Hamro chhahari

Hamro chhahari

Share

सामाजिक दायित्व हाम्रो अभियान !!

खुसीको खबर –

चारैतिरबाट प्राप्त माया, स्नेह, सहानुभूति, सहयोग, आर्थिक योगदान, सामग्रीय सघाउ, व्यावहारिक सुझाउ, सर-सल्लाह आदिको कारण आज स्थापनाको यति कलिलो उमेरमै हाम्रो छहारी-ले आफ्नो आश्रम सुचारु रुपमा सञ्चालनमा ल्याउन सकिरहेको छ। मुम्बईमा रोगोपचार, त्यसको फलो अप अनि अन्य कामविशेषले आउने नेपालीभाषीहरू मात्रै होइन अन्य सबैका लागि हाम्रो छहारी-को कुर्लास्थित आश्रममा गत 1 सेप्टेम्बरदेखि अतिथिहरूले

23/02/2025

सम्पूर्ण महानुभावहरुमा मुम्बई हाम्रो छहारीको छैटौं स्थानमा दिवसको हार्दिक मंगलमय शुभकामना व्यक्त गर्दछौं ।

29/06/2024
09/10/2022

छहारी मा सहयोग गर्नेहरूको सूचीमा अर्को नाम - मनिता सुब्बा

हाम्रो छहारीको निस्वार्थ अनि परोपकारी अभियानबाट प्रेरित भई आजीवन सदस्यता ग्रहण गरेर यस अभियानलाई थप ऊर्जा प्रदान गर्नुहुने क्रममा स्वागत गरौँ श्रीमती मनिता सुब्बाज्यूलाई।

उहाँले रेलिङ बस्ती, बिजनबारीमा १९ अगस्त १९७५ - मा जन्म ग्रहण गरेर दँगिया प्राथमिक पाठशाला अनि रेलिङ हाई स्कुलबाट शिक्षा प्राप्त गर्नु भएको हो। हालमा उहाँ हङकङमा कार्यरत हुनुहुन्छ।
श्रीमती मनिता सुब्बाज्यू प्रवासमा रहेर पनि सदैव आफ्नो समाज, जातिको उत्थानमा कार्यरत सङ्घ-संस्थाहरूलाई आर्थिक सहयोग, गरिब-दुखीहरूको सहायता जस्ता कार्यहरूमा अग्रसर रहन्छिन्। यस्ता सहयोगी हातलाई हाम्रो छहारीसित जोड़िदिनु हुने हाम्री सल्लाहकार डिकुमाया चामलिङज्यूलाई धन्यवाद दिँदै हाम्रो छहारी परिवारमा नयाँ आजीवन सदस्याकी रूपमा श्रीमती सुब्बालाई हार्दिक स्वागत जनाउँदै उहाँको सुस्वास्थ्य, समृद्धि अनि दिर्घायुको कामना गर्दछौँ

श्रीमती सुब्बाको सम्पर्क नम्बर +85251383747

03/10/2020

स्वागत गरौँ हामी हाम्रो छहारी – मा आजीवन सदस्य श्री रेवती प्रसाद घिमिरेज्यूलाई

हाम्रो छहारी -ले आफ्नै बलबुतामा हाम्रा मानिसहरूलाई मुम्बईमा उपचारका लागि आउँदा आवास उपलब्ध गराइदिने काम सुरू गरेको पनि हेर्दाहेर्दै एक साल बितेर गएछ। पाउनैपर्ने स्रोतहरूबाट हामीले कुनै प्रकारको सहयोग नपाए तापनि व्यक्तिगत तौरमा हामीसित जोड़िन आइरहेका महानुभावहरूको शुभचिन्ता र आशीर्वादले हामीलाई हौसला र प्रेरणा दिइरहेको छ। कोरोना -ले बजारिएको अर्थ व्यवस्था अनि मानसिक असन्तुलनले सबै पीड़ित छौँ। अब यसैसित बाँच्नु छ हामीलाई। यसैले अब कोरोनाबाट जोग्गिँदै पुनः दिनचर्यामा लाग्नुपर्ने मानवीय बाध्यतामा हामी बाँचिरहेका छौँ। जीवनलाई नयाँ तरिकाले जिउनु छ अब। पुराना कामहरू निप्ट्याउनु छ, नयाँ थाल्नु छ।

यसैबिच हामीले हाम्रो छहारी-मा पनि नयाँनयाँ सदस्यहरूसित सम्बन्ध गाँस्ने काम भने यथावत् राखेका छौँ। कोरोना महामारीले सबैतिरको ढोका बन्द भए पनि हाम्रो छहारी-सित जोड़िन आउनुहुने महानुभावहरूको मनोबलको दैलो भने उदाङ्गो नै छ। आजको दिनसम्म कुनै यस्तो महिना छैन जुन महिना हाम्रो छहारी-सित नयाँ सदस्यहरू नजोड़िएका हुन्।
यसै क्रममा हामीले पाएका छौँ श्री रेवती प्रसाद घिमिरेज्यूलाई जसले हाम्रो छहारी-को आजीवन सदस्यता ग्रहण गरेर हाम्रो यात्रामा अझ धेर उत्साह थपिदिनुभएको छ। गत धेरैअगिदेखि अथवा कोरोनापूर्वदेखि नै आफ्नी श्रीमतीको उपचारका लागि मुम्बई आएपछि हाम्रो छहारी-को आश्रममा रहेर हालमा पुनः भ्रमणमा आउनुहुने श्री घिमिरेज्यूलाई हामी औपचारिक रूपमा आजीवन सदस्यका रूपमा स्वागत गर्दछौँ।
रेवती प्रसाद घिमिरेज्यूको जन्म 16 जून, 1966 तदअनुसार २०२३/०३/०२ वि. सं. –मा भएको हो। उहाँकी माता श्रीमती चुड़ाकुमारी घिमिरे अनि पिता स्व. लक्ष्मीप्रसाद घिमिरे हुन् भने धर्मपत्नीको नाउँ श्रीमती चण्डिका श्रेष्ठ हो। नेपालको जलेश्वरी – 5, खोटाङमा जन्म ग्रहण गर्नुहुने श्री घिमिरेज्यूको स्थायी ठेगाना इनरुवा -३ सुनसरी, नेपाल हो भने हालमा उहाँ काठमान्डौँमा रहेर आफ्नो बेपार-व्यवसाय सञ्चालन गरिरहनुभएको छ। श्री घिमिरेज्यूले आफ्नो प्राथमिक शिक्षा श्री त्रिभुवन प्रा. बि. जलेश्वरी, खोटाङ, नेपालबाट ग्रहण गर्नुभएपछि कक्षा ६-१० –सम्म श्री याज्ञवल्क्य संस्कृत मा. वि., जनकपुरधाम, धनुषामा अध्ययन गर्नुभएको हो। त्यसपछि प्रमाण पत्र तहदेखि स्नातक तहसम्मको शिक्षा उहाँले श्री मेची बहुमुखी क्याम्पस, भद्रपुर, झापाबाट लिनुभएको हो।
२०४१ सालदेखि २०६७ सालसम्म तत्कालीन श्री ५ -को सरकार तथा वर्तमान नेपाल सरकारका विभिन्न निकायमा स्थायी जागिरमा कार्यरत रही स्वैच्छिक अवकाश लिएपछि हालमा उहाँ २०६७ सालदेखि हालसम्म तयारी पोसाकको आयात-निर्यात, थोक बिक्रेताका रूपमा निजी व्यवसायमा कार्यरत हुनुहुन्छ।
हाम्रो छहारी –का कार्यहरूबारे उहाँले पोख्नुभएको उद्गार यसप्रकार छ - 'यो संस्था, खास गरी औषधोपचारका लागि नेपाललगायत विभिन्न स्थानबाट आएका बिरामीहरूका लागि वासस्थानको सुबिधा उपलब्ध गराउन सकियोस् भन्ने विशुद्ध सेवा भावनाले प्रेरित मुम्बईवासी नेपाली-गोरखाहरूको ठुलो साहस र प्रयासबाट स्थापित संस्था हो हाम्रो छहारी। यो संस्थाको स्थापनापछि धेरै नेपाली-गोरखालगायत अन्य सम्प्रदायका, स्वास्थ्योपचारका लागि मुम्बईजस्तो महँगो सहरमा आएका, महानुभावहरूले सुलभ दरमा आवासको सुविधा प्राप्त गरिरहेका छन्। यसलाई ठुलो साहसिक कामको थालनी भएको भन्न सकिन्छ। आगामी दिनमा यो अझै सबल र सक्षम हुँदै जाओस् र मुम्बई आउने सबै गोरखालीहरूलाई अझै सुबिधा प्रदान गर्नसकोस्। यसका कर्मशील सदस्यहरूको अझ सक्रियताको खाँचो महसुस गरेको छु। यो संस्थाको उत्तरोत्तर प्रगतिको कामना छ।'
उहाँको सम्पर्क -
Whatsup No.+9779841505479,
Nepal mob No +9779851241100
Email : [email protected]

23/09/2020

हाम्रो छहारी-का सदस्यहरूको 17 -औँ सूची
23 सेप्टेम्बर, 2020

हाम्रो छहारी -का उद्देश्य र गतिविधिहरू मन पराएर, यसले सम्पन्न गरिरहेको पुनित कार्यमा कुनै न कुनै रुपमा संलग्न भएर सहयोग पुऱ्याउन 23 सेप्टेम्बर, 2020 -सम्म सदस्यता ग्रहण गर्नुहुने वा सरसामान किन्नलाई अर्थदान गर्नुहुने सहयोगी हातहरूको सूची हामी आज सबैको जानकारीका लागि यहाँ सार्वजनिक गर्दछौँ। उल्लेखनीय छ, यसअघि हामीले सौह्रौँ सूची जारी गरिसकेका छौँ जसमा 383 -जना महानुभाव वा सङ्घ-संस्थाहरूको नामावली सामिल थिए। 18 -औँ सूची आगामी आगामी अक्टुबर महिनाको 23 तारिखका दिन जारी गरिने छ।
सबैप्रति हार्दिक कृतज्ञता प्रकट गर्दछौँ:-
384. एम. बी. छेत्री, तादोङ, सिक्किम
385. श्रीमती पुष्प छेत्री, सैनिकपुरी, खप्रेल
386. श्रीमती तारा प्रधान, सैनिकपुरी, खप्रेल
387. प्राप्ति स्वनिर्भर दल, मिरिक
388. दिव्यज्योति स्वनिर्भर दल, मिरिक
389. अविरल स्वनिर्भर दल, मिरिक
390. कलश स्वनिर्भर दल, मिरिक
391. पूर्णचन्द्र स्वनिर्भर दल, मिरिक
392. सुमी थापा, लोहागढ़, मिरिक
393. रिचा छेत्री, सौरेनी, मिरिक
394. असिमा प्रधान, हल्लने, सौरेनी
395. प्रदीप सुब्बा, वार्ड न. 4, मिरिक
396. पदम बहादुर छेत्री, वार्ड न. 4, मिरिक
397. नर्बदा राई, नामरिङ चियाबगान
398. शारदा राई, नन्दुलाल गाउँ, मिरिक
399. रेखा देवान, जमनसिँह गाउँ, मिरिक
400. अदीति छेत्री, नन्दुलाल गाउँ, मिरिक
401. कमला राई, जमनसिँह गाउँ, मिरिक
402. रेस्मा, भानुटोल, मिरिक
403. मनोज शर्मा, मिरिक
404. अनिल भट्टराई, आरामबाग, प. बं.
405. डा. राजकुमार छेत्री, दार्जीलिङ
406. सुमन बस्नेत, कालेबुङ
407. सीमा राई, तामसाङ चियाबगान
408. याङमित लेप्चा, दार्जीलिङ
409. राजु पाण्डे, काठमान्डौँ
410. प्रदीप गुरुङ, कालेबुङ
411. निरुपा गुरुङ, दार्जीलिङ
412. रुक्मिणी छेत्री, सिलगड़ी
413. सुकराज दियाली, नागरी फार्म

21/09/2020

Today Hamro Chhahari is very proud to welcome our new life member Mrs Nirupa Gurung (retired teacher) of Pokhriabong Busty.Born on 3rd June 1958 ,she is the daughter of late D. B. Gurung and late Ratnamaya Gurung as well as wife of late Subhas Gurung.
Mrs.Gurung being an active social worker is deeply involved in different types of activities and events. Her credentials are meritorious enough to prove that she is immensely concerned talented personality.
Executive work that she is related wIth are as follows
1.General secretary, Darjeeling Hill's Small Tea Growers Association
2. Executive member -Bunkulung Honey and Agro Processing Industrial Co operative Society Ltd.
3.Executive member, - Rabhanchal Mushroom fruits and Afro Industrial Co operation.

She completed her schooling from Pokhriabong Girls Higher Secondary School, B. Sc from Government college, Darjeeling, B Ed. from Ramakrishna Senior B. T college and M.Sc. from Vinayaka Missions University and has also taken a course in type writing and computer applications.
We hope that Mrs Gurung will be a great asset to Hamro Chhahari and with her expertise in the field of social work,we will be able to garner a lot of support.
Her email id
[email protected]

20/09/2020

हाम्रो छहारी परिवारमा आज हामी स्वागत गर्छौँ श्रीमती सिमा राईलाई आजीवन सदस्यको रूपमा

समाज सेवा साथै परोपकारी कार्यमा सदैव तत्पर रहनुहुने श्रीमती सीमा राईज्यू हाम्रो छहारीका उद्देश्य अनि कार्यहरूद्वारा प्रभावित भएर स्वयंले यस संस्थाबारे जानकारी लिएर संलग्न हुनुभएकोमा हामी कृतजता प्रकट गर्दछौँ।
उहाँ 6 अप्रेल 1970 -मा माता स्व. मेममाया राई अनि पिता स्व. पदम बहादुर राईको कोखमा जन्म ग्रहण गर्नुभएकी हुन्। हालमा उहाँ तामसाङ खासमहल बस्ती, दार्जीलिङमा पति श्री धनीचन्द्र राईसित सफल दाम्पत्य जीवन बिताइरहेकी छिन्। श्रीमती राई तामसाङ खासमहल बस्तीको 'कल्याण समाज' - की सचिवको पदमा पनि हुनुहुन्छ।
हाम्रो छहारी-लाई सन्देश - 'एकता नै बल हो, बल भए मात्र गरिबी उन्मूलन गर्न सकिन्छ। यसैले हाम्रो छहारी-को परोपकारी कार्यमाथि आशा राखेकी छु, शुभकामना रह्यो।'
उहाँको सम्पर्क नम्बर - 98324 50422

Want your business to be the top-listed Government Service in Mumbai?

Click here to claim your Sponsored Listing.

Location

Category

Telephone

Website

Address


9C CO-Operative Housing Society Kamagar Nagar Kurla Est
Mumbai
400071