Nepalese living in Barcelona, Spain

Nepalese living in Barcelona, Spain

Compartir

The page( Nepalese living in Barcelona,Spain ) is a social group for helping each other. This is not suitable group for unnecessary and dirty politics thoughts.

23/05/2026

🕯️ हार्दिक श्रद्धाञ्जली 🕯️

हाम्रो नेपाली समुदायका सदस्य राजेश श्रेष्ठ (काठमाडौं–४, गोकर्णेश्वर निवासी, उमेर २९ वर्ष) स्पेनको फोर्तेभेन्तुरामा बसोबास गर्दै आउनुभएको र सुतिरहेको अवस्थामा असामयिक निधन भएको दुःखद खबरले सम्पूर्ण स्पेनवासी नेपाली समुदाय अत्यन्त मर्माहत भएको छ ।
स्व.श्रेष्ठको दिवंगत आत्माप्रति भावपूर्ण श्रद्धाञ्जली अर्पण गर्दछौं ।
यस दुःखद घडीमा दिवंगत आत्माको चिरशान्तिको कामना गर्दै शोकसन्तप्त परिवारजनमा गहिरो समवेदना व्यक्त गर्दछौं। परिवारजनलाई यस अपूरणीय क्षति सहन सक्ने धैर्य र शक्ति प्राप्त होस् भनी हार्दिक कामना गर्दछौं।

स्व. श्रेष्ठको परिवारमा आमा, दुई दाजु तथा एक बहिनी रहनुभएको छ। घटनापश्चात आवश्यक जानकारी दाजुहरूलाई तत्काल गराइएको भए पनि माताको स्वास्थ्य अवस्थालाई ध्यानमा राख्दै केही समयपछि मात्र जानकारी गराइएको छ।

स्व. श्रेष्ठ करिब २० महिनादेखि स्पेनको फोर्तेभेन्तुरामा बसोबास गर्दै आउनुभएको र उहाँको स्पेन बसाइ नियमित प्रक्रियामा भइसकेको थिएन। यस अवस्थामा सम्भावित कानुनी प्रक्रिया, शव व्यवस्थापन, दाहसंस्कार लगायत आवश्यक सम्पूर्ण सहयोगका लागि गैर आवासीय नेपाली संघ, स्पेन तथा स्पेनस्थित नेपाली संघ–संस्थाहरू सक्रिय रूपमा समन्वयमा जुटिरहेका छन्।

परिवारको आर्थिक अवस्था सबल नरहेको हुँदा सहयोग रकम संकलन गरी परिवारको इच्छाअनुसार आवश्यक व्यवस्थापन गरिने निर्णय गैर आवासीय नेपाली संघ, स्पेनको आकस्मिक बैठकबाट गरिएको छ।

गैर आवासीय नेपाली संघ, स्पेन

नोट: शव व्यवस्थापनसम्बन्धी NRNA Spain को आकस्मिक संयुक्त बैठकका निर्णयहरू

मिति २२ मे २०२६, शुक्रबारका दिन संघका अध्यक्ष सन्तोष श्रेष्ठज्यूको अध्यक्षतामा संघको केन्द्रीय कार्यालयमा बसेको स्पेनस्थित सम्पूर्ण संघ–संस्थाहरूको आपतकालीन विशेष संयुक्त बैठकले काठमाडौं गोकर्णेश्वर स्थायी घर भई हाल स्पेनको फोर्तेभेन्तुरामा बसोबास गर्दै आउनुभएका २९ वर्षीय स्व. राजेश श्रेष्ठको असामयिक निधनप्रति गहिरो दुःख व्यक्त गर्दै पार्थिव शरीर व्यवस्थापन तथा अन्त्येष्टिका लागि NRNA Spain को आह्वानमा एकद्वार प्रणालीमार्फत स्पेनस्थित सम्पूर्ण संघ–संस्था, आमाबुबा, दाजुभाइ तथा दिदीबहिनीहरूमा आर्थिक सहयोगका लागि विनम्र अनुरोध गर्ने निर्णय गरेको छ।

निर्णय नं. १
संघका अध्यक्ष सन्तोष श्रेष्ठज्यूको संयोजकत्वमा कानुनी प्रक्रिया तथा शव व्यवस्थापन समिति गठन गरियो।

सदस्यहरू:

* शिव प्रसाद गौतम
* शिव कुमार लामिछाने
* सन्तोष उप्रेती
* भिमशेन धिमाल

निर्णय नं. २
शव व्यवस्थापनका लागि आवश्यक आर्थिक सहयोग संकलन गर्ने उद्देश्यले संघकी उपाध्यक्ष जमुना देवी सापकोटाज्यूको संयोजकत्वमा आर्थिक संकलन समिति गठन गरियो।

सदस्यहरू:

* नारायण प्रसाद सुबेदी
* सुमन खड्का
* दिपिका श्रेष्ठ
* सन्तोष कुमार वाग्ले
* रबिन सोडारी
* बालकृष्ण खरेल

धन्यवाद।

नबिन घिमिरे
महासचिव
गैर आवासीय नेपाली संघ, स्पेन(copied)

09/05/2026

कोही couple को लागि रुम चाहियको भए यस मोवाईल नम्वर मा संपर्क गर्नु होला 631 099 789

08/05/2026

गैर आवासीय नेपाली संघ (NRNA) स्पेनले Spain ma बसोबास गर्ने नेपालीहरूका लागि निःशुल्क पेपर आवेदन कार्यक्रम आयोजना गर्ने भएको छ।

यो कार्यक्रम विशेष गरी कागजात प्रक्रियामा सहयोग आवश्यक भएका व्यक्तिहरूका लागि लक्षित छ।

पहिलो दिन (मे ७, २०२६): बेलुका ७:०० देखि ९:०० बजेसम्म बार्सिलोनाको La Barraqueta मा २० जनाका लागि सेवा उपलब्ध हुनेछ।

दोस्रो दिन (मे ८, २०२६): दुईवटा संस्थामार्फत विशेष गरी ४० जना महिलाहरूका लागि प्रक्रिया अगाडि बढाइनेछ।

इच्छुक व्यक्तिहरूले अग्रिम रूपमा नाम दर्ता गराउनु पर्नेछ। यदि कसैसँग 'Certificado de Vulnerabilidad' छैन भने सम्बन्धित संस्थाले आवश्यक समन्वय गर्ने जानकारी दिइएको छ। संस्थाले समुदायको हितका लागि चालेको यो कदमलाई स्थानीय नेपालीहरूले सकारात्मक रूपमा लिएका छन्।

30/04/2026

जोडीको लागि कोठा भाडामा उपलब्ध छ। सम्पर्क नम्बर: 631039504

28/04/2026

प्रहरी चारित्रिक प्रमाणपत्र सम्बन्धी जानकारी
नयाँ दिल्लीस्थित नेपाली राजदुतावासका अनुसार नेपालको कन्सुलर सेवा विभागबाट प्रमाणीकृत पुलिस रिपोर्ट पुनः नेपाली राजदुतावास, नयाँ दिल्लीबाट प्रमाणीकरण गर्न आवश्यक नरहेको जानकारी गराइन्छ। दुई दूतावासबीच भएको सहमतिअनुसार उक्त पुलिस रिपोर्ट सिधै नयाँ दिल्लीस्थित स्पेनिश राजदुतावासमा पेश गर्न सकिनेछ।

27/04/2026

बार्सिलोना को समर भाइब्स

25/04/2026

स्पेनका लागि काठमाडौं दूतावासबाट Legalization सेवा बन्द ! कागजात Legalization अब नयाँ दिल्लीबाट मात्र !!

काठमाडौं— Honorary Consul of Spain ले नेपाली सार्वजनिक कागजातहरूको हस्ताक्षर कानुनीकरण (Legalization) गर्ने अधिकार तत्कालका लागि खोसिएको जानकारी दिएको छ।
युरोपेली संघ तथा परराष्ट्र मन्त्रालयबाट प्राप्त निर्देशनअनुसार काठमाडौंस्थित मानार्थ वाणिज्य दूतावासलाई दिइएको उक्त अधिकार अर्को सूचना नभएसम्मका लागि खारेज गरिएको पत्रमार्फत जनाइएको छ।
अबदेखि नेपाली सरकारी निकायबाट जारी गरिएका कागजातहरूको कानुनीकरणका लागि नयाँ दिल्लीस्थित स्पेन दूतावासको कन्सुलर शाखामा पठाउनुपर्ने व्यवस्था गरिएको छ।
यस निर्णयले विशेषगरी विदेश जाने तयारीमा रहेका तथा कागजात प्रमाणीकरण आवश्यक पर्ने सेवाग्राहीहरू प्रभावित हुने सम्भावना रहेको छ। सम्बन्धित निकायले आवश्यक जानकारी लिन र नयाँ प्रक्रियाअनुसार अघि बढ्न आग्रह गरेको छ।



24/04/2026

Namaste Barcelona 🙏 A Nepal Tourism Promotion Program and Nepali New Year 2083 शुभकामना Exchange Event will be held on April 26, 2026, at Plaça Sagrada Família, Barcelona.
This special event will bring Nepal’s culture, art, and identity from the Himalayas to Barcelona, featuring cultural performances, music, dance, and the opportunity to experience authentic Nepali cuisine.
We warmly invite the entire Nepali community and friends to attend and help make this event a grand success.🙏🙏

23/04/2026

आज Sant Jordi को विशेष दिन 🌹📚
Barcelona आज साँच्चै रमाइलो र रंगीन देखिएको छ—सडकहरू गुलाब 🌹 र किताब 📖 ले भरिएका छन्।
यो सानो भिडियोमा पनि यहाँको माहोल, खुशी र उत्साह देख्न सक्नुहुन्छ

¿Quieres que tu empresa sea el Servicios Gubernamentales mas cotizado en Barcelona?

Haga clic aquí para reclamar su Entrada Patrocinada.

Localización

Categoría

Página web

Dirección


Barcelona
08025

Horario de Apertura

Lunes 10:00 - 20:00
Martes 10:00 - 20:00
Miércoles 10:00 - 20:00
Jueves 10:00 - 20:00
Viernes 10:00 - 20:00
Sábado 10:00 - 14:00