📢 सूचना- आर्थिक सहयोग संकलन कार्य आजको मितिदेखि औपचारिक रूपमा बन्द गरिएको
सम्पूर्णमा नमस्कार,
फोर्तेभेन्तुरामा असामयिक निधन हुनुभएका नेपाली दाजुभाइ राजेश श्रेष्ठको शव व्यवस्थापन तथा सहयोगार्थ सञ्चालन गरिएको आर्थिक सहयोग संकलन कार्य आजको मितिदेखि औपचारिक रूपमा बन्द गरिएको जानकारी गराइन्छ।
सम्पूर्णमा जानकारी गराइन्छ कि दिवंगत राजेश श्रेष्ठको शव व्यवस्थापन सम्बन्धी सम्पूर्ण खर्च तथा आवश्यक व्यवस्थापन उहाँको रोजगारदाताले नै गर्ने जानकारी प्राप्त भएको छ। त्यसैले आजको मितिदेखि आर्थिक सहयोग संकलन कार्य बन्द गरिएको जानकारी गराइन्छ।
यस अभियानमा आर्थिक, नैतिक तथा अन्य विभिन्न माध्यमबाट सहयोग पुर्याउनुहुने सम्पूर्ण महानुभावहरूप्रति हार्दिक आभार व्यक्त गर्दछौं। तपाईंहरूको सहयोगले यस दुःखद घडीमा ठूलो साथ र सहयोग प्रदान गरेको छ।
दिवंगत आत्माको चिरशान्तिको कामना गर्दै शोकसन्तप्त परिवारप्रति हार्दिक समवेदना व्यक्त गर्दछौं।
धन्यवाद।
एनआरएनए म्याड्रिड
संकलित सम्पूर्ण रकम तथा सहयोगदाताहरूको विवरण
1)Harka Bdr Thapa — €51
2) Binod Karki— €51
3)Rupa Basnet— €10
4)Subhadra tamang -51
5)Sabina shrestha -21
6)Anjali shrestha-21
7)krys Shrestha - 20
8)Kanchan Tolange 51
9)sonu tamang -20
10) Alisha Thapa magar -10
11) Ashish Subedi -25
NRNA Madrid-Spain
एनआरएनए म्याड्रिड — नेपाली समुदायको एकता, संस्कृतिको संरक्षण र सहयोगका लागि समर्पित। ���
📢 सहयोग संकलन सम्बन्धी सूचना
सम्पूर्णमा नमस्कार,
फोर्तेभेन्तुरामा असामयिक निधन हुनुभएका २९ वर्षीय नेपाली दाजुभाइ राजेश श्रेष्ठको शव व्यवस्थापन तथा आवश्यक प्रक्रिया अगाडि बढाउन आर्थिक सहयोग संकलन कार्य जारी रहेको जानकारी गराइन्छ।
यस दुःखद घडीमा स्वेच्छिक सहयोगका लागि तल उल्लेखित बैंक तथा बिजुममार्फत रकम पठाउन सकिनेछ।
🏦 खाता नम्बर:
ES3621001187140200174568
📲 बिजुम नम्बर:
631763428
थप जानकारीका लागि सम्पर्क:
📞 आशीष सुबेदी
उपाध्यक्ष, एनआरएनए म्याड्रिड
६३१ ५२ ७४ ०१
📞 बिनोद कार्की
कोषाध्यक्ष, एनआरएनए म्याड्रिड
६१२ ५१ ५६ ९८
📞 क्रिस श्रेष्ठ
प्रवक्ता, एनआरएनए म्याड्रिड
६२४ ०७ ७४ ८०
यस दुःखद घडीमा सहयोग प्रदान गर्नुहुने सम्पूर्ण महानुभावहरूप्रति हार्दिक आभार व्यक्त गर्दछौं। सानो सहयोगले पनि ठूलो राहत दिन सक्छ।
दिवंगत आत्माको चिरशान्तिको कामना गर्दै शोकसन्तप्त परिवारप्रति हार्दिक समवेदना व्यक्त गर्दछौं।
📝 नोट:
म्याड्रिडबाट संकलन भएको सम्पूर्ण आर्थिक सहयोग रकम तथा सहयोगदाताहरूको विवरण एकमुष्ट रूपमा पछि आधिकारिक रूपमा प्रकाशन गरिनेछ।
धन्यवाद।
एनआरएनए म्याड्रिड
23/05/2026
स्पेनमा २९ वर्षीय नेपाली युवक राजेश श्रेष्ठको निधन, शव व्यवस्थापनका लागि NRNA स्पेन , NRNA Madrid-Spain द्वारा सहयोगको अपिल
स्पेनको फोर्तेभेन्तुरामा बसोबास गर्दै आउनुभएका २९ वर्षीय नेपाली युवक राजेश श्रेष्ठको सुतिरहेको अवस्थामा असामयिक निधन भएको छ। काठमाडौं, गोकर्णेश्वर-४ स्थायी घर भएका श्रेष्ठ विगत २० महिनादेखि स्पेनमा रहँदै आएका थिए।
मृतक श्रेष्ठको स्पेन बसाइ कानुनी रूपमा नियमित भइनसकेको र परिवारको आर्थिक अवस्था समेत कमजोर रहेकाले पार्थिव शरीरको कानुनी प्रक्रिया र अन्त्येष्टिमा समस्या परेको छ। यसैबीच, गैर आवासीय नेपाली संघ (NRNA) स्पेनले मे २२ मा एक आपतकालीन संयुक्त बैठक डाकी शव व्यवस्थापनका लागि पहल सुरु गरेको छ।
NRNA स्पेनका आपतकालीन संयुक्त बसेको बैठकले मृतकको अन्त्येष्टिका लागि 'एकद्वार प्रणाली' मार्फत आर्थिक सहयोग संकलन गर्ने निर्णय गरेको छ। सो कार्यलाई व्यवस्थित गर्न दुई छुट्टाछुट्टै समितिहरू गठन गरिएको छ!!
NRNA madrid स्पेनले यस दुःखद घडीमा शोकसन्तप्त परिवारप्रति समवेदना प्रकट गर्दै स्पेनस्थित सम्पूर्ण नेपाली संघ-संस्था तथा समुदायलाई यथाशक्य आर्थिक सहयोग गर्न विनम्र अनुरोध गरेको छ।
NRNA Madrid
दुःखद समाचार
Fuerteventura अन्तर्गत Corralejo क्षेत्रमा एक नेपालीको दुःखद निधन भएको खबर प्राप्त भएको छ। घटनासम्बन्धी थप विवरण हालसम्म प्राप्त हुन बाँकी रहेको जानकारी प्राप्त भएको छ।
यस दुःखद घटनाले नेपाली समुदायलाई स्तब्ध र मर्माहित बनाएको छ। दिवंगत आत्माप्रति हार्दिक श्रद्धाञ्जली व्यक्त गर्दै शोकसन्तप्त परिवारजन, आफन्त तथा साथीभाइहरूमा गहिरो समवेदना प्रकट गर्दछौं।
थप जानकारी प्राप्त भएपछि अद्यावधिक गरिनेछ।
हार्दिक श्रद्धाञ्जली। 🕊️
NRNA Madrid-Spain
20/05/2026
El Libro Del Español" पुस्तक वितरण सफलतापूर्वक सम्पन्न
कास्की आदर्श समाज, स्पेनका पूर्व अध्यक्ष आदरणीय श्री बल बहादुर कार्कीज्यू को विशेष सहयोग तथा NRNA Spain का Youth Coordinator दीपिका श्रेष्ठज्यू को नेतृत्वमा "El Libro Del Español" पुस्तक वितरण कार्यक्रम सफलतापूर्वक सम्पन्न भएकोमा हामी अत्यन्त खुशी व्यक्त गर्दछौँ।
यस कार्यक्रमप्रति देखाउनुभएको उत्साह, सहभागिता तथा सकारात्मक साथका लागि सम्पूर्ण पाठक तथा सहभागी मित्रहरूलाई हार्दिक धन्यवाद व्यक्त गर्दछौँ। नेपाली समुदायमा भाषा, शिक्षा तथा ज्ञानको आदानप्रदानलाई अझ सुदृढ बनाउने उद्देश्यले आयोजना गरिएको यस कार्यक्रमले सकारात्मक सन्देश प्रवाह गरेको विश्वास लिएका छौँ।
पुस्तकको संख्या सीमित रहेकाले धेरै इच्छुक साथीहरूलाई वितरण गर्न नसकिएकोमा हामी क्षमाप्रार्थी छौँ। वितरणबाट वञ्चित हुनुभएका साथीहरूको भावना बुझ्दै आगामी दिनहरूमा अझ बढी पुस्तक तथा यस्ता शैक्षिक कार्यक्रमहरू सञ्चालन गर्न प्रयासरत रहनेछौँ।
पुनः एकपटक NRNA Madrid को तर्फबाट यस कार्यक्रमलाई सफल बनाउन विशेष सहयोग पुर्याउनु हुने आदरणीय श्री बल बहादुर कार्कीज्यू तथा दीपिका श्रेष्ठज्यू प्रति हार्दिक धन्यवाद तथा विशेष आभार व्यक्त गर्दछौँ।
ज्ञान बाँड्दा समाज अझ समृद्ध बन्छ भन्ने विश्वासका साथ आगामी दिनहरूमा पनि यस्तै सकारात्मक कार्यक्रमहरूमा साथ र सहयोगको अपेक्षा गर्दछौँ।
धन्यवाद।
क्रिस श्रेष्ठ
प्रवक्ता
गैर आवासीय नेपाली संघ,म्याड्रिड
19/05/2026
"2nd NRNA Madrid Volleyball Cup 2026 लाई विशेष बनाइदिनु भएकोमा सम्पूर्ण खेलाडी, दर्शक, सहयोगी, प्रायोजक, स्वयंसेवक तथा प्रत्यक्ष–अप्रत्यक्ष रूपमा साथ दिनुहुने सम्पूर्ण महानुभावहरूमा हार्दिक धन्यवाद तथा आभार व्यक्त गर्दछु। यहाँहरूको साथ, सहयोग र मायाले यो कार्यक्रम अझ भव्य र सफल बन्न सकेको हो। साथै प्रतियोगिताका केही अविस्मरणीय तस्बिरहरू प्रस्तुत गरेका छौं। 🏐🙏"
📸 Picture by:- Krysquest Lens"
- NRNA Madrid-Spain
19/05/2026
2nd NRNA MADRID VOLLEYBALL CUP 2026 मा सहभागी सम्पूर्ण टिमहरूलाई हार्दिक धन्यवाद। 🏐
तपाईंहरूको सक्रिय सहभागिता, खेलप्रतिको समर्पण, अनुशासन तथा खेल भावना नै यस प्रतियोगिताको सफलताको मुख्य आधार बनेको छ। सम्पूर्ण खेलाडी, प्रशिक्षक, व्यवस्थापक तथा सहयोगीहरूलाई हृदयदेखि आभार व्यक्त गर्दछौं।
तपाईंहरूको साथ, सहयोग र उत्साहले कार्यक्रमलाई अझ भव्य र सफल बनाएको छ। आगामी दिनहरूमा पनि यस्तै साथ र सहभागिताको अपेक्षा राख्दछौं।
धन्यवाद। 🙏
NRNA Madrid
19/05/2026
🏐 धन्यवाद | 2nd NRNA MADRID VOLLEYBALL CUP 2026 🏐
“2nd NRNA Madrid Volleyball Cup 2026” कार्यक्रम सफलतापूर्वक सम्पन्न गर्न प्रत्यक्ष तथा अप्रत्यक्ष रूपमा सहयोग, साथ र समर्थन गर्नुहुने सम्पूर्ण महानुभावहरूमा हार्दिक धन्यवाद व्यक्त गर्दछौं।
हाम्रा प्रायोजक (Sponsors) हरूप्रति विशेष आभार व्यक्त गर्न चाहन्छौं। तपाईंहरूको अमूल्य सहयोग, विश्वास र समर्थनबिना यस प्रतियोगितालाई सफलतापूर्वक सम्पन्न गर्न सम्भव हुने थिएन।
त्यसैगरी प्रतियोगितामा सहभागी सम्पूर्ण टोलीहरू तथा खेलाडीहरू लाई हार्दिक धन्यवाद। तपाईंहरूको खेल भावना, अनुशासन, मेहनत र उत्कृष्ट प्रदर्शनले प्रतियोगितालाई थप रोमाञ्चक र अविस्मरणीय बनाएको छ।
साथै, कार्यक्रमलाई सफल बनाउन निरन्तर साथ दिनुहुने दर्शकहरू, स्वयंसेवकहरू, रेफ्रीहरू, आयोजक टोली तथा सम्पूर्ण सहयोगी हातहरू प्रति पनि हार्दिक कृतज्ञता व्यक्त गर्दछौं।
तपाईंहरूको माया, साथ, सहयोग र एकताले 2nd NRNA Madrid Volleyball Cup 2026 लाई भव्य तथा सफल बनाउन महत्वपूर्ण भूमिका खेलेको छ।
हामी सबै मिलेर खेल मात्र नभई आपसी सद्भाव, एकता र नेपाली समुदायको भावना पनि झल्काउन सफल भएका छौं।
सम्पूर्णमा हार्दिक धन्यवाद! 🙏🇳🇵🏐
NRNA Madrid परिवार
2nd NRNA MADRID VOLLEYBALL CUP 2026"
NRNA Madrid-Spain
Haga clic aquí para reclamar su Entrada Patrocinada.
Localización
Categoría
Contacto la empresa
Página web
Dirección
Madrid
