रास्वपा को किल्ला रामेछाप जिल्ला
युवाले नि राजनिती को यात्रा ताक्नु पर्छ
चुप बसे त केही हुन्न है अब जाग्नै पर्छ"
उचालेको भर मा अरु को इसारा मा अस्फ्नो धरातल नै भुलेर अरु को वाह वाहि मा जलेर खरानि हुने चिन्ता 😑
बेपत्तापुर को राजनीति गर्ने हरु अधिवेशन मा रुने ,आरोप लगाउने ,झगडा गर्ने । तयारी रहेको बुझिन्छ😃😃
नेता ठुलो बन्न हतार 😋😋
स्वस्थ्य मन्त्री निशा मेहेता ज्यु को दमदार आवज🙏
साथीहरू
हामीले २०७९ मा एउटा सपना बोकेर पार्टी रामेछाप मा भित्र्यायका हौं। त्यो सपना थियो — “पुरानो शैलीको बार्गेनिङ राजनीति अन्त्य गर्ने, योगदानले सम्मान पाउने संस्कार बसाल्ने।”
तर आज केही साथीहरू त्यही पुरानो शैलीमै फर्कन खोज्नुहुन्छ।
स्थापनाकालदेखि हरेक आन्दोलन, निर्वाचन अभियानमा खट्नु नपर्ने।
अर्को पार्टीको आधिकारिक बैठकमा छिरेर मान्युट समात्ने।
विधि नपुर्याई कागज लेख्ने। जिल्ला नेतृत्व कै बदनाम गरि आफु राम्रो देखाउन खोज्ने।
पार्टी कमजोर हुँदा टाढा बस्ने, पार्टी बलियो हुँदा पदका लागि कार्यालयमै धर्ना दिने।
र अहिले फोन घुमाउँदै भन्नुहुन्छ — “म ३६५ दिनमा ३२० दिन जिल्लामा बस्छु, मलाई जिल्ला को ठुलो नेता बनाउनुस्।”
हाम्रो प्रश्न सीधा छ साथीहरू
पद भनेको बसाइको हिसाब हो कि कामको हिसाब हो?
फोनको हिसाब हो कि जनताबीचको उपस्थितिको हिसाब हो?
रास्वपामा भ्रम छरेर होइन, मेहनतले अघि बढ्नु पर्छ।
रास्वपामा भ्रम र गुट ले होइन, अनुशासन र योगदानले पद दिन्छ।
अधिवेशनमा आउनुस्, हामी विचार र योगदानले प्रतिस्पर्धा गरौं।
हामीले पदका लागि पार्टी बनाएका होइनौं। पद भनेको जनताको सेवा गर्ने माध्यम मात्र हो।
त्यसैले हामि अनुरोध गर्दछौं कि पुरानो शैलीको बार्गेनिङलाई यहीँबाट अन्त्य गरौं। नयाँ संस्कारको सुरुवात गरौं।
धन्यवाद। जय रास्वपा।
*विषय: अधिवेशनलाई मर्यादित र स्वच्छ बनाउने सम्बन्धमा*
सम्मानित सम्पूर्ण साथीहरू,
अहिले अधिवेशनको समयमा विभिन्न ग्रुपहरू संग भेटघाट गरेर, फोन सम्पर्क गरेर पदका लागि अनावश्यक हल्ला र भ्रम फैलाउने काम भइरहेको सूचना आइरहेको छ।
*"१२/७० गफ" गर्ने, भ्रम छर्ने र पद हत्याउन गलत कदम चाल्ने प्रवृत्ति* पार्टीको अनुशासन, संस्कार र लोकतान्त्रिक अभ्यास विपरीत हो।
त्यस्ता साथीहरूले चुनावमा जति मेहनत र सक्रियता देखाउनुपर्ने हो, त्यो देखाउन सकिएको भए पार्टी अझ बलियो हुने थियो। *चुनावमा खटिएको भए पनि* अहिले त्यही ऊर्जा संगठन निर्माण र जनताको काममा लगाउनु पर्ने बेला हो।
*स्वच्छ प्रतिस्पर्धा गर्न सबैलाई छुट छ।* तर भ्रम, गुटबन्दी र अनैतिक अभ्यासमार्फत पद हत्याउने प्रयास पार्टी हितमा छैन।
तसर्थ, सम्बन्धित सबै साथीहरूलाई यस्ता क्रियाकलापबाट टाढा रही मर्यादित, स्वच्छ र लोकतान्त्रिक तरिकाले अधिवेशन सम्पन्न गर्न सहयोग गर्न हार्दिक अनुरोध गर्दछु।
पार्टीको नेतृत्वलाई पनि यस विषयमा गम्भीर भई अनुशासन र मर्यादा कायम गर्ने व्यवस्था मिलाउन अनुरोध गर्दछु।
*संगठन बलियो भए मात्र हामी जनताको विश्वास जित्न सक्छौं।*
धन्यवाद
रामेछाप ✅
रमेश रायमाझी Prabin Khadka 😍😍
02/05/2026
राष्ट्रिय स्वतन्त्र पार्टी दोरम्बा–शैलुङ गाउँपालिका वडा नं. २ र वडा नं. ५ को प्रथम अधिवेशन सम्पन्न_ 🔔🇳🇵
मिति २०८३/०१/१९ गते दोरम्बा–शैलुङ गाउँपालिकामा राष्ट्रिय स्वतन्त्र पार्टीको वडा नं. २ र वडा नं. ५ को प्रथम ऐतिहासिक वडा अधिवेशन दोरम्बा–शैलुङ गाउँपालिका सभापति _भेषराज नगरकोटी_ ज्यूको सभाध्यक्षतामा सम्पन्न भएको छ।
_प्रमुख अतिथि:_ बागमती प्रदेश सदस्य _बिपेश खत्री_
_विशेष अतिथि:_
संघीय निर्वाचन २०७९ की प्रत्यासी उम्मेदवार तथा जिल्ला समिति कोषाध्यक्ष: समिक्षा श्रेष्ठ
जिल्ला समिति सचिव: दिलबहादुर थापा "दिनेश", जिल्ला उपसभापति: मोहन कार्की लगायत जिल्ला तथा पालिका नेतागण
उक्त अधिवेशनमा सहभागी भई कार्यक्रमलाई सभ्य, भव्य र सफल बनाउन सहयोग गर्नुहुने _दोरम्बा–शैलुङ वडा नं. २ र वडा नं. ५ का सम्पूर्ण वडावासी_, गाउँपालिका कार्यसमिति, तथा पार्टीका सबै तहका महानुभावहरूमा हार्दिक धन्यवाद।
_सर्वसम्मत निर्वाचित वडा समिति, दोरम्बा–शैलुङ-२:_
_सभापति:_ सानू मोक्तान
_उप-सभापति:_ दिपक बिश्वकर्मा
_सचिव:_ अर्बिन लामा
_सदस्यहरू:_
प्रकाश सिन्जाली मगर, कुमार मोक्तान, होम बहादुर मगर, सुनिल घिसिङ
_सर्वसम्मत निर्वाचित वडा समिति, दोरम्बा–शैलुङ-५:_
_सभापति:_ नवराज चौलागाई
_उप-सभापति:_ भोजराज नगरकोटी
_सचिव:_ आयुष लामा
_सदस्यहरू:_
चन्द्र घिसिङ, अम्बर घिसिङ, रामकुमार घिसिङ
_सल्लाहकार सदस्य:_ दिपेन्द्र तिमल्सिना
_नवनिर्वाचित सम्पूर्ण पदाधिकारीज्यूहरूलाई सफल कार्यकालको हार्दिक शुभकामना।_ 💐
जनताको विश्वास, सुशासन, पारदर्शिता र उत्तरदायित्वलाई केन्द्रमा राखी वडाको समग्र विकासमा उल्लेखनीय योगदान पुर्याउनुहोस्।
_२०७९ भाद्र १६ मा रामेछापमा रोपेको बीज आज दोरम्बा–शैलुङका वडाहरूमा फल्दैछ।_
_जनताको समस्या समाधानमा जुट्नु नै घण्टीको राजनीति हो – पदको होइन, पसिनाको।_
_जय घण्टी!_ 🔔🇳🇵
02/05/2026
_राष्ट्रिय स्वतन्त्र पार्टी दोरम्बा–शैलुङ गाउँपालिका वडा नं. २ प्रथम अधिवेशन सम्पन्न_ 🔔🇳🇵
मिति २०८३/०१/१९ गते दोरम्बा–शैलुङ गाउँपालिका वडा नं. २ मा राष्ट्रिय स्वतन्त्र पार्टीको प्रथम ऐतिहासिक वडा अधिवेशन दोरम्बा–शैलुङ गाउँपालिका सभापति _भेषराज नगरकोटी_ ज्यूको सभाध्यक्षतामा सम्पन्न भएको छ।
_प्रमुख अतिथि:_ बागमती प्रदेश सदस्य _बिपेश खत्री_
_विशेष अतिथि:_
संघिय निर्वाचन २०७९ कि प्रत्यासि उमेरद्वार तथा जिल्ला समिति कोषाध्यक्ष - समिक्षा श्रेष्ठ
जिल्ला समिति सचिव: दिलबहादुर थापा "दिनेश", जिल्ला उपसभापति: मोहन कार्की, लगायत जिल्ला तथा पालिका नेतागण
_उक्त कार्यक्रममा जिल्ला सभापति रमेश रायमाझी तथा टेक बहादुर सुनुवारको उपस्थिति रहन सकेन।_
उक्त अधिवेशनमा सहभागी भई कार्यक्रमलाई सभ्य, भव्य र सफल बनाउन सहयोग गर्नुहुने _दोरम्बा–शैलुङ वडा नं. २ का सम्पूर्ण वडावासी_, गाउँपालिका कार्यसमिति, तथा पार्टीका सबै तहका महानुभावहरूमा हार्दिक धन्यवाद।
_सर्वसम्मत निर्वाचित वडा समिति, दोरम्बा–शैलुङ-२:_
_सभापति:_ सानू मोक्तान
_उप-सभापति:_ दिपक बिश्वकर्मा
_सचिव:_ अर्बिन लामा
_सदस्यहरू:_
प्रकाश सिन्जाली मगर, कुमार मोक्तान, होम बहादुर मगर, सुनिल घिसिङ
_नवनिर्वाचित सम्पूर्ण पदाधिकारीज्यूहरूलाई सफल कार्यकालको हार्दिक शुभकामना।_ 💐
जनताको विश्वास, सुशासन, पारदर्शिता र उत्तरदायित्वलाई केन्द्रमा राखी वडाको समग्र विकासमा उल्लेखनीय योगदान पुर्याउनुहोस्।
_२०७९ भाद्र १६ मा रामेछापमा रोपेको बीज आज दोरम्बा–शैलुङमा फल्दैछ।_
_जनताको समस्या समाधानमा जुट्नु नै घण्टीको राजनीति हो – पदको होइन, पसिनाको।_
_जय घण्टी!_ 🔔🇳🇵
Cliquez ici pour réclamer votre Listage Commercial.
Emplacement
Type
Contacter l'entreprise
Téléphone
Site Web
Adresse
Democratic Republic Of The
