श्री कालिका बाल विकास मा.वि., ऐसेलुखर्क-१, राखाबाङ्देल, खोटाङ

श्री कालिका बाल विकास मा.वि., ऐसेलुखर्क-१, राखाबाङ्देल, खोटाङ

Share

Contact information, map and directions, contact form, opening hours, services, ratings, photos, videos and announcements from श्री कालिका बाल विकास मा.वि., ऐसेलुखर्क-१, राखाबाङ्देल, खोटाङ, Public School, Rakha Bangdel, Aiselukharka.

19/04/2026

२०८३ साल बैशाख महिनाको लागि कार्यपात्रो

विद्यार्थी र अभिभावकज्यूहरूले यसै शैक्षिक पात्रोअनुसार आफ्नो योजना बनाउनका लागि पनि अनुरोध गरिन्छ ।

Photos from श्री कालिका बाल विकास मा.वि., ऐसेलुखर्क-१, राखाबाङ्देल, खोटाङ's post 10/04/2026

शैक्षिक सत्र २०८२ को वार्षिक परीक्षाको नतिजा

10/04/2026

आधारभूत तह उत्तीर्ण परीक्षा (कक्षा ८) को नतिजा २०८२

25/03/2026

रुवाबासी होस् त यस्तो !

हाम्रा कक्षा १० का प्रिय विद्यार्थीहरूको बिदाइमा बगेका आँसुहरू साधारण थिएनन्—ती त हाम्रो विद्यालयप्रतिको अगाध माया, आत्मीयता र अविस्मरणीय सम्झनाहरूको मधुर अभिव्यक्ति थिए ।

त्यो रुवाइभित्र केवल माया मात्र होइन, जिम्मेवारीको बोध र उज्ज्वल भविष्यको सुन्दर रेखाचित्र पनि लुकेको थियो ।

मीठो थियो त्यो रुवाइ, किनकी सधैँ आँसु दुःखका मात्र हुँदैनन्—कहिलेकाहीँ ती गहिरो माया र सुन्दर बिदाइका प्रतीक पनि हुन्छन् ।

हृदयदेखि धन्यवाद—तिमीहरूले प्रमाणित गर्यौ, विद्यालय केवल सिक्ने थलो होइन, आत्मामा बस्ने एउटा सुन्दर घर हो ।

यो रुवाबासी गराएर बालबालिकाहरूको भावनालाई अनि शब्द र अनुभूतिलाई जीवन्त बनाउन सफल हाम्रा शिक्षक सुमन बिकललाई साधुवाद !

अरू धेरै वर्ष यसरी रुवाउन पाउँ ।

Photos from श्री कालिका बाल विकास मा.वि., ऐसेलुखर्क-१, राखाबाङ्देल, खोटाङ's post 23/03/2026

विद्यार्थीहरूको फोटो खिच्ने रहर पूरा गर्दा ...

Photos from श्री कालिका बाल विकास मा.वि., ऐसेलुखर्क-१, राखाबाङ्देल, खोटाङ's post 23/03/2026

विद्यालयलाई सहयोग गर्नुभएकोमा हार्दिक धन्यवाद !

ऐसेलुखर्क १, राखाबाङ्देलको मोदी टोल निवासी कक्षा १० मा अध्ययनरत भूमिका जोगी र कक्षा ९ मा अध्ययनरत बन्दना जोगीको आमा मन कुमारी जोगीले उहाँको दिवङ्गत श्रीमान् कुमार जोगीको नाममा कक्षा १० को विद्यार्थीहरूलाई शुभकामना तथा फेरी भेटौँला कार्यक्रमको लागि आवश्यक खाजाको व्यवस्था गर्नुभएकोमा हार्दिक धन्यवाद व्यक्त गर्दछौँ । साथै उक्त अवसरमा विद्यालयलाई रू. १०,०००/- आर्थिक नगद सहयोग पनि गर्नुभएको छ । उक्त सहयोगको लागि उहाँलाई धेरै धेरै धन्यवाद व्यक्त गर्दछौँ ।

उक्त पैसा चाँहि हाम्रो एकदम कमजोर रहेको विद्यालयको कोषमा जम्मा गरी थप गर्ने नै छौँ भन्ने बाचा र प्रतिबद्धता जाहेर गर्दछौँ ।

Photos from श्री कालिका बाल विकास मा.वि., ऐसेलुखर्क-१, राखाबाङ्देल, खोटाङ's post 23/03/2026

हाम्रा प्यारा ३६ औं व्याच (SEE 2082) का विद्यार्थीहरू,

तिमीहरूलाई आज बिदाइ गर्नुपर्दा हामी भावुक बनेका छौँ । तर पनि आजको बिदाइ अन्त्य होइन, नयाँ यात्राको सुरुवात हो । हामीले हाम्रो तर्फबाट तिमीहरूलाई पाठ्यक्रमले तोकिएअनुसार औपचारिक शिक्षा प्रदान गरी कक्षा १० को परीक्षामा सामेल हुनका लागि योग्य बनाएका छौँ । अबका दिनहरूमा सिक्ने, बुझ्ने र जीवनका हरेक अनुभवबाट आफूलाई निखार्ने सबैभन्दा ठूलो जिम्मेवारी तिम्रै हुनेछ ।

तिमीहरूले विद्यालयमा बिताएका ती सुनौला दिनहरू—कक्षाको हाँसो, सिकाइका सङ्घर्ष, साथीहरूसँगको मित्रता र शिक्षकसँगको आत्मीय सम्बन्ध—यी सबै सम्झनाहरू जीवनभर तिम्रा साथ रहनेछन् । जीवन सधैं सजिलो हुँदैन, कहिलेकाहीँ कठिनाइहरू पनि आउनेछन्, तर त्यस्ता चुनौतीहरूलाई अवसरका रूपमा लिएर अघि बढ्न सक्ने साहस नै साँचो सफलताको आधार हो ।

तिमीले शिक्षकले भनेको मात्र मान्ने हो भने तिमीभित्र रहेका अनेक सम्भावनाहरू ओझेलमा पर्न सक्छन् । हरेक व्यक्तिमा अद्भुत प्रतिभा लुकेको हुन्छ, जसलाई चिन्ने र उजागर गर्ने सबैभन्दा ठूलो जिम्मा तिमी आफैंको हो । आफू को हौ, तिम्रो लक्ष्य के हो र तिमी के बन्न चाहन्छौ भन्ने कुरा स्पष्ट रूपमा बुझेर अघि बढ्न सके तिमी अवश्य सफल र प्रेरणादायी व्यक्ति बन्नेछौ भन्नेमा हामी पूर्ण विश्वास गर्दछौँ । तसर्थ, तिम्रो जीवनको motto : 'Be yourself' र 'Know Yourself' भन्ने हुनुपर्छ ।

तिमीहरू जहाँ पुगे पनि यस विद्यालयको नाम, शिक्षकहरूको माया र आशीर्वाद सधैं तिम्रो साथ रहनेछ । तिमीहरूको उज्ज्वल भविष्य, सुख, सफलता र समृद्धिको कामना गर्दै आगामी चैत्र १९ गतेदेखि सञ्चालन हुने SEE को लागि हार्दिक शुभकामना !

Some photographs captured on the occasion of the Farewell Program held on Chaitra 9, 2082 are included here.

01/03/2026

बिदा सम्बन्धी सूचना

२०८२ फाल्गुन २१ गते हुन गइरहेको प्रतिनिधि सभा सदस्य निर्वाचनको सन्दर्भमा नेपाल सरकार, गृह मन्त्रालयद्वारा प्रकाशित सूचना अनुसार मिति २०८२ फाल्गुन १८ देखि २२ सम्म बिदा हुने र मिति २०८२ फाल्गुन २४ गते आइतबारका दिन नारी दिवसको बिदा हुने भएकोले मिति २०८२ साल फाल्गुन २५ गते सोमबारदेखि नियमित विद्यालय सुचारु हुने सम्पूर्ण विद्यार्थी तथा अभिभावकहरूलाई जानकारी गराईन्छ ।

24/02/2026

शैक्षिक सत्र २०८२ को कक्षा ४ देखि ९ सम्मको वार्षिक परीक्षा तालिका
(ऐसेलुखर्क गाउँपालिकाद्वारा प्रकाशित गरेअनुसार)

23/02/2026

त्रिभुवन मा.वि., ऐसेलुखर्कद्वारा ७६ औं वार्षिकोत्सवको उपलक्ष्यमा आयोजित मा.वि. (कक्षा ९-१०) स्तरीय हाजिरीजवाफ प्रतियोगितामा हाम्रो विद्यालयबाट सहभागी भएर द्वितीय स्थान हासिल गर्न सफल हाम्रा विद्यार्थीहरू: प्रिया राई, प्रेशिका राजभण्डारी र सरोज दाहाललाई हार्दिक बधाईका साथ उज्ज्वल भविष्यको शुभकामना व्यक्त गर्दछौं ।

Photos from श्री कालिका बाल विकास मा.वि., ऐसेलुखर्क-१, राखाबाङ्देल, खोटाङ's post 17/02/2026

कक्षा १२ को वार्षिक परीक्षा समय तालिका

Want your business to be the top-listed Government Service in Aiselukharka?

Click here to claim your Sponsored Listing.

Location

Category

Website

Address


Rakha Bangdel
Aiselukharka
56200

Opening Hours

Monday 10:00 - 16:00
Tuesday 10:00 - 16:00
Wednesday 10:00 - 16:00
Thursday 10:00 - 16:00
Friday 10:00 - 13:00
Sunday 10:00 - 16:00