02/10/2026
इटालीमा Asylum का नयाँ नियम: के परिवर्तन भयो?
इटालीमा EU Migration and Asylum Pact कार्यान्वयन गर्न नयाँ कानुनी व्यवस्था लागू गरिएको छ। यसको आधार Decreto-Legge n. 100/2026 हो, जसलाई पछि Legge n. 145/2026 ले कानूनमा रूपान्तरण गरेको छ।
मुख्य परिवर्तनहरू
आवेदन प्रक्रिया चरणबद्ध हुने
International protection माग्ने व्यक्तिको प्रक्रिया अब इच्छा व्यक्त गर्ने, registration गर्ने र formalization गर्ने चरणसँग जोडिएको छ। नयाँ नियमले प्रत्येक चरणमा आवश्यक कागजात र प्रक्रियालाई पनि व्यवस्थित गरेको छ।
काम गर्न ९० दिन कुर्नुपर्ने
नयाँ व्यवस्थाको महत्वपूर्ण परिवर्तन काम गर्ने अधिकारसँग सम्बन्धित छ। Asylum application formalize गरेपछि ९० दिन पूरा भएपछि मात्र काम सुरु गर्न सकिने व्यवस्था गरिएको छ। त्यसैले ९० दिन आवेदन दिएको दिनदेखि होइन, लागू हुने प्रक्रियाअनुसार formalization सँग जोडिएको विषय हो।
सीमाक्षेत्रसँग सम्बन्धित केही अवस्थामा border procedure तथा accelerated procedure लागू हुन सक्छ। यस्ता प्रक्रियाका लागि छुट्टै समयसीमा पनि तोकिएको छ। Integrazione Migranti
पहिचान र सुरक्षा जाँच
Irregular border crossing वा समुद्री उद्धारका क्रममा भेटिएका व्यक्तिहरूका लागि स्वास्थ्य, vulnerability र security checks, fingerprints तथा अन्य biometric information संकलन गरी Eurodac प्रणालीमा पठाउने व्यवस्था पनि समावेश छ।
संक्रमणकालीन व्यवस्था
३१ अक्टोबर २०२६ सम्म, संक्रमणकालमा Questura र Border Police कार्यालयहरू नै सबै आवेदकको asylum इच्छा, registration र formalization सम्बन्धी कामका लागि सक्षम रहने व्यवस्था गरिएको छ। त्यसपछि नयाँ व्यवस्थाअनुसार designated reception centres को भूमिका बढ्नेछ।
⚠️ महत्वपूर्ण
नयाँ नियम सबै asylum applicant मा एउटै तरिकाले लागू हुन्छ भन्ने होइन। आवेदनको अवस्था, formalization को मिति, border procedure लागू भए/नभएको र व्यक्तिको परिस्थितिअनुसार प्रक्रिया फरक हुन सक्छ।
स्रोत: Italian Government/Ministero dell’Interno सम्बन्धित आधिकारिक जानकारी र Gazzetta Ufficiale।
© Nepali in Italy | All Rights Reserved
यो समाचार Nepali in Italy का लागि तयार गरिएको हो। हाम्रो सामग्रीलाई अनुमति बिना Copy-Paste, पूर्ण रूपमा पुनःप्रकाशन वा आफ्नै नाममा प्रयोग गर्न निषेध छ। जानकारी प्रयोग गर्दा Nepali in Italy लाई Credit र Original Source Link अनिवार्य रूपमा उल्लेख गर्नुहोस्।