08/11/2026
#एकता, #सहकार्य_र_जनकल्याण_नै_हाम्रो_प्राथमिकता
संगाठनिक मजबुतीकरणको निम्ति भाजपा परिवारलाई सर्मथन जारी छ:
पदभन्दा जिम्मेवारी ठूलो हो,
वर्चस्वभन्दा सहकार्य ठूलो हो र
राजनीतिभन्दा जनकल्याण ठूलो हो।
हाम्रो उद्देश्य व्यक्तिगत उपलब्धि होइन, गोरुबथानको समग्र विकास र जनताको सुख, सुविधा एवं समृद्धि हुनुपर्छ- #सभासद_रतन_थापा।
हिज मिति ७/११/२०२६ को दिन गोरुबथानको एकतालाई कायम राख्दै विभिन्न राजनीतिक संगठनबाट भारतीय जनता पार्टीलाई खुल्ला समर्थन गरेको छ। हिज समर्थन गर्नेहरुमा ठेकेदार सतेन लामा (RS Construction and Lama Construction), रोहित छेत्री, सुशान्त छेत्री साथमा अन्य क्षेत्रीयवासि धेरै रहेका थिए। गोरुबथान खण्ड-३, भाजपा, कन्भेनर तथा ४३ न.समष्टि, सभासद #रतन_थापाको उपस्थितिमा कालेबुङ विधायक #श्री_भरत_छेत्रीज्युको बाहुलीबाट झण्डा ग्रहण गरि भाजपा परिवारमा सामेल भए।
गोरुबथानमा एकताको सन्देशसहित भारतीय जनता पार्टी (भाजपा) प्रति देखिएको जनसमर्थन र विश्वासलाई अब जनताको अपेक्षा र क्षेत्रको विकाससँग जोड्नु आवश्यक छ। पहाडले आफ्नो जनमत मार्फत राजनीतिक सन्देश दिइसकेको छ। अब सरकारको माध्यमबाट जनताको आवश्यकता, समस्या र आकांक्षालाई सम्बोधन गर्ने समय आएको छ।
सरकार कुनै एक व्यक्ति, समूह वा पार्टीको मात्र हुँदैन, यो समग्र जनताको साझा संस्था हो। त्यसैले व्यक्तिगत स्वार्थ, वर्चस्व र आपसी मतभेद भन्दा माथि उठेर सबै एकताबद्ध भई अघि बढ्न सके मात्र क्षेत्रको आवाज सरकारसम्म प्रभावकारी रूपमा पुर्याउन र अपेक्षित उपलब्धि हासिल गर्न सहज हुनेछ।
विरोध र आलोचना लोकतन्त्रका स्वाभाविक पक्ष हुन्, तर विरोधका लागि विरोध गर्नुभन्दा सकारात्मक सोच, सहकार्य र रचनात्मक पहलमार्फत जनताको हितमा काम गर्नु आजको आवश्यकता हो। सरकारको सफलता केवल नीतिमा मात्र होइन, त्यसलाई कार्यान्वयन गर्ने नेतृत्व, जिम्मेवारी र कार्यशैलीमा पनि निर्भर गर्दछ।
हामी सधैँ यहाँ रहँदैनौँ, तर जबसम्म जिम्मेवारीमा छौँ, सुनेको र चर्चाको भरमा आफुलाई अवल देखाउनु खोजेर समय बिताउनुको सट्टा आफ्नो दायित्व बुझेर क्षमता र अधिकार अनुसार जनताको हितमा काम गर्नु नै हाम्रो प्राथमिकता हुनेछ।
"जनताले दिएको जिम्मावरी,
जनता कै निम्ति समर्पित"
ौं, ौं अनि एर_अघि_बढौं
ापा
कन्भेनर
भारतीय जनता पार्टी
गोरुबथान खण्ड-३