06/06/2026
जन्मदिनको शुभकामना!
Happy birthday to you 🎂🎁🎈
यात्री समाज कुवेतको युवा संयोजक श्री प्रकाश सेन ज्युलाई शुभ- जन्मदिनको उपलक्ष्यमा संस्थाको तर्फवाट सु-स्वास्थ्य समृध्दि एवं उत्तरोत्तर प्रगतिको हार्दिक मंगलमय शुभकामना व्यक्त गर्दछौं!
यात्री समाज कुवेत परिवार !!
05/06/2026
निरेम प्रोडक्सन, कुवेत तथा मेट्रो मेडिकलको सहकार्यमा आयोजित निःशुल्क स्वास्थ्य शिविरमा नेपाली समुदायको उल्लेखनीय सहभागिता रहेको थियो सुपर मेडिकल केयर, महाबुला ब्लक–२ मा बिहान ७ बजेदेखि सञ्चालन भइरहेको शिविरका केही दृश्यहरू 🎥
#कुवेत
03/06/2026
कुवेत अन्तर्राष्ट्रिय विमानस्थलमा इरानले गरेको ड्रोन तथा क्षेप्यास्त्र (मिसायल) आक्रमणमा परी ६३ जना घाइते भएका छन् । कुवेतको स्वास्थ्य मन्त्रालयका अनुसार आज बिहानै भएको यस भीषण आक्रमणमा विमानस्थलको एउटा टर्मिनल भवनमा ठूलो क्षति पुगेको छ । घाइतेहरूमध्ये केहीको अवस्था गम्भीर रहेकाले सात जनाको आकस्मिक रूपमा ठूलो शल्यक्रिया (मेजर सर्जरी) समेत गरिएको मन्त्रालयले पुष्टि गरेको छ ।
यो घातक आक्रमण आज बिहान सबेरै भएको थियो, जसमा परी एक जनाको ज्यान समेत गएको छ । आक्रमणका कारण विमानस्थलका महत्त्वपूर्ण संरचनाहरूका साथै नजिकै रहेका विभिन्न देशका कूटनीतिक नियोग (दूतावास) का भवनहरूमा पनि ठूलो क्षति पुगेको कुवेती अधिकारीहरूले बताएका छन् । घटनालगत्तै कुवेतले आफ्नो व्यावसायिक हवाई उडान सेवालाई केही समय स्थगित गरेको थियो भने अहिले विमानस्थल पुन सुचारु भएको छ।
Source: Al Jazeera
25/05/2026
जन्मदिनको शुभकामना!
Happy birthday to you 🎂🎁🎈
यात्री समाज कुवेतको सदस्य साथै विभिन्न संघसस्था र खेलकुद क्षेत्रमा सक्रिय श्री निरज क्षेत्री ज्युलाई शुभ- जन्मदिनको उपलक्ष्यमा संस्थाको तर्फवाट सु-स्वास्थ्य समृध्दि एवं उत्तरोत्तर प्रगतिको हार्दिक मंगलमय शुभकामना व्यक्त गर्दछौं!
यात्री समाज कुवेत परिवार !!
24/05/2026
कुवेतमा आप्रवासी श्रमिकले १ वर्षको सेवा अवधि पूरा नगरे पनि भिसा स्थानान्तरण हुने ....
कुवेतको पब्लिक अथोरिटी फर म्यानपावर (PAM) ले श्रमिकहरूलाई रोजगारदाताको दुर्व्यवहार र ढिलासुस्तीबाट जोगाउन श्रम स्थानान्तरण (Labor Transfer) सम्बन्धी नियममा नयाँ संशोधन जारी गरेको छ । नयाँ नियम अनुसार अब आप्रवासी श्रमिकहरूले केही विशेष परिस्थितिहरूमा १ वर्षको सेवा अवधि पूरा नगरे पनि नयाँ रोजगारदाताकहाँ आफ्नो इकामा (रेसिडेन्सी) स्थानान्तरण गर्न पाउने भएका छन ।
नयाँ नियमका मुख्य प्रावधानहरू निम्न रहेका छन ।
• प्रक्रियामा ढिलाइ: रोजगारदाताले श्रमिकको वर्क परमिट (श्रम स्वीकृति) वा रेसिडेन्सी (इकामा) को प्रक्रिया समयमै नगरेमा वा ढिलासुस्ती गरेमा।
• ब्ल्याकलिस्ट वा रोक्का: रोजगारदाताको कम्पनीको फाइल सरकारद्वारा निलम्बन (Suspend) वा प्रतिबन्धित (Restricted) गरिएमा।
• झूटो मुद्दा (भगौडा रिपोर्ट): रोजगारदाताले श्रमिक विरुद्ध दुराशयपूर्ण वा झूटो 'भागेको' (Absconding/Runaway) रिपोर्ट दर्ता गराएमा।
• कानुन उल्लंघन: रोजगारदाताले कुवेतको श्रम कानुनका प्रावधानहरू उल्लंघन गरेमा (जस्तै: समयमा तलब नदिनु)।
कुवेतको आधिकारिक गजेट 'कुवेत अल-योम' मा प्रकाशित संशोधन अनुसार, यदि रोजगारदाताले माथि उल्लेख गरेका गल्तीहरू गरेमा श्रमिकले १ वर्ष अगावै आफ्नो म्यानपावर परिवर्तनका लागि गुनासो (Complaint) दर्ता गर्न सक्नेछन् ।
times kuwait
17/05/2026
लामो समयदेखि साङ्गीतिक क्षेत्रमा सक्रिय रहेका यात्री समाज कुवेतका सदस्य आयुश सुवेदिले कुवेतमा रहेर पनि नेपाली कलालाई प्रवर्द्धन गर्ने उद्देश्यले पुनः एक पटक नयाँ साङ्गीतिक कोसेलीका साथ दर्शकमाझ आउनु भएको छ। यसअघि विभिन्न म्युजिक भिडियोहरूमा सहायक निर्देशक र सहायक कलाकारका रूपमा आफ्नो कुशल अभिनय र कला प्रस्तुत गरिसक्नु भएका सुवेदीको नयाँ गीत 'जाली माया' आजबाट युटुबमा सार्वजनिक गरिएको छ। सबैले यामा गरिदिनु होला।
Jali Maya - Eleena Chauhan | Ayush Subedi | Karki Ji | Bandana | Suhana | New Nepali Song 2026
Karki Ji Presents:- ----------------------------------------🎶 Audio Credits:- Vocal Elina chauhan Lyrics Ayush subediCompose Karki ji (subash karki)Music ar...
12/05/2026
कुवेतमा विगत लामो समयदेखि पत्रकारितासँगै स्वदेश तथा विदेशमा विभिन्न सामाजिक कार्य गर्दै आएको Nirem Group ले Metro Medical Group को सहकार्यमा एक दिने स्वास्थ्य शिविर आयोजना गर्ने भएको छ। उक्त स्वास्थ शिविरमा उपस्थित भएर लाभ लिनहुन सबैलाई अनुरोध।
निरेम–मेट्रोद्वारा कुवेतमा स्वास्थ्य शिविर आयोजना गर्दै
कुवेत- कुवेतमा विगत एक दशकदेखि परोपकारी पत्रकारितासँगै स्वदेश तथा विदेशमा विभिन्न सामाजिक कार्य गर्दै आएको Nirem Group...