photos from PAA's post 03/08/2020
01/08/2020

WE WANT JUSTICE

राज्यमा १८६ ग्राम पन्चायत एकाइमा कार्यरत सम्पुर्ण पन्चायत एकाउन्ट एसिस्टेनको (PAA) तर्फबाट सिक्किमको वर्तमान सरकार प्रती आभार ब्याक्त गर्दै यस कोविद १९ को महामारीलाइ नियन्त्रणमा राख्न सरकार सक्षम भएकोमा सम्पुर्ण पन्चायत एकाउन्ट एसिस्टेन साथै कार्यलयका सबै कार्यरत कर्मचारीले आभार व्यक्त गरेका छन् ।सरकारको कुशल प्रणालीले गर्दा अहिलेसम्म ग्राम स्तर पनि सुरक्षित रहेको र यसै ग्राम स्तरमा काम गर्ने जनमानसले पनि सुरक्षा कायम भएको महसुस गरेका छन् । यस्तो विश्व त्रासित महामारीमा पनि ग्रामीण स्तरले भोग्नुपरेको समस्यालाइ पनि सरकारको तर्फबाट सहजै समाधान गरेको छ भने ग्रामीण स्तरका आम नागरिकले पनि सरकारको नियमलाइ शिरोपर गरेका छन् ।

यसै संदर्भमा यस महामारी सकिए पछि ग्राम पन्चायत एकाइमा कार्यरत पन्चायत एकाउन्ट एसिस्टेन (PAA) हरुले सरकार समक्ष आफुहरुले बिगत दस बर्ष अगाडी देखी झेल्दै आएको विभिन्न समस्याहरु पेश गर्ने जमर्को गरेका छन्। यसपटक् पंचायत एकाउन्ट एसिस्टेन संगठनको कार्यकारिणी समितिले एक विशेष छलफल गर्दै आफ्नु समस्याहरु यस महामारी पछी सरकारमा पुर्याउने जमर्को गरेका छन् । उनिहरुको विशेष आफ्नु खोसिएको अधिकार माथी सरकारले मदत गरिदिने माङ गरेका छन् । आफ्नुहरुले गत दस बर्ष अघिदेखि ग्रामीण जनतालाइ सेवा दिइदै आएको हो तर बिभागको पक्षबाट आफुहरुलेु पाएको अधिकारको हनन् भएको बताएका छन् । 2011को अप्रेल महिनादेखी महिनामा रु 5 हजार सेरिलेरी थाप्ने कर्मचारी´ पा {PAA ) ´मात्रै हुन जस्मा सेवाको भावनाले काम गरेको बताउछन् । आफ्नुहरुले 2011 देखी 2018 सम्म 5 हजार सेलेरीमा नोकरी गरेर बिभाग र सरकार समक्ष कुनै गुनासो नगरी सेवा पुउर्याएको अनि आफुहरुले कुनै दिन बिभागले घरको बाबुले झै समान दृस्ठिले सबै घरको सदस्यलाइ झै बिभागले पनि नछुट्याइ काम गर्ने छ भन्ने भरोसा मा यति लामो समय सम्म समयलाइ पर्खिन सायद अरु कुनै कर्मचारी छैनन् होला । सिधा र सोझो तरिकाले आफुहरुले समयलाई कुरिरहेको हो तर सोझा र सिधा कर्मचारीले बिभाग प्रती भरोसा गरेर बस्दा आफ्नुहरुलाइ ठुलो नोक्सानी भएको बताउछन् ।उनिहरुको भनाइ मताबिक
बर्ष २०१८ मा राज्य सरकारले जारी गरेको अधिसुचना F( 85)/17/GEN/DOP/ Dated 27/04/2018 मार्फत उक्त कर्मचारीलाइ बर्ष 31/ डिसेम्बर 2018मा पाँच बर्ष पुग्ने सम्पुर्ण एड्क , एमआर, कन्सोलिडेट कार्यरत अस्थाई कर्मचारीलाइ स्थाइ (REGULAR) गर्ने सरकारले नियम बनाएर स्थाइ गर्यो ( विभिन्न बिभागका कर्मचारी जस्तै एलडिसी,अफिस सुपरभाइजर ,जे इ , प्लम्बर, लाइनमेन आदिलाइ स्थाइ गरियो तर दुर्भाग्यवश यसै पन्चायत कार्यलयमा काम गर्ने १०९ जना ELIGIBLE पन्चायत एकाउन्ट एसिस्टेनको फाइल २७/०९/२०१८ को दिन राज्य सरकारले स्थाइ गर्ने मन्जुरी दिएता पनि बिभागले उनिहरुको भविस्य अन्धकारमा ढकेल्ने ठुलो षड्यन्त्र रचेर डिओपिको ( DOP ) अधिशुचना 189/GEN /DOP / date 28/01/2019 को Annexure # # आफ्नु १०९ जनाको नाम भने स्थाइ गर्नमा छुटाइएकोमा घोर आपत्ति जनाएको छ। पछि गएर आफुहरुले बिभागको लापरबाही र हेलचेक्राइले गर्दा आफ्नु हकलाइ गुमाउनु परेको बताएका छन् ।कर्मचारीहरुले आफ्नु फाइललाइ घरी यता घरी उता कुदाएर समय बर्वाद गरेको अनि राज्यमा चुनावको समय आउन लागेकाले सिओसी पनि लाग्ने समय भएको थाहा भएता पनि आफुहरुलाइ अल्मलाएको गुनासो छ। सरकारबाट मन्जुरी दिएको फाइल भएतापनि विभागका ठुला बढाहरुले उक्त मन्जुरी भएको फाइललाइ पोस कृएट गर्नको साटो फाइललाइ रि फ्रोसेस गरेर अलमलाएको गुनासो राखेका छन्।
उक्त कर्मचारीहरु ग्रामीण स्तरका गरिब परिवारबाट समावेश छन् भने आफ्नु परिवार धन्नलाइ धेरै समस्य भएको बताउँछन्।
यि कर्मचारीहरुको फाइललाइ फाइनेस बिभागबाट कन्करेन्स गरेको मन्जुरी पनि दिएको हो अन्तमा गत तारिक 07/03/2019 का दिन सरकारले रि- एप्रोवल गरेता पनि अहिलेसम्म ति गरिब, निमुखा अनि दुर्गम क्षेत्रका कर्मचारीलाइ बिभागले अवहेलना गरेको बताउँछन्।
कर्मचारीहरुले अब सरकारको पक्षबाट यस महामारी पछि सकारात्मक पहल गरिदिया जावोस भन्ने आशा भरोसा साँचेको बताएका छन्।
यस बाहेक अब पनि बिभागको तर्फबाट हामी साना कर्मचारीलाइ यस्तो झुकाउने काम गरिन्छ भने अधिसुचना F(85)/GEN/ DOP/ date 27/04/2018 अन्तरगत बिभागका प्रमुख स्थानमा रहेका सबै साथै हाम्रो अधिकारलाइ खोस्न खोज्ने र बाधा पुर्याउनेहरु प्रतीपनि कदम चाल्ने बताएका छन्। साथ साथै आ- आफ्नु वृद्ध आमा- बुवा , बालबच्चा सहित सम्बन्धि बिभागका सचीवको कार्यलयमा न्याय माङ्ने जमर्को कसिसकेको बताएका छन् ।
कतिपय विभागका प्रमुख स्थानमारहेका कर्मचारीहरुले आफुहरुलाइ धेरै सहयोग पनि पुर्याएका छन् भने कतिले आफुहरुको अधिकार माथी खेलबाड पनि गरेको आरोप लगाउदै सरकार समक्ष गुहार माङ्दै यस्तो ग्रामीण स्तरमा सेवा पुर्याउने निमुखा युवा - युवतीले सरकार समक्ष भरोसा राखेका छन् । 2019 चुनाव अगाडी छुटेका सबै को रेगुलर भयो र चुनाव अघि स्थाइ हुनबाट छुटेका NRHM, SSA, MG-NREGA etc ......सबै कर्मचारीलाइ स्थाइ गरियो तर हामी गरीब आमा बाबाका लाचार छोरा छोरीहरु अहिले सम्म आएर पनि विभागको नजरमा टुहुरा टुहुरी झै दयनीय अवस्थामा छौ।

Want your business to be the top-listed Government Service?

Website