01/06/2026
स्रोत नखुलेको सुनको गरगहना तथा नगद सहित १ जना पक्राउ ।
Contact information, map and directions, contact form, opening hours, services, ratings, photos, videos and announcements from District Police Office Surkhet, Government Organization, .
01/06/2026
स्रोत नखुलेको सुनको गरगहना तथा नगद सहित १ जना पक्राउ ।
31/05/2026
विश्व धुम्रपान रहित दिवसको अवसरमा दिप प्रज्वलन कार्यक्रमका झलकहरु...!
31/05/2026
१७ जेठ २०८३ परिचयात्मक साथै अन्तरक्रिया कार्यक्रम सम्पन्न ।
********************************************************
यस जिल्ला प्रहरी कार्यालय सुर्खेतको सभाहलमा कार्यालय प्रमुख प्रहरी उपरीक्षक ठाकुर प्रसाद पोखरेलज्यूको संयोजकत्वमा सिनियर प्रहरी अधिकृतहरु, जिल्ला स्थित विभिन्न यातायात व्यवसायी समितिका पदाधिकारी तथा सन्चालकहरुको उपस्थितिमा “परिचयात्मक साथै शान्ति सुरक्षा, सवारी दुर्घटना न्युनिकरण, मर्यादित तरिकाले यात्रूहरुको सुरक्षित यात्राका लागि समन्वयात्मक भुमिका सम्बन्धी” अन्तरक्रिया कार्यक्रम भएको छ ।
30/05/2026
फैसाला कार्यान्वयन फरार प्रतिवादी १ जना नियन्त्रणमा !
29/05/2026
१५ जेठ २०८३
निरीक्षण तथा अनुगमन कार्यक्रम सम्पन्न ।
************************************************* यस जिल्ला प्रहरी कार्यालय सुर्खेतका कार्यालय प्रमुख प्रहरी उपरीक्षक ठाकुर प्रसाद पोखरेलज्यु बाट प्रहरी चौकी रानिघाटको कार्यालय भवन, अभिलेख व्यवस्थापन शाखा, हिरासत कक्ष, कार्यालय कम्पाउण्ड, मेश, प्रहरी व्यारेक निरीक्षण गर्नु भई कार्यरत प्रहरी कर्मचारीहरुलाई विभागीय निति निर्देशन बमोजिम अनुशासन तथा उच्च मनोबलका साथ नागरिक मैत्री प्रहरी कार्य गर्ने सम्बन्धमा आवश्यक निर्देशन दिनुभएको छ ।
29/05/2026
१५ जेठ २०८३ गणतन्त्र दिवस २०८३ को अवसरमा आयोजित समारोह कार्यक्रमका झलकहरु...!
28/05/2026
निरीक्षण तथा अनुगमन कार्यक्रम सम्पन्न ।
*********************************************** यस जिल्ला प्रहरी कार्यालय सुर्खेतका कार्यालय प्रमुख प्रहरी उपरीक्षक ठाकुर प्रसाद पोखरेलज्यु बाट इलाका प्रहरी कार्यालय (छिन्चु/लेकवेशी), प्रहरी चौकी (रामघाट, मेहेलकुना, मालारानी र गुमी), अस्थायी प्रहरी पोष्ट (जहरे, बबई, बोटेचौर, लेखफर्सा, नेटा र चिप्ले) का कार्यालय भवन, अभिलेख व्यवस्थापन शाखाहरु, हिरासत कक्ष, कार्यालय कम्पाउण्ड, मेश, प्रहरी व्यारेक निरीक्षण गर्नु भई कार्यरत प्रहरी कर्मचारीहरुलाई विभागीय निति निर्देशन बमोजिम अनुशासन तथा उच्च मनोबलका साथ नागरिक मैत्री प्रहरी कार्य गर्ने सम्बन्धमा आवश्यक निर्देशन दिनुभएको छ ।
28/05/2026
१४ जेठ २०८३ विपद प्रतिकार्य सम्बन्धी संयुक्त अभ्यास सम्पन्न।
*******************************************************
जिल्ला सुर्खेत भेरीगंगा नगरपालिका वडा नं.११ चिप्ले स्थित भेरी नदीमा श्री उत्तर पश्चिम पृतना हेडक्वाटरको संयोजकत्वमा श्री काली बहादुर गणद्वारा विपद प्रतिकार्य सम्बन्धी संयुक्त अभ्यास “मनसुन-६” मिति २०८३/०२/०७ गते देखि १४ गते सम्म सन्चालित संयुक्त (Demonestration) कार्यक्रममा कर्णाली प्रदेश सरकारका प्रमुख सचिव ज्युको प्रमुख आथित्यता, श्री उत्तर पश्चिम पृतना सुर्खेतका पृतनापती, तालुक कर्णाली प्रदेश प्रहरी कार्यालय सुर्खेतका प्रमुख, जिल्ला सुर्खेतका प्रमुख जिल्ला जि.प्र.का.सुर्खेतका प्रमुख, सशस्त्र प्रहरी बल नेपाल नं.३२ गण हे.क्वा. रक्तकालीका प्रमुख लगायत पत्रकार, स्थानिय पालिकाका प्रतिनिधी, स्थानिय वासीहरुको उपस्थितीमा विपद प्रतिकार्य सम्बन्धी संयुक्त अभ्यास “मनसुन-६” कार्यक्रम सम्पन्न भएको छ ।
27/05/2026
१३ जेठ २०८३ परिचयात्मक साथै अन्तरक्रिया कार्यक्रम सम्पन्न ।
******************************************************** यस जिल्ला प्रहरी कार्यालय सुर्खेतको सभाहलमा कार्यालय प्रमुख प्रहरी उपरीक्षक ठाकुर प्रसाद पोखरेलज्यूको संयोजकत्वमा सिनियर प्रहरी अधिकृतहरु, जिल्ला स्थित होटल व्यवसायी संघका पदाधिकारी तथा सन्चालकहरुको उपस्थितिमा “परिचयात्मक तथा शान्ति सुरक्षा, अपराध न्युनिकरणमा समन्वयात्मक भुमिका सम्बन्धी” अन्तरक्रिया कार्यक्रम भएको छ ।
26/05/2026
१२ जेठ २०८३ समन्वयात्मक बैठक कार्यक्रम सम्पन्न ।
************************************************* जिल्ला प्रहरी कार्यालय सुर्खेतको समिक्षाहलमा यस कार्यालय महिला, बालबालिका तथा जेष्ठ नागरिक सेवा केन्द्र र आवाज संस्थाको सहकार्यमा आयोजित ‘लैङ्गिक असमानता र लैङ्गिक हिंसा रोकथामका लागि हानिकारक सामाजिक अभ्यासहरुको रुपान्तरण कार्यक्रम’ मा ऐ. संस्थाका निर्देशक पवित्रा शाहीको अध्यक्षता, प्रहरी नायव उपरीक्षक कविन्द्र सिंह बोहराज्यूको प्रमुख आतिथ्यतामा सिनियर प्रहरी अधिकृत, अपराध अनुसन्धान शाखामा कार्यरत प्रहरी कर्मचारीहरु लगायत संस्थाका कर्मचारीहरु…