समाज परिवर्तनको 'सत्याग्रह' मार्ग र समाजमै समर्पित डा. केसीका समर्थक, सहयात्री र वैचारिक उत्तराधिकारी हुन पुकार बम। विचार र व्यवहारमा डा. केसीबाट प्रेरित पुकार बमलाई यसपाली संसदमा पुर्याउँ।
https://www.facebook.com/onlinekhabarnews/videos/503033675103903
Bibeksheel Nepali - विवेकशील नेपाली
विवेकशील साझा पार्टी (Bibeksheel Sajha Party) का सम्?
19/06/2022
**डा. सन्दुक रुईतको आशिर्वाद र सुझाव: युवाहरु संसद पस्नुस, संसदको फोहर सफा गर्नुहोस् **
काठमाण्डौँ क्षेत्र नं १ मा उम्मेदवारी पछि विभिन्न सामाजिक व्यक्तिहरुसँग भेट्ने क्रममा आज डा. रुइतसँग हामीले भेट्यौँ। उहाँले भन्नुभयो - 'पुकार बमलाई एउटा सत्याग्रही युवा अभियन्ताको रुपमा सडका हामीले सुक्ष्म रुपमा हेरिरहेका हौँ। मलाई पनि कुनै अलौकिक व्यक्ति या जंगबहादुर आएर यो देश बनाईदिन्छ भन्ने लाग्दैन। पुकारजी जस्तै कर्म गर्ने र निष्ठा भएका युवाहरुले यसपाली संसद प्रवेश गर्नैपर्छ। मेरो शुभेच्छा छ।' डा. सन्दुक रुइत अर्थात God of Sight लाई समय र सुझावका लागि धन्यवाद।
काठमाण्डौँ क्षेत्र नं १ मा यसपालीः
लुटतन्त्र Vs लोकतन्त्र / सत्तालिप्त नेता Vs सचेत नागरिक र परिवारवाद Vs क्षमतावान !
https://www.facebook.com/pukarleads/posts/pfbid0khj6gD9QfZjaZgZmFxLojp75sqUL3pjGUWRHPAXCHbLMSqjpN8xKZKimB8xgCkKjl
31/12/2021
प्रवक्ता हरिशप्रसाद भट्टले आज एक विज्ञप्ति जारी गर्दै ‘एकताको प्रस्ताव’मा विवेकशील नेपाली दल र साझा पार्टीबीच एकीकरण भएर बनेको विवेकशील साझा पार्टीको नाम दुरुपयोग नगर्न अध्यक्ष मिश्र सचेत गराएको छ ।
मिश्रले विवेकशील साझाको नाम दुरुपयोग गरेको पाण्डे पक्षको आरोप काठमाडौं । विवेकशील साझा पार्टी र राष्ट्रिय प्रजातन्त्र पार्टी ९राप्रपा०बीच एकीकरणको प्रस्तावबारे अध्यक्ष रव.....
16/11/2021
हामी पनि महङ्गीको विरोध गर्छौं। तर, बन्द समाधान होइन, थप नागरिकका निम्ति समस्या हो।
त्यसैले बन्दको संस्कारको विरोध गर्यौँ।
विवेकशील साझा पार्टीले आज माइतीघरमा नेपाल बन्दको विरोधमा प्रदर्शन गरेका छन्। विवेकशीलले नेपाल खुल्ला छ भन्ने सन्देश दिने खालको व्यानर बोकेर माइतीघरमा प्रदर्शन गरेका हुन्।
‘नेपाल बन्द सधैँका लागि बन्द गरौं’ भन्दै विवेकशील साझाको प्रर्दशन काठमाडौं । नेत्र विक्रम चन्द ‘विप्लव’ नेतृत्वको नेपाल कम्युनिष्ट पार्टीले पेट्रोलियम पदार्थको मूल्यवृद्धिको .....
08/11/2021
'विवेकशील साझा पार्टी'ले आगामी निर्वाचनमा अग्रगमनको मुद्दा बोकेर अगाडी बढ्छ।
कुनै शङ्का नहोस्- हामी प्रोग्रेसिभ डेमोक्रेट हौँ।
गणतन्त्रप्रति पूर्ण प्रतिबद्धता, सङ्घीयतामा सुधार, धार्मिक स्वतन्त्रता, संस्कृति सम्पदाको संरक्षण र सामाजिक न्यायलाई आत्मसाथ गर्ने राष्ट्रिय मुद्दा बोकेर अब हाम्रो राजनीति थप सशक्त रूपमा अघि बढ्ने छ।
हामी युवाको लागी, विद्यार्थीको लागी, महिलाको लागी, पिछडिएको वर्ग, अल्पसङ्ख्यकको लागी राजनीति गर्नेछौँ।
हामी भोटको लागी जे पनि बोल्ने राजनीतिबाट वाक्क भएर ९ वर्ष अघिदेखि राजनीतिमा लागेका हौँ। हामी त्यही भोटको राजनीति गर्नेछैनौँ।
यो संविधानको आधारभूत संरचना नभत्काई हामी
- प्रत्येक नागरिकलाई निःशुल्क र गुणस्तरीय शिक्षा सुनिश्चित गर्न चाहन्छौँ।
- नागरिकको स्वास्थ्योपचारको जिम्मा राज्यले लिने राजनीति गर्न चाहन्छौँ।
- प्रत्येक नागरिकले रोजगारीको समान अवसर दिलाउने राजनीति गर्न चाहन्छौँ।
- तपाईँका अनि मेरा दिदीबहिनी सुरक्षित हिँड्न सक्ने समाज बनाउन चाहन्छौँ।
- व्यक्तिगत स्वतन्त्रता, वाक स्वतन्त्रता र खुल्ला समाज स्थापित गर्न चाहन्छौँ।
- प्रत्येक नागरिक आत्मसम्मान सहित बाच्न सक्ने वातावरण बनाउन चाहन्छौँ।
हामी
- विवेकशील नागरिक,
- उद्यमशील समाज,
- सेवक सरकार
र
- हितकारी/कल्याणकारी राज्य
निर्माण गर्न चाहन्छौँ।
यी सब गर्नको लागी अहिलेको परम्परागत राजनीतिले भएन भनेर हामी ताजा विचार सहित राजनीतिमा आयौँ। वैकल्पिक पार्टी होइन, वैकल्पिक संस्कार सहितको वैकल्पिक राजनीतिको थालनी गर्यौँ। विवेकशील, साझा, विवेकशील साझाका रूपमा विभिन्न अभ्यासहरू पनि भए।
यही बहस र विवाद बिच वैकल्पिक राजनीतिले स्पष्ट दिशा पाएको छ। हामी वैचारिक रूपमा स्पष्ट भएका छौँ। वैचारिक मन्थन, अभियान/आन्दोलन र सङ्गठन निर्माण अब तीन वटै कुरा अगाडी बढ्ने छ।
अब वैकल्पिक राजनीति थप सशक्त भएर अगाडी बढ्ने छ। वैकल्पिक राजनीतिमा मडारिएको बादल हट्दै छ। केहि समय धैर्य गर्नुहोला।
25/07/2021
आज विवेकशील साझा पार्टीका सचिवालय सदस्य पुकार बम, संघीय समिति सदस्य हरीश भट्ट र बागमती प्रदेश संचार विभाग प्रमुख रन्जन कार्कीले पूर्व प्रधानमन्त्री झलनाथ खनाललाई उपलब्ध गराएको उपचार खर्च गैर कानुनु छ भन्दै प्रधानमन्त्री कार्यालयमा RTI र ज्ञापनपत्र दर्ता गराउनुभएको छ।
जनस्वास्थ्य ऐन, २०७५ को दफा ३० मा अनुसार- ''प्रचलित कानूनमा जुनसुकै कुरा लेखिएको भए तापनि कुनै व्यक्तिलाई विदेशमा उपचार गर्नु परेमा सो को लागि लाग्ने खर्च नेपाल सरकारबाट उपलब्ध गराइने छैन" भन्ने कुरा स्पष्ट लेखिएको छ।
हामी नेपाल सरकारलाई यो गैर कानुनी काम नगर्न अनुरोध गर्दछौँ।
हामी पुर्व प्रधानमन्त्री झलनाथ खनाललाई गैर कानुनी उपचार खर्च नलिन अनुरोध गर्दछौं।
नेता खनाललाई नेपालको पूर्व प्रधानमन्त्री र नेपालको लोकतान्त्रिक आन्दोलनका अगुवा नेताको रूपमा हामी उहाँलाई सम्मान गर्दछौँ र आवश्यक परे हामी नागरिक स्तरमा उहाँको स्वास्थ्योपचार खर्च जुटाउन पहल गर्न तैयार छौँ, तर उहाँको लागि भनेर सरकारले गैर कानुनी रूपमा खर्च वितरण नगरोस् भनेर सचेत गराउन चाहन्छौँ।
09/07/2021
अक्स्फोर्ड विश्वविद्यालयको अध्ययनअनुसार अमेरिकाका ४७ प्रतिशत श्रमिकको जागिर अटोमेसनले विस्थापित गर्दै छ। अब दिमाग लगाउन नपर्ने कामका निम्ति मानिस चाहिनेवाला छैन। साइन ठोकेर जागिर पकाउन अबको आउँदो दशकपछि पाइनेछैन। त्यो काम कम्प्युटर, रोबोटले गर्नेछ।
प्रोफेसर क्याथी डेभिड्सनले आफ्नो किताब ‘नाउ यु सी इट’मा भनेकी छन्, ‘अहिले पढिरहेका ६५ प्रतिशत विद्यार्थीले भविष्यमा त्यस्तो काम गर्नेछन्, जुन काम अहिलेसम्म कसैले गरिरहेको छैन। अनि, यो भयंकर परिवर्तन भइरहेको संसारमा हाम्रा बुबा–आमा, बुबा–आमाको पनि बुबा–आमा अनि उहाँहरूको बुबा आमाको पनि बुबा–आमालाई पढाएको कुरा पढाएर फरकपन आउनेवाला छैन।’
पूरा लेख:
के हाम्रा विद्यार्थीले रोबोटलाई हराउन सक्लान् ? अहिलेको शिक्षाले हामीलाई असफल ‘रोबोट’ बनाइरहेको छ, स्मार्ट रोबोटहरूको उदयसँगै हाम्रो शिक्षा पूर्ण रूपमा
11/06/2021
उज्वलदाइलाई हामी भगवान् बनाउने छैनौँ। हामी दस्ताबेजमा उज्वलपथ भनेर लेख्ने छैनौँ तर हामी उज्वलदाइले कोरेको पथमा भने सधैँ हिँड्ने छौँ। उज्वल थापा आफैमा एउटा विचार हो, क्रान्ति हो, विवेकशील आफैमा एउटा अभियान हो, सुसंस्कृत राजनीतिको आन्दोलन हो। यो जारी रहने छ र उज्वलदाइ यसैमा जिवित रहनुहुनेछ।
-Milan Pandey
उज्वल थापा : नेता जन्माउने नेता २१ वर्षे युवतीलाई देशकै ठूलो सहरको मेयर बन्न अघि बढाउने, ३२ वर्षे युवालाई पार्टीको नेतृत्व सुम्पिने आँट र
बज्जिका भाषाको यो सचेतनामुलक भिडियोका लागि केन्द्रीय सदस्य Bivek Sharma जी लाई धेरै धन्यवाद ।
विवेकशील साझा पार्टीका नेता, केन्द्रीय सचिवालय सदस्य Pukar Bam को आग्रह:
Click here to claim your Sponsored Listing.
Location
Category
Contact the business
Website
Address
Balaju
