20/10/2025
दीपावलीको उपलक्ष्यमा विभिन्न स्थानमा रहनुभएका सम्पूर्ण मेहत्तर समाज लगायतका वाड समिती केन्द्रीय समिति मा हार्दिक मङ्गलमय शुभकामना।
Informations de contact, plan et itinéraire, formulaire de contact, heures d'ouverture, services, évaluations, photos, vidéos et annonces de NMRDUS, Service social, Democratic Republic of the.
20/10/2025
दीपावलीको उपलक्ष्यमा विभिन्न स्थानमा रहनुभएका सम्पूर्ण मेहत्तर समाज लगायतका वाड समिती केन्द्रीय समिति मा हार्दिक मङ्गलमय शुभकामना।
15/09/2025
आज मिति २०८२ भदौ ३० गते सोमबार को दिन यस नेपाल मेहत्तर राउत दलित उत्थान संघ बिराटनगर वडा नं १२ मेहत्तर समाजका निवासी श्री राजन मेहत्तर ज्युको छोरी स्व, रानी कुमारी मेहत्तर ज्युको यहि मिति २०८२ भदौ २३ गते सोमवार को दिन १६ वर्षको उमेरमा असमायिक निधन भएको प्रती नेपाल मेहत्तर (राउत) दलित उत्थान संघ मोरङ्ग परिवार अत्यन्तै मर्माहत एवं दुखित भएका छौ साथै आज ८ औं पुण्य तिथिमा उनका परिवार जनलाई हार्दिक सम्बेदना तथा श्रद्धाञ्जली हस्तान्तरण गरेका छौ..
उक्त कार्यक्रममा संघका १२ नं वडा समिति तथा केन्द्रीय समिति लगायतका उपस्थिति रहेकोे थियो ...।
२०८२ भदौ ३० गते सोमबार केन्द्रीय, सचिव संजय राउत नेपाल मेहत्तर (राउत) दलित उत्थान संघ बिराटनगर मोरङ्ग जय मेहत्तर समाज
12/09/2025
🙏🙏🇳🇵🇳🇵जय नेपाल बिराटनगरकी प्रथम महिला प्रधानमन्त्री पूर्व प्रधानन्यायाधीश सुशीला कार्कीज्यूलाई हार्दिक बधाई तथा सफल कार्यकालको शुभकामना। जय नेपाल।🇳🇵साथै आन्दोलनमा सहादत प्राप्त आत्माहरूलाई श्रद्धाञ्जली र घाइते साथीहरूलाई शीघ्र स्वास्थ्य लाभको शुभेच्छा।इतिहासकै साहसी Gen-Z पुस्ताको बलिदान, आवाज र साहसले हाम्रो नयाँ नेपाल निर्माणको जग बनाएको छ। अब त्यस सपनालाई साकार पार्दै दिगो भविष्यतर्फ सबै मिलेर अघि बढौँ। जय नेपाल।🇳🇵
07/09/2025
आज मिति २०८२/०५/२२ गते आईतबार को दिन बिराटनगर १५ भट्टीमोड पंचमुखी टोल मा श्री श्री १०८ आनंद पुजा समारोह तथा सांस्कृतिक कार्यक्रम रहेको थियो यस कार्यक्रमको समितिका अध्यक्ष ज्यू...... प्रमुख अतिथि..... बिशिस्ट अतिथि..... विशेष अतिथि.... मन्चमा अतिथि आसन्न ग्रहन गर्नुहुने सम्पूर्ण अतिथि ज्यूहरु लगाएत यश कार्य समिति कार्यक्रमलाई भब्य र सब्य रुपमा सफल पार्न उपस्थित रहनुहुने सम्पूर्ण महानुभावहरुमा यस नेपाल मेहत्तर राउत दलित उत्थान संघकाे केन्द्रीय समितिका सचिव म संजय राउत को तर्फबाट हृदयदेखि धेरै धेरै धन्यवाद दिन चाहन्छु।
05/04/2025
आज मिति २०८१ चैत २३ गते शनिबारको दिन यस नेपाल मेहत्तर राउत दलित उत्थान संघको तेस्रो वार्षिकोत्सव मा केही केन्द्रीय कमिटीका पधिकारीज्युहरूको साथै विभिन्न वार्डबाट केही वाड कमिटीका पधिकारीज्युहरू लगायतका अन्य उपस्थिति रहेको थियो उहाँहरूको उपस्थितिमा भव्यताका साथ वार्षिकोत्सव सम्पन्न भयो। तेस्रो वार्षिकोत्सव को उपलक्ष्यमा हार्दिक बधाई शुभकामन
व्यक्त गर्दछौ।
आज मिति २०८१ फागुन १० गते शनिबार को दिन राउत मेहत्तर जातिको अन्तरक्रिया कार्यक्रममा सहभागी मा
07/02/2025
आज मिति २०८१ माघ २५ गते शुक्रबार को दिन यस नेपाल मेहत्तर राउत दलित उत्थान संघ का केन्द्रीय सदस्य बिराटनगर वडा नं ४ निवासी श्री हरि राउत ज्युको आमा स्व, चरचनिया देवी राउत ज्युको यहि मिति २०८१ माघ १४ गते सोमवार को दिन ९५ वर्षको उमेरमा असमायिक निधन भएको प्रती नेपाल मेहत्तर (राउत) दलित उत्थान संघ मोरङ्ग परिवार अत्यन्तै मर्माहत एवं दुखित भएका छौ साथै आज १२ औं पुण्य तिथिमा उनका परिवार जनलाई हार्दिक सम्बेदना तथा श्रद्धाञ्जली हस्तान्तरण गरेका छौ..
उक्त कार्यक्रममा संघका पदाधिकारीहरु विभिन्न वडा बाट उपस्थिति रहेकोे थियो ...।
२०८१ माघ २५ गते शुक्रवार केन्द्रीय, सचिव संजय राउत नेपाल मेहत्तर (राउत) दलित उत्थान संघ बिराटनगर मोरङ्ग जय मेहत्तर समाज
27/01/2025
बिराटनगर -४ निवासी नेपाल मेहत्तर (राउत) दलित उत्थान संघ का केन्द्रीय सदस्य श्री हरि राउत ज्यु को पुज्जनीय आमा चोर्चनिया देवी राउत ज्युको असामायिक निधनको खबरले अत्यन्तै दुखी एवम् मर्माहत बनाएको छ।दिवगंत आत्माको चिरशान्तीको कामना साथ भावपुर्ण श्रद्धाञ्जली अर्पण गर्दछु।
आज माघ १४ गते सोमबार बिराटनगर पररोपार् सिघिया घाटमा दाससंस्कार हुने जानकारीका साथ बैकुण्ठबासको कामना गर्दछु ।
निज निवास बिराटनगर -४ पुल चोक खार्जी
21/11/2024
आज २०८१/०८/०१ गते शनिबारको दिन नेपाल मेहत्तर राउत दलित उत्थान संघ को केन्द्रीय अध्यक्ष श्री दीपक राउत ज्यु को अध्यक्षतामा बैठक बसी प्रमुख अतिथि जनप्रतिनिधि दलित महिला वाड नं ४ को वडा सदस्य उषा देवी राउत ज्यु को समेत उपस्थितमा र यस संघको केन्द्रीय पदाधिकारी लगायत वाड कमिटी पदाधिकारी हरु उपस्थित रहि सर्व सम्मत मा काम र कर्तव्य छलफल गरी निर्णयहरु गर्नु को साथ साथेेै वाड कमिटीहरु लाई रजिस्टर वितरण र सहयोग रसीद केन्द्रीय अध्यक्ष श्री दिपक राउत ज्यु को हात बाट हस्तान्तरण गरियो कार्यक्रम मा उपस्थित प्रमुख अतिथि ज्यु र यस संघको संपूर्ण पदाधीकारीहरु उपस्थित भएको मा हृदय देखी धन्यवाद। केन्द्रीय, सचिव संजय राउत नेपाल मेहत्तर राउत दलित उत्थान संघ। जय मेहत्तर समाज
14/11/2024
आज मिति २०८१ कार्तिक २९ गते विराटनगर १५ मा केहि घरधुरि जनगणना सर्वेक्षण भयो।
विराटनगर - १५ नेपाल मेहत्तर राउत दलित उत्थान संघ
जय मेहत्तर समाज
14/11/2024
आज मिति २०८१ कार्तिक २८ गते विराटनगर १२ मा केहि घरधुरि जनगणना सर्वेक्षण भयो।
विराटनगर - १२ नेपाल मेहतर (राउत) दलीत उत्थान संघ
जय मेहत्तर समाज
03/11/2024
आज मिति २०८१ कार्तिक १८ गते विराटनगर १७ मा केही घरधुरीको जनगणनाको तथ्याङ्क संकलन सकियो।