24/05/2026
गैर–आवासीय नेपाली संघ राष्ट्रिय समन्वय परिषद् दक्षिण कोरिया (NRNA NCC South Korea) र नेपाल राजदूतावास दक्षिण कोरियाबीच आज सौहार्दपूर्ण भेटघाट तथा छलफल सम्पन्न भएको छ।
भेटघाटका क्रममा दक्षिण कोरियामा रहेका नेपाली समुदायका हित, एनआरएनएले सञ्चालन गर्दै आएका कार्यक्रमहरू तथा आगामी दिनमा राजदूतावास र एनआरएनएबीच सहकार्य, समन्वय र सहमतिका आधारमा अझ प्रभावकारी रूपमा अगाडि बढ्ने विषयमा सकारात्मक छलफल भएको थियो।
साथै, उक्त अवसरमा NRNA South Korea को तर्फबाट विभिन्न समसामयिक विषय समेटिएको ज्ञापनपत्र समेत कार्यवहाक राजदूतज्यू समक्ष बुझाइएको छ।
प्रवासी नेपालीहरूको हकहित, एकता र सहकार्यलाई थप मजबुत बनाउँदै सबै पक्षसँग समन्वय गरी अगाडि बढ्ने प्रतिबद्धता व्यक्त गरिएको उक्त भेटघाट उपलब्धिमूलक तथा सकारात्मक वातावरणमा सम्पन्न भयो। 🙏
19/05/2026
🙏 हार्दिक धन्यवाद 🙏
यही मिति 2026/05/17 मा सम्पन्न “Buddha Was Born in Nepal” अभियान अन्तर्गत आयोजित 도봉산 (Dobongsan) पर्वतारोहण कार्यक्रममा प्रत्यक्ष तथा अप्रत्यक्ष रूपमा साथ, सहयोग र सहभागिता जनाउनु हुने सम्पूर्ण महानुभावहरूमा गैर–आवासीय नेपाली संघ राष्ट्रिय समन्वय परिषद् दक्षिण कोरियाको तर्फबाट हार्दिक धन्यवाद व्यक्त गर्दछौं।
तपाईंहरूको उत्साहजनक सहभागिता, सहयोग र एकताले कार्यक्रमलाई भव्य, सभ्य तथा सफल बनाउन महत्वपूर्ण भूमिका खेलेको छ। भगवान बुद्ध नेपालमा जन्मिनुभएको सत्य सन्देश तथा नेपालको पर्यटन प्रवर्द्धन गर्ने हाम्रो अभियानमा यहाँहरूको साथ सदैव प्रेरणादायी रहनेछ।
आगामी दिनहरूमा पनि यस्तै माया, साथ र सहयोगको अपेक्षा सहित सम्पूर्णमा पुनः हार्दिक आभार व्यक्त गर्दछौं। 🙏🇳🇵
18/05/2026
विदेशी भूमिमा “Buddha Was Born in Nepal” अभियानलाई निरन्तरता
दक्षिण कोरिया, २०२६/०५/१७ — गैर आवासीय नेपाली संघ राष्ट्रिय समन्वय परिषद् (NRNA NCC) दक्षिण कोरियाले सन् २००८ देखि निरन्तर सञ्चालन गर्दै आएको “Buddha Was Born in Nepal” अभियानलाई निरन्तरता दिँदै आज दक्षिण कोरियाको प्रसिद्ध 동묘산 पर्वत आरोहण कार्यक्रम सम्पन्न गरेको छ। एनआरएनए दक्षिण कोरियाद्वारा बुद्धको प्रचारसहित पर्यटन प्रवर्द्धन
एनआरएनए दक्षिण कोरियाद्वारा बुद्धको प्रचारसहित पर्यटन प्रवर्द्धन
दक्षिण कोरिया । गैरआवासीय नेपाली संघ राष्ट्रिय समन्वय परिषद् दक्षिण कोरियाले सन् २००८ देखि निरन्तर सञ्चालन गर्.....