10/09/2026
"महिलामाथि थानाभित्रै कुटपिटको आरोप" उचित छानबिनसँगै दोषीमाथि कानुनी कारबाहीको माग !
१० सेप्टेम्बर २०२६ दार्जीलिङ :
महिलामाथि थानाभित्रै कुटपिट गरिएको घटनाप्रति गोर्खा जनमुक्ति गोर्खा जनमुक्ति नारी मोर्चा अध्यक्ष सावित्री राई द्वारा ध्यानाकर्षण गराउँदै घटनाको निष्पक्ष तथा उचित छानबिन गर्न माग गरेको छ।
नारी मोर्चाले सम्बन्धित घटनाका विषयमा आज सदर थानाका आइसी सँग भटेर ज्ञापनपत्र बुझाउँदै घटनाको सत्यतथ्य तत्काल सार्वजनिक गर्न तथा घटनामा संलग्न दोषी पहिचान गरी कानुन बमोजिम कडा कारबाही गर्न माग गरेका छन।
महिलाको सुरक्षा तथा सम्मान सुनिश्चित गर्नु पुलिसको दायित्व रहेको उल्लेख गर्दै नारी मोर्चाले थानाजस्तो संवेदनशील स्थानमा नै महिलामाथि कुटपिट भएको आरोप सार्वजनिक हुनु गम्भीर विषय भएको बताएको छ। घटनालाई कुनै पनि प्रकारको राजनीतिक वा व्यक्तिगत पूर्वाग्रहबाट प्रभावित नभई निष्पक्ष रूपमा छानबिन गरिनुपर्नेमा बताए।
गोर्खा जनमुक्ति नारी मोर्चाले पीडित महिलालाई न्याय दिलाउन गम्भीर अनि संवेदनशील बन्नुपर्ने बताउँदै घटनाको निष्पक्ष छानबिन, दोषीमाथि कानुनी कारबाही तथा पीडितको सुरक्षा र न्याय सुनिश्चित गर्न माग गरेको छ।
गोर्खा जनमुक्ति नारी मोर्चाले महिलामाथि हुने कुनै पनि प्रकारको हिंसा तथा दुर्व्यवहारविरुद्ध आफूहरू निरन्तर आवाज उठाइरहने छन्।