16/09/2025
हार्दिक अपील ।
NRNA is working Organization to address their interests, concerns, and welfare.
16/09/2025
हार्दिक अपील ।
09/09/2025
प्रेस विज्ञप्ति
25/08/2025
💐हार्दिक बधाई एवंम् शुभकामना !! 💐
गैरआवासीय नेपाली संघ (NRNA ICC) २०२५–२७ को सल्लाहकार पदमा नियुक्त हुनुभएकोमा उमेश पुडासैनी ज्युलाई सफल र प्रभावकारी कार्यकालको लागि बधाई ज्ञापनका साथ हार्दिक शुभकामना व्यक्त गर्दछौं ।
युवक राई (ठिम्बर)
संरक्षक
गैरआवासीय नेपाली संघ
राष्ट्रिय समन्वय परिषद कुवेत परिवार
13/08/2025
💐जन्म दिनको शुभकामना 💐
--------------------------
लामो समय देखि कुवेतलाई आफ्नो कर्म थलो बनाउँदै बिभिन्न संघ संस्थामा आवद्व भई श्रमिकहरुको आवाजलाई बुलन्दका साथ उठाएर समाजमा विभिन्न प्रकारका समस्याहरूलाई समाधान गर्दै देश तथा विदेशमा आपत बिपतमा परेकाहरूको लागि हर समय सहयोगको लागि तत्पर रहनु हुने कुवेत समाजमा आफ्नो छुट्टै पहिचान बनाउन सफल समाज सेवि निडर साहसी व्यक्ति हाल गैर आवासीय नेपाली संघ राष्ट्रिय समन्वय परिषद कुवेतकी सल्लाहकार उमा घिमिरे(Uma Ghimire) ज्यूको आज पर्न गएको शुभ जन्म दिनको अवसरमा सुख, शान्ति, सम्रीद्वि, सु-स्वास्थ्य दिर्घायू तथा उत्तरोत्तर प्रगतीको हार्दिक शुभकामना सहित जन्म दिनको धेरै धेरै शुभकामना उमा घिमिरे ज्यू।
💐गैर आवासिय नेपाली संघ 💐
💐राष्ट्रिय समन्वय परिषद कुवेत परिवार 💐
01/08/2025
NRNA NCC KUWAIT — एकता संवादको अर्को प्रयास
आज सौहार्दपूर्ण वातावरणमा NRNA NCC कुवेतका दुवै पक्षबीच प्रत्यक्ष वार्ता सम्पन्न भयो। टेबलमा बसेर भएको यो गम्भीर छलफलले संस्थालाई एकताबद्ध बनाउने साझा चिन्तनलाई पुनः पुष्टि गर्यो।
अनेकौँ प्रयास, गहिरो चिन्तन र आपसी सम्मानका बाबजुद पनि वार्ता सार्थक निष्कर्षमा भने पुग्न सकेन। तथापि, एकता विन्दु नजिकै पुग्न लागेको संकेत सकारात्मक देखियो।
दुवै पक्षको प्रतिबद्धता र संस्थाप्रति समर्पणले भविष्यमा अझ सहमति र समझदारीको आधार तयार गर्ने विश्वास लिइएको छ।
संवाद खुला छ, आशा जीवित छ।
सुवेदी धिरेनSeraj AhamadSuraj MaskeyYubak RaiPawal Chamling RaiTharka SenB B Malla ThakuriIndira ChamlingNon-Resident Nepali Association - NRNADilip Tmg WaibaBijay DcBR Lama
30/07/2025
प्रेस विज्ञप्ती।
गैर आवासीय नेपाली संघ, राष्ट्रिय समन्वय परिषद् कुवेत (NRNA NCC Kuwait) ले कुवेतमा संस्थागत एकता, समावेशिता र विधिसम्मत प्रक्रियालाई आत्मसात गर्दै अगाडि बढिरहेको सन्दर्भमा, हाल एक पक्षीय रूपमा आयोजना गर्न खोजिएको अधिवेशनप्रति गम्भीर आपत्ति प्रकट गर्दछ।
हालसम्म कुवेतमा एकताको अधिवेशनसम्बन्धी वार्ता प्रक्रिया अझै जारी रहेको र कुनै पनि सहमतिमा आधारित मिति घोषणा गरिएको छैन। यस्तो संवेदनशील अवस्थामा एक पक्षीय रूपमा आयोजना गर्न खोजिएको अधिवेशन अवैध, असंवैधानिक र संस्थागत एकता विरोधी कार्य हो भन्ने कुरामा हामी स्पष्ट छौं।
नेपाल सरकार (परराष्ट्र मन्त्रालय) द्वारा मान्यता प्राप्त महेश श्रेष्ठको नेतृत्वमा रहेको केन्द्रीय कार्यसमिति अनुसार, कुवेतमा वर्तमान मान्यता प्राप्त वैध र आधिकारिक इकाइ बेलबहादुर मल्ल (B.B. मल्ल ठकुरी) नेतृत्वको NRNA NCC Kuwait नै हो भन्नेमा कुनै द्विविधा छैन।
एकताको नाममा भ्रम सिर्जना गरी व्यक्तिगत स्वार्थ र निर्देशनको आधारमा भइरहेको यस्ता अधिवेशनहरू गैरसंवैधानिक हुनुका साथै NRNA को विधि, नियमावली र अन्तर्राष्ट्रिय मान्यता प्राप्त संरचनासँग मेल खाँदैनन्।
हामी कुवेतमा क्रियाशील सम्पूर्ण संघ-संस्थाहरू, आम नेपाली समुदाय, तथा NRNA अभियन्ता तथा सदस्यहरूलाई यस्ता अवैध, एकताविरोधी र संस्थालाई विभाजनतर्फ लैजाने अधिवेशनहरूलाई कदापि नस्वीकार्न हार्दिक आह्वान गर्दछौं।
हामी संस्थागत सहमति, पारदर्शी प्रक्रिया, र समावेशी निर्णयमार्फत सशक्त, एकीकृत र विश्वसनीय NRNA निर्माणमा प्रतिबद्ध छौं।
हिमाली संचारSeraj AhamadNRNA NCC Kuwait
Non-Resident Nepali Association - NRNA
B B Malla ThakuriYubak RaiTharka SenPawal Chamling RaiKamal Singh ThakuriIndira ChamlingSuraj Maskey @
29/07/2025
NRNA केन्द्रीय अध्यक्ष तथा NRNA NCC कुवेत अध्यक्षबिच विशेष भेटघाट
आज NRNA का केन्द्रीय अध्यक्ष आदरणीय महेश श्रेष्ठज्यू तथा NRNA NCC कुवेतका अध्यक्ष आदरणीय बिबि मल्ल ज्यु साथै ICC सदस्य पुष्कर धामि ज्यू सँग अत्यन्तै महत्वपूर्ण छलफल सम्पन्न भयो।
संस्थालाई अझ मजबुत, एकीकृत र सक्रिय बनाउने दिशामा कुन–कुन पक्षमा के–कस्ता पहल र भूमिकाहरू खेल्न सकिन्छ भन्ने विषयमा गरिएको बौद्धिक तथा रणनीतिक छलफलले हामीलाई अझ ठूलो हौसला र मार्गदर्शन प्रदान गरेको छ।
अध्यक्षज्यूहरूको सुझाव, आत्मीयतापूर्ण सहयोग र संस्थाप्रतिको प्रतिबद्धता देख्दा संस्थाको भविष्यप्रति अझ आशावादी र प्रेरित हुन पायौँ।
अध्यक्ष द्वयप्रति हार्दिक आभार! 🙏
हामी सबै मिलेर एनआरएनएलाई अझ उज्वल बनाउँछौँ।
सुवेदसुवेदी धिरेनjSuraj Maskeyलहिमाली संचारjSeraj AhamadkYubak RaiTharka SenMB B Malla Thakuri NRNA NCC KuwaitPawal Chamling RaiIndira Chamling dhaami
20/07/2025
NRNA NCC कुवेत!
आजको यो कठिन परिवेशमा जब अधिकांशले मौनता रोजिरहेका छन्, केही साहसी, चिन्तनशील र समाजप्रति जिम्मेवार व्यक्तित्वहरू NRNA NCC कुवेत सँग भेट र संवादका लागि आउनु भयो — यो स्वागतयोग्य मात्र होइन, प्रेरणादायी पनि हो।
कानुन, नैतिकता र संस्थागत पारदर्शितामा विश्वास राख्दै समाज र श्रमिक हितमा सत्यको पक्षमा उभिन तयार हुनुहुने ती सबै व्यक्तित्वहरूलाई हृदयदेखि सलाम छ।
तपाईंहरुको यो उपस्थिति केवल भेट मात्रै होइन, सजग नागरिकताको उदाहरण हो।
हामी NRNA NCC कुवेत सधैं सत्य, समाज र श्रमिकको पक्षमा उभिन तयार छौं।
पक्षपाती होइन, तथ्य र तर्कमा आधारित छलफलको संस्कृति स्थापना हाम्रो लक्ष्य हो।
आजको भेट सह्रानीय थियो, भोलिको सहकार्य झन सशक्त हुनेछ।
एक पटक फेरि, सत्यका सहयात्रीहरूप्रति गहिरो सम्मान।
सुवेदी धिरेन
Nirem Productions Pvt Ltd
Diaspora Talks
Suraj Maskey
Yubak Rai
Seraj Ahamad
हिमाली संचारNRNA NCC Kuwait
01/07/2025
29/06/2025
26/06/2025
प्रेस विज्ञप्ति
हामी गैरआवसीय नेपाली संघ राष्ट्रिय समन्वय परिषद् कुवेत (NRNA NCC Kuwait) सम्पूर्ण कुवेतवासी नेपाली समुदायलाई यो प्रेस विज्ञप्ति मार्फत निम्न बुँदाहरुमा गम्भीर जानकारी गराउन चाहन्छौं