Contact information, map and directions, contact form, opening hours, services, ratings, photos, videos and announcements from नेपाल शिक्षक संघ अछाम, Political organisation, Mangalsen near DEO, Achham.
शिक्षकहरूको पेसागत सम्मान, सुरक्षा र समग्र राष्ट्रको शैक्षिक उन्नयनका लागि लोकतन्त्र, मानव अधिकार, स्वतन्त्र न्यायपालिका र स्वच्छ पत्रकारिता अनिवार्य शर्त एवं आदर्श मानी २०४७ साल वैशाख ३० गते विधिवत रुपमा गठन भएको आम नेपाली शिक्षकको गौरवमय संस्था नेपाल शिक्षक सङ्घ हो । २००७ सालपछि शिक्षामा भएको परिवर्तन सँगसँगै नेपाल शिक्षक सङ्घको निर्माण आधारहरु पनि अघि बढेको पाइन्छ । २००७ चैतमा प्रजातन्त्रवादी श
िक्षकहरु जेपी हाइस्कुलमा भेला भई रामजीप्रसाद शर्माको अध्यक्षतामा तदर्थ समिति गठन भएको थियो । यस समितिको वैधानिकता पछि श्यामकृष्ण गौतम, आनन्दप्रसाद ढुंगानाले अध्यक्षता सम्हाल्नुभएको थियो ।
संगठन निर्माणमा हरिहर रिसालको महत्वपूर्ण भूमिका रहेको देखिन्छ । विसं. २०१३ मा माध्यमिक शिक्षक सङ्घ गठन भएको थियो । त्यसको अध्यक्ष आनन्द प्रसाद ढुंगाना रहनुभएको थियो । त्यसताका प्रजातन्त्रवादी शिक्षकको सङ्घ गठन तयारी तत्कालीन राजा महेन्द्रको २०१७ को कदमले पूरा हुन पाएन । विसं. २०२३ सालमा प्रावि सङ्घ गठन भएको देखिन्छ । विसं. २०३६ सम्म पञ्चायती राजमा सङ्घको गतिविधि न्यून रहेको पाइन्छ । २०३७ मा सबैखाले आस्थावान् शिक्षकको प्रयासमामा नेपाल राष्ट्रिय शिक्षक संगठनको निर्माण भएको थियो । २०४१ ।०४२ मा सरकारको शिक्षक संगठनलाई कमजोर बनाउन ल्याएको मावि र प्रावि सङ्घको अवधारणाबाट शिक्षकको आन्दोलन उठ्न सकेन ।
२०४६ सालको जनआन्दोलनको सङ्घारमा प्रजातन्त्रवादी शिक्षकहरुले देवेन्द्रसाद उपाध्यायको संयोजकत्वमा शिक्षकका मागसहित देशमा बहुजातीय व्यवस्थाको स्थापनाके माग पूरा गराउन शान्तिपूर्ण आन्दोलन उठेको थियो । जसले पञ्चायत व्यवस्था नै फल्न सफल भयो । प्रजातन्त्र, लोकतन्त्रलाई सर्वोपरी ठान्ने प्रजातन्त्रवादीहरुले अन्ततः २०४७ सालमा नेपाल शिक्षक सङ्घको विधिवत स्थापना गर्न सफल भए । २०४७ सालमा स्थापित यस सङ्घले २०६९ फागुन (९–१२) काठमाडौंमा सातौँ राष्ट्रिय महाधिवेशन सम्पन्न गरिरकेको छ ।
२०४० सालदेखि संगठित हुँदै आएका प्रजातन्त्रवादी शिक्षकहरुले अन्ततः २०४७ सालमा वैधानिक रुपमा सङ्घ जन्माउँदै अघि बढिरहेको छ । यसका अधिवेशनहरु
१) शिक्षक नेता आदरणीय देवेन्द्रप्रसाद उपाध्यायको नेतृत्वमा २०४७ वैशाख ३० गते तदर्थ समिति गठन ।
२) २०४७ फागुन (१९–२१) काठमाडौंमा प्रथम अधिवेशन सम्पन्न । अधिवेशनले देवन्द्र प्रसाद उपाध्यायको नेतृत्वमा कार्य समिति चयन गरेको ।
३) २०५१ वैशाख ३० देखि जेष्ठ १ काठमाडौंमा दोस्रो महाधिवेशन सम्पन्न भई देवेन्द्रप्रसाद उपाध्यायको नेतृत्वमा कार्य समिति निर्माण ।
४) २०५३ फागुन (१९–२२) काठमाडौंमा तेस्रो राष्ट्रिय महाधिवेशनले केशवप्रसाद भट्टराईको नेतृत्वमा कार्य समिति निर्माण गरी सम्पन्न गरेको ।
५) २०५७ फागुन (१७–२१) काठमाडौंमा चौथो राष्ट्रिय महाधिवेशन सम्पन्न पुनः केशवप्रसाद भट्टराईकै नेतृत्वमा राष्ट्रिय कार्य समिति चयन भएको ।
६) २०६२ वैशाख (११–१४) पाटनमा पाचौँ राष्ट्रिय महाधिवेशन सम्पन्न महाधिवे