03/11/2026
आयुष्मान भारत कार्ड eKYC शिविर महत्त्वपूर्ण सूचना |
जोरबङ्लो–सुकेपोखरी खण्ड बिकास काप्यलयको आयोजनामा आयुष्मान भारत कार्डको eKYC प्रक्रिया सम्पन्न गर्न ग्राम पञ्चायतस्तरीय शिविरहरू ४ नोभेम्बरदेखि ७ नोभेम्बर २०२६ सम्म सञ्चालन गरिनेछ।
सम्पूर्ण योग्य लाभार्थीहरूलाई आफ्नो सम्बन्धित ग्राम पञ्चायतको निर्धारित शिविरमा उपस्थित भई आयुष्मान भारत कार्डको eKYC प्रक्रिया अनिवार्य रूपमा सम्पन्न गर्नुहुन अनुरोध गरिन्छ।
आफ्नो आयुष्मान भारत कार्डको eKYC पूरा गर्नुहोस्।
आधार कार्ड तथा आवश्यक कागजातहरू साथमा लिएर आउनुहोस्।
आफ्नो सम्बन्धित ग्राम पञ्चायतको शिविर तालिकाअनुसार उपस्थित हुनुहोस्।