14/06/2024
३२ जेठ २०८१
बिदाई तथा फेरी भेटौला कार्यक्रम सम्पन्न
.................................................................
यस वडा प्रहरी कार्यालय भैरहवामा कार्यरत रहि नेपाल प्रहरी प्रधान कार्यालय ,कर्मचारी प्रशासन शाखा,नक्साल काठमाण्डौको मिति २०८०।०८।१५ गतेको पत्रले का.सु.गार्ड गोरखा सरुवा भई जान लाग्नु भएका प्रहरी हवल्दार गोरख प्रसाद मौर्य ज्यू लाई यस कार्यालयका कार्यालय प्रमुख प्रहरी निरीक्षक सुरज बहादुर खड्का ज्यु तथा यस कार्यालयका प्रहरी परिवार द्धारा बधाई तथा शुभकामना सहित फेरी भेटौला कार्यक्रम सम्पन्न भएको छ ।
30/04/2024
मिति २०८१।०१।१७ गते १२:०० बजे देखि १३:१५ बजे सम्म जि.रुपन्देही सि.न.पा.वडा नं.-०६ पिपरहिया स्थित रहेको श्री महात्मा बुद्ध माध्यमिक बिद्यालयमा र भैरहवा नमुना माध्यमिक बिद्यालयमा १४:०० बजे देखि १५:१५ बजे सम्म बहुउद्धेश्यीय बिकास सेवा संस्था रुपन्देहीको आयोजना र सिद्धार्थनगर नगरपालिका नगर कार्यपालिकाको कार्यालय भैरहवा रुपन्देहीको समन्वय तथा यस कार्यालयको सह-कार्यमा कक्षा ८,९ र १० का छात्रा, छात्र गरी अं.१५० जनाको उपस्थितीमा लागु औषध दुर्ब्यसन बिरुद्ध प्रशिक्षण तथा जनचेतना मुलक कार्यक्रम गरिएको ....................................................................................................................... ।
01/01/2024
आज मिति २०८०।०९।१६ गते बिहान अं.०७ः३० बजेको समयमा जिल्ला रुपन्देही मायादेबी गा.पा.वडा नं.-०८ बिश्वकर्मा मन्दिर स्थित भारतबाट अबैधरुपमा भन्सार छली, चोरी, पैठारी गरी ल्याएको अं.मुल्य रु.५५,४३५।- ( पचपन्न हजार चार सय पैतिस ) बराबरको कुरकुरे, लेज, पापड, चियापत्ती,चुईगम, टफी ल्याण्ड, ललीपप, युमी लिटल, गुड्डे बिस्कुट,बिजुली खैनी, चिनी र स्नेकर मिठाई समेत बरामद गरी आवश्यक कारवाहीको लागि बेलहिया भन्सार कार्यालय रुपन्देही पठाईएको ।
18/12/2023
आज मिति २०८०।०९।०२ गते बिहान अं.०५ः३० बजेको समयमा जिल्ला रुपन्देही सि.न.पा.वडा नं.-०९ गोनहिया स्थित भारतबाट अबैधरुपमा भन्सार छली, चोरी, पैठारी गरी ल्याएको अं.मुल्य रु.३,००,०००।- ( तिन लाख ) बराबरको रेडिमेड टिसर्ट,पत्तावाल सुर्ती, अगरबत्ती, चियापत्ती, बिजुली खैनी, गुल, ओरियो बिस्कुट, किटक्याट मिठाई,मछडधुप, कुरकुरे तथा लेज, साडी,कुर्था सुरुवाल समेत बरामद गरी आवश्यक कारवाहीको लागि बेलहिया भन्सार कार्यालय रुपन्देही पठाईएको..............................................................................................................।
13/12/2023
आज मिति २०८०।०८।२७ गते दिउसो अं.१३ः०० बजेको समयमा जिल्ला रुपन्देही मायादेबी गा.पा.वडा नं.-०८ बिश्वकर्मा मन्दिर स्थित भारतबाट अबैधरुपमा भन्सार छली, चोरी, पैठारी गरी ल्याएको अं.मुल्य रु.४००००।- ( चालिस हजार ) बराबरको लेडिज कुर्थी सेट , चिनी, ईन्डिया गेट चामल,लेज समेत बरामद गरी आवश्यक कारवाहीको लागि बेलहिया भन्सार कार्यालय रुपन्देही पठाईएको....................।
29/11/2023
" लैङगिक हिंसा बिरुद्धको १६ दिने अभियान "
यस कार्यालयको आयोजना र जिल्ला रुपन्देही मायादेबी गा.पा.वडा नं.-०८ को वडा कार्यालयको सहकार्यमा आज मिति २०८०।०८।१३ गते जि.रुपन्देही मायादेबी गा.पा.वडा नं.-०८ को वडा कार्यालयको सभा हलमा यस कार्यालयको कार्यालय प्रमुख प्रहरी निरीक्षक सुरज बाहदुर खड्का द्धारा विभिन्न संघ संस्थाका पदाधिकारी, जनप्रतिनिधि, स्थानिय मानिस तथा बिद्यार्थी गरी अं. ६०/७० जनाको उपस्थितीमा लैङगिक हिंसा बिरुद्ध सम्बन्धि अन्तरक्रिया कार्यक्रम .................।।।
06/11/2023
मिति २०८०।०६।१७ गते जिल्ला रुपन्देही ति.न.पा. वडा नं.१५ कोटिहवा स्थितबाट जिल्ला रुपन्देही साबिक बेदवार गा.बि.स.वडा नं.-०५ हाल ऐ.ऐ.रोहिणी गा.पा.वडा नं.-०५ बस्ने निर्भय कुमार उपाध्यायको नाममा दर्ता रहेको लु ६७ प ४२६३ नं.को TVS कम्पनीको मो.सा.हराएको भनि मिति २०८०।०६।१८ गते जिल्ला प्रहरी कार्यालय रुपन्देहीमा खोजतलास हुलिया निबेदन दिएको हुदा उल्लेखित मो.सा. खोजतलास गर्दै जादा जिल्ला रुपन्देही सि.न.पा.वडा नं.-०९ अञ्चलपुर स्थित मिति २०८०।०६।१७ गते राती बेवारिसे अवस्थामा फेला पारी यस कार्यालयमा ल्याई राखि सम्बन्धित मो.सा.धनिलाई जानकारी गराई आज मिति २०८०।०७।२० गते उल्लेखित मो.सा. जिम्मा लगाई पठाईएको ..........................................................................................।