NRNA Germany

Wegbeschreibung Website Kontaktieren Sie die Organisation

NRNA Germany NRNA NCC Germany is a non profit organization of Nepalese people living in Germany actively involved in socio-economic transformation of motherland Nepal.

🌺 🌺  विजयादशमीको पावन अवसरमा सुख, शान्ति, समृद्धि, सुस्वास्थ्य एवं उत्तरोत्तर प्रगतिको हार्दिक मंगलमय शुभकामना।शुभ विजया...
17/10/2026

🌺 🌺
विजयादशमीको पावन अवसरमा सुख, शान्ति, समृद्धि, सुस्वास्थ्य एवं उत्तरोत्तर प्रगतिको हार्दिक मंगलमय शुभकामना।

शुभ विजया दशमी!

भोलि १४ सेप्टेम्बरदेखि १६ सेप्टेम्बर २०२६ सम्म Portugal को राजधानी Lisbon मा आयोजना हुने युरोप T10 क्रिकेट प्रतियोगिता २...
13/09/2026

भोलि १४ सेप्टेम्बरदेखि १६ सेप्टेम्बर २०२६ सम्म Portugal को राजधानी Lisbon मा आयोजना हुने युरोप T10 क्रिकेट प्रतियोगिता २०२६ को सफलताको हार्दिक शुभकामना! 🏏🏏🏆🇵🇹

जर्मनीबाट यस युरोप T10 क्रिकेट प्रतियोगिता २०२६ मा सहभागी हुने दुवै टोलीलाई हार्दिक शुभकामना! 🏏🇩🇪🇵🇹

यस पटक जर्मनीबाट Team NRNA Germany र Nepal Sport & Kulturverein Hamburg गरी दुई टोलीको सहभागिता रहेकोमा दुवै टोलीलाई प्रतियोगिताको सफलताको लागि हार्दिक शुभकामना। खेलाडीहरूमा आत्मविश्वास, एकता, उत्कृष्ट प्रदर्शन र खेल भावना कायम रहोस् भन्ने शुभकामना व्यक्त गर्दछौँ।

जर्मनीको नाम उच्च राख्दै उत्कृष्ट प्रदर्शन गर्न सफल हुनुहोस्। शुभकामना, दुवै टिमलाई! 🏏💙🇩🇪

विशेषगरी Team NRNA Germany मा जर्मनीभरिका प्रमुख क्लबहरू—Darmstadt, Gießen, NRW लगायत विभिन्न स्थानबाट सम्मिलित उत्कृष्ट खेलाडीहरूको राम्रो टीमको सहभागिता हुँदैछ।

Best Wishes Team NRNA Germany! Good Luck! 🍀🏏🏆

सफल र स्मरणीय प्रतियोगिताको लागि हार्दिक शुभकामना। 🙏

धन्यवाद
NRNA Germany

एनआरएनए जर्मनी कप फुटबल २०२६, Stuttgart ⚽️⚽️सबै सहभागि टिमहरूलाई हार्दिक आभार तथा विजेता टिमहरू लाई हार्दिक बधाई, 💐💐🏆🏆🥇🥇...
07/09/2026

एनआरएनए जर्मनी कप फुटबल २०२६, Stuttgart ⚽️⚽️

सबै सहभागि टिमहरूलाई हार्दिक आभार तथा विजेता टिमहरू लाई हार्दिक बधाई, 💐💐🏆🏆🥇🥇
पुरुष र महिला दुबै तर्फ NFCH Hamburg विजेता बने।
उपविजेता महिलातर्फ NFT-Munich तथा पुरुष तर्फ NFT स्टुटगार्ट बने।
प्रतियोगितालाई सफल बनाउन सहभागी सबै Clubs, खेलाडीहरू, प्रशिक्षक, व्यवस्थापन टोली, रेफ्रीहरू, Nepalesische Progressive Jugendorganisation e.V. को तर्फबाट डाक्टर हरू सहितको मेडिकल टिम, स्वयंसेवक, Food Partners, Sujan Fotografie तथा Tournament LIve प्रसारण गर्ने SixHead Studio Team” लगायत सबैको महत्वपूर्ण योगदान रहेको थियो।

प्रतियोगितालाई सफल बनाउन आयोजक NFC Stuttgart टिम, NRNA LCC Baden-Württemberg एवं सम्पूर्ण दाजुभाइ तथा दिदीबहिनीहरूमा विशेष आभार प्रकट गर्दछौं। साथै, सहयोगदाताहरू, प्रायोजकहरू, समर्थकहरू, सहभागी टोलीहरू, दर्शकहरू, पत्रकारहरू, समाजसेवीहरू, सबै संघ–संस्थाहरू, एनआरएनए अग्रज ज्यूहरू, सबै LCC संयोजकज्यूहरू तथा पदाधिकारीहरू र सिंगो NCC कार्यसमितिप्रति हार्दिक धन्यवाद व्यक्त गर्दछौं।

प्रतियोगिता सम्पन्न हुने क्रममा जर्मनीभरिका नेपाली समुदायको बाक्लो उपस्थिति, खेलसँगैको भेटघाट तथा खानपानले वातावरणलाई उत्सवमय बनाएको थियो। पारिलो मौसमले पनि प्रतियोगितालाई थप रौनक दिएको थियो।

यससँगै, एनआरएनए कप फुटबल २०२७ आगामी वर्ष Hannover मा आयोजना हुने घोषणा गरिएको छ।

आयोजकहरूको तर्कबाट सबैमा हार्दिक धन्यवाद सहित !

NRNA Germany Football Cup 2026 Stuttgart ⚽️⚽️🏆

(NRNA NCC & LCC , जर्मनी परिवार)

NRNA Germany cup Football 2026, Stuttgart खेल Live here
05/09/2026

NRNA Germany cup Football 2026, Stuttgart

खेल Live here

Welcome to the Official Live Broadcast of the 9th NRNA Cup 2026!T...

हार्दिक निमन्त्रणा ॥ ⚽️⚽️🏆🏆🇳🇵🇳🇵🇩🇪🇩🇪आदरणीय जर्मनीवासी सम्पूर्ण दाजुभाइ, दिदीबहिनीहरू, अग्रज ज्युहरू, तथा विभिन्न नेपाली स...
01/09/2026

हार्दिक निमन्त्रणा ॥ ⚽️⚽️🏆🏆🇳🇵🇳🇵🇩🇪🇩🇪

आदरणीय जर्मनीवासी सम्पूर्ण दाजुभाइ, दिदीबहिनीहरू, अग्रज ज्युहरू, तथा विभिन्न नेपाली संघ-संस्थाहरू,

सादर नमस्कार!

जर्मनीस्थित नेपाली समुदायबीच खेलकुद, एकता, मित्रता तथा आपसी सद्भावको भावना प्रवर्द्धन गर्दै आएको NRNA Germany Football Cup यस वर्ष आफ्नो गौरवमय १०औँ वर्ष पूरा गर्दैछ। यस ऐतिहासिक अवसरमा आयोजना हुने प्रतियोगितामा यस वर्ष २३ टोलीहरूको सहभागिता रहनेछ।

यसै अवसरमा NRNA Germany Football Cup 2026, Stuttgart को उद्घाटन तथा समापन समारोहमा अतिथि एवं दर्शकको रूपमा यहाँको गरिमामय उपस्थितिका लागि सादर हार्दिक निमन्त्रणा गर्दछौँ।

साथै, हाम्रो मातृभूमि नेपालमा हालै आएको आकस्मिक बाढीका कारण भएको कारुणिक एवं भयावह जनधनको अपूरणीय क्षतिप्रति हामी गहिरो दुःख व्यक्त गर्दछौँ। यस दुःखद घडीमा बाढी तथा प्राकृतिक विपत्तिबाट प्रभावित परिवारहरूप्रति ऐक्यबद्धता प्रकट गर्दै मानवीय सहयोगको भावना अभिव्यक्त गर्न यस वर्षको NRNA Germany Football Cup मा विशेष श्रद्धाञ्जली कार्यक्रम आयोजना गरिनेछ।

उक्त अवसरमा श्रद्धाञ्जली अर्पण, मौनधारण तथा दीप प्रज्वलन गरी दिवंगत आत्माहरूको चिरशान्तिको कामना गरिनेछ। साथै, Help Nepal Donation Box तथा QR Code मार्फत बाढीपीडितहरूका लागि सहयोग संकलन गरी उक्त मानवीय अभियान नेपालका प्रभावित परिवारहरूप्रति समर्पित गरिनेछ।

📍 कार्यक्रम विवरण
स्थान: SV Leonberg / Brückenbachstr. 37, 71229 Leonberg
मिति: शनिबार, ५ सेप्टेम्बर २०२६
उद्घाटन समारोह: बिहान ९:०० बजे

यस ऐतिहासिक खेलकुद तथा मानवीय अभियानमा यहाँको गरिमामय उपस्थितिले कार्यक्रमको शोभा बढाउनुका साथै हामिहरूको सामूहिक ऐक्यबद्धता र मानवीय भावना अझ सशक्त बन्ने विश्वास लिएका छौँ।

यहाँको गरिमामय उपस्थितिको हार्दिक अपेक्षासहित।
हार्दिक धन्यवादसहित,
🙏🙏🙏
आयोजक समिति
NRNA Germany | NFC Stuttgart | LCC Baden-Württemberg

31/08/2026
31/08/2026

Welcome to Stuttgart 05 September 2026

आकस्मिक बाढी पीडितहरूका लागि राहत सहयोग अपिल!!!आदरणीय जर्मनीवासी अग्रजज्यूहरू, सामाजिक अभियन्ताज्यूहरू, विभिन्न संघ–संस्...
29/08/2026

आकस्मिक बाढी पीडितहरूका लागि राहत सहयोग अपिल!!!

आदरणीय जर्मनीवासी अग्रजज्यूहरू, सामाजिक अभियन्ताज्यूहरू, विभिन्न संघ–संस्थाका प्रतिनिधिज्यूहरू, आमाबुबा, दाजुभाइ तथा दिदीबहिनीहरू,

हार्दिक नमस्कार।

मातृभूमि नेपालमा हालै आएको आकस्मिक बाढीका कारण भएको कारुणिक एवं भयावह जनधनको अपूरणीय क्षतिले हामी सम्पूर्ण नेपालीहरूलाई अत्यन्त मर्माहत बनाएको छ। यस दुःखद् घटनामा अकालमै ज्यान गुमाउनुहुने सम्पूर्ण दिवंगत आत्माहरूप्रति हार्दिक श्रद्धाञ्जली अर्पण गर्दै शोकसन्तप्त परिवारजनप्रति गहिरो समवेदना व्यक्त गर्दछौँ।

यसै सन्दर्भमा, यहि मिति २८ अगस्ट २०२६ का दिन जर्मनीका लागि कार्यवाहक महामहिम राजदूत श्री नारायण प्रसाद वाग्लेज्यूको उपस्थितिमा, गैरआवासीय नेपाली संघ राष्ट्रिय समन्वय परिषद NCC तथा LCC का कार्यसमिति, अग्रजहरू, सामाजिक अभियन्ताहरू तथा विभिन्न संघ–संस्थाका प्रतिनिधिहरूको संयुक्त आकस्मिक बैठक बसी बाढीपीडितहरूको राहत तथा सहयोगका लागि सबैमा आह्वान निर्णयहरू सर्वसम्मत रूपमा गरिएको जानकारी गराउन चाहन्छौँ।

तत्काल राहत रकम संकलन गर्ने :

जर्मनी तथा विश्वका विभिन्न स्थानमा रहनुभएका नेपाली समुदाय तथा नेपालप्रेमी महानुभावहरूबाट यथाशीघ्र राहत रकम संकलनको लागि आव्हान,

तल उल्लेखित विवरणमध्ये आफ्नो इच्छाअनुसार जुनसुकै / कुनै एक माध्यमबाट सहयोग गर्न सक्नुहुनेछ। हाम्रो मुख्य उद्देश्य नै जुनसुकै माध्यबाटै भएपनि मातृभूमिमा पारदर्शी रूपमा व्यवस्थापन गरी वास्तविक पीडितहरूसम्म प्रभावकारी र छिटो रूपमा पुर्‍याउनु हो।

# गैरआवासीय नेपाली संघमार्फत राहत रकम पठाउने:

तत्काल रहातको लागि NRNA ICC बाट रू. ५ करोडको सहायता गर्ने र प्रभावित क्षेत्रमा नेपाल सरकार संगै ऊद्दाारको लागि NRNA volunteers शुरूकै दिनबाट खटिईसकेको छ।संकलित राहत रकम गैरआवासीय नेपाली संघ (NRNA), LCC Hessen को खातामा जम्मा गरी एक हप्ताभित्र गैरआवासीय नेपाली संघ (NRNA), ICC को सम्बन्धित खातामा पठाइनेछ।

यसका साथै, जर्मनीमा बसोबास गर्ने केही नेपाली साथीहरूको घर–परिवारमा समेत बाढीका कारण अत्यधिक क्षति भएको सूचना प्राप्त भएको हुँदा, यहाँ संकलित सहयोग रकम मध्येबाट पनि सिधै उहाँहरूलाई समेत सहयोग गरिनेछ।जानकारी: NRNA LCC Hessen को खातामा जम्मा गरिएको सहयोग रकमका लागि मात्र, आवश्यक Spendenquittung उपलब्ध गराउन सकिनेछ।
# # सिधै प्रधानमन्त्री दैवी प्रकोप राहत कोषमा सहयोग :

सिधै नेपाल सरकारको प्रधानमन्त्री दैवी प्रकोप राहत कोषमा सहयोग गर्न चाहेमा त्यसै माध्यमबाट पनि सहयोग गर्न सक्नुहुनेछ।
सानो होस् वा ठूलो—तपाईंको सहयोग बाढीपीडितका लागि ठूलो आशा बन्न सक्छ ।
मातृभूमिका लागि एकजुट बनौँ।
पीडितको दुःखमा साथ दिऔँ।
सकेसम्म सहयोग गरौँ।

हार्दिक धन्यवाद सहित,
गैरआवासीय नेपाली संघ (NRNA) NCC & LCC जर्मनी परिवार

आदरणीय जर्मनीवासी सम्पूर्ण दाजुभाइ, दिदीबहिनीहरू तथा विभिन्न नेपाली संघ-संस्थाहरू,नमस्कार।नेपालमा हालै आएको विनाशकारी बा...
27/08/2026

आदरणीय जर्मनीवासी सम्पूर्ण दाजुभाइ, दिदीबहिनीहरू तथा विभिन्न नेपाली संघ-संस्थाहरू,
नमस्कार।
नेपालमा हालै आएको विनाशकारी बाढी कारण उत्पन्न गम्भीर परिस्थिति र भएको ठूलो धनजनको क्षतिप्रति हामीहरु अत्यन्त दुःखी तथा मर्माहत भएका छौँ।
मातृभूमि नेपालले सामना गरिरहेको यस दुःखद र कठिन घडीमा प्रभावित क्षेत्रहरूका लागि के-कसरी प्रभावकारी राहत, उद्धार तथा आर्थिक सहयोग पुर्‍याउन सकिन्छ भन्ने विषयमा छलफल गर्न गैरआवासीय नेपाली संघ, राष्ट्रिय समन्वय परिषद् जर्मनी (NRNA Germany) द्वारा एक आपतकालीन बैठकको आयोजना गरिएको छ।
उक्त बैठकमा जर्मनीका सम्पूर्ण नेपाली संघ-संस्थाका प्रतिनिधिहरू, सामाजिक अभियन्ताहरू तथा सम्पूर्ण दाजुभाइ-दिदीबहिनीहरूलाई उपस्थित भई आफ्नो महत्वपूर्ण विचार, सुझाव तथा सहयोगका सम्भावित उपायहरू प्रस्तुत गरिदिनुहुन हार्दिक अनुरोध गर्दछौँ।
बैठकको विवरण:
मिति: २८ अगस्ट २०२६
समय: बिहान १०:०० बजे देखि ११:०० बजेसम्म
माध्यम: Zoom Meeting
Meeting ID: 852 9910 6318
Passcode : 2026

लोक मणि ढकाल
अध्यक्ष

सनत कुमार गौतम
महासचिव
गैरआवासीय नेपाली संघ, राष्ट्रिय समन्वय परिषद्, जर्मनी (NRNA Germany)

Nrna Germany 25-27 is inviting you to a scheduled Zoom meeting.

Topic: Emergency Meeting: Nepal Devastating Flash Flood Disaster
Time: Aug 28, 2026 10:00 Amsterdam, Berlin, Rome, Stockholm, Vienna
Join Zoom Meeting
https://us06web.zoom.us/j/85299106318?pwd=aE8amrxVb4aOWnYIxgFaRSbPMbiibv.1

Meeting chat link
https://us06web.zoom.us/launch/jc/85299106318

Meeting ID: 852 9910 6318
Passcode: 2026

---

One tap mobile
+16694449171,,85299106318 #,,,,*2026 # US
+16699006833,,85299106318 #,,,,*2026 # US (San Jose)

---

Join by SIP
• [email protected]

Join instructions
https://us06web.zoom.us/meetings/85299106318/invitations?signature=BGxE73dQSAioOjZFN9cvC0SgWSwoDfyV_eo7MigIlhw

सबैमा हार्दिक अपिलजर्मनीमा रहनुभएका आदरणीय दाजुभाइ, दिदीबहिनी तथा सम्पूर्ण स्नेही मनहरू,आज बिहान आफ्नै मातृभूमि नेपालमा ...
26/08/2026

सबैमा हार्दिक अपिल

जर्मनीमा रहनुभएका आदरणीय दाजुभाइ, दिदीबहिनी तथा सम्पूर्ण स्नेही मनहरू,

आज बिहान आफ्नै मातृभूमि नेपालमा आएको भीषण बाढी तथा पहिरोको दर्दनाक समाचारले हामी सबैको हृदय क्षतविक्षत बनाएको छ। प्रकृतिको यस भयावह प्रकोपले धेरैका प्रियजन खोसेको छ भने कैयौँ परिवारलाई घरबारविहीन बनाई खुला आकाशमुनि वा अस्थायी आश्रयमा बस्न बाध्य बनाएको छ।

यस असह्य दुःखको घडीमा जीवन गुमाउनुहुने सम्पूर्ण दिवंगत आत्माहरूप्रति गैरआवासीय नेपाली संघ, जर्मनी (NRNA Germany) हार्दिक श्रद्धाञ्जली अर्पण गर्दछौ।
आफ्ना प्रियजन गुमाएर अथाह पीडामा रहनुभएका शोकाकुल परिवारजनप्रति हार्दिक समवेदना व्यक्त गर्दछौँ। साथै, घाइते हुनुभएका सम्पूर्ण दाजुभाइ तथा दिदीबहिनीहरूको शीघ्र स्वास्थ्यलाभको कामना गर्दछौँ।

मातृभूमिको यो रोदन र हाम्रा आफ्नै दाजुभाइ-दिदीबहिनीहरूको यो आर्तनादमा हामी पनि सहभागी भई सक्दो सहयोग गर्नु हाम्रो मानवीय दायित्व हो। जर्मनीमा रहनुभएका हामी सबैको सानो सहयोग पनि अहिले विपद्मा परेका परिवारका लागि ठूलो सहारा बन्न सक्छ।

तपाईंको सानो करुणा, सहयोगी हात र मानवीय साथले कसैको जीवनमा पुनः आशाको किरण छर्न सक्छ।

आउनुहोस्, दुःखको यस घडीमा एक-अर्काको साथ बनौँ।
मातृभूमिका पीडितहरूसँग हातेमालो गरौँ र सक्दो सहयोग गरौँ।

नमन तथा हार्दिक धन्यवाद।

नम्रताका साथ,
कार्यसमिति
गैरआवासीय नेपाली संघ, जर्मनी (NRNA Germany)

NRNA LCC Baden-WürttembergNRNA LCC Hessen e.V.NRNA Germany, LCC Hamburg Embassy of Nepal, Berlin Non-Resident Nepali Association - NRNA

Adresse

Frankfurt
Bönen

Benachrichtigungen

Erfahren Sie als Erste/r von Neuigkeiten und Aktionen: Wir schicken Ihnen eine E-Mail, wenn NRNA Germany etwas veröffentlicht. Ihre E-Mail-Adresse wird für keinen anderen Zweck verwendet, und Sie können sich jederzeit abmelden.

Kontaktieren Sie Die Organisation

Nachricht an NRNA Germany senden:

Verknüpfungen

Teilen

Regierungsdienstleistungen in der Nähe