Nepal Red Cross Society Bhaktapur District Chapter

Call Directions

Nepal Red Cross Society Bhaktapur District Chapter Community Organization If your are in need of Blood, please contact NRCS Blood Bank, dudhpati Bhaktapur. Number: 016611661

06/10/2026
आज मिति २०८३ साल आश्विन १७ गते शनिबारका दिन बिहान ९ बजेदेखि सञ्चालन हुनेगरी मनोहरा किरात सरोकार समाजको आयोजनामा रक्तदान ...
03/10/2026

आज मिति २०८३ साल आश्विन १७ गते शनिबारका दिन बिहान ९ बजेदेखि सञ्चालन हुनेगरी मनोहरा किरात सरोकार समाजको आयोजनामा रक्तदान उत्प्रेरणा अभिमुखीकरण कार्यक्रम सञ्चालन गरिएको छ । उक्त कार्यक्रममा १७ वटा संघसंस्थाहरूका प्रतिनिधिहरूको सहभागिता रह्यो। साथै सो समाजले आगामी मिति २०८३ आश्विन २३ गते बृहत रक्तदान कार्यक्रम गर्ने निर्णय गरिएको छ।

पछिल्लो समय नेपालभर भइरहेको निरन्तर वर्षाका कारण भक्तपुर जिल्लाका विभिन्न स्थानमा पहिरो, भू–क्षय तथा जमिन कटानको जोखिम ब...
26/09/2026

पछिल्लो समय नेपालभर भइरहेको निरन्तर वर्षाका कारण भक्तपुर जिल्लाका विभिन्न स्थानमा पहिरो, भू–क्षय तथा जमिन कटानको जोखिम बढेको छ। विशेषगरी भिरालो भू–भाग तथा जोखिमयुक्त बस्तीहरूमा वर्षाका कारण समुदायको जनजीवन तथा भौतिक संरचनामा समेत जोखिम उत्पन्न भएको देखिएको छ।
नेपाल रेडक्रस सोसाइटी भक्तपुर जिल्ला शाखाले जिल्लाका विभिन्न स्थानमा देखिएका जोखिमपूर्ण अवस्थाको अनुगमन तथा जानकारी संकलन गरिरहेको छ। प्रस्तुत तस्वीरहरू भक्तपुरका विभिन्न स्थानमा वर्षाका कारण देखिएको पहिरो तथा जोखिमपूर्ण अवस्थाका केही दृश्यहरू हुन्।
यस अवस्थालाई मध्यनजर गर्दै जोखिमयुक्त क्षेत्रका बासिन्दाहरूलाई सतर्क रहन, पहिरो तथा भू–क्षयको जोखिम भएका स्थानमा अनावश्यक आवतजावत नगर्न तथा सम्भावित विपद्का लागि पूर्वतयारी अवस्थामा रहन नेपाल रेडक्रस सोसाइटी भक्तपुर जिल्ला शाखा हार्दिक अनुरोध गर्दछ।
साथै, कुनै जोखिमपूर्ण अवस्था देखिएमा सम्बन्धित स्थानीय तह, सुरक्षा निकाय तथा नेपाल रेडक्रसका स्वयंसेवक/सम्बन्धित निकायलाई तत्काल जानकारी गराउन अनुरोध गरिन्छ।
सतर्क रहौँ, सुरक्षित रहौँ।
विपद्को जोखिम न्यूनीकरणमा सबैको सहकार्य आवश्यक छ।

👁️ ज्येष्ठ नागरिक लक्षित आँखा शिविर सम्पन्ननेपाल रेडक्रस सोसाइटी भक्तपुर जिल्ला शाखा र सूर्यविनायक नगरपालिकाको साझेदारी ...
24/09/2026

👁️ ज्येष्ठ नागरिक लक्षित आँखा शिविर सम्पन्न

नेपाल रेडक्रस सोसाइटी भक्तपुर जिल्ला शाखा र सूर्यविनायक नगरपालिकाको साझेदारी तथा स्विस रेडक्रसको सहयोगमा सञ्चालित स्वस्थ्य बुढ्यौलीका लागि सहरा परियोजना अन्तर्गत सूर्यविनायक नगरपालिका वडा नं. १० मा ज्येष्ठ नागरिक लक्षित निःशुल्क आँखा शिविर सञ्चालन गरिएको छ।

ज्येष्ठ नागरिक समन्वय समितिको समन्वय तथा ख्वप आँखा अस्पतालको प्राविधिक सहयोगमा सञ्चालन गरिएको उक्त आँखा शिविरमा २०० भन्दा बढी ज्येष्ठ नागरिकहरूले आँखा परीक्षण तथा स्वास्थ्य सेवा प्राप्त गर्नुभएको छ।

ज्येष्ठ नागरिकहरूको आँखाको स्वास्थ्यमा पहुँच अभिवृद्धि गर्दै समयमै आँखासम्बन्धी समस्या पहिचान तथा आवश्यक परामर्श र सेवामा सहजीकरण गर्ने उद्देश्यले शिविर सञ्चालन गरिएको हो।

यस कार्यक्रमले ज्येष्ठ नागरिकहरूको स्वास्थ्य प्रवर्द्धन तथा स्वस्थ्य र सक्रिय बुढ्यौलीका लागि महत्वपूर्ण योगदान पुर्‍याएको छ।

#नेपालरेडक्रस #भक्तपुरजिल्लाशाखा #स्वस्थ्यबुढ्यौली #सारापरियोजना #ज्येष्ठनागरिक #आँखाशिविर #सूर्यविनायकनगरपालिका

24/09/2026

📢 सतर्कता तथा तयारी सम्बन्धी सूचना

हाल निरन्तर वर्षा भइरहेको तथा आजदेखि आगामी असोज १२ गतेसम्म उच्च जोखिमको अवस्था रहन सक्ने पूर्वानुमानलाई मध्यनजर गर्दै नेपाल रेडक्रस सोसाइटी भक्तपुर जिल्ला शाखाले आफ्ना प्रशिक्षित स्वयंसेवक तथा कर्मचारीहरूलाई सतर्क अवस्थामा रहन र सम्भावित विपद् प्रतिकार्य तथा परिचालनका लागि तयारी अवस्थामा रहन अनुरोध गर्दछ।

साथै, भक्तपुर जिल्लाका सम्पूर्ण समुदाय तथा सर्वसाधारणमा पनि मौसमको अवस्थाप्रति सतर्क रहन, आवश्यक सावधानी अपनाउन तथा आफ्नो र आफ्नो परिवारको सुरक्षालाई प्राथमिकता दिन हार्दिक अनुरोध गर्दछौँ।

🌧️ अनावश्यक रूपमा जोखिमयुक्त स्थानमा नजानुहोस्।
⚠️ खोला, नदी तथा जलमग्न क्षेत्रको आसपास सावधानी अपनाउनुहोस्।
🏠 सम्भावित जोखिमको पूर्वतयारी गर्नुहोस् र आपतकालीन अवस्थामा सुरक्षित स्थानमा जान तयार रहनुहोस्।
📱 आधिकारिक सूचना तथा मौसमसम्बन्धी पूर्वानुमान नियमित रूपमा अनुसरण गर्नुहोस्।

सतर्क रहौँ, सुरक्षित रहौँ।
नेपाल रेडक्रस सोसाइटी
भक्तपुर जिल्ला शाखा

Address

Dudhpati
Bhaktapur

Telephone

+97716611661

Website

Alerts

Be the first to know and let us send you an email when Nepal Red Cross Society Bhaktapur District Chapter posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Shortcuts

Share

Category