29/06/2026
चण्डेश्वरी मन्दिर व्यापारकाे लागि मात्रै हाे त ?
चण्डेश्वरी मन्दिरमा सत्तल चाहिए दिनकाे कसरी हाे ?
याे फाेन न. कसैकाे निजि हाे या संस्थाकाे हाे ?
कि याे मन्दिर र सत्तलहरू नै व्यक्तिगत हाे ?
संस्था हाे भने कुन संस्था हाे ?
मन्दिरका संस्थाहरू कहाँ छ ?
अफिस कहाँ छ ?
अफिस कहिले खुल्छ कि सबै काम फाेन बाटै हुने हाे ?
अफिस र सरसामान राख्ने भनेर भएभरकाे सत्तलहरू कब्जा गरेर बन्द गरेर राख्ने अनि कसैले बुझ्न खाेज्न अध्ययन गर्न चाहिँ समितिकाे काे हाे नै थाहा नहुने र कसैले ढाेका नखाेलिदिने ।
याे काम कस्ले गरेकाे खुलाउनु नपर्ने ?
व्यक्ति हाे भने काे हाे त्याे जस्ले फल्चा व्यक्तिगत जस्ताे बनाए संस्था हाे भने कुन हाे ? आधिकारिकता खाेई ?
मन्दिरमा बरू त्याे सत्तलहरू भित्र भएका वा अव्यवस्थित राखेका मुर्ती सम्पदा अभिलेखहरू हेर्न चाँहि कसलाई सम्पर्क गर्ने हाे ?
चण्डेश्वरी मन्दिर कसैकाे निजि पेवा हाे ?
केहि सिमित व्यक्तिले चाहे जे पनि हुने तर सर्वसाधारणहरूलाई त भगवान ईतिहास सम्पदा संस्कृति देखि नै बञ्चित गराउने याे संस्थाहरू मन्दिर बाट कहिले लखेटिने ?
मन्दिरमा व्यापार मात्रै हाे ? संरक्षण खाेइ सुरक्षा खाेई ?
ती फल्चाहरूकाे सहि सदुपयाेग सहि नियतले काम गर्ने संस्था चाँहिएकाे छ यस्ताे व्यापारी संस्था हाेइन ।
हाम्राे आस्था भक्ति सम्पदा संस्कार संस्कृतिलाई व्यापार नबनाउ ।🙏🙏🙏
Vishan Madhikarmi Shrestha