02/10/2026
जानकारी तथा अनुरोध
श्री सम्पूर्ण विद्यालय,
माध्यमिक शिक्षा परीक्षा (SEE) २०८२ को ग्रेडवृद्धि परीक्षामा सहभागी भई दुई वा दुईभन्दा बढी ग्रेडसिट प्राप्त गरेका तथा ग्रेडसिट एकीकृत (Consolidation) गर्न निवेदन पेस गरेका केही विद्यालयहरूको एकीकृत ग्रेडसिट तथा मूल प्रमाणपत्र सम्बन्धित शिक्षा विकास तथा समन्वय एकाइमा पठाइएको छ।
सम्बन्धित विद्यालयहरूले आफ्नो एकीकृत ग्रेडसिट तथा मूल प्रमाणपत्र सम्बन्धित शिक्षा विकास तथा समन्वय एकाइबाट बुझी लैजानुहुन अनुरोध गरिन्छ।
धन्यवाद।
विशेष जानकारीका लागि: National Examinations Board