26/01/2026
स्वतन्त्रता सेनानी, श्रमिक नेता तथा गोरखा समुदायका पहिलो विधायक ‘गोरखा लौह पुरुष’ स्व. दलवीर सिंह लोहोर देवको १११औँ जन्मजयन्तीको अवसरमा असम गोरखा सम्मेलन, कार्बी आङ्लोङ जिल्ला समितिको तर्फबाट उहाँलाई श्रद्धापूर्वक स्मरण गर्दछौँ।
उहाँले समाज र देशप्रति गर्नुभएको त्याग सधैँ नयाँ पुस्ताका लागि आदर्श र प्रेरणाको स्रोत रहिरहनेछ।
राजु भट्टराई
मूल सचिव
असम गोरखा सम्मेलन, कार्बी आङ्लोङ जिल्ला समिति।
23/01/2026
"गोर्खा अम्बरका नव तारा नेता,
हाम्रा अतिशय प्यारा—
दुःखमा, सुखमा,
हरेक आपदमा तिमी नै सबैका सहारा।”
— कवि नरेन्द्रप्रसाद कुमाई
आज भारतीय गोर्खाहरूका महानायक बाबु डम्बर सिंह गुरुङको जन्मजयन्तीको पावन अवसरमा उहाँप्रति हार्दिक श्रद्धाञ्जली अर्पण गर्दछौं।
गोर्खा अम्बरका नव तारा स्वर्गीय डम्बर सिंह गुरुङ नै पहिलो गोर्खा नेता हुनुहुन्थ्यो, जसले देश भरीका गोर्खाहरूलाई औँला समाएर राजनैतिक, सामाजिक, आर्थिक रूपमा अघि बढ्न सिकाउनुभयो। निरंकुश ब्रिटिश शासनकालमा उहाँले ‘अखिल भारतीय गोर्खा लीग’ को स्थापना मात्र गर्नुभएन, भारतका विभिन्न भू–भागमा गोर्खा समाजभित्र राजनीतिक चेतना जगाउँदै आफ्नो मौलिक हक र अधिकारका निम्ति सचेत गराउनु भयो।
“सधैँ गौरव राख्नेछौँ गोरखाको” भन्ने मूल मन्त्रलाई आत्मसात् गर्ने युगपुरुष बाबु डम्बर सिंह गुरुङको सपना हामी सबै एकजुट भई पूरा गर्न सकौँ भन्ने संकल्पका साथ उहाँप्रति कोटी–कोटी प्रणाम।
19/09/2025
असमका प्रसिद्ध गायक जुबिन गर्गको असामयिक निधनले सम्पूर्ण संगीत जगत र उनका शुभचिन्तकहरुलाई गहिरो पिडा अनुभव भएको छ।
उनको आत्माले शान्ति पाओस, र परिवारजनलाई यस कठिन घडीमा धैर्य र शक्ति प्राप्त होस्।
हामीले एकजना महान कलाकार गुमाएका छौं, तर वहांको स्वर र सृजनाले सधैं वहांको स्मरण गराई रहने छ।
- असम गोर्खा सम्मेलन ।
14/04/2024
आज असम गोर्खा सम्मेलन कार्बि अंगलोङ जिल्ला समितिको एउटा टोली जिल्ला समितिको सम्माननिय उपदेष्ठा श्रीमान बलराम थापा ज्यु काे बसागृह मा उपस्थित भएर वहाँका पूज्य पिता स्वर्गारोहण भएको मा परिवार मा समवेदना प्रकट गर्दछ। साथै सोर्गिया पिता गणेश कुमार थापा काे आत्मा स्वर्ग मा बास पाओस् भन्ने भगवान संग प्राथना गर्दछौं l
Balaram Thapa
Khagendra Thapa
Kiran Thapa
03/01/2024
আজি পুৱাই দেৰগাওঁত সংঘটিত দেশ কঁপাই যোৱা দুৰ্ঘটনাত নিহতসকললৈ শ্ৰদ্ধাঞ্জলি আৰু আহতসকললৈ অতি শীঘ্ৰে আৰোগ্য লাভৰ বাবে ভগৱানৰ ওচৰত প্ৰাৰ্থনা জনালো ।
~ অসম গোৰ্খা সন্মিলন, কাৰ্বি আংলং জিলা সমিতি
28/11/2023
असम गोर्खा सम्मेलन कार्बी अंग्लोङ जिल्ला समिति का उपसभापति श्रीमान अर्जुन छेत्री ज्यू को पिता तथा असम गोर्खा सम्मेलन कार्बी अंग्लोङ जिल्ला समिति का प्रतिस्थापक वित्त सचिव स्व. दिल बहादुर क्षेत्री को आकस्मिक वियोग मा हामि समस्त जिल्ला समिति मर्माहत भएका छौ। उहाँको दिवंगत आत्मा को चिर शान्ति कामना सहित शोकसन्तप्त परिवारजनमा समवेदना व्यक्त गर्दछौ।
ओम् शान्ति।।
ओम् शान्ति।।।
असम गोर्खा सम्मेलन।
कार्बी अङ्गलोङ जिल्ला समिति ।।
25/09/2023
असम गोर्खा सम्मेलन, महिला प्रकोष्ठ को नवनिर्वाचित सभानेत्री कल्पना शर्मा दिदि र आहवाहिका दक्षिणा गजुरेल साथै सम्पूर्ण सदस्यहरुलाई लाई असम गोर्खा सम्मेलन कारबि अंगलोङ जिल्ला समितिको तर्फवाट अभिनन्दन र शुभकामना टक्र्याउछौ।
18/09/2023
गोर्खा नारीको महान अनि पवित्र चाडको रुपमा मानिने रमाईलो तिजको उपलक्षमा असम गोर्खा सम्मेलन, का: आ: जिल्ला समितिको तर्फबाट सबै आदरणीय दिदी बहिनी तथा माताहरुमा हार्दिक मंगलमय शुभकामना व्यक्त गर्नुका साथै सुख, शान्ति, समृद्धि र सुस्वास्थ्यको कामना गर्दछु।
राजु भट्टराई
मूलसचिव,
अगोस का: आ: जिल्ला समिति।।
28/08/2023
हिजो अं ता 27-08-2023 काे दिन असम गोर्खा सम्मेलन केन्द्रीय समितिको चौथो कार्यकारी सभा केन्द्रीय कार्यालय मणिकुमार सुब्बा भवनमा सभापति श्री कृष्ण भूजेलज्यूको अध्यक्षतामा अनुष्ठित हुन्छ। सभाका केही दृश्यहरू-