BBNA NEPAL

BBNA NEPAL

Share

Contact information, map and directions, contact form, opening hours, services, ratings, photos, videos and announcements from BBNA NEPAL, Social service, Nepal, .

18/10/2025

नेपालीहरूको महान् पर्व तिहार, नयाँवर्ष(नेपाल संवत् ११४६) र छठको उपलक्ष्यमा स्वदेश तथा विदेशमा रहनुहुने सम्पूर्ण नेपालीहरूमा हार्दिक मङ्गलमय शुभकामना व्यक्त गर्दछु ।

16/10/2025

प्रस्तावित सीमा सुरक्षा गुल्म पातोले चाडपर्वलाई लक्षित गरी नेपाल भित्र्याउँदै गरेको करीव २ लाख ८२ हजार रुपैयाँ बराबरको आतसवाजीका सामानसहितको मोटरसाईकल नियन्त्रणमा लिई सम्बन्धित निकायमा बुझाएको छ ।

16/10/2025

आर्थिक अभाव भई उपचारमा समस्या भए पछि जीवन रक्षाको अपिल

14/10/2025

तिहार तथा छठ पर्वलाई लक्षित गरी चोरी तस्करीको माध्यमबाट भित्राइएको साढे ७ लाख मुल्य बराबरको विस्फोटकजन्य पदार्थ पटाका सशस्त्र प्रहरीले बरामद गरेको छ।

14/10/2025

अख्तियार दुरुपयोग अनुसन्धान आयोगले मेलम्ची खानेपानी आयोजनाको कार्यालयमा छापा मारेको छ। अनामनगरस्थित कार्यालयमा छापा मारी कागजातहरू नियन्त्रणमा लिइएको आयोगले जनाएको छ।

13/10/2025

चिकित्सा विज्ञान राष्ट्रिय प्रतिष्ठान, वीर अस्पताल, काठमाडौंमा कार्यरत लेखा अधिकृत ढुण्डी राज दाहाल घुस रकमसहित नियन्त्रणमा

चिकित्सा विज्ञान राष्ट्रिय प्रतिष्ठान, वीर अस्पताल, काठमाडौंमा कार्यरत लेखा अधिकृत ढुण्डी राज दाहालले बिभिन्न सप्लार्स कम्पनी, ठेकेदारहरुलाई नियमानुसार भुक्तानी गर्नुपर्ने बिल रकम भुक्तानी गर्दा घुस/रिसवत वापत रकम लिई कार्यकक्षमा लुकाई राखेको भन्ने सूचना एवं उजुरी निवेदनका आधारमा अख्तियार दुरुपयोग अनुसन्धान आयोग, टंगालबाट खटिई गएको टोलीले निज लेखा अधिकृत ढुण्डी राज दाहाललाई घुस/रिसवत वापतको रकम रु.१,२०,८५०।– (एक लाख बीस हजार आठ सय पचास रुपैयाँ), मोबाइल डिभाइस थान-१(एक) र अन्य सम्बन्धित कागजातहरु सहित निजकै कार्यक्षबाट नियन्त्रणमा लिई थप अनुसन्धान भइरहेको छ।

13/10/2025

भ्रष्टाचार प्रति शुन्य सहनशिलता,शान्ति,बिकास र उत्पादन मार्फत संमृद्ध नेपाल निर्माणको अभियान मा म प्रतिबद्ध छु ।
तपाई नि ?
भ्रष्टाचार बिरुद्ध नागरिक अभियान नेपाल

13/10/2025

हामिले पछिल्लो समय देशको अवस्थालाई मध्य नजर गर्दै भ्रष्टाचार बिरुद्ध नागरिक अभियान नेपाल लाई देशको कुना कुना तथा अन्तर्राष्ट्रिय स्तर सम्म पनि बिकास गर्ने उदेश्यका साथ सबै ठाउँबाट सम्पर्क श्रोत मार्फत नामावलीहरु संकलन गरिरहेका छौं ।
“ भ्रष्टाचार प्रति शुन्य सहनशिलता , शान्ति,बिकास र उत्पादन मार्फत संमृद्ध नेपाल ” को मुख्य नारामा सहमतहुने सबैले कमेन्टमा आफ्नो नाम ठेगाना , सम्पर्क नम्बर तथा फोटो पठाउनु होला हामि जोडिदै जाने छौं ।
“ नेपाली हामी रहौला कहाँ नेपालै नरहे ”
सिधा सम्पर्क ९८४१७७१३७५ ह्वाट्स् एप वा भाईवर

13/10/2025

काठमाडौंको बसपार्क मा पनि यस्तो कार्बाही हुनु पर्यो
............................................................................................
Nepal Police

बाँके जिल्ला प्रहरी प्रमुख तथा प्रहरी उपरीक्षक (एसपी) अंगुर जिसीले रातको समयमा सादा पोसाकमा फिल्डमा निस्किएर अपराध नियन्त्रणका लागि गरेको छड्के अभियानले नेपालगञ्जको रात नै हल्लाएको छ।
बसपार्क आसपासको क्षेत्रमा राति निरीक्षणका क्रममा एसपी जिसी आफैं सामान्य नागरिक बनेर गएका थिए। त्यही क्रममा एक यौनकर्मी नाचिनेर उनको नजिक आइन् र हल्का स्वरमा सोधिन्, “जाने हो?” त्यो क्षणले प्रहरी प्रमुखलाई झस्कायो। उनले तत्काल गाडीमा फर्किएर प्रहरी टोलीलाई संकेत दिए, र त्यसपछि सुरु भयो नेपालगञ्जको चर्चित रात्री कारबाही।
एसपी जिसीको निर्देशनमा बिहीबार राति नेपालगञ्जका मिलन कटेज, भेरी कर्णाली होटेल, रिभरसाइड र दँगाली होटेलमा प्रहरीले एकसाथ छापा मार्‍यो। कारबाहीका क्रममा ३१ महिला र १४ पुरुष गरी ४५ जना पक्राउ परे। पक्राउ पर्नेमा आठ जना भारतीय नागरिक पनि रहेका छन्। प्रहरीले होटेल सञ्चालकसहित अनैतिक कार्यमा संलग्न व्यक्तिहरूलाई नियन्त्रणमा लिएको जनाएको छ।
एसपी जिसीका अनुसार, कारबाहीले बसपार्क र आसपासका क्षेत्रमा हुँदै आएको यौन व्यापार, लागूऔषध र अवैध गतिविधिमा उल्लेखनीय सुधार ल्याएको छ। उनले भने, “म कुर्सीमा बस्न आएको होइन, नागरिकलाई प्रहरी छ है भन्ने सन्देश दिन आएको हुँ।”
‘प्रहरी पनि छ है’ भन्ने सन्देशसहित बाँके प्रहरीले पछिल्लो समय अपराध नियन्त्रण अभियानलाई तीव्र बनाएको छ। स्थानीय बासिन्दाका अनुसार, प्रहरीले सादा पोसाकमा राति गस्ती बढाएपछि बसपार्क क्षेत्रमा रातको भीड घटेको छ र अपराधीहरू त्रसित बनेका छन्।
नेपालगञ्जको रात अझै जागिरहेको छ, तर अब प्रहरी पनि त्यसै अँध्यारोमा उज्यालो लिएर निस्किएको छ — जसले अपराधीलाई होइन, सुरक्षा खोज्नेहरूलाई आत्मविश्वास दिएको छ।

09/10/2025

काठमाडौंका सार्वजानिक यातायातमा पकेटमारको बिगबिगी
यतिबेला चोक चोकमा नेपाल प्रहरीको नियमित ड्युटी नहुँदा काठमाडौं उपत्यकामा चल्ने सावैजानिक यातायातहरुमा पकेटमारहरुको सकृयता ह्वात्तै बढेको छ । ५—७ जनाको ग्याङ बनाएर हिड्ने पाकेटमारहरुले देखादेखी लुट्ने गरेको पाईएको छ ।

Want your business to be the top-listed Government Service?

Culinary Team

Attire