Embassy of Nepal, United Arab Emirates

Embassy of Nepal, United Arab Emirates

Share

Embassy & Consulate

Photos from Embassy of Nepal, United Arab Emirates's post 05/06/2026

REMINDER!



वितरणका लागि तयार राहदानी सूची__2026-6-3 | Embassy Of Nepal, Abu Dhabi, UAE 03/06/2026

20 May 2026 सम्म आवेदन गर्नुभएका संलग्न सूचीबमोजिमका महानुभावहरूको राहदानी तयार भई दूतावासमा आइपुगेको सम्बन्धित सबैको जानकारीका लागि अनुरोध गरिन्छ।

https://ae.nepalembassy.gov.np/content/94/list-of-passports-ready-for-distribution-2026-6-3/

यस अवधिमा आवेदन दिएका तर सूचीमा नाम समावेश नभएका आवेदकहरूको राहदानी प्राविधिक कारणले छुटेको हुन सक्ने भएकाले, कृपया +971501664023 नम्बरमा सम्पर्क गर्नुहुनअनुरोध गरिन्छ।

राजदूतावासमा राहदानी प्राप्त भएपश्चात राहदानी फारममा उल्लेख भएको नेपालको Mobile नम्बर र Email मा "Your Passport is ready to collect" भन्ने Message पनि प्राप्त हुन्छ। तत्पश्चात पुरानो Passport र रसिद (हराएको राहदानी र नवजात शिशुको हकमा रसिद मात्र) लिएर राहदानी संकलन गर्न सकिनेछ।

वितरणका लागि तयार राहदानी सूची__2026-6-3 | Embassy Of Nepal, Abu Dhabi, UAE नेपाली राजदूतावास

Photos from Embassy of Nepal, United Arab Emirates's post 02/06/2026

घुम्ति शिविर सम्बन्धी पुन जानकारी: यही ०६ जुन २०२६ शनिबारका दिन Ghayathai मा राहदानी तथा कन्सुलर एवं श्रमिक सचेतना कार्यक्रम हुदैछ। कृपया उक्त शहर आसपास कम्पनीमा कार्यरत रहनुहुने साथीभाईहरुलाई जानकारी गराइदिनु हुन राजदूतावास पुन अनुरोध गर्दछ।

Photos from Embassy of Nepal, United Arab Emirates's post 31/05/2026

Ruwais स्थित श्रमिक शिविरमा श्रम सचेतना, अन्तरक्रिया तथा प्राथमिक उपचार सम्बन्धी जनचेतना कार्यक्रम सम्पन्न।

नेपाली राजदूतावास, अबुधाबीले मिति ३१ मे २०२६ मा अबुधाबीबाट करिब ३०० किलोमिटर टाढा Ruwais स्थित सिनोपेक इन्जिनियरिङ कम्पनीको श्रमिक शिविरमा कार्यरत नेपाली श्रमिकहरूका लागि श्रम सचेतना, अन्तरक्रिया तथा प्राथमिक उपचार सम्बन्धी जनचेतना कार्यक्रम सम्पन्न गरेको छ।

कार्यक्रममा राजदूतावासका श्रम सहचारी श्री पंकज लाभ कर्ण, तृतीय सचिव श्री विमलेश कुमार मिश्र, जनसम्पर्क अधिकृत श्री राजी अहमद तथा नेपाली समुदायका प्रतिनिधि श्री जगन अधिकारीको सहभागिता रहेको थियो।

कार्यक्रमका सहभागी १०० भन्दा वढी श्रमिकहरूलाई संयुक्त अरब इमिरेट्सको श्रम कानून, श्रमिकका अधिकार तथा कर्तव्य, गुनासो व्यवस्थापन प्रक्रिया, सुरक्षित वैदेशिक रोजगार, नेपालको वैदेशिक रोजगार सम्बन्धी कानुनी व्यवस्था तथा सामाजिक सुरक्षा कोष (SSF) सम्बन्धी जानकारी प्रदान गरिएको थियो।

साथै श्रमिकहरूको सेवामा सहज पहुँच अभिवृद्धि गर्ने उद्देश्यले MOFA Mitra App, Nagarik App तथा MOHRE App सम्बन्धी जानकारी दिई मोबाइलमा इन्स्टल गर्न आवश्यक सहजीकरण गरिएको थियो।

त्यसैगरी, आकस्मिक स्वास्थ्य समस्याका अवस्थामा अपनाउनुपर्ने प्राथमिक उपचारका आधारभूत उपायहरूबारे प्रशिक्षक श्री जगन अधिकारीले प्रशिक्षण दिनुभएको थियो।

अन्तरक्रिया सत्रमा श्रमिकहरूले आफ्ना जिज्ञासा तथा समस्याहरू राखेका थिए भने राजदूतावासको टोलीले आवश्यक जानकारी, परामर्श तथा सुझाव प्रदान गरेको थियो। कार्यक्रममा सहभागी श्रमिकहरूले आफ्नो कार्यस्थलमै पुगेर यस्ता उपयोगी कार्यक्रम सञ्चालन गरेकोमा नेपाली राजदूतावासप्रति आभार व्यक्त गरेका थिए। कम्पनीका व्यवस्थापक श्री Wang Kaiyang ले नेपाली श्रमिकहरु कामप्रति प्रतिवद्ध तथा इमान्दार रहेको भनि प्रशंसा गर्दै राजदूतावासलाई प्रशंसापत्र दिनुभएको थियो ।

नेपाली राजदूतावास, अबुधाबीले संयुक्त अरब इमिरेट्समा कार्यरत नेपाली श्रमिकहरूको हित, सुरक्षा र कल्याण प्रवर्द्धनका लागि श्रम शिविरमै पुगेर यस्ता सचेतनामूलक तथा अन्तरक्रियात्मक कार्यक्रमहरूलाई प्रथमिकताकासाथ निरन्तरता दिईरहेको छ ।

३१ मे २०२६
नेपाली राजदूतावास अबुधाबी।

Photos from Embassy of Nepal, United Arab Emirates's post 30/05/2026

Press Release

Photos from Embassy of Nepal, United Arab Emirates's post 29/05/2026

प्रेस विज्ञप्ति ।

29/05/2026

शुभकामना !

28/05/2026

गणतन्त्र दिवसका अवसरमा राजदूतावास बन्द रहने सूचना ।

Want your business to be the top-listed Government Service in Abu Dhabi?

Click here to claim your Sponsored Listing.

Location

Telephone

Website

https://emrtds.nepalpassport.gov.np/

Address


Villa No. 5, Plot No. 1, Sector 19_2, Al Aradah Street, Al Nahyan Area
Abu Dhabi
38282

Opening Hours

Monday 09:00 - 17:00
Tuesday 09:00 - 17:00
Wednesday 09:00 - 17:00
Thursday 09:00 - 17:00
Friday 09:00 - 17:00