12/10/2026
📢 अत्यन्त दुःखद खबर तथा आवश्यक जानकारी
नेपालको सुनसरी जिल्ला स्थायी घर भई विगतमा स्विडेनमा बसोबास गर्नुभएका र पछिल्लो समय स्पेनको भ्यालेन्सियामा रहँदै आउनुभएका श्री पूर्णबहादुर तामाङज्यूको दुःखद निधन भएको खबर प्राप्त भएको छ।
यस दुःखद घटनाप्रति गैरआवासीय नेपाली संघ (NRNA) स्पेन गहिरो दुःख व्यक्त गर्दै दिवङ्गत आत्माको चिरशान्तिको कामना गर्नुका साथै शोकसन्तप्त परिवारजनप्रति हार्दिक समवेदना प्रकट गर्दछ।
उहाँको परिवारसँग सम्पर्क स्थापित गर्ने क्रममा नेपालमा रहनुभएकी उहाँका दाजु श्रीमती, तथा भान्जीसँग सम्पर्क भएको छ। हाल परिवारजनसँग घटनासम्बन्धी आवश्यक छलफल तथा आगामी प्रक्रियाबारे समन्वय भइरहेको छ।
घटनाबारे सम्बन्धित नेपाली कूटनीतिक नियोगलाई समेत जानकारी गराइसकिएको छ। परिवारजनसँगको छलफल तथा आवश्यक अनुमति पत्र प्राप्त भएपछि सम्बन्धित निकायसँग समन्वय गरी NRNA स्पेनका प्रतिनिधि तथा स्थानीय नेपाली समुदायका साथीहरू घटनास्थलमा पुगेर आवश्यक प्रक्रिया अघि बढाउने तयारी भइरहेको छ।
यस सम्बन्धमा अन्य आवश्यक जानकारी प्राप्त भएपछि आधिकारिक रूपमा सार्वजनिक गरिनेछ।
यस संवेदनशील परिस्थितिमा सबैलाई धैर्य, संयमता तथा संवेदनशीलता अपनाइदिनुहुन हार्दिक अनुरोध गर्दछौँ।
गैरआवासीय नेपाली संघ (NRNA) स्पेन