नेपाल विद्युत प्राधिकरण, बालाजु वितरण केन्द्रको डिजिटल यात्रा: नयाँ राजस्व व्यवस्थापन प्रणाली (RMS) सुरु!
आदरणीय ग्राहकवर्ग,
समयको माग र प्रविधिको विकाससँगै हामीले आफ्नो बिलिङ प्रणालीलाई आधुनिक र स्वचालित RMS (Revenue Management System) मा रूपान्तरण गरेका छौँ। बालाजु वितरण केन्द्रबाट पहिलो पाइलट प्रोजेक्टको रूपमा सुरु भएको यो नयाँ प्रणालीका बारेमा बुझ्नै पर्ने मुख्य ५ कुराहरू यस भिडियोमा समेटिएका छन्:
1. नयाँ राजस्व प्रणाली: २४सै घण्टा अनलाइन भुक्तानीको सुविधा, जसले गर्दा कार्यालय आउने समय र ऊर्जा दुवैको बचत।
2. पेपरलेस तर्फको कदम: अब भौतिक कागजको बिल वितरण पूर्ण रूपमा बन्द गरिएको छ। बिलको जानकारी सिधै तपाईंको मोबाइलमा SMS मार्फत उपलब्ध हुनेछ।
3. भुक्तानी समस्या समाधान: प्राविधिक अवरोधहरूको तत्काल निकास र जुनसुकै शाखाबाट पनि बिना झन्झट सेवा लिन सकिने।
4. नयाँ कन्जुमर आईडी प्राप्त गर्ने तरिका: eSewa वा Khalti एपमा गई आफ्नो पुरानो SC Number र Consumer ID राखेर नयाँ १० अंकको Consumer Number सहजै पत्ता लगाउन सकिने।
5. सम्पर्क र सहयोग: कार्यालय समयभित्र कुनै पनि समस्या परेमा हामीलाई सिधै सम्पर्क गर्न सक्नुहुनेछ:
लेखा शाखा: ०१-४९८१०४०
डिजिटल नेपाल निर्माणको यो अभियानमा हामीलाई साथ दिनुहोस्। नयाँ RMS प्रणाली अपनाऔँ, समयको बचत गरौँ! 🙏
Balaju Distribution Center, Nepal Electricity Authority
To provide general information about the Distribution of Electricity and Related Consumer Services
14/05/2026
हार्दिक बिदाइ तथा स्वागत कार्यक्रम 💐🎉
नेपाल विद्युत प्राधिकरण, बालाजु वितरण केन्द्रमा कार्यरत रहँदा आफ्नो कार्यक्षमता, इमानदारिता र कर्तव्यनिष्ठताका साथ सेवा पुर्याउनुभई हाल बढुवा तथा सरुवा भई जान लाग्नुभएका आदरणीय कर्मचारीहरू:
१. श्री शिव कुमार महतो ज्यू
२. श्री दर्शन के.सी. ज्यू
३. श्री उमा शंकर शाह ज्यू
तपाईँहरूले यस केन्द्रको लागि पुर्याउनुभएको अतुलनीय योगदानको उच्च कदर गर्दै आगामी कार्यकालको, सुस्वास्थ्य, दीर्घायु एवं उत्तरोत्तर प्रगतिको हार्दिक शुभकामना व्यक्त गर्दछौँ। नयाँ कार्यक्षेत्रमा पनि तपाईँहरूको ऊर्जा र दक्षताले थप उचाइ मिल्नेछ भन्ने हाम्रो पूर्ण विश्वास छ।
🤝 हार्दिक स्वागत
नेपाल विद्युत प्राधिकरण, महाराजगञ्ज वितरण केन्द्रबाट सरुवा भई यस बालाजु वितरण केन्द्रमा आउनुभएका:
श्री माधव भगत ज्यू
हाम्रो यस कार्यालय परिवारमा तपाईँलाई हार्दिक स्वागत गर्दछौँ। तपाईँको अनुभव, कार्यकुशलता र विज्ञताले यस केन्द्रको सेवा प्रवाहलाई थप प्रभावकारी बनाउन महत्वपूर्ण टेवा पुग्ने अपेक्षा राखेका छौँ।
नेपाल विद्युत प्राधिकरण
बालाजु वितरण केन्द्र परिवार 🇳🇵
21/04/2026
लाइन चार्ज सम्बन्धि जानकारि ।।।
विद्युत् सेवालाई थप भरपर्दो, गुणस्तरीय बनाउन र फिडर ओभरलोडको समस्या समाधान गर्न आजदेखि थप ३ वटा नयाँ फिडरहरू सञ्चालनमा ल्याइएको सहर्ष जानकारी गराउँदछौँ ।
अबदेखि निम्न क्षेत्रहरूमा नयाँ फिडरमार्फत विद्युत आपूर्ति हुनेछ:
१. लोलाङ्ग फिडर:- साबिक बिष्णुमति फिडरबाट सञ्चालित नेपालटार पुल, नेपालटार खानेपानी, बसन्तनगर खेतको गरा, दगुर्नेपानी, शेषमति पुल, तारकेश्वर हस्पिटल अगाडि, शेषमति सानोपुल, पैयाटार सनफ्लावर स्कुल, रिमालदाइको घर, पैयाटार चौतारा, लामाचोक, दुप्चेश्वर मन्दिर क्षेत्र, बंगलामुखी मन्दिर, र जोरगणेश मन्दिरदेखि पैयाटार खानापिना सम्मका क्षेत्रहरु अब लोलाङ्ग फिडर मार्फत बिधुत आपूर्ति गरिनेछ ।
२. डाँडागाँउ फिडर:- साबिक धर्मस्थली फिडरबाट सञ्चालनमा रहेका क्षेत्रहरु नागपोखरी, फुटुङ्ग खुलालटार, ट्याङ्की कारखाना, ठुलोइनार, मनमैजु मन्दिर अगाडि, मनमैजु कवडहल, फुटुङ्ग टुसालचौर, चौकी, पिपलबाट र काठमाडौँ भ्याली स्कुल क्षेत्रहरुमा अब डाँडागाँउ फिडर मार्फत बिधुत आपूर्ति गरिनेछ ।
३. थापागाँउ फिडर:- साबिक मनमैजु फिडरको लोड घटाने उद्देश्यले (फुटुङ्गदेखि बासुकी पुल ब्रान्च सम्म) फुटुङ्ग चौतारा, थापागाँउ जाने बाटो, थापागाँउ एरिया पुरै, बुढाथोकी गाउँ, दियालो बस्ती देखि बासुकी नागथानको ब्रान्चसम्मका क्षेत्रहरुमा अब थापागाँउ फिडर मार्फत बिधुत आपूर्ति गरिनेछ ।
पहिले ७ वटा फिडरले मात्र धानिरहेको क्षेत्रलाई अहिले विस्तार गरी थप ७ वटा नयाँ फिडर सहित कुल १४ वटा फिडर सञ्चालनमा ल्याइएको छ ।
• पुराना फिडरहरू: नागार्जुन, गोलढुङ्गा, बिष्णुमति, ढुङ्गेधारा, धर्मस्थली, जरङ्गखु, र मनमैजु।
• नयाँ थपिएका फिडरहरू: रानिबन, काभ्रेस्थली, भेडिगोठ, थापागाँउ, डाँडागाँउ, साङ्गला, र लोलाङ्ग।
यसले फिडर ओभरलोडको समस्या न्यूनिकरण गर्नुका साथै आवश्यक अवस्थामा वैकल्पिक मार्गबाट समेत विद्युत् आपूर्ति गर्न सकिने व्यवस्था सुदृढ भएको छ। फलस्वरूप, विद्युत् आपूर्तिको गुणस्तर तथा विश्वसनीयतामा उल्लेखनीय सुधार आउने अपेक्षा गरिएको छ।
यस कार्यमा प्रत्यक्ष तथा अप्रत्यक्ष रूपमा सहयोग गर्नुहुने सम्पूर्ण व्यक्तिहरूप्रति हार्दिक धन्यवाद तथा विशेष आभार व्यक्त गर्दछौँ।
सूचना: अनलाइन भुक्तानी, नयाँ उपभोक्ता नम्बर र महसुल विवरण सम्बन्धी
सम्पूर्ण आदरणीय ग्राहक महानुभावहरूमा नमस्कार,
यस बालाजु वितरण केन्द्रमा नयाँ ‘राजस्व व्यवस्थापन प्रणाली’ (Revenue Management System) लागू भएसँगै भुक्तानी प्रक्रियामा आएका केही महत्त्वपूर्ण जानकारीहरू यस सूचनाद्वारा अवगत गराइन्छ:
१. अनलाइन भुक्तानी सेवा:
हाललाई अनलाइन भुक्तानी सेवा eSewa र Khalti मार्फत मात्र गर्न सकिने व्यहोरा जानकारी गराइन्छ। विशेषगरी iPhone प्रयोगकर्ताहरूका लागि eSewa एपमा प्राविधिक समस्या देखिएकोले, उक्त समस्या समाधान नभएसम्म iPhone प्रयोगकर्ताहरूले खल्ती बाट भुक्तानी गर्न अनुरोध गरिन्छ।
२. नयाँ उपभोक्ता नम्बर (Consumer Number) सम्बन्धी:
नयाँ प्रणाली लागू भएपछि साविकको ग्राहक नम्बर र आइडी परिवर्तन भएको छ।
भुक्तानी प्रक्रिया: eSewa/Khalti एप प्रयोग गरी निम्न प्रक्रियाबाट नयाँ नम्बर प्राप्त गर्न सक्नुहुनेछ:
एप भित्र रहेको 'Get Consumer ID' विकल्पमा जानुहोस्।
आफ्नो पुरानो SC Number र Consumer ID प्रविष्ट गर्नुहोस्।
त्यसपछि तपाईंले आफ्नो नयाँ १० अंकको 'Consumer Number' तुरुन्तै प्राप्त गर्न सक्नुहुनेछ।
एरिया २१६ का ग्राहकहरूका लागि: केही ग्राहकहरूको नयाँ आइडी साविकको नम्बरबाट प्राप्त नहुन सक्छ। यस्तो अवस्थामा नेपाल विद्युत प्राधिकरणबाट तपाईंको मोबाइलमा आएको SMS मा उल्लेखित नयाँ 'Consumer Number' प्रयोग गरी भुक्तानी गर्नुहोस्।
SMS प्राप्त नभएमा: यदि तपाईंलाई SMS प्राप्त नभएको खण्डमा कार्यालय समयभित्र यस वितरण केन्द्रमा सम्पर्क गरी आफ्नो नयाँ 'Consumer Number' प्राप्त गर्न सक्नुहुनेछ।
३. बिलिङ सम्बन्धी जानकारी:
यस वितरण केन्द्रबाट अबदेखि भौतिक बिल (Paper Bill) वितरण गरिने छैन। महसुल सम्बन्धी सम्पूर्ण विवरणहरू तपाईंको मोबाइलमा SMS मार्फत प्राप्त हुने हुँदा सोही अनुसार महसुल भुक्तानी गर्नुहुन अनुरोध छ।
४. सम्पर्क विवरण:
कुनै पनि समस्या वा जिज्ञासा भएमा कार्यालय समयभित्र निम्न प्रतिनिधिहरूसँग सम्पर्क गर्न सक्नुहुनेछ:
उत्तम पराजुली: ९८४१-३३३९६०
ध्रुवराज श्रेष्ठ: ९८४१६९२४०९
लेखा शाखा: ०१-४९११०४०
बालाजु वितरण केन्द्र
नेपाल विद्युत प्राधिकरण
नेपाल विद्युत प्राधिकरण (NEA) - आदरणीय उपभोक्ताहरूमा जरूरी सूचना!
नेपाल विद्युत प्राधिकरणले ग्राहक सेवालाई थप व्यवस्थित र आधुनिक बनाउन नयाँ 'Revenue Management System' लागू गरेको छ। अब उपभोक्ताहरूले ई-सेवा (eSewa) र खल्ती (Khalti) जस्ता डिजिटल वालेटहरू मार्फत विद्युत महसुल भुक्तानी गर्दा निम्न प्रक्रियाहरू अपनाउनु हुन अनुरोध छ:
१. काउन्टर चयन (Counter Selection)
बिल भुक्तानी गर्दा सबैभन्दा पहिले आफ्नो सम्बन्धित 'काउन्टर' बालाजु छनौट गर्नुहोस्।
२. नयाँ प्रणाली अनुसार अब १० अंकको नयाँ ग्राहक नम्बर (Consumer Number) प्रयोग गर्नुपर्नेछ। हाल मिटर रिडिङ गर्दा तत्काल भौतिक बिल (कागजी बिल) उपलब्ध नगराइने भएकोले, मिटर रिडिङ भएको बिल रकम र अन्य विवरणहरू प्राधिकरणको प्रणालीमा दर्ता भएको तपाईंको मोबाइल नम्बरमा SMS मार्फत मात्र पठाइनेछ। नयाँ ग्राहक नम्बर प्राप्त गर्नका लागि तपाईंले आफ्नो पुरानो बिलको विवरण (SC Number र Consumer ID) प्रयोग गरी नयाँ नम्बर पत्ता लगाउन सक्नुहुनेछ।
३. नयाँ ग्राहक नम्बर पत्ता लगाउने तरिका
यदि तपाईंलाई नयाँ नम्बर थाहा छैन भने, डिजिटल वालेट एप (eSewa/Khalti) मा गएर निम्न प्रक्रिया अपनाउनुहोस्:
एप भित्र रहेको 'Get Consumer ID' विकल्पमा जानुहोस्।
आफ्नो पुरानो SC Number र Consumer ID राख्नुहोस्।
त्यसपछि तपाईंले आफ्नो नयाँ १० अंकको नम्बर तुरुन्तै प्राप्त गर्न सक्नुहुनेछ।
४. भुक्तानी सेवा र शुल्क
उपलब्ध सेवा: हाल यो सेवा eSewa र Khalti बाट मात्र उपलब्ध छ। मोबाइल बैंकिङ सेवा पनि छिट्टै समन्वय गरी सुचारु गरिनेछ।
५. यदि तपाईंलाई कुनै समस्या वा जिज्ञासा भएमा कार्यालय समयभित्र निम्न नम्बरहरूमा सम्पर्क गर्न सक्नुहुनेछ:
०१-६४९३३६० (उत्तम पराजुली)
९८४१६९२४०९ (ध्रुवराज श्रेष्ठ)
०१-४९११०४० (लेखा शाखा)
नोट: समयमै महसुल भुक्तानी गरी लाइन काटिने झन्झटबाट जोगिनुहोस्।
नेपाल विद्युत प्राधिकरण
Balaju dcs
15/04/2026
आय व्यवस्थापन प्रणाली (RMS) समुद्घाटन सम्पन्न
मिति २०८३/०१/०२ गते नेपाल विद्युत प्राधिकरण, बालाजु वितरण केन्द्रमा एक विशेष कार्यक्रमका बीच “आय व्यवस्थापन प्रणाली” (Revenue Management System - RMS) को सफल समुद्घाटन सम्पन्न भएको छ।
यस प्रणालीमार्फत राजस्व व्यवस्थापनलाई थप चुस्त, पारदर्शी तथा प्रविधिमैत्री बनाउने लक्ष्य राखिएको छ।
यस नयाँ प्रणालीको कार्यान्वयनसँगै सेवाग्राहीहरूले अझ सहज, छिटो तथा प्रभावकारी रूपमा सेवा प्राप्त गर्ने अपेक्षा गरिएको छ। साथै, डिजिटल नेपालको अभियानलाई थप सशक्त बनाउँदै संस्थाको आन्तरिक व्यवस्थापनलाई आधुनिक बनाउने दिशामा यो महत्वपूर्ण कदम सावित हुनेछ।
13/04/2026
नेपाल विद्युत प्राधिकरण, बालाजु वितरण केन्द्र मा लामो समयसम्म आफ्नो ऊर्जावान् समय समर्पण गर्दै संस्थाको उन्नति र प्रगतिमा अतुलनीय योगदान पुर्याई आज सेवाबाट अवकाश लिनुहुने श्री विनोद श्रेष्ठ ज्यू प्रति हार्दिक सम्मान व्यक्त गर्दछौँ।
उहाँको कार्यकुशलता, निष्ठा र इमानदारिता हाम्रा लागि सधैँ प्रेरणाको स्रोत रहनेछ। सेवापछिको जीवन सुस्वास्थ्य, दीर्घायु, समृद्ध र सुखमय रहोस् भन्ने हार्दिक मंगलमय शुभकामना व्यक्त गर्दछौँ।
साथै, भरतपुर वितरण केन्द्र बाट सरुवा भई यस बालाजु वितरण केन्द्र मा कार्यभार सम्हाल्न आउनुभएका श्री कृष्ण प्रसाद न्यौपाने ज्यू लाई हार्दिक स्वागत गर्दछौँ।
उहाँको अनुभवी नेतृत्व र कुशल कार्यशैलीले यस केन्द्रलाई अझ नयाँ उचाइमा पुर्याउनेछ भन्नेमा हामी पूर्ण विश्वस्त छौँ। यहाँको कार्यकाल पूर्ण रूपमा सफल, उपलब्धिमूलक र सुखद रहोस् भन्ने हार्दिक शुभेच्छा प्रकट गर्दछौँ।
13/04/2026
📢 सूचना ।
मिति २०८३/०१/०१ देखि बालाजु वितरण केन्द्रमा नयाँ Revenue Management System (RMS) लागू हुन गइरहेको जानकारी गराइन्छ। यस क्रममा केही सेवा अस्थायी रूपमा प्रभावित हुन सक्नेछ।
🔹 सो दिन Online मार्फत विद्युत महसुल भुक्तानी पूर्णरूपमा बन्द रहनेछ।
🔹 हाललाई E-sewa र Khalti मार्फत मात्र भुक्तानी गर्न सकिनेछ।
🔹 अबदेखि बिल सम्बन्धी जानकारी SMS मार्फत मात्र प्राप्त हुनेछ (घरमा बिल नछोडिने)।
🔹 Consumer ID परिवर्तन हुने भएकाले SMS बाट प्राप्त नयाँ ID प्रयोग गर्नुहोला।
🔹नयाँ बिलिङ प्रणाली लागू भएपछि यस वितरण केन्द्रका कार्य क्षेत्रभित्र हुने मिटर रिडिङ कार्यको बिल रकम लगायतका जानकारीहरू SMS मार्फत मात्र प्राप्त हुने (साबिकको जस्तो घरमा बिल नछोडिने) व्यवस्था गरिएको हुँदा सोही अनुसार गर्नुहुन अनुरोध गरिन्छ। साथै यस सम्बन्धमा कुनै उपभोक्तालाई SMS प्राप्त नभएको खण्डमा कार्यालयमा सम्पर्क राखी आफ्नो सम्पर्क नम्बर अद्यावधिक गराउनु हुन जानकारी गराइन्छ। •
📞 जानकारी/समस्या लागि सम्पर्क: फोन नम्बरहरू ०१६४९३३६० (उत्तम पराजुली), ९८४१६९२४०९ (ध्रुवराज श्रेष्ठ), ०१-४९११०४० (लेखा शाखा) मार्फत कार्यालय समय भित्र सम्पर्क गर्न सकिनेछ।
🙏 असुविधाप्रति क्षमाप्रार्थी छौं।
बालाजु वितरण केन्द्र
नेपाल विद्युत प्राधिकरण
09/04/2026
विद्युत सुरक्षा दिवसको अवसरमा सचेतनामूलक र्याली
विद्युत सुरक्षा दिवसको अवसरमा नेपाल विद्युत प्राधिकरण का कर्मचारीहरूद्वारा सचेतनामूलक र्याली आयोजना गरिएको छ। यस र्यालीको मुख्य उद्देश्य उपभोक्ताहरूलाई विद्युत प्रयोग गर्दा अपनाउनुपर्ने सावधानीबारे जानकारी दिनु हो।
विद्युत हाम्रो जीवनको अभिन्न अङ्ग बनेको छ। तर यसको असुरक्षित प्रयोगले ज्यान जाने तथा धनमालको क्षति हुने जोखिम पनि उत्तिकै उच्च हुन्छ। त्यसैले विद्युत प्रयोग गर्दा सधैँ सजग र सचेत रहनु अत्यन्त आवश्यक छ।
र्याली मा सहभागीहरूले “विद्युतीय खतराबाट बचौँ र बचाऔँ”, “सुरक्षा पहिलो”, “विद्युत चोरी नगरौँ” जस्ता सन्देशमूलक नारा लेखिएका प्लेकार्डहरू बोकेका थिए। यी नाराहरूले हामी सबैलाई विद्युत सुरक्षाको महत्त्वबारे सचेत गराउँछन्।
विद्युत प्रयोग गर्दा अपनाउनुपर्ने सावधानीहरू
विद्युतीय तारहरूलाई नाङ्गो हातले नछुने: तारहरू सधैँ सुरक्षित अवस्थामा राख्ने।
भिजेको हातले विद्युतीय उपकरण नछुने: उपकरणहरूलाई पानीबाट टाढा राख्ने।
क्षतिग्रस्त तार तुरुन्तै परिवर्तन गर्ने: यसले आगलागी र करेन्ट लाग्ने जोखिम बढाउँछ।
ओभरलोड नगर्ने: धेरै लोडले उपकरण तातेर दुर्घटना हुन सक्छ।
विद्युत चोरी नगर्ने: यो कानुनी अपराध मात्र होइन, अत्यन्त जोखिमपूर्ण पनि हो।
विद्युत सुरक्षा हाम्रो सामूहिक जिम्मेवारी हो। सानो-सानो सावधानी अपनाएर हामी ठूला दुर्घटनाबाट बच्न र बचाउन सक्छौँ। , हामी सबै विद्युत सुरक्षाप्रति प्रतिबद्ध बनौँ र सुरक्षित समाज निर्माणमा योगदान गरौँ।
भेडिगोठ फिडरकाे काभ्रेस्थली ढप्पुटोलमा रहेकाे २०० के भि ए ट्रान्सर्फमर जलेकाे हुँदा काभ्रेस्थली भेडिगाेठ, काभ्रेस्थली स्कुल एरिया र काभ्रेस्थली ढप्पुटोल एरियामा लाइन बन्द छ । उक्त्त स्थानमा भाेलि बिहान नयाँ ट्रान्सर्फमर बदलि कार्य पछि मात्र लाइन सुचारु हुने छ । यसबाट ग्राहकहरुमा पर्न जाने असुविधाप्रति क्षमाप्रार्थी छौं ।
Click here to claim your Sponsored Listing.
Location
Category
Contact the business
Website
Address
Balaju
Opening Hours
| Monday | 10:00 - 17:00 |
| Tuesday | 10:00 - 17:00 |
| Wednesday | 10:00 - 17:00 |
| Thursday | 10:00 - 17:00 |
| Friday | 10:00 - 15:00 |
| Sunday | 10:00 - 17:00 |
