Budhi Ganga Hydropower Project

Budhi Ganga Hydropower Project

Share

This Project is an under-construction Hydropower Project being developed by DoED.

15/03/2026

यस आयोजनाका नायब सुब्बा श्री उमाकान्त जोशीका पूजनीय पिता श्री चक्र राज जोशीको स्वर्गारोहण भएकोमा दिवंगत आत्माको चीर शान्तिको कामना गर्दै भावपूर्ण श्रद्धाञ्जली अर्पण गर्दछौं। साथै यस दुःखद घड़ीमा शोक सन्तप्त परिवारजनलाई भगवानले धैर्य धारण गर्ने शक्ति प्रदान गरुन् भनी हार्दिक समवेदना प्रकट गर्दछौं।

06/07/2025

यस आयोजाको विकास साझेदार मध्ये एक साउदी फण्डका प्रतिनिधिहरु सम्मिलित "नेपालको लागि साउदी मिसन-२०२५" जून-२३ मा यस आयोजना विकास तथा प्रगति सम्बन्धमा सौहार्द्रपूर्ण छलफल सम्पन्न भयो। आयोजनाको प्रगती तथा भावी मार्गचित्र सम्बन्धमा यस आयोजनाका आयोजना प्रमुख श्री सुरेन्द्र घिमिरे द्वारा प्रस्तुतीकरण भयो भने विद्युत विकास विभाग तथा ऊर्जा, जलस्रोत तथा सिंचाई मन्त्रालयद्वारा आयोजना संचालनका आर्थिक,प्रशासनिक एवम् प्रक्रियागत विषयहरुमा जानकारी तथा छलफल भयो। यो आयोजना विकासका लागि प्रतिबद्ध रहेको तथा यो आयोजना उच्च प्राथमिकतामा रहेको दृढता विकास साझेदारबाट व्यक्त भयो ।

31/05/2025

विद्युत विकास विभागले यस आयोजनाको माथिल्लो आयोजनाहरु (Upstream Projects) , जुगाडा बुढीगङ्गा जलविद्युत आयोजना (१५.५ मे.वा.) तथा बुढीगङ्गा साना जलविद्युत आयोजना (१०.८५ मे.वा.) लगायत अन्य १२ वटा आयोजना BOOT मोडेलमा विकास-निर्माण गर्नका लागि EoI, आशयपत्र आह्वान गरेको छ। यसले बुढीगङ्गा ज.वि.आ.को आवश्यकतालाई अझ सार्थकता प्रदान गरेको छ।

Photos from Budhi Ganga Hydropower Project's post 09/05/2025

यस आयोजनाका नवनियुक्त आयोजना प्रमुख सु.ई. श्री सुरेन्द्र घिमिरे Surendra Ghimire सरको स्वागत तथा पदस्थापनको केही दृष्यहरु!

Photos from Budhi Ganga Hydropower Project's post 26/09/2024

यस आयोजनामा सरुवा भई आउनुभएका लेखा अधिकृत श्री राज कसेरा सरको स्वागत तथा आयोजनाबाट सरुवा भई जान लाग्नुभएका आयोजना प्रमुख श्री सरोज आचार्य सरको विदाई तथा फेरी भेटौंला कार्यक्रम! मिति २०८१/०६/०२!

मनसुन विशेष मौसम बुलेटिन -८ (Monsoon Special Weather Bulletin - 9) (जारी मिति ː २०८१/०६/०९ दिउँसो ०३ :०० बजे) 26/09/2024

सतर्कता अपनाउन आग्रह !

मनसुन विशेष मौसम बुलेटिन -८ (Monsoon Special Weather Bulletin - 9) (जारी मिति ː २०८१/०६/०९ दिउँसो ०३ :०० बजे) हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ। बंगालको खाडीबाट प्रवाह हुने जलवाष्पयुक्त हावा साथै त्यस क्षेत्रमा बनेक.....

Photos from Budhi Ganga Hydropower Project's post 08/09/2024

यस आयोजनाबाट सरुवा भई जानलाग्नु भएका सी.डि.ई. श्री हरी बहादुर खत्री Hari Khatri तथा इन्जिनियर श्री निर्मल बि.क.को बिदाई तथा फेरी भेटौंला कार्यक्रम! मिति २०८१/०५/१९ गत्ते !

Photos from Budhi Ganga Hydropower Project's post 29/05/2024

१७औं गणतन्त्र दिवस (मिति २०८१/०२/१५)!!

Photos from Budhi Ganga Hydropower Project's post 29/05/2024

आयोजना प्रमुख श्री सरोज आचार्य ज्युलाई यस कार्यालयमा स्वागत सहित सफल कार्यकालको शुभकामना !
(मिति: २०८१/०२/०१ गत्ते)

12/05/2024

मिति २०८१/०१/२९ गत्ते, शनिवारका दिन अछाम जिल्लाका प्रमुख जिल्ला अधिकारी श्री शिव प्रसाद लम्साल तथा बझांग जिल्लाका प्रमुख जिल्ला अधिकारी श्री विश्वामित्र कुइँकेल ज्यूको अवलोकन भ्रमणका क्रममा आयोजनाको अवस्थाबारे जानकारी गराइयो l

बुढीगंगामा बजेट नदिँदा रोकियो ठेक्का 28/04/2024

छापिएको मध्ये "स्रोतका अनुसार करिब एक वर्षअगाडि आयोजनाको मूल्यांकन गरेर ठेक्का प्रक्रियामा अगाडि बढ्ने बेला लगानीकर्ता साउदीले आफूअनुकूल नभएको भन्दै निर्माण प्रक्रियाको प्रस्ताव अस्वीकार गरेको थियो " भन्ने विवरण सत्य होइन I

बुढीगंगामा बजेट नदिँदा रोकियो ठेक्का सरकारले बजेट सुनिश्चित नगर्दा २० मेगावाट क्षमताको बुढीगंगा जलविद्युत् आयोजना निर्माणको काम सुरु हुन सकेको छैन ...

Want your business to be the top-listed Government Service in Achham?

Click here to claim your Sponsored Listing.

Location

Address


Sanfebagar-10, Thanti (Ghughurkot)
Achham

Opening Hours

Monday 10:00 - 17:00
Tuesday 10:00 - 17:00
Wednesday 10:00 - 17:00
Thursday 10:00 - 17:00
Friday 10:00 - 15:00
Sunday 10:00 - 17:00