दिनेश सुनार,महासमिति सदस्य गोरखा ।

दिनेश सुनार,महासमिति सदस्य गोरखा ।

Share

Contact information, map and directions, contact form, opening hours, services, ratings, photos, videos and announcements from दिनेश सुनार,महासमिति सदस्य गोरखा ।, Rajshahi Division.

15/01/2026

जय नेपाल-
नेपालीकाँग्रेसको दोस्रो विषेश अधिवेशनले मलाई नेपाली काँग्रेसको केन्द्रिय सदस्यमा निर्वाचि गरेको छ। यहाँहरुको माया साथ र सहयोगको लागि विषेश आधार ।
नेपाली काँग्रेसलाई बदलिएको समय अनुसार र जनताको चाहना अनुसार काँग्रेस बनाउने अभियानमा लाग्ने छु।
जय नेपाल

01/12/2025

अधिवेशन हुने नहुने शंकाका बाबजुध तालिका आयो

15/11/2025
Photos from दिनेश सुनार,महासमिति सदस्य गोरखा ।'s post 15/11/2025

आज यता । विषेश अधिवेशनको लागि दबाब कार्यक्रम । कार्तिक २९ ।

12/11/2025

कात्र्तिक २५, २०८२

प्रेस विज्ञप्ति

नेपाली कांग्रेस केन्द्रीय कार्यसमितिको २०८२ असोज २८ मा प्रारम्भ भएको बैठक कार्यवाहक सभापति पूर्णबहादुर खड्काको सभापतित्वमा आज पार्टीको केन्द्रीय कार्यालय, बी.पी. स्मृति भवन, बी.पी. नगर, ललितपुरमा बस्यो ।

कार्यसमितिको बैठक २०८२ कात्र्तिक २६ गते बिहान ११ः३० बजे पार्टीको केन्द्रीय कार्यालय, बी.पी. स्मृति भवन, बी.पी. नगर, ललितपुरमा पुनः बस्नेछ ।

बैठकमा धारणा व्यक्त
आजको बैठकमा सहमहामन्त्रीद्वय— बद्रीप्रसाद पाण्डे र जीवन परियार, केन्द्रीय सदस्यहरू— ज्ञानेन्द्रबहादुर कार्की, डा. मिनेन्द्र रिजाल, दिपक गिरी, अम्बिका बस्नेत, मीनबहादुर विश्वकर्मा, सीता गुरुङ, रामजनम चौधरी, राजीवबिक्रम शाह, प्रकाश रसाइली स्नेही, भीम पराजुली र गोमाकुमारी भट्टराईले आ–आफ्नो धारणा व्यक्त गर्नु भएको थियो ।

जय नेपाल !

कृष्णप्रसाद पौडेल
मुख्य सचिव

29/09/2025

केन्द्रिय समिति बैठक

29/09/2025

वडादशै २०८२ को हार्दिक शुभकामना।
विशेष राजनीतिक परिस्थिति तपाईको परिवारमा सुख शान्ति छाओस।
जय नेपाल
दिनेश सुनार,
महासमिति सदस्य गोरखा।

19/06/2025

अजिरकोट-५ साउने (आमडाँडा दादुरे कुवापानी)ले प्रयोग गर्दै आएको पाङसिङ खोला आमडाँडा साउने कुवापानी (११.४.१६.१३५०) खानेपानी आयोजना विगत २/३ वर्ष देखि निर्माण सम्पन्न हुन नसकेको एक घर एक धारा कार्यक्रमका लागि गण्डकी प्रदेश मन्त्रीपरिषद् तथा माननीय मुख्यमन्त्री ज्यूले आव २०८२-८३ को बजेटमा १० लाख रुपैया बजेट बराबरको बजेट सुनिच्चित गर्नु भएको हार्दिक धन्यवाद सहित आभार व्यक्त गर्दछु।
यसै, आवमा यो खानेपानी आयोजना सम्पन्न होस भनि सम्बन्धित सवैलाई अनुरोध पनि गर्दछु।

जय नेपाल
दिनेश सुनार महासमिति सदस्य

Photos from मा. मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेकाे सचिवालय's post 09/05/2025

#चनौटे डिस्का भच्चेक सडक (१४.३० किमि) कालोपत्रे हुने भएको छ। उक्त सडकको गण्डकी प्रदेशका माननीय मुख्यमन्त्री सुरेन्द्रराज पाण्डे ज्युले आज शिलान्यास गर्नु भएको छ । सडक शिलान्यास गर्दै उहाँले निर्वाचनका बेला जनतासँग गरेको प्रतीवद्ता पूरा गर्न पाएकोमा खुसी व्यक्त गर्नुभयो । उक्त सडक अजिरकोट गाउँपालिकाको केन्द्र जोड्ने मुख्य र छोटो सडक भएको बताउँदै उहाँले समयभित्रै सम्पन्न भएमा बजेट अभाव हुन नदिने बताउनुभयो । मुख्यमन्त्री ज्युले समयभित्रै गुणस्तरीय सडक निर्माण गर्न व्यवशाीलाई आग्रह गर्दै सहयोग गर्न स्थानीयलाई पनि अनुरोध गर्नुभयो ।
चुनावका बेला हरेक वडाको एउटा मुख्य सडक (अल वेदर रोड) ब्राहै महिना चल्ने बनाउने प्रतिवद्ता अनुसार सबै पालिका र वडामा बजेट विनियोजन भएर काम भइरहेको उहाँले बताउनुभयो । धेरै बर्ष देखिको कालोपत्रे सडकको सपना अब पूरा हुने भयो भन्दै स्थानीयले खुशी व्यक्त गरे ।
गण्डकी प्रदेश सरकारले ६५ करोड ९९ लाखमा प्रस्ताव गरेको यो सडकको ठेक्का सम्झौता ४४ करोड ४६ लाखमा भएको हो । एमएस् खड्का-नव कान्तिपुर जेभीले २०८४ असार २५ गते सम्पन्न गर्ने गरी कामको जिम्मा लिएको छ ।

06/05/2025

चुनावी घोषणामा उल्लेख भए बमोजिम गण्डकी प्रदेशका मुख्यमन्त्री तथा नेपाली काँग्रेसका केन्द्रिय सदस्य सुरेन्द्र पाण्डेले आफ्नो चुनाबी क्षेत्र र मतदाताहरुसँग छलफल तथा तथा चनौटे ढिस्का मुच्चोक हुँदै भच्चेक जोडने पीच बाटो को शिलान्यासका लागि यही बैशाख २६ गते ९ बजे बिहान उद्घाटनका लागि अजिरकोट-५ चनौटे आउने कार्यक्रम रहेको हुदा सवै महानुभावहरुलाई उपस्थितिका लागि हार्दिक अनुरोध छ ।
जय नेपाल !

03/02/2025

यता सम्पर्क गरौ

Want your business to be the top-listed Government Service in Rajshahi Division?

Click here to claim your Sponsored Listing.

Culinary Team

Attire

Website

Address


Rajshahi Division