NIC Nagoya International Center-Nepali

NIC Nagoya International Center-Nepali

共有する

The Nagoya International Center was established by the City of Nagoya in 1984 as a public facility f

Photos from NIC Nagoya International Center-Nepali's post 12/06/2026

📣पुस्तकालयबाट सूचना📣
📖नयाँ जापानी भाषा अध्ययन सामग्री थपिएको छ!📖

जापानी भाषा अध्ययनका लागि करिब ६० वटा नयाँ पुस्तकहरू अब सापटी लिन उपलब्ध छन्।
यदि तपाईं जापानी भाषा सिक्दै हुनुहुन्छ भने, यी पुस्तकहरू अवश्य प्रयोग गर्नुहोस्।
पुस्तकालयमा आउनुहोस् र आफ्नो अध्ययनका लागि उपयोगी नयाँ सामग्रीहरू खोज्नुहोस्!

 #名古屋国際センター    #日本語学習 #日本語教材 #日本語を学ぶ

www.data.jma.go.jp 02/06/2026

【टाइफुन नजिकिँदै छ】
टाइफुन नम्बर ६ जुन ३ को बिहान टोकाइ क्षेत्रमा सबैभन्दा नजिक आउने अनुमान गरिएको छ।
कृपया टाइफुन सम्बन्धी नवीनतम जानकारी हेर्नुहोस्।
• जापान मौसम विज्ञान एजेन्सी (JMA) https://www.data.jma.go.jp/multi/index.html?lang=np
• NHK WORLD-JAPAN https://www3.nhk.or.jp/nhkworld/ja/
• नागोया अन्तर्राष्ट्रिय केन्द्र विपद् सूचना पृष्ठ https://www.nic-nagoya.or.jp/nepali/saigai/

www.data.jma.go.jp 気象庁

22/05/2026

📣प्शासनिक परामर्शका उदाहरणहरू(行政相談事例)📣
सिरिज ① म नागोयामा बस्छु। अहिले सबै ठीक छ, तर भविष्यमा यदि परिवारका कसैको देहान्त भएमा हामीले के-के प्रक्रिया गर्नु पर्छ भन्ने कुरा जानिराख्न चाहन्छु। कृपया आवश्यक महत्वपूर्ण जानकारी दिनुहोस्।(名古屋市に住んでいます。今はみんな元気ですが、将来家族が亡くなった時の手続きについて知っておきたいです。)
↓↓↓↓
【नेपाली】https://x.gd/DBNtL

विदेशी बालबालिका विद्यार्थी समर्थक तालिम - प्रारम्भिक स्तर (外国人児童生徒サポーター研修 入門編) | नागोया अन्त 13/05/2026

【विदेशी बालबालिका विद्यार्थी समर्थक तालिम - प्रारम्भिक स्तर (外国人児童生徒サポーター研修 入門編)】
विदेशी बालबालिकाको समर्थनमा नयाँ सुरु गरेका वा अनुभव नभएका व्यक्तिहरूको लागि, विदेशी बालबालिका र उनका अभिभावकहरूको वर्तमान स्थिति र चुनौतीहरू बुझ्न, र तिनीहरूसँग कसरी सम्बन्ध राख्ने भन्नेबारे विचार गर्ने तालिम आयोजना गरिन्छ।
मिति र समय: रेइवा 8 (2026) साल, जुन 14 (आइतबार), 28 (आइतबार), र जुलाई 12 (आइतबार)
समय: 13:30 - 16:30
लक्षित समूह: विदेशी बालबालिका/विद्यार्थीलाई सहयोग गर्न इच्छुक व्यक्ति वा हालै मात्र सहयोग सुरु गरेका व्यक्ति।
दर्ता अवधि: रेइवा 8 (2026) साल, मे 13 (बुधबार) 10:00 - मे 29 (शुक्रबार) 17:00
दर्ता गर्ने तरिका: वेब फर्म, इमेल, फोन, वा सोझै केन्द्रमा आएर
थप विवरण यहाँ →

विदेशी बालबालिका विद्यार्थी समर्थक तालिम - प्रारम्भिक स्तर (外国人児童生徒サポーター研修 入門編) | नागोया अन्त नागोया शहरमा बस्ने विदेशीहरुको लागि,"जीवनयापनका लागि आवश्यक जानकारी" र "सभा-सामरोहको जानकारी" का विस्तृत जानकारी.....

रेईवा 8 वर्षको भाषा तथा विपद्-सम्बन्धी भाषा स्वयंसेवक दर्ता विवरण- कार्यक्रम(語学・災害語学ボランティア登録 06/05/2026

★अब आवेदनहरू स्वीकार गर्दै★
भाषा स्वयंसेवकहरू र प्रकोपभाषा स्वयंसेवकहरू भर्ती गर्दै
(語学・災害語学ボランティア登録説明会)
6 जुन, 2026 (शनिबार) 13:30-14:30 चौथो तल्ला तेस्रो प्रशिक्षण कोठा
★बिस्तृत जानकारीको लागि :

रेईवा 8 वर्षको भाषा तथा विपद्-सम्बन्धी भाषा स्वयंसेवक दर्ता विवरण- कार्यक्रम(語学・災害語学ボランティア登録 नागोया शहरमा बस्ने विदेशीहरुको लागि,"जीवनयापनका लागि आवश्यक जानकारी" र "सभा-सामरोहको जानकारी" का विस्तृत जानकारी.....

05/05/2026

[आप्रवासन सेवा एजेन्सीबाट सूचना]
आप्रवासन सेवा एजेन्सीले निर्दिष्ट सीपयुक्त कामदार प्रणालीको उपयोगलाई प्रवर्द्धन गर्नका लागि विदेशी नागरिकहरूका लागि बहुभाषिक जानकारी प्रदान गर्ने एकीकृत सहयोग वेबसाइट सञ्चालन गरिरहेको छ।
कृपया तलको URL हेर्नुहोस्: https://www.ssw.go.jp/ne/

नागोया अध्यागमन ब्यूरो द्वारा परामर्श(名古屋出入国在留管理局による相談) | नागोया अन्तर्राष्ट्रिय केन्द्र व 18/04/2026

★नागोया आप्रवासन कार्यालयद्वारा परामर्श★
नागोया आप्रवासन कार्यालयका कर्मचारीहरूले आप्रवासन प्रक्रिया, बसोबास स्थिति नवीकरण तथा परिवर्तन सम्बन्धी परामर्श प्रदान गर्छन्।
मिति र समय: प्रत्येक महिनाको चौथो शनिबार, 13:00–17:00 (अन्तिम परामर्श 16:00 बजे सुरु हुन्छ)
समय: प्रति व्यक्ति 45 मिनेट
शुल्क: निःशुल्क
आवेदन: प्रत्यक्ष वा फोनमार्फत (सोमबार बन्द, 9:00–19:00)
विवरण: →

नागोया अध्यागमन ब्यूरो द्वारा परामर्श(名古屋出入国在留管理局による相談) | नागोया अन्तर्राष्ट्रिय केन्द्र व नागोया शहरमा बस्ने विदेशीहरुको लागि,"जीवनयापनका लागि आवश्यक जानकारी" र "सभा-सामरोहको जानकारी" का विस्तृत जानकारी.....

Photos from 名古屋出入国在留管理局(在留支援)Nagoya Regional Immigration Services Bureau's post 17/04/2026

【नागोया अध्यागमन तथा आवास व्यवस्थापन ब्यूरो सूचना】

नागोया अध्यागमन तथा आवास व्यवस्थापन ब्यूरो मे ४ (सोमबार) देखि मे ६ (बुधबार) सम्म सार्वजनिक बिदाका कारण बन्द रहनेछ।

2026 NIC जापानी भाषा कक्षा शिक्षार्थी भर्ना (NIC日本語教室) | नागोया अन्तर्राष्ट्रिय केन्द्र वेबसाइट 12/04/2026

★2026 NIC जापानी भाषा कक्षा शिक्षार्थी भर्ना (NIC日本語教室)【5 महिना टर्म】★
यो 16 वर्ष या सो भन्दा माथिका व्यक्तिहरूको लागि लक्षित, वयस्कहरूको लागि जापानी भाषा कक्षा हो।
यो कक्षा बोल्ने वा कुराकानी गर्ने अभ्यासमा केन्द्रित छ। स्वयंसेवकहरूसँग कुरागर्दै, जापानी भाषा र जापानी जीवनशैलीको बारेमा सिक्नेछौ।
किताबको प्रयोग गरिने छैन।
【5 महिना टर्म】5 महिना 17 गते (आइतबार)~ 5 महिना 10 गते (आइतबार)
अन्तरवार्ता र भुक्तानी: 5 महिना 10 गते (आइतबार)10:00~
<लागत>सहभागीता शुल्क: 1,000 येन (सबै 10 पटकको लागि) ※एक पटक भुक्तानी गरिसकेको सहभागीता शुल्क फिर्ता हुने छैन।
<आवेदन (पहिले आउने वेक्ति पहिलो सेवा)【अनलाइन】>
*नागोया शहरका बासिन्दाहरूलाई प्राथमिकता दिइन्छ→

2026 NIC जापानी भाषा कक्षा शिक्षार्थी भर्ना (NIC日本語教室) | नागोया अन्तर्राष्ट्रिय केन्द्र वेबसाइट नागोया शहरमा बस्ने विदेशीहरुको लागि,"जीवनयापनका लागि आवश्यक जानकारी" र "सभा-सामरोहको जानकारी" का विस्तृत जानकारी.....

11/04/2026

★२०२६ NIC बालबालिकाका लागि जापानी भाषा कक्षा★
विद्यालय र दैनिक जीवनमा आवश्यक पर्ने जापानी भाषा सिक्न सहयोग चाहिने बालबालिकाका लागि जापानी भाषा कक्षा आयोजना गरिन्छ।

<योग्य सहभागी>
・जापानी भाषा मातृभाषा नभएका ६ देखि १५ वर्षका बालबालिका
(२०११ अप्रिल २ देखि २०२० अप्रिल १ बीच जन्मिएका)
・२०११ अप्रिल २ भन्दा अघि जन्मिएका र हाल जुनियर हाई स्कूलमा अध्ययनरत बालबालिका
※ जुनियर हाई स्कूलको रात्री कक्षामा अध्ययन गर्ने विद्यार्थीहरूले NIC उच्च माध्यमिक विद्यार्थीहरूको जापानी भाषा कक्षामा सहभागी हुनुपर्छ।
※ नागोया सहरमा बसोबास गर्ने र नागोया सहरका सार्वजनिक प्राथमिक वा जुनियर हाई स्कूलमा अध्ययन गर्ने (वा अध्ययन गर्ने योजना भएका) बालबालिकालाई प्राथमिकता दिइनेछ।

<अवधि>
【मे टर्म】मे १७ (आइतबार) – जुलाई १९ (आइतबार), प्रत्येक आइतबार
१०:००–११:३० (कुल १० पटक)

<अन्तर्वार्ता र शुल्क भुक्तानी>
मे १० (आइतबार) १०:०० देखि

<आवेदन अवधि>
【मे टर्म】अप्रिल १५ १०:०० – अप्रिल २४ १२:००

<आवेदन तरिका>
※ कृपया आवेदन अवधि भित्र वेबसाइट मार्फत आवेदन गर्नुहोस्।
※ यदि आवेदन संख्या क्षमता भन्दा बढी भयो भने चिट्ठा प्रणालीबाट चयन गरिनेछ। दाजुभाइ दिदीबहिनीले सँगै आवेदन गरे पनि सँगै सहभागी हुने निश्चित हुँदैन।
※ एक व्यक्तिले एक पटक मात्र आवेदन गर्न सक्छ। दुई वा सोभन्दा बढी आवेदन अमान्य हुनेछ।

थप जानकारीका लागि यहाँ क्लिक गर्नुहोस् →https://x.gd/1ARLe

あなたの事業を公務員のトップリストNagoya-shiにしたいですか?

ここをクリックしてあなたのスポンサー付きリスティングを獲得。

場所

カテゴリー

ウェブサイト

住所


1-47-1 Nagono Nakamura-ku
Nagoya-shi, Aichi
450-0001

営業時間

火曜日 09:00 - 19:00
水曜日 09:00 - 19:00
木曜日 09:00 - 19:00
金曜日 09:00 - 19:00
土曜日 09:00 - 19:00
日曜日 09:00 - 19:00