30/04/2026
धनुषाधाम नगरपालिका–७, किसानपुर निवासी करिब १५ वर्षीय कृष्णा कुमार मुखिया भारतको बैंगलोरबाट घर फर्कने क्रममा पटना नजिकै भएको सवारी दुर्घटनामा गम्भीर रूपमा घाइते भएका छन्। हाल उनको उपचार काठमाडौंमा भइरहेको छ आर्थिक अवस्था अत्यन्त कमजोर भएकाले परिवार उपचार खर्च जुटाउन असमर्थ भएपछि विदेशमा रहेका सामाजिक संस्था हेल्प मधेसी मलेसिया ले मानवीय भावनासहित आर्थिक सहयोग उपलब्ध गराएको हो।
उक्त सहयोग हेल्प मधेसी मलेसिया का केन्द्रीय अध्यक्ष प्रमोद कुमार महतो तथा हेल्प मधेसी नेपालका कार्यवाहक अध्यक्ष संजय यादव र विजय मण्डलको नेतृत्वमा संकलन तथा हस्तान्तरण गरिएको हो। संस्थाले विदेशमा रहेका नेपाली तथा मधेसी समुदायलाई एकजुट गर्दै आपतकालीन अवस्था, दुर्घटना तथा विपद्को समयमा निरन्तर सहयोग गर्दै आएको जनाएको छ। पीडित परिवारलाई उपचारका लागि आवश्यक आर्थिक सहयोग हस्तान्तरण गर्दै संस्थाले मानवीय सेवामा आफ्नो प्रतिबद्धता पुनः दोहोर्याएको छ।
सहयोग प्राप्त भएपछि स्थानीयवासीहरूले हेल्प मधेसी मलेसिया संस्थाप्रति गहिरो आभार व्यक्त गरेका छन्। उनीहरूले विदेशमा रहेर पनि आफ्नै गाउँ–समाजका पीडितहरूको दुःखमा साथ दिएको भन्दै संस्थाको कार्यको खुलेर प्रशंसा गरेका छन्। जिल्ला अध्यक्ष राजेन्द्र कुमार यादवसहित स्थानीय प्रतिनिधिहरूले पनि यस मानवीय सहयोगको उच्च मूल्याङ्कन गर्दै आगामी दिनमा पनि यस्ता सामाजिक कार्य निरन्तर रहोस् भन्ने अपेक्षा व्यक्त गरेका छन्।
14/04/2026
#नयाँ_वर्ष_२०८३_को_हार्दिक_शुभकामना! 🎉
नयाँ वर्षले तपाईंको जीवनमा नयाँ उमंग, सुख, शान्ति, समृद्धि र सफलता लिएर आओस् साथै यो वर्ष तपाईं र तपाईंको परिवारको लागि मंगलमय रहोस्।
#हेल्प_मधेसी_मलेसिया_सम्पुर्ण_परिवार
13/04/2026
नव बर्ष २०८३ एवम जुड शितल (शिरूवा) पर्व को
शुखद उपलक्ष्यमा देश तथा बिदेश मा बस्नु हुने
समस्त नेपाली दाजु भाई तथा दिदी बहिनी हरुमा शुख ,
शांति समृद्धि तथा उन्नती प्रगतीको लागि हेल्प मधेशी मलेशिया परिवार को तर्फ बाट हार्दिक मंगलमय शुभकामना ब्यक्त गर्दछौ।
🙏 हेल्प मधेसी मलेसिया सम्पुर्ण परिवार ।💐💐
13/04/2026
दुर्घटनामा घाइते हिमान्शु कर्णलाई हेल्प मधेसी मलेसियाद्वारा आर्थिक सहयोग
धनुषा, जनकपुरधाम — सवारी दुर्घटनामा परेर गम्भीर घाइते भएका एक युवालाई हेल्प मधेसी मलेसियाले आर्थिक सहयोग प्रदान गरेको छ।
मधेस प्रदेश अन्तर्गत जनकपुरधाम उप-महानगरपालिका–२१, कुर्था निवासी हरिश्चन्द्र कर्णका छोरा हिमान्शु कुमार कर्ण २०८२ साल चैत्र २१ गते भएको सवारी दुर्घटनामा परेर गम्भीर घाइते भएका थिए। हाल उनको स्वास्थ्य अवस्था नाजुक रहेको छ भने पारिवारिक आर्थिक अवस्था अत्यन्त कमजोर रहेको कारण पीडित परिवारले सहयोगका लागि अपिल गरेको थियो।
उक्त अपिल हेल्प मधेसी मलेसियाका केन्द्रीय सह-कोषाध्यक्ष राम नारायण मण्डलमार्फत सार्वजनिक गरिएको थियो। सोही अपिललाई सम्बोधन गर्दै संस्थाले २०८२ साल चैत्र २९ गते आइतबारका दिन राहतस्वरूप रु. १५,०६० (पन्ध्र हजार साठी रुपैयाँ) आर्थिक सहयोग हस्तान्तरण गरेको हो।
सहयोग रकम हस्तान्तरण कार्यक्रममा हेल्प मधेसी मलेसियाका केन्द्रीय अध्यक्ष प्रमोद कुमार महतो, नेपालका कार्यबाहक अध्यक्ष संजय यादव, अन्तर्राष्ट्रिय सचिव विजय कुमार मण्डल, धनुषा जिल्ला अध्यक्ष राजेन्द्र यादव लगायत बिशेश्वर यादव, गंगा यादव, राज कुमार ठाकुर, शिव शंकर शाह तथा स्थानीय भद्रभलादमी एवं बुद्धिजीवीहरूको उपस्थिति रहेको थियो।
उक्त सहयोग रकम हस्तान्तरण गरिएको जानकारी संस्थाका वरिष्ठ उपाध्यक्ष सुरेन्द्र महतोले दिएका हुन्।
यस प्रकारको सहयोगले विपद्मा परेका पीडित परिवारलाई राहत मिल्नुका साथै सामाजिक एकता, सहकार्य र मानवीय सेवाको उत्कृष्ट उदाहरण प्रस्तुत गरेको छ।
सम्वादाता: पल ठान्टी
.com
12/04/2026
हेल्प मधेसी मलेसिया द्वारा अशक्त परिवारलाई आर्थिक सहयोग।
२०८२चैत्र २९ गते आइतबारको दिन मधेस प्रदेश धनुषा जिल्लाको जनकपुरधाम उप-महानगरपालिका -२१कुर्था बस्ने हरिश्चन्द्र कर्ण को छोरा हिमान्शु कुमार कर्ण को २०८२ चैत्र २१ गते सबारी दुर्घटना भैइ स्वास्थ अवस्था गम्भीर भएकोले र उहाको आर्थिक अवस्था एकदम दयनीय रहेको हुनाले पीडित परिवारले सहयोग को लागि हेल्प मधेसी मलेसियाको केन्द्रिय सह कोषाध्यक्ष राम नारायण मण्डल मार्फत सहयोगको लागी अपिल गरेको थियो।
सोही अपिल लाई स्वीकार गरि मिति २०८२चैत्र २९ गते आइतबारको दिन हेल्प मधेसी मलेसिया को केन्द्रिय अध्यक्ष प्रमोद कुमार महतो , नेपालको कार्यबाहक अध्यक्ष संजय यादब , अन्तर्राष्ट्रिय सचीव बिजय कुमार मण्डल , धनुषा जिल्ला अध्यक्ष राजेन्द्र यादव त्यसै गरि बिशेश्वर यादव , गंगा यादव , राज कुमार ठाकुर , शिव शंकर शाह र स्थानीय भद्र्भलादमी , बुद्धिजीवी हरुको उपस्थितिमा उक्त सहयोग रु १५०६०"- सहयोग रकम हस्तान्तरण गरियो।
हेल्प मधेसी मलेसिया सम्पुर्ण परिवार ।
🙏🙏
11/04/2026
हेल्प मधेसी द्वारा आगलागी पीडित परिवारलाई आर्थिक सहयोग ।
२८ चैत्र २०८२, मधेश प्रदेश सिरहा जिल्लाको लक्ष्मीपुर पतारी गाउँपालिका वडा नं. ६, कल्याणपुर निवासी विष्णुदेव दासको घरमा २०८२ चैत २४ गते विद्युत् सर्टका कारण भएको आगलागीले ठूलो क्षति पुर्याएको छ। उक्त दुःखद घटनामा घरभित्र रहेका सम्पूर्ण खाद्यान्न सामग्री तथा बाख्रा समेत जलेर पूर्ण रूपमा नष्ट भएको जानकारी प्राप्त भएको छ, जसले पीडित परिवारलाई गम्भीर संकटमा पारेको छ।
यस्तो विपद्को घडीमा मानवीय संवेदनालाई आत्मसात गर्दै “हेल्प मधेसी मलेसिया के.एल शाखाले” पीडित परिवारलाई राहत स्वरूप रु. १५,५००/- आर्थिक सहयोग प्रदान गरेको छ। साथै विभिन्न सहयोगी महानुभावहरूले पनि मन खोलेर साथ दिएका छन्। जसअनुसार तुलाराम मण्डलले रु. ५००/-, जयप्रकाश साह र सुन्दर दासले जनही रु. १,०००/-, हेल्प मधेसी अन्तर्राष्ट्रिय सदस्य राम यादवले रु. १,५००/-, मिर्चैया टिमका सल्लाहकार रोशन यादवले रु. २,०००/-, दिपक कुमार गुप्ताले रु. १,५००/-, तथा उदय नारायण मण्डलले रु. ५००/- सहयोग प्रदान गरेका छन्। यसरी कुल सहयोग रकम रु. २३,५००/- संकलन भई पीडित परिवारलाई हस्तान्तरण गरिएको हो।
उक्त सहयोग वितरण कार्यक्रममा हेल्प मधेसी मलेसियाका अध्यक्ष श्री प्रमोद कुमार महतो, संरक्षक उदय नारायण मण्डल, पूर्व उपाध्यक्ष दिपक कुमार गुप्ता, सदस्य रामेश्वर यादव, हेल्प मधेसी नेपालका केन्द्रीय कार्यवाहक अध्यक्ष संजय कुमार यादव, केन्द्रीय सदस्य वस्नेत राय, सिरहा जिल्ला सचिव श्रवण कुमार महरा लगायतका व्यक्तित्वहरूको उपस्थिति रहेको थियो। साथै मलेसिया केएल दलानका सह–सचिव दिनेश दास, सदस्य ललित पासमान, राम ईश्वर यादव, जिबक्ष महतो तथा अन्य स्थानीय बुद्धिजीवी, युवासाथी र पत्रकार मित्रहरूको समेत उल्लेखनीय सहभागिता रहेको थियो।
27/03/2026
Congratulations to the new Prime Minister Mr B***ndra shah B***n 🎉👏
Wishing you success and prosperity in your new role. May your leadership bring positive change and growth to the country.
सम्माननीय प्रधानमन्त्री बालेन्द्र शाह ज्यू लगायत नवनिर्वाचित सम्पूर्ण मन्त्रीज्यूहरूलाई सफल, पारदर्शी र जनमुखी कार्यकालको हार्दिक शुभकामना व्यक्त गर्दछु।
देशले आज हाम्रो युवा पुस्ताको नेतृत्व पाएको छ, यो केवल गर्वको विषय मात्र होइन, ठूलो जिम्मेवारीको संकेत पनि हो। सम्पूर्ण टिमलाई हार्दिक बधाई तथा राष्ट्रहितमा दृढतापूर्वक अघि बढ्ने शुभकामना।
26/03/2026
हेल्प मधेशी मलेशिया जोहोरबारु शाखाको सकृय सदस्य रामदरेश साहको पुज्निय पिता श्री सितालाल साह हलुवाइ को मिति २०८२/११/२८ गते बिहिबार राती भएको दुःखद स्वर्गवास प्रति गहिरो शोक व्यक्त गर्दछौं । उहाँको निधनको खबरले परिवारमा निराशा छाएको छन्, समाजका विभिन्न तहमा आवद्ध व्यक्तिहरूलाई समेत स्तब्ध र भावविह्वल बनाएको छ।यस अपूरणीय क्षतिप्रति हेल्प मधेशी मलेसिया परिवारले हार्दिक समवेदना प्रकट गर्दै दिवंगत आत्माको चिरशान्तिको कामना गर्दछौं
उहाको पबित्र स्मृतिमा २०८२ चैत्र ११ गते मधेश प्रदेश,सर्लाही जिल्ला चन्द्र नगरपालिका -५ मोहनपुरमा शोक तथा पितृकार्य कार्यक्रम आयोजना गरिएको थियो। कार्यक्रममा
हेल्प मधेशी मलेशियाको जोहर शाखा को पुर्ब सल्लाहकार मनिराम भणडारि साथै स्थानिय बासिन्दाहरुको उपस्थितिमा उनको आत्माप्रती भाबपुर्ण श्रद्धाञ्जली अर्पन गर्दै शोकाकुल परिबारप्रती हार्दिक संवेदना व्यक्त गरेका थिए ।
हेल्प मधेशी मलेशिय सम्पुर्ण परिबार 🙏🙏
22/03/2026
हेल्प मधेसी मलेसिया जोहर दलान द्वारा पीडित परिवारलाई आर्थिक सहयोग।
मधेस प्रदेश, सिरहा चैत्र ०७, २०८२
सिरहा जिल्लाको कर्जन्हा नगरपालिका–१, बल्टिया निवासी श्रीमती दयावती दनुवारलाई हेल्प मधेसी संस्था द्वारा आर्थिक सहयोग प्रदान गरिएको छ।उहाँको आर्थिक अवस्था अत्यन्त कमजोर रहेको छ,आफ्नै घर घडेरीसमेत नभई हाल सार्वजनिक भवनमा बसोबास गर्दै जीवनयापन गर्न बाध्य हुनु भएको छ।
यसैबीच केही महिना अघि उहाँकी छोरीमाथि जबरजस्ती करणीपछि हत्या गरिएको अत्यन्तै दुःखद घटना भएको स्थानीय स्रोतले जनाएको छ। यस घटनाले परिवारमाथि थप पीडा थपेको छ।
यही पीडादायी अवस्थालाई मध्यनजर गर्दै मलेसियाको जोहोरबारुमा सक्रिय हेल्प मधेसी संस्थाले पीडित परिवारको आवास निर्माणका लागि ने.रु १५,००० (पन्ध्र हजार रुपैयाँ) आर्थिक सहयोग हस्तान्तरण गरेको हो।
सहयोग हस्तान्तरण कार्यक्रममा निम्न व्यक्तिहरूको उपस्थिति रहेको थियोः
प्रभात महतो – संस्थापक सदस्य
सजंय यादव – केन्द्रीय अध्यक्ष
प्रमोद महतो – मलेसिया अध्यक्ष
श्रवण कुमार महरा – सिरहा जिल्ला सचिव
विनोद श्रेष्ठ – स्थानीय बुद्धिजीवी
कासिन्दर महरा – सदस्य
स्थानीयवासीहरूले यस्तो सहयोगले पीडित परिवारलाई केही राहत पुग्ने विश्वास व्यक्त गरेका छन्।