03/10/2026
आजको प्रसंग"पार्वण श्राद्धको नवौंशृङ्खलामा पितृकवच र पितृस्तोत्र"पितृ कवच सामान्य तया कवचको अर्थ तन र मनलाइ सुरक्षा दिने आवरण लाइ जनाउंछ।आध्यात्मिक अर्थमा शरीरका विभभिन्न भागहरुको रक्षाका लागि देवीदेवताहरुका शक्तिशाली मन्त्रहरु द्वारा अनुवन्धित हुने प्रक्रियालाइ जनाउंछ। जस्त दुर्गाकवच,हनुमान कवच ,नारायण कवच, आदि। यी मन्त्रहरुद्वारा संरक्षित भए पछि मानसिक तनाव र नकारात्म प्रभावहरु हटेर जान्छन् र सकारात्मकभाव उर्जा पैदा हुन्छ। अरुयज्ञहरुमा पौराणिक मन्त्रहरुका माध्यमवाट कवच धारण गरिन्छ भने पितृयज्ञमा वेदमन्त्र द्वारा अझवलियो रक्षाकवच ओढाइन्छ।
कर्मकाण्ड सम्वन्धी विधानका मूख्य आधार वेदशाश्त्रका ३वेद क्रमशः "ऋग्वेद ,यजुर्वेद र सामवेदका सुरुका मन्त्रहरुमा अग्निदेवको प्रार्थना गरिएकोछ। जस्तै -ऋग्वेद प्रथम मण्डल सूक्त१ऋषि -मधुच्छन्दा वैश्वामित्र।देवता- अग्नि।छन्द-गायत्री।
ॐ अग्निमीडे पुरोहितं यज्ञस्य देवमुतणविजम्।होतारंरत्नधातमम्।।१।।हामी विश्वामित्र आदि ऋषिहरु अग्निको स्तुति गर्दछौं। यज्ञ भनेको पुरोहितहरुले गर्ने कल्याणकारी कर्महो। हाम्रा यज्ञमा अग्निदेव आउन्। यज्ञमा सहयोग गर्नका लागि देवताहरुलाइ अग्निले वोलाउन्।ऋत्विक्हरु समय अनुसार यज्ञ गर्न लागेकाछन्।होताहरु यज्ञमा आहुति चढाउंछन्। ऋत्विकहरु अग्निलाइ वोलाउंछन्। देवताहरुका लागि गर्न लागिएको यज्ञलाइ अग्निले रत्नरुपी फलले सजाउन्।यजुर्वेदको पहिलो मन्त्र-।शुक्लयजुर्वेद
ॐ इषे त्वोर्जे त्वा वायवस्थ देवो व: सविता पार्पयतु श्रेष्ठतमाय कर्मण$आप्यध्व मघ्न्या$इन्द्राय भागंप्रजापतिरनमीवा$ययक्ष्मा मा व स्तेन$ईषतमाधश ग्वँ सो ध्रुवा$अस्मिन् गोपतौ स्यात वह्रीर्यजमानस्य पशून्पाहि।।१।। पहिलो अध्यायको पहिलो श्लोक जुन उपनयन संस्कार अन्तर्गत गुरुले वटुकलाइ वेदारम्भ गराउंदा पढ्ने पढाउने वेदमन्त्रहोजसको अर्थ छ - हे यज्ञका साधनहरुहो?अन्न प्राप्तिका लागि सविता देवताले तिमीहरुलाइ अघिसारुन्।सृष्टिकर्ताले तिमीहरुलाइ तेजस्वी वन्नको लागि प्रेरित गरून्।तिमीहरु सवै प्राण स्वरुप हौ।सृष्टिकर्ताले श्रेष्ठ कर्मका लागि तिमीहरुलाइ अघिसारुन्।तिमीहरुको शक्ति विनाशक नभइ उन्नतिशील होस। आफ्ना उत्पादनको एक भाग इन्द्रलाइ प्रदान गर। सुसन्तति युक्त र आरोग्यसम्पन्न भएर क्षय आदि रोगहरुवाट मुक्त होओ।चोरी चकारी गर्नेहरुले तिमीहरुलाइ चलाउन नसकुन्। तिमीहरु दुष्टका संरक्षणमा नहोओ। मातृभूमिको रक्षाको छत्र छायामा सज्जनको संख्यावृद्धि गर र याजकका पशु आदि धनको रक्षा गर।। भगवान सूर्यदेव अग्निकै रुप र उर्जाप्रदायक हुनु हुन्छ भनि प्रार्थना गरिन्छ।यसै गरि सामवेदको प्रथम अध्यायको पहिलो श्लोक-अथ सामवेद संहिता आग्नेय पर्वप्रथम:खण्ड:प्रथमोध्याय:
ॐ आग्न याहि वितये गुणानो हव्यदततये।नि होता सत्सि वर्हिषि।।१।।हे प्रकाशक र सर्वव्यापक अग्नि देव!हव्य कव्यलाइ गति दिनका लागि तिमी आउ।सवैले तिम्रो स्तुति गर्छन्।यज्ञमा हामी तिम्रो स्वागत गर्छौं किन भने तिमीले नै सवै पदार्थ प्रदान गर्दछौ।
ॐ गं गणपतये नमः ॥पितृकवचका रुपमा ऋग्वेदको मण्डल४ सूक्त ४का मन्त्र १देखि ऐ५सम्मका मन्त्रलाइ लिएको देखिन्छ।
ॐकृणुष्वा पाजः प्रसितिं न पृथ्वीं याहि राजेमामर्वां इभेन।
तृष्वीमनु प्रसितिं द्रूणानो $स्तासि विध्य रक्षस्तपिष्ठैः॥ऋगणवेद ४/४/१हे शत्रुधपाउने अग्निदेव? वलिया राजाले हात्तीमाथि चढेर राक्षसीवृत्तिका शत्रुहरुमाथि आक्रमण गरेझैं हाम्रा शत्रुहरु माथि आक्रमण गर। चराहरु समात्ने आकारको विस्तृत जालले दुष्टहरुलाइ वपभिन्न किसिमका दु:ख दिएर विनाश गर।तव भ्रमासऽ आशुया पतन्त्यनु स्पृश धृषता शोशुचानः।तपूंष्याग्ने जुह्वा पतंगान सन्दितो विसृज विष्व-गुल्काः॥२।। ऋग्वेद ४/४/२
वायुका सम्पर्कले झुल्न लागेको तीव्रगतिका तिम्रा लप्काले हाम्रा शत्रुहरुलाइ भष्म गराउन्। आहुति प्रदान गर्दा तिम्रा दन्केका ज्वालाले असुरलाइ भष्मपारोस।त्यसका लागि आकाशवाट ताराखसेको जस्तै तीव्रगतिमा आफ्ना तेजलाइ तिमी प्रेरित गर।
प्रति स्पशो वि सृज तूर्णितमो भवा पायु-र्विंशो अस्या अदब्धः।
यो नो दूरेअघशंसो योअन्त्यग्ने माकिष्टे व्यथिरा दधर्षीत्॥३ ।।ऋग्वेद ४/४/३हे दमनमा नपर्ने अग्निदेव: नजिक वा टाढारहेका हाम्रा सवै शत्रुहरुलाइ वसमा गर्नका लागि अत्यन्त तेजगतिमा सैनिक पठाइ देऊ, हाम्रा सन्तानको रक्षा गरिदेउ।कसैले पनि तिम्रा भक्तहरुलाइ दु::ख दिन नसकोस।उदग्ने तिष्ठ प्रत्या नुष्वन्यमित्राँओषतात्तिग्महेते।यो नो अरातिं समिधान चक्रे नीचा तं धक्ष्यतसं न शुष्कम्॥ऋग्वेद४/४/४हे अग्निदेव?तिमी जोसिलो भएर आफ्नाज्वालाहरुलाइ विस्तार गर।तीव्रज्वालाका प्रभावले शत्रु पुरै भष्म होउन्। हे ज्योतिर्मय अग्निदेव? हाम्रो प्रगतिमा वाधक हुनेलाइ सुकेको वृक्षझैं जरैसित जलाएर भष्म गरिदेऊ।
ऊर्ध्वो भव प्रति विध्याध्यस्मदाविष्कृणुष्व दैव्यान्यग्ने।
अव स्थिरा तनुहि यातु-जूनां जामिमजामिं प्र मृणीहि शत्रून्।।/ ऋग्वेद ४/४/५हे अग्निदेव? तिमी उंभोलाग्ने स्वभावका ज्वालायुक्त भएर हाम्रा शत्रुहरुलाइ विध्वंश गर। प्राणीहरुलाइ दु:ख दिने दुष्टलाइ विजयश्रीविहीन वनाउ र शत्रुलाइ वलशाली हुन नदेऊ।&
अग्नेष्ट्वा तेजसा सादयामि ॥५ अर्थ-म अग्निदेवको तेज र शक्तिका प्रकाश द्वारा यस कर्मलाई सिद्ध गर्दछु भनि अग्निदेवको शरणमा जानेहो।वैदिक सनातन धर्ममा अग्नि" आगो"लाइ उर्जा, पवित्रता शुद्धता तथा रुपन्तरणको प्रतीक मानिन्छ। कुनै पनि यज्ञ,हवन वा पूजा अनुष्ठानमा अग्नीलाइ साक्षी राखेर कर्म गरिन्छ। जस्तै अग्निको प्रतीकको रुपमा दीपक जलाएर "कर्म साक्षिणे दीपनारायणाय नम: " भनेर दियो पूजा गरिन्छ।उपरोक्त वाक्यले साधक(पूजागर्ने व्यक्ति" अग्निको जस्तै तीव्र ईच्छाशक्ति,अग्नि जस्तै तेजिलो र अग्नि जस्तै पवित्र हुनु पर्छ भन्ने भावनाका साथ कर्मगराइन्छ अथवा साधना गर्ने व्यक्ति(कर्मगर्ने व्यक्तिमा उत्साह,उर्जा तेजस्विता, र पवित्र छु भन्ने भावना जाग्नु पर्छ"।
ॐ श्री अच्युताय नमःॐ श्री अच्युताय नमःॐ श्री अच्युताय नमः ।। अथ पितृ स्तोत्र ।।ॐितृगणाय विदणमहे जगत धारिणे धीमहि तन्नो पित्रो प्रचोदयात्।ॐ गं गणपतये नमः ॥अर्चितानाममूर्तानां पितृणां दीप्ततेजसाम्।नमस्यामि सदा तेषां ध्यानिनां दिव्यचक्षुषाम् ।१ ।अर्थ जो अमूर्तरुपमा रहनुभएका र सवैद्वारा पूजित अत्यन्त तेजस्वी ध्यानी तथा दिव्य दृष्टिले सम्पन्न छन् त्यस्ता हाम्रा पितृहरु लाइ विनम्रतापूर्वक बन्दना गर्दछु।इन्द्रादीनां च नेतारो दक्षमारी चयोस्तथा।सप्तर्षीणां तथान्येषां तान् नमस्यामि कामदान्।२ ।
जो इन्द्रादि देवताहरु ,प्रजापति,दक्ष, मरीचि आदि सप्तर्षि तथा अन्य सवै श्रेष्ठपुरुषहरुका पनि मार्ग दर्शकछन् र सम्पूर्णमनोकामना हरुलाइ पूर्ण गर्ने वनलाछन् ती दिव्य पितृहरुलाइ वन्दना गर्दछु।
मन्वादीनां च नेतार: सूर्याचन्द्रमसोस्तथा।तान् नमस्यामहं सर्वान् पितृनप्युदधावपि।३ ।जो मन्वादि राजाहरु,सूर्यदेव तथा चन्द्रमाका पनि प्रेरक तथा रक्षक छन् तथा जो जलस्थलमा व्याप्तछन् त्यस्ता पितृहरुलाइ शिरनुहाइ प्रणाम गर्दछु।नक्षत्राणां ग्रहाणां च वाय्व ग्न्योर्नभसस्तथा ।द्यावापृथिवोव्योश्च तथा नमस्यामि कृताञ्जलि:।४ ।जो आकाशमा नक्षत्र ग्रहमा वायु अग्निका रुपमा हुनु न्छ त्यस्ता पितृहरुलाइ प्रणाम गर्दछु।देवर्षीणां जनितृंश्च सर्वलोक नमस्कृतान्।
अक्षय्यस्य सदा दातृन् नमस्येहं कृताञ्जलि: ।५ ।जो समस्त लोक द्वारा पूजित छन् र अक्षय रुपमा स्थितछन् त्यस्ता पितृहरुलाइ प्रणाम गर्दछु।प्रजापते: कश्यपाय सोमाय वरुणाय च।योगेश्वरेभ्यश्च सदा नमस्यामि कृताञ्जलि:।६ ।प्रजापति ,कश्यप, सोम (चन्द्र) वरुण तथा योगेश्वरहरुलाइ प्रणाम गर्दछु।नमो गणेभ्य:सप्तभ्यस्तथा लोकेषु सप्तसु।स्वयम्भुवे नमस्यामि ब्रह्मणे योगचक्षुषे । ७ ।
सातैलोकमा स्थित पितृहरुलाइ मेरो नमस्कारछ।स्वयम्भू तथा योगदृष्टि राख्नेवाला साक्षात्ब्रह्मस्वरुप पितृहरुलाइ प्रणाम गर्दछु।॥॥॥॥॥
सोमाधारान् पितृगणान् योगमूर्तिधरांस्तथा ।नमस्यामि तथा सोमं पितरं जगतामहम् ।॥॥॥८ ।जो चन्द्रमाका आधार हुन् जो योगका साक्षात्मूर्ति हुन् ती सवै पितृगण तथा जो जगतका पितास्वरुप चन्दमा छन् वाहां समेतलाइ प्रणाम गर्दछु।अग्रिरूपांस्तथैवान्यान् नमस्यामि पितृनहम्।अग्रीषोममयं विश्वं यत एतदशेषत: ।९ ।
जो अग्निसमान तेजस्वीरुप धारण गर्नु हुन्छ त्यस्ता सवै पितृहरु लाइ प्रणाम गर्दछु।ये तु तेजसि ये चैते सोमसूर्याग्रिमूर्तय:।जगत्स्व रूपिणश्चैव तथा ब्रह्मस्वरूपिण:। १० ।जो परम तेजमम लीनछन् जो चन्द्र सूर्य अग्निका रुपमा प्रकट हुन्छन् जो स्वयं जगतका स्वरुपछन् तथा साक्षात्परब्रह्मका रुपछन् त्यस्ता पितृहरुलाइ प्रणाम गर्दछु।तेभ्योखिलेभ्यो योगिभ्य: पितृभ्यो यतमनस:।॥॥॥॥॥
नमो नमो नमस्तेस्तु प्रसीदन्तु स्वधाभुज ।११ ।ती सवै एकाग्रमन भएका महायोगेश्वर पितृहरुलाइ वारम्वार प्रणाम गर्छु र श्रद्धा र भक्ति पूर्वक हामीले प्रदान गरेको"स्वधारुप कव्य"अन्न जलगर्नेवाला हाम्रा प्रात: पूजनीय वन्दनीय पितृहरुलाइ वारम्वार प्रणाम गर्दछु।
श्री मार्कण्डेय पुराण अंतर्गते महामुनी रूची विरचितम् पितृ स्तोत्रम्. सम्पूर्णम् ॥॥॥।।॥ ॐ शान्ति: शान्ति: शान्ति:॥॥ॐ श्री अच्युताय नमःॐ श्री अच्युताय नमःॐ श्री अच्युताय नमः।॥॥॥॥॥
माता च पार्वती देवी पितादेवो महेश्वर:।बान्धवा शिवभक्ताश्च स्वदेसो भुवन त्रयम्।।ॐ शान्ति: ॐ शान्ति: ॐ शान्ति:॥॥॥॥॥॥॥॥॥॥