15/03/2024
वास्ता नगरिएको तर निकै नै महत्वपुर्ण विषय! ! !
श्री चुरियामाई मन्दिर हाम्रो उमनपा, हाम्रो जिल्ला र हाम्रै वडामा पर्छ भन्नि कुरा धेरैलाई थाहा नहुन सक्छ । जसलाई थाहा छ वहाँहरु तैँ चुप मै चुप मै होलान वा कसैको साथ सहयोग नपाएर त्यस्सै गुम्सिएर बस्नु भएको होलान्।। खैर, जे जे भएपनि मकवानपुरले उसको आफ्नो भन्दै बिभिन्न संचार माध्यम देखि हरेक पर्यटकिय स्थलहरुको तस्विरहरुमा श्री चुरिया माइको फोटो पनि राखेको हुन्छ, मकवानपुरको सान भन्दै... जुन कि खासमा बारा जिल्लाको मातहतमा पर्छ्। यो कुन निकायले हेर्नु पर्नि, सिमाना छुट्ट्याउनु पर्नि, हक दावि गर्नु पर्नि वा नपर्नि... कुराहरु समय मै रेखाङ्कन गरेर सुल्झाउनु पर्छ्।। ताकि भविष्यमा यो विषयले विकराल रुप नलियोस्।। हेर्दा सामान्य लागे पनि बारा जिल्ला वा हाम्रो उमनपाले पनि यसमा चासो नदेखाएपछि मकवानपुरले विस्तारै विस्तारै स्वामित्व उतैको पार्नि सम्म पुगिसक्यो...
कृपया हाम्रो जितपुर सिमरा उमनपा र बारा जिल्ला प्रशासनले यो कुराको छिनोफानो बेलैमा गरे सजिलो हुन्थ्यो... अनि हजुरहरुलाई कत्तिको थाहा छ आधाभारले पनि वडा २१ भनेर लेखेको पाइँदैन... हजुरहरुले देख्नुभएको छ भने कृपया फोटो कमेन्ट गर्नु होला... आफ्नो घरको सिमाना बेलैमा सुरक्षित गरेको राम्रो...
31/07/2022
२०७९/०४/१५ गते खिर खाने दिनको शुभकामना ...
परिवार आफन्त साथिभाई सङ्ग रमाइलो गरि मनाउनुहोला... 🙏🙏🙏
13/07/2022
गुरु पुर्णिमाको सम्पुर्ण गुरुहरुमा शुभकामना ... 🙏🙏💕🌺
07/07/2022
एकातिर बाटो नभएको ठाउँमा पक्कि पुल, त्यो पनि झोलुङ्गे पुलनै हटाउनु पर्निगरि...
अर्को तिर बर्षौँदेखि बाढिको कारण दु:ख भोगिरहेका जितपुरसिमरा उपमहानगरपालिका वडा २२ चकरि, नयाँबस्ति र मुलखोलाका बासिन्दा, रतनपुर हुँदै निजगढ निस्किन छोटो बाटोको रुपमा बस र सुमोहरु येइ र यस्ता कैयोउँ खोला तरेर जाने आउने गर्छन... बल्ल बल्ल झोलुङ्गे पुल बनेर अलिकति राहत पाएको महसुस गरेका स्थानियले धेरै बाढि आउँदा अटो पनि गुडाउने गर्दा पैदल यात्री कि पुलको वारि नै कि पारिनै रोकिनु परेको छ... पक्कि पुलको लागि सम्बन्धित निकायको ध्यान जान जरुरि छ।
29/06/2022
सबैमा शुभकामना...
शुभ दिन 🙏🙏🇳🇵🇳🇵🇳🇵
21/06/2022
आज जुन २१ (june 21) ... असार ७
यो बर्षकै सबैभन्दा लामो दिन आज...
शुभ बिहानि 🙏🙏🌞
13/06/2022
अमलेखगंजमा सवारी दुर्घटना
बाराको जितपुरसिमरा उपमहानगरपालिका अन्तर्गत पर्ने अमलेखगंजस्थित दुइ नम्बर पुल नजिक सवारी दुर्घटना हुँदा दम्पतीको मृत्यु भएको छ ।
चितवनबाट वीरगन्जतर्फ आउदै गरेको प्र. ०३-००४ प १५१७ नम्बरको पल्सर मोटरसाइकललाई ना ७ ख ३९४७ नम्बरको लहरिले ठक्कर दिंदा दुर्घटना भएको हो ।
ठक्करपछि सडकमा लडेका उनिहरुलाई सोही ट्रकले किचेको प्रहरीले जनाएको छ ।
घटनास्थल मै मृत्यु भएका उनिहरुको शव परीक्षणका लागि कलैयास्थित प्रादेशिक अस्पतालमा लगिएको प्रहरीले बताएको छ ।
12/06/2022
ICC u19 women's T20 world cup (ASIA QUALIFIER 2022) को लागि भएको खेलमा बाराकी अलिशा यादवले प्रतियोगिता खेलेर आफ्नो गृह जिल्ला फर्किए पछी कलैयामा स्वागत गरिएको छ ।
❤️
बधाई हामि बारा वासिलाई... 🇳🇵🇳🇵🇳🇵🌺🌺🙏🙏
pic : Kalaiya Cricket Club
07/06/2022
#जीतपुरसिमरा_उपमहानगरपालिका_वडा_नम्बर_७_को_सुचना
जीतपुरसिमरा उपमहानगरपालिका वडा नम्बर ७ मा रहेका कुखुरा मासु व्यवसायी र होटल व्यवसायीहरुबाट निस्कने फोहर रातो पुल तल र सार्वजनिक स्थानमा फालिएको पाईएकोले मिति २०७९/
०२/२४ गतेबाट त्यसो नगर्न नगराउन वडा नम्बर ७ को कार्यालय आग्रह गर्दछ । साथै अब उपरान्त यसो गरेको पाए १५ हजार जरिवाना र सार्वजनिक स्थानमा मासु व्यवसायी र होटल व्यवसायी फोहर फालेको भिडियो सहित जानकारि गराउनेलाई ५ हजार १ सय उपहार दिने जानकारी गराईन्छ ।
स्रोत:- apkhabar
07/06/2022
टर्कीको इस्तानबुल शहरका फोहोरलाई यो भवनभित्र छिराइन्छ । आगो लगाएर बालिन्छ र विद्युत निकालिन्छ । दिनको ८५ मेगावाट । त्यसले शहरका १.४ मिलियन मानिसको दैनिक विद्युत आपूर्ति धान्ने गर्छ ।त्यति मात्र होइन फोहोरलाई जलाएर निस्केको खरानी चाहिँ सिमेन्ट बनाउन प्रयोग गरिन्छ । धुवाँ पनि इको फ्रेन्ड्ली तरिकाले व्यवस्थापन गरिएको छ ।
07/06/2022
२०७९ असार १ गतेदेखि मतदाता नामावली संकलन तथा अधावधिक कार्यक्रम सुचारु हुने सम्बन्धमा निर्वाचन आयोगले सुचना निकालेको छ। नाम बिग्रीएको, ठेगाना, उमेर, नागरिकता नं बिग्रीएको सबै सच्याउन मिल्ने भएकोले समयमै सम्ब्न्धित निकायमा सम्पर्क गरौँ... समयमै मतदाता नामवलीमा आफ्नो नाम दर्ता गरी मतदान गर्ने अधिकार सुनिश्चित गरौ।