Adelaide Maa Gorkhali

Directions

Adelaide Maa Gorkhali Adelaide Maa Gorkhali is a community platform connecting the Nepali community in Adelaide. Please do not include personal info.

If you need any service and support, massage us and we can share it we the community. Let’s support and help each other grow.

03/04/2026

नेपाली पाठशाला एडिलेडको १८औं वार्षिकोत्सवमा नेपाली पृष्ठभूमिका हालै Year 12 उत्तीर्ण विद्यार्थीहरूलाई सम्मान गरिँदैछ। यस्ता विद्यार्थी चिन्नुहुन्छ भने कृपया 0457 309 367 कपील पान्डेलाई सम्पर्क गर्नु/गराउनुहुन हार्दिक अनुरोध गर्दछौँ।

नयाँ वर्ष, नयाँ उमंग, नयाँ भेटघाट! Adelaide Nepali Samaj Australia को आयोजनामानयाँ वर्ष २०८३ को शुभकामना आदान-प्रदान तथा...
02/04/2026

नयाँ वर्ष, नयाँ उमंग, नयाँ भेटघाट!

Adelaide Nepali Samaj Australia को आयोजनामा
नयाँ वर्ष २०८३ को शुभकामना आदान-प्रदान तथा अभिभावक वनभोज कार्यक्रम:

📅 मिति: १४ अप्रिल २०२६ (१ बैशाख २०८३)
⏰ समय: दिउँसो १ बजे देखि साँझ ६ बजेसम्म
📍 स्थान: Oaklands Wetland Reserve

साथमा रहनेछ:
🎶 नाचगान 🎯 खेलकुद 🍛 स्वादिष्ट खाना 🤝 आत्मीय भेटघाट

समुदायलाई एकताबध्द गर्न सहयोगी कार्यक्रमको आयोजना गर्ने एडिलेड नेपाली समाजलाई हार्दिक साधुवाद।

समुदाय बलियो हुन्छ, जब हामी सँगै हाँस्दै रमाउछौँ।

30/03/2026

Are you interested in volunteering for Nepali Pathsala Adelaide? Details on the comment:

Nepali Pathsala Adelaide द्वारा रक्तदान कार्यक्रमको आयोजना हुँदैछ।📅 मिति: २४ अप्रिल २०२६⏰ समय: बिहान ९:१५ – साँझ ६:००📍 स...
23/03/2026

Nepali Pathsala Adelaide द्वारा रक्तदान कार्यक्रमको आयोजना हुँदैछ।

📅 मिति: २४ अप्रिल २०२६
⏰ समय: बिहान ९:१५ – साँझ ६:००
📍 स्थान: Lifeblood Modbury Donor Centre

रक्तदान गर्न इच्छुक व्यक्तिहरूले कृपया १० अप्रिल २०२६ भित्र आफ्नो सहभागिता सुनिश्चित गर्नुहुन अनुरोध छ।

📞 थप जानकारीका लागि:
Chewan Adhikari – 0414 253 555
Devendra Kharel – 0433 613 777

धन्यवाद।









23/03/2026

I got over 50 reactions on my posts last week! Thanks everyone for your support! 🎉

22/03/2026
आज यता को को जादै हुनुहुन्छ? सार्है रमाइलो हुन्छ जस्तो पो छ त!Adelaide Nepal Arjun Sapkota
20/03/2026

आज यता को को जादै हुनुहुन्छ? सार्है रमाइलो हुन्छ जस्तो पो छ त!

Adelaide Nepal Arjun Sapkota

19/03/2026

धेरै साथीभाईले सोध्छन्,
हजुरहरुकाले पनि सोधिरहन्छन् होला,

“Adelaide जाँदा घुम्ने ठाउँहरु कुन-कुन होलान्?”

विशेष गरेर interstate बाट South Australia घुम्न आउनेहरूका लागि यहाँ हामीले सबैभन्दा लोकप्रिय र धेरैले जाने ठाउँहरूलाई सरल नेपालीमा सूचीबद्ध गरेका छौँ

Adelaide का घुम्नैपर्ने केहि ठाउँहरू निम्नलिखित रहेका छन्:

1. Adelaide Botanic Gardens
एडिलेड शहरको बीचभागमै अवस्थित हरियाली स्वर्ग
यहाँ विभिन्न दुर्लभ बिरुवा, सुन्दर ग्रीनहाउस र शान्त वातावरण पाइन्छ। शहरको भीडभाडबाट टाढा नजाँदै प्रकृतिसँग जोडिने उत्तम ठाउँ हो।

2. Adelaide Central Market
खानाको स्वर्ग
१५० वर्ष पुरानो यो मार्केटमा विश्वभरका खाना, ताजा फलफूल र स्थानीय स्वाद पाइन्छ। खानेकुरा मन पराउनेका लागि must-visit हो।

3. Adelaide Oval
खेल र इभेन्टको केन्द्र
क्रिकेट, AFL र ठूला कन्सर्टहरू हुने यो स्टेडियम Adelaide को पहिचान नै हो। यहाँबाट शहरको सुन्दर दृश्य पनि देख्न सकिन्छ।

4. Art Gallery of South Australia
कलाप्रेमीहरूको लागि विशेष
यहाँ हजारौं कलाकृति, विशेष गरी Aboriginal र अन्तर्राष्ट्रिय कला हेर्न पाइन्छ। मनको शान्ति साथै ज्ञानमूलक अनुभव दिन्छ।

5. South Australian Museum
इतिहास र विज्ञानको खजाना
यहाँ प्राकृतिक इतिहास, जीवजन्तु र Aboriginal संस्कृति सम्बन्धी ठूलो संग्रह छ। सिक्दै घुम्न चाहनेका लागि उत्कृष्ट ठाउँ।

6. Rundle Street
क्याफे, शपिङ र नाइटलाइफ
यो Adelaide को सबैभन्दा चर्चित सडक हो जहाँ स्टाइलिस क्याफे, रेस्टुरेन्ट र शपिङ स्पटहरू पाइन्छन्।

7. Morialta Conservation Park
झरना र हाइकिङ को लागी
यहाँ तीनवटा झरना, हाइकिङ गर्ने बाटोहरु र मनमोहक प्राकृतिक सौन्दर्य पाइन्छ। परिवार र एड्भेन्चर प्रेमी दुवैका लागि उपयुक्त।

8. Kangaroo Island- Natures Paradise
वन्यजन्तु र समुद्रको स्वर्ग
Adelaide बाट अलि टाढा भए पनि यो South Australia कै सबैभन्दा चर्चित गन्तव्य हो, समुद्री जनावर, चट्टान र प्राकृतिक दृश्यका लागि प्रसिद्ध।

9. Victor Harbor
समुद्री सहरको अनुभव
परिवारसँग घुम्न, पेंगुइन हेर्न र समुद्री हावा महसुस गर्न उत्कृष्ट ठाउँ।

10. Ikara- Flinders Ranges National Park
अद्भुत पहाड र आउटब्याक अनुभव लिनको लागी
प्राकृतिक चट्टान, विशाल उपत्यका र Indigenous इतिहासले भरिएको ठाउँ, adventure lovers का लागि स्वर्ग।

अन्त्यमा,
Adelaide एउटा सानो शहर जस्तो देखिए पनि,
संस्कृति, प्रकृति, खाना र शान्त जीवनशैलीको अद्भुत मिश्रण हो।
त्यसैले interstate बाट आउने जो कोहीलाई

“एकपटक होइन, फेरि–फेरि आउन मन लाग्ने शहर” बन्ने गर्छ।

19/03/2026

भक्ति, ऊर्जा र युवापनको संगम हुँदैछ!

नेपाली संगीत र आध्यात्मिक यात्रालाई एकै ठाउँमा अनुभव गर्ने दुर्लभ अवसर Arjun Sapkota सँगको Nepali Youth Bhajan अब एडिलेडमा!

आजको व्यस्त जीवनमा हामीले आफैंलाई हराउँदै गइरहेका छौं।
तर कहिलेकाहीँ, एउटा साँझ…
केवल संगीत, भजन र भक्ति
हाम्रो आत्मालाई फेरि जोड्न पर्याप्त हुन्छ।
यो केवल कार्यक्रम होइन,
यो एउटा अनुभूति हो…
जहाँ स्वरले मन छुन्छ,
र भजनले आत्मालाई शान्त बनाउँछ।

📍 Venue: Mitchell Park Sports & Community Centre
🕰 Time: 7:00 – 8:30 PM
📅 Date: Friday, March 20, 2026

Adelaide मा बसोबास गर्ने सम्पूर्ण नेपाली दाजुभाइ-दिदीबहिनीहरू:
आउनुहोस्, एकछिनका लागि दुनियाँ बिर्सेर
भक्तिमा डुबौँ, संगीतमा हराउँ।
किनभने कहिलेकाहीँ…
मनलाई शान्त पार्न शब्द होइन,
भजन नै पर्याप्त हुन्छ।

📞 थप जानकारी:
Devraj: 0477 587 568
Sanjeev: 0466 900 103


Adelaide Nepal

Address

Adelaide
Adelaide, SA
5000

Website

Alerts

Be the first to know and let us send you an email when Adelaide Maa Gorkhali posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Shortcuts

Share

Category