14/05/2026
रास्ट्रिय स्वतन्त्र पार्टी सिद्धार्थनगर नगर पालिका वडा न १२, १३ र ६ को प्रथम वडा अधिवेशन सम्पन्न गर्नु पर्ने भयको हुँदा यस क्षेत्रका माननीय ज्यु हरु केन्द्रिय पदाधिकारी सदस्यहरु ,केन्द्रिय बिभाग पदाधिकारी सदस्यहरु ,प्रदेश पदाधिकारी सदस्यहरु प्रदेश सल्लाहकारहरु प्रदेश बिभाग पदाधिकारी सदस्यहरु जिल्ला पदाधिकारी सदस्यहरु जिल्ला संगठनबिभाग पदाधिकारी सदस्यहरु निर्वाचन क्षेत्र पदाधिकारी सदस्यहरु नगर पदाधिकारी सदस्यहरु सम्पुर्ण वडा सभापति पदाधिकारी तथा पार्टी सदस्य शुभेच्छुक हरु निम्न मिति समय र स्थानमा उपस्थित भइ दिनु हुन हार्दिक अनुरोध गर्द्छु। मिति: २०८३/०२/०२ र ३ गते शनिबार र आइतबार समय : बिहान ११ बजे र २ बजे स्थान :युनिक ब्याकेट पिपलबोट डाडागाउं र गल्ला मण्डी आयोजक: सिद्धार्थनगर १२,१३, ६ वडा समिती
01/05/2026
भोलि दिउँसो ठिक १:०० बजे बुद्ध शान्ति पथको सामुदायिक भवनमा यस सिद्धार्थनगर वडा नम्बर ३ को प्रथम वडा अधिवेशन मा अतिथिको रूपमा उपस्थितिको लागि हार्दिक निमन्त्रणा गर्दछौं।
धन्यवाद !
29/04/2026
सरकारले फिर्ता लियो पहुँचका भरमा प्रयोग गरिएका ६२२ गाडी !!
18/04/2026
राष्ट्रिय स्वतन्त्र पार्टी रुपन्देहीको मायादेवी गाउँपालिका वडा नम्बर ४ र ३ को तदर्थ समिति गठन कार्यक्रम आज मिति २०८३ वैशाख ५ गते सम्पन्न भएको छ।
18/04/2026
प्रतिनिधिसभा सदस्य सांसद पदमा समानुपातिक तर्फबाट यस रूपन्देही जिल्ला क्षेत्र नम्बर ३ बाट पर्न सफल माननीय पुनम कुमारी अग्रवालज्यूलाई जन्मदिनको हार्दिक मङ्गलमय शुभकामना व्यक्त गर्दछौं।
राष्ट्रिय स्वतन्त्र पार्टी
जिल्ला कार्यसमिति, रुपन्देही
16/04/2026
यस्ता छन् पार्टीले टुंगो लगाएको समित सभापतिका उम्मेदवारहरु
हेर्नुहोस्
कानून, न्याय तथा मानवअधिकार समिति- समीक्षा बाँस्कोटा
पूर्वाधार विकास समिति - आशिष गजुरेज
राज्य व्यवस्था तथा सुशासन समिति- हरि ढकाल
कृषि, सहकारी तथा प्राकृतिक स्रोत समिति- अशोककुमार चौधरी
सार्वजनिक लेखा समिति- प्रतिपक्ष दल
महिला तथा सामाजिक मामिला समिति- आकृति अवस्थी
उद्योग वाणिज्य र श्रम तथा उपभोक्ता हित समिति रहबर अन्सारी
शिक्षा, स्वास्थ्य तथा सूचना प्रविधि समिति ओस्वी शेरचन
अन्तर्राष्ट्रिय सम्बन्ध र पर्यटन समिति- सुम्निमा उदास
अर्थ समिति - कृष्णहरि बुढाथोकी
संसदीय सुनुवाइ समिति - बोध नारायण श्रेष्ठ
राज्यका निर्देशक सिद्धान्त, नीति र दायित्वको कार्यान्वयन अनुमगन तथा तथा मूल्यांकन गणेश कार्की
15/04/2026
आगामी ५ वर्षमा १५ लाख रोजगारी र एआई निर्यातसहितका १० राष्ट्रिय प्रतिबद्धता
आगामी पाँच वर्षभित्र देशको आर्थिक वृद्धिदर ७ प्रतिशत पुर्याउने र १५ लाख नयाँ रोजगारी सिर्जना गर्ने लक्ष्यसहित राष्ट्रिय प्रतिबद्धता सार्वजनिक गरिएको छ । यसमा गरिबी १० प्रतिशतमा झार्ने, ३० हजार मेगावाट विद्युत् उत्पादन गर्ने र नेपाललाई एआई निर्यात गर्ने देशका रूपमा विकास गर्ने जस्ता महत्त्वाकांक्षी योजना समेटिएका छन् । पूर्वाधार, पर्यटन र स्वास्थ्य क्षेत्रको बजेट बढाउँदै देशको समग्र विकासलाई गति दिने लक्ष्य राखिएको ।
14/04/2026
{२०८२ }वर्षको अन्त्यमा राष्ट्रिय स्वतन्त्र पार्टी रूपन्देही जिल्ला कार्य समितिको आयोजनामा यस क्षेत्रबाट प्रतिनिधिसभा सदस्य मा निर्वाचित हुनुभएका ५ जना प्रत्यक्ष सांसद र ५ जना समानुपातिक सांसद लाई बधाई ज्ञापन तथा नयाँ वर्ष २०८३ को शुभकामना आदानप्रदान गर्ने कार्यक्रम भव्यताका साथ सुसम्पन्न भयो।