Shree Durga Mandir Naya Gaun,Rani Gaun Si Na Pa 1

Shree Durga Mandir Naya Gaun,Rani Gaun Si Na Pa 1

Share

Contact information, map and directions, contact form, opening hours, services, ratings, photos, videos and announcements from Shree Durga Mandir Naya Gaun,Rani Gaun Si Na Pa 1, Social service, Naya gaun rani gaun, Bhairahawa.

13/04/2026

नयाँ बर्ष २०८३ को सम्पुर्ण नयाँ गाउँ रानी गाउँ सम्मज का सदस्य ज्यु हरुमा हार्दिक मंगलमय शुवकामना व्यक्त गर्दछु ।

नन्द कुमार राना
सचीव
श्री दुर्गा मन्दिर समिती
नयाँ गाउँ रानी गाउँ

Photos from Shree Durga Mandir Naya Gaun,Rani Gaun Si Na Pa 1's post 11/04/2026

आज मिति २०८२/१२/२८ गते शनिबार नयाँ गाउँ रानी गाउँ ,द्वारा बर्ष २०८२ को सनिशचरि माइ को पुजा भब्यताका साथ सम्पन्न गरियो ।

Photos from Shree Durga Mandir Naya Gaun,Rani Gaun Si Na Pa 1's post 09/04/2026

आज मिति २०८२/१२/२६ गते बिहीवार पुनः निर्माण भैरहेको नयाँ गाउँ स्थित श्री दुर्गा मन्दिरको छत को ढलान कार्य सफलतापुर्वक सम्पन्न भएको सम्पुर्ण सदस्य ज्यु हरुमा जानकारी गराउन चाहन्छु।
आज दुर्गा माता लाई शितलमा राख्न सफल भएका छौ । दुर्गा माताको आशिर्वाद सबैमा सदा रहि रहोस । धन्यबाद्🙏🙏🙏🙏🙏🙏

Photos from Shree Durga Mandir Naya Gaun,Rani Gaun Si Na Pa 1's post 09/04/2026

आज मिति २०८२/१२/२६ गते बिहीवारका दिन दुर्गा मन्दिरको ढ्लाइ गर्नु अघि लिएका तस्बिर हरु

09/04/2026

आज मिति २०८२/१२/२६ गते बिहीवारका दिन पुनः निर्माण हुदै गरेको श्रीदुर्गा मन्दिर को ढ्लाइ कार्य दुर्गा मन्दिर का अध्यक्ष श्री याम बहादुर थापा ज्यु द्वारा पुजा पाठ गरि सुभारम्भ गरियो ।

25/03/2026

🙏🙏हार्दिक श्रद्धाञ्जली 🙏🙏

यसै नयाँ गाउँ रानी गाउँ समाजका सदस्य नयाँ गाउँ दुर्गा मन्दिर लाइन निवासी श्री तिलु गुरुङ ज्यु को श्रीमती आशा गुरुङ ज्यु को आज मिति २०८२/१२/११ गते बुधबार का दिन ५३ बर्ष को उमेरमा आफ्नै निवासमा बिहान पख भएको असामयिक निधनले गाउँ समज अत्यन्तै मर्माहत र स्तब्ध भएकाछौ । शोक को यस घडिमा मृत आत्माको चिर शान्तिको कामना सहित भावपुर्ण श्रद्धाञ्जली अर्पण गर्दछौं साथै शोकाकुल परिवार जनमा धर्य धारण गर्ने शक्ति भगवान बुद्धले प्रदान गरून् भनी गहिरो समबेदना प्रकट गर्दछौं ।

नन्द कुमार राना
सचीव
श्री दुर्गा मन्दिर समिति
नयाँ गाउँ रानी गाउँ समाज
सि.न.पा.-१

22/03/2026

🙏🙏हार्दिक श्रद्धाञ्जली 🙏🙏

यसै नयाँ गाउँ रानी गाउँ समाजका सदस्य नयाँ गाउँ निवासी मंगलि थापा ज्यु को आज मिति २०८२/१२/०८ गते बिहान ०६:१८ बजे ५६ बर्ष को उमेरमा बुटवल स्थित तिनाउ हस्पिटल मा उपचारको क्रममा असामयिक निधन भएकोले हामी गाउँ समाज परिवार मर्माहित तथा स्तब्ध भएका छौ ।यस दुःखद् घडीमा मृत आत्माको चिर शान्तिको कामना सहित भावपुर्ण श्रद्धाञ्जली अर्पण गर्दछौं साथै शोक सन्तप्त परिवार जनमा धर्य धारण गर्ने शक्ति ईश्वर ले प्रदान गरून् भनी हार्दिक गहिरो समबेदना व्यक्त गर्दछौं ।

नन्द कुमार राना
सचीव
श्री दुर्गा मन्दिर
नयाँ गाउँ रानी गाउँ समाज

नोट : आजै स्व. मंगलि थापा को नयाँ गाउँ रानी गाउँ समाजको स्वर्ग्द्वारी घाट्मा लगिने भएकोले उपस्तिथि को लागी अनुरोध गर्दछु ।

Photos from Shree Durga Mandir Naya Gaun,Rani Gaun Si Na Pa 1's post 18/03/2026

पर्यटन डिभिजन कार्यलय रुपन्देही बाट बिनियोजन भएको बजेटद्वारा नयाँ गाउँ रानी गाउँ स्थित श्री दुर्गा मन्दिर मा नयाँ गजुर बनाउन को लागि मन्दिर को पुन: निर्माण कार्य तिब्र गतिमा चलिरहेको सबै मा जानकारी गराउदछु।

12/03/2026

" भावपुर्ण श्रद्धाञ्जली 🙏🙏🙏

यसै नयाँ गाउँ रानी गाउँ समाजका सदस्य नयाँ गाउँ निवासी श्री बिष्णु माया थापा ज्यु ( सुके भाइ को आमा) को आफ्नै निवासमा मिति २०८२/११/२८ गते बिहिवार का दिन दिउँसो १२:४५ बजे ९४ बर्ष को उमेरमा असामयिक निधन भएकोले यस नयाँ गाउँ रानी गाउँ समाज परिवार स्तब्ध भएका छौ ।यस दु:खद घडीमा दिवङ्गत आत्माको चिर शान्ति को कामना गर्दै भावपुर्ण श्रद्धाञ्जली अर्पण गर्दछौं साथै शोक सन्तप्त परिवारमा धर्य धारण गर्ने शक्ति ईश्वरले प्रदान गरून् भनी हार्दिक समबेदना प्रकट गर्दछौं ।

नन्द कुमार राना
सचीव
श्री दुर्गा मन्दिर नयाँ गाउँ रानी गाउँ
समाज परिवार
सि.न.पा.-१

Photos from Shree Durga Mandir Naya Gaun,Rani Gaun Si Na Pa 1's post 06/03/2026

विशेष धन्यवाद 🙏🙏🙏

यसै नयाँ गाउँ रानी गाउँ समाजका सदस्य तथा दुर्गा मन्दिर लाइन नयाँ गाउँ निवासी श्री भविसरा गुरुङ ज्युले आफ्नो स्व. श्रीमान देविलाल गुरुङ को नाममा यसै समाजमा रहेको दुर्गा मन्दिर लाई आर्थिक सहयोग स्वरूप रु. ५५,०००/- सहयोग गर्नु भएकोमा यहाँ लाई हार्दिक आभार का साथ विशेष धन्यवाद सहित यहाँ को सम्पुर्ण परिवारजनमा दुर्गा माताको आशिर्वाद सदा रहि रहोस भनी कामना गर्दछौं ।

श्री दुर्गा मन्दिर समिती
नयाँ गाउँ रानी गाउँ समाज
सि.न.पा.-१

Photos from Shree Durga Mandir Naya Gaun,Rani Gaun Si Na Pa 1's post 18/02/2026

विशेष धन्यवाद 🙏🙏🙏

सि.न.पा.-२ मेउडिहवा निवासी ( सावनको बजै) श्री कला राना ज्यु बाट नयाँ गाउँ रानी गाउँ मा रहेको श्री दुर्गा मन्दिर मर्मतको लागि आर्थिक सहयोग रु. ५,००५/- उपलब्ध गराइदिनु भएकोमा विशेष धन्यवाद सहित माता दुर्गा भवानी को आशिर्वाद सम्पुर्ण परिवार जनमा सदा रहि रहोस भनी कामना गर्दछौं ।

श्री दुर्गा मन्दिर समिति परिवार
नयाँ गाउँ रानी गाउँ
सि.न.पा.-१

Photos from Shree Durga Mandir Naya Gaun,Rani Gaun Si Na Pa 1's post 15/02/2026

आज मिति २०८२/११/०३ गते महाशिवरात्री को शुभ दिनमा यसै नयाँ गाउँ रानी गाउँ आमा समूह द्वारा गाउँ समाज लाई सहयोग गर्नु हुने सहयोगी दाता हरुलाइ सम्मान गर्दा लिएको तस्बिरहरु

Want your business to be the top-listed Government Service in Bhairahawa?

Click here to claim your Sponsored Listing.

Location

Category

Website

Address


Naya Gaun Rani Gaun
Bhairahawa