District Police Office, Baglung

Call Directions Website Contact the organization

District Police Office, Baglung Welcome to District Police Office, Baglung Official page. For Emergencies, Dial 100 for Police Support.

मोटरसाईकल फेला पारि सम्बन्धित धनीलाई बुझाइएको***********************************************मिति २०८३।०७।२३ गते रातको सम...
10/11/2026

मोटरसाईकल फेला पारि सम्बन्धित धनीलाई बुझाइएको
***********************************************
मिति २०८३।०७।२३ गते रातको समयमा जिल्ला बागलुङ, बागलुङ नगरपालिका वडा नं. ०२ स्थित घर अगाडी पार्किङ गरि राखेको ग १३ प २७२९ नं. भएको निलो कालो रङको २२० सि.सि. पल्सर मोटरसाईकल हराएको भनि यस जिल्ला प्रहरी कार्यालय बागलुङमा जानकारी गराए पश्चात तत्काल यस जिल्ला प्रहरी कार्यालय बागलुङ तथा मातहत प्रहरी कार्यालयबाट खोजतलास गर्ने क्रममा मिति २०८३।०७।२४ गते फेला पारि प्रमाणको आधारमा उक्त मोटरसाईकल सम्बन्धित धनीलाई बुझाईएको।

साथै आफ्नो सवारी साधन चोरी हुनबाट जोगाउन सधैँ सुरक्षित स्थानमा पार्किङ गरौ, ह्यान्डल लक तथा आवश्यक सुरक्षा उपकरणको प्रयोग गर्नुका साथै सम्भव भएसम्म CCTV को निगरानी हुने स्थानमा मात्र सवारी साधन राख्ने गर्नुहुन जिल्ला प्रहरी कार्यालय बागलुङ हार्दिक अनुरोध गर्दछ ।

स्कूटर फेला पारि सम्बन्धित धनीलाई बुझाइएको*************************************मिति २०८३।०७।२२ गते अं.२२:०० बजेको समयमा ...
09/11/2026

स्कूटर फेला पारि सम्बन्धित धनीलाई बुझाइएको
*************************************
मिति २०८३।०७।२२ गते अं.२२:०० बजेको समयमा जिल्ला बागलुङ, बागलुङ नगरपालिका वडा नं. ०३ रातामाटा बस्ने ओम बहादुर थापाको घरमा पार्किङ गरि राखेको ध २ प ६२५२ नं. भएको निलो सेतो कालो रङको स्कूटर हराएको भनि नगर प्रहरी कार्यालय बागलुङमा जानकारी गराए पश्चात तत्काल यस जिल्ला प्रहरी कार्यालय तथा नगर प्रहरी कार्यालय बागलुङबाट खोजतलास गर्ने क्रममा मिति २०८३।०७।२३ गते बागलुङ नगरपालिका वडा नं. ०३ स्थित मिलन चोकमा फेला पारि सम्बन्धित स्कूटर धनीलाई प्रमाणको आधारमा उक्त स्कूटर बुझाईएको ।

आन्तरिक देउसी–भैलो कार्यक्रम******************************प्रहरी कर्मचारीहरूको मनोबल अभिवृद्धि गर्ने, आपसी सद्भाव, एकता ...
08/11/2026

आन्तरिक देउसी–भैलो कार्यक्रम
******************************
प्रहरी कर्मचारीहरूको मनोबल अभिवृद्धि गर्ने, आपसी सद्भाव, एकता र भाइचाराको भावना थप सुदृढ बनाउने तथा चाडपर्वको खुसी एकआपसमा साटासाट गर्ने उद्देश्यले जिल्ला प्रहरी कार्यालय बागलुङद्वारा आयोजित आन्तरिक देउसी–भैलो तथा शुभकामना आदानप्रदान कार्यक्रम सम्पन्न भएको छ।

उक्त कार्यक्रममा जिल्ला प्रहरी कार्यालय बागलुङका कार्यालय प्रमुख प्रहरी उपरीक्षक फणिन्द्र प्रसाईज्यूले कार्यरत सम्पूर्ण प्रहरी कर्मचारीहरूलाई शुभ दीपावलीको हार्दिक मंगलमय शुभकामना व्यक्त गर्नुभयो।

यस्ता रचनात्मक तथा मनोरञ्जनात्मक कार्यक्रमहरूले प्रहरी कर्मचारीहरूबीच आपसी आत्मीयता, सहकार्य, एकता र सद्भाव अभिवृद्धि गर्नुका साथै कार्यव्यस्तता र जिम्मेवारीका बीचमा सकारात्मक ऊर्जा प्रदान गरी कार्यसम्पादनप्रति थप उत्साह, जाँगर र समर्पणको भावना विकास गर्न महत्त्वपूर्ण योगदान पुर्‍याउने विश्वास व्यक्त गरिएको छ।

अवैध पटाकाजन्य पदार्थ नष्ट*********************मिति २०८३/०७/२२ गते बागलुङ बजार क्षेत्रबाट नियन्त्रणमा लिइएका अवैध पटाकाज...
08/11/2026

अवैध पटाकाजन्य पदार्थ नष्ट
*********************
मिति २०८३/०७/२२ गते बागलुङ बजार क्षेत्रबाट नियन्त्रणमा लिइएका अवैध पटाकाजन्य पदार्थहरू स्थानीय जनप्रतिनिधिहरूको रोहबरमा नष्ट गरिएको छ ।
साथै, चाडपर्वको अवसरमा यस्ता विस्फोटक तथा पटाकाजन्य पदार्थहरूको अवैध बिक्री–वितरण नगर्नुहुन र नगराउनुहुन जिल्ला प्रहरी कार्यालय बागलुङ हार्दिक अनुरोध गर्दछ ।

07/11/2026

चार्डपर्व सुरक्षा सम्वन्धि गण्डकी प्रदेश प्रहरी कार्यालय, पोखराको अनुरोध ।

07/11/2026
लागुऔषध सम्बन्धी प्रशिक्षण कार्यक्रम********************************यस जिल्ला प्रहरी कार्यालय बागलुङ तथा सामुदायिक प्रहर...
07/11/2026

लागुऔषध सम्बन्धी प्रशिक्षण कार्यक्रम
********************************
यस जिल्ला प्रहरी कार्यालय बागलुङ तथा सामुदायिक प्रहरी सेवा केन्द्र रामरेखाको आयोजनामा जिल्ला बागलुङ, बागलुङ नगरपालिका वडा नं. ०१, श्री न्यू एभरेष्ट एकेडेमी स्कुलका विद्यार्थीहरूलाई लक्षित गरी लागुऔषध न्यूनीकरण सम्बन्धी सचेतनामूलक प्रशिक्षण कार्यक्रम सम्पन्न गरिएको छ ।
उक्त कार्यक्रममा उक्त विद्यालयका शिक्षक-शिक्षिकाहरु, विद्यार्थीहरु लगाएत प्रहरी कर्मचारीको उपस्थितिमा प्रहरी सहायक निरिक्षक हरि प्रसाद गौतमले प्रशिक्षण प्रदान गर्नुभई लागुऔषधबाट बच्ने उपायहरू तथा त्यसबाट सचेत रहने तरिकाहरू सम्बन्धी विस्तृत जानकारी प्रदान गर्नुभएको थियो ।

06/11/2026

मादक पदार्थ र लागुऔषध सेवन गरी सवारी साधन चलाउनु कानून विपरितको कार्य हो । कानुनको पालना गरौँ, असल नागरिकको परिचय दिउँ ।

06/11/2026
06/11/2026

Address

Baglung Bazar

Alerts

Be the first to know and let us send you an email when District Police Office, Baglung posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Contact The Organization

Send a message to District Police Office, Baglung:

Shortcuts

Share