10/04/2026
आदरणीय अभिभावकज्यूहरू, शिक्षाप्रेमी महानुभावहरू तथा आमा-बुबा, दाजु-भाइ एवं दिदी-बहिनीहरू,
शिक्षा नै भविष्य निर्माणको जग हो। हाम्रो गाउँ-ठाउँको शैक्षिक केन्द्रका रूपमा रहेको यस विद्यालयको चौतर्फी विकास, गुणस्तरीय शिक्षण र पारदर्शी व्यवस्थापनका लागि मैले विद्यालय व्यवस्थापन समितिको "अध्यक्ष" पदमा आफ्नो उम्मेदवारी प्रस्तुत गरेको छु।
विद्यालयलाई केवल भवनमा मात्र सीमित नराखी, यसलाई एउटा वास्तविक 'नमुना विद्यालय' बनाउने मेरो दृढ संकल्प छ।
मेरो उम्मेदवारी किन?
🏫 शैक्षिक सुधार: विद्यालयको शैक्षिक स्तर सुधार गरी निजी विद्यालयसँग प्रतिस्पर्धा गर्न सक्ने बनाउन।
🔍 पूर्ण पारदर्शिता: विद्यालयको आर्थिक कोष र प्रशासनिक निर्णयहरूमा शतप्रतिशत पारदर्शिता कायम गर्न।
💻 आधुनिक शिक्षा: विद्यार्थीहरूलाई प्रविधि र कम्प्युटर शिक्षासँग जोड्दै व्यावहारिक सिकाइमा जोड दिन।
⚽ खेलकुद र अतिरिक्त क्रियाकलाप: खेल मैदानको उचित व्यवस्थापन र विद्यार्थीहरूको प्रतिभा प्रस्फुटनका लागि नियमित कार्यक्रम सञ्चालन गर्न।
🤝 अभिभावकको आवाज: विद्यालयको निर्णय प्रक्रियामा अभिभावकहरूको सक्रिय सहभागिता र सुझावलाई सम्मान गर्न।
नयाँ सोच, युवा ऊर्जा र विद्यालय बनाउने स्पष्ट कार्ययोजनासहित म तपाईंहरूको माझमा आएको छु। विद्यालयको भविष्य र हाम्रा छोराछोरीको उज्यालो भविष्यका लागि मलाई यहाँहरूको साथ, सहयोग र सद्भावको पूर्ण अपेक्षा छ।
"परिवर्तनका लागि सही नेतृत्व, विद्यालयको विकास हाम्रो प्रतिबद्धता!"
धन्यवाद!इन्द्र जीत कुमार राय Indrajeet Kumar Ray Bhar Indrajeet Aazad Indra Aazad Indrajeet Aazad Indrajeet Kumar Ray Bhar
10/03/2026
-बेरोजगार व्यक्तिको सूचिमा सूचिकृत हुने सम्बन्धी सूचना।
17/01/2026
सनोज कुमार यादव द्वारा रुपन्देही १ देखी चुनावी मैदानमा उत्रिने प्रबल सम्भावना ।
31/12/2025
"एक कलम र एक कापीले संसार बदल्न सक्छ।" 🌍🖋️
भन्ने मुलनाराको साथ केही बिद्यार्थी हरुलाई युवा समाजसेवी इन्द्रजित कुमार राय द्वारा स्टेसनरी वितरण गर्ने भएको जानकारी आएकोछ।
29/12/2025
NEWS FLASH- बालेन्द्रलाई साक्षी राखेर रवि-कुलमानबीच सहमती, कुलमान रास्वपामा उपसभापति
29/12/2025
निर्वाचन प्रक्रिया रोक्न माग गर्दै निर्वाचन आयोग भित्रै जेनजी युवाहरुको प्रदर्शन
29/12/2025
एउटा कार्यक्रम को प्रमुख अतिथि हुनालाइ पालिका भन्दा बहिराको लागी रु ५० हजार बजेट बिनियोजन गरिएको तथ्य रोहिणिमा सर्बजनिक भएकोछ।
28/12/2025
बालेन प्रधानमन्त्रीको उमेद्वार। रवि लामिछाने सभापती नै रहने सहमती भयो।
४८ घन्टाको अनवरत खटाई पश्चात अन्ततः यसरी भयो संझौताः-
१. नवयुवाहरुले भ्र'ष्टाचार र कुशा"सन विरुद्ध गरेको आन्दोलनको अपनत्व लिंई, घाईते तथा शहिद परिवारका मागहरुको यथोचित सम्वोधन गर्ने प्रतिवद्वता जनाउँने,
२. समुन्नति र सामाजिक न्यायका राष्ट्रिय उद्देश्यहरुका लागि गरिनु पर्ने गहिरा नीतिगत, संस्थागत एवं संरचनात्मक सुधारहरु मार्फत आर्थिक-सामाजिक उन्नयन र सुसंस्कृत राजनीतिक अभ्यासको जगमा अर्को दश वर्षभित्र नेपाललाई सम्मानजनक मध्यम-आय भएको राष्ट्र बनाउने मार्गचित्रको इमान्दार कार्यान्वयनप्रति समर्पित हुने,
३. पहिलो पक्ष र दोश्रो पक्षबीच बृहत् एकता भए पश्चात् स्थापित हुने राजनीतिक दलको नाम 'राष्ट्रिय स्वतन्त्र पार्टी, दलको झण्डा साविककै निलो पृष्ठभूमिको मध्य भागमा सेतो रङ्गको गोलाकार बीचमा निलो रङ्गको घण्टीको आकृति, दलको चुनाव चिन्ह 'घण्टी र केन्द्रीय कार्यालय काठमाडौँ उपत्यकामा रहने,
४. राष्ट्रिय स्वतन्त्र पार्टीको केन्द्रीय सभापति रवि लामिछाने रहने र आसन्न प्रतिनिधि सभाको निर्वाचनपछि संसदीय दलको नेता तथा भावी प्रधानमन्त्रीको उम्मेदवार बालेन्द्र शाह हुने,
५. बृहत् एकता पश्चात् पार्टीको संगठनात्मक संरचनालाई थप सक्षम र फराकिलो बनाउन युवा अभियन्ता एवं अनुभवी विज्ञहरुलाई समुचित समायोजन गर्दै जिम्मेवारी तोक्दा योग्यता, समावेशिता र सार्वजनिक छविलाई आधार मान्ने,
६. आसन्न आमनिर्वाचन लगत्तै यस सम्झौता बमोजिम राष्ट्रिय स्वतन्त्र पार्टी सम्बन्धी दस्तावेज निर्वाचन आयोगमा अद्यावधिक गर्ने,
७. राष्ट्रिय स्वतन्त्र पार्टीको सिद्धान्त, नेतृत्व र चुनाव चिन्ह 'घण्टी' मा गोलबद्ध भइ लोकतान्त्रिक सुशासन, समुन्नति र सामाजिक न्यायका मुद्धा अघि बढाउन अन्य सुसंस्कृत एवं परिवर्तनकामी वैकल्पिक राजनीतिक शक्ति, समूह र व्यक्तिहरुलाई आव्हान गर्ने।
23/12/2025
आदरणीय युवा साथीहरू,
स्थानीय विकासमा युवाहरूको भूमिका, वर्तमान चुनौती र आगामी योजनाहरूका बारेमा खुला छलफल तथा अनुभव आदानप्रदान गर्नका लागि "युवाहरूसँग पूर्व पालिका अध्यक्ष" विषयक एक विशेष अन्तरक्रिया कार्यक्रम आयोजना गरिएको छ।
यस कार्यक्रममा यहाँहरूको सक्रिय उपस्थिति र महत्वपूर्ण सुझावहरूको लागि हार्दिक निमन्त्रणा गर्दछौँ।
कार्यक्रमको विवरण:
प्रमुख अतिथि: पूर्व पालिका अध्यक्ष
मिति: २०८२ साल पुस १२ गते, शनिबार
समय: बिहान ११:०० बजे
स्थान: धकधई
छलफलका मुख्य विषयहरू:
स्थानीय तहमा युवा स्वरोजगार र उद्यमशीलता।
पालिकाको विकासमा युवाहरूको रचनात्मक भूमिका।
अनुभव साटासाट र भविष्यको मार्गचित्र।
"तपाईँको विचार, हाम्रो विकास – समृद्ध पालिकाका लागि युवा सहभागिता"
12/08/2025
जन्मदिनको अवसरमा सु स्वास्थ्य दिर्घायु एवं उत्तरोत्तर प्रगतिको हार्दिक मंगलमय शुभ कामना छ संदीप वर्मा ज्यू 🎂