JCDS Nepal

Call Directions Website Contact the organization

JCDS Nepal "Helping Community Thrive Sustainably, Not Just Survive"
&
"Campaign Against Human Trafficking"

Jyoti Community Development Service Nepal works together with local communities to prevent human trafficking by providin...
13/10/2026

Jyoti Community Development Service Nepal works together with local communities to prevent human trafficking by providing skills training and income-generating programs that promote economic empowerment, self-reliance, and sustainable livelihoods.

06/10/2026
Community Empowerment and Sustainability:Working together with communities to empower local groups and promote long-term...
30/09/2026

Community Empowerment and Sustainability:
Working together with communities to empower local groups and promote long-term sustainability.

Gen Z Martyrs' Day 2026! जेनजी शहीद दिवस २०८३ !आज भदौ २३ गते, नेपाली राजनीति तथा समाजलाई नयाँ दिशा प्रदान गर्ने ऐतिहासिक...
08/09/2026

Gen Z Martyrs' Day 2026! जेनजी शहीद दिवस २०८३ !
आज भदौ २३ गते, नेपाली राजनीति तथा समाजलाई नयाँ दिशा प्रदान गर्ने ऐतिहासिक ‘जेन–जी आन्दोलन’ को स्मरण तथा सम्मान गर्ने दिन । देशमा सुशासन, पारदर्शिता, डिजिटल अधिकार, सामाजिक न्याय तथा जवाफदेहिताको पक्षमा आफ्नो अमूल्य जीवनको आहुति दिनुभएका सम्पूर्ण वीर युवा सहिदहरूप्रति ज्योति सामुदायिक विकास सेवा नेपाल परिवार भावपूर्ण श्रद्धाञ्जली अर्पण गर्दछ।उहाँहरूको बलिदानले न्यायपूर्ण, समतामूलक, सुशासित तथा उत्तरदायी समाज निर्माणका लागि हामी सबैलाई निरन्तर प्रेरणा प्रदान गरिरहोस् ।उहाँहरूको योगदान र बलिदान सधैँ स्मरणीय रहनेछ।

07/09/2026
मिति २०८३–०५–२० गते शनिबार राष्ट्रिय मानव बेचबिखन तथा ओसारपसार विरुद्धको २०औँ राष्ट्रिय दिवस!“प्रविधिको सही प्रयोग र सजग...
05/09/2026

मिति २०८३–०५–२० गते शनिबार राष्ट्रिय मानव बेचबिखन तथा ओसारपसार विरुद्धको २०औँ राष्ट्रिय दिवस!
“प्रविधिको सही प्रयोग र सजगता : मानव बेचबिखनरहित राष्ट्र निर्माणमा ऐक्यबद्धता”

बाढी निम्त्याएको विषम परिस्थितिका कारण यस वर्ष यस दिवसका अवसरमा कुनै औपचारिक कार्यक्रम आयोजना गर्न नसकिएको भए तापनि मानव बेचबिखन तथा ओसारपसारको रोकथाम, नियन्त्रण तथा पीडितको संरक्षण र पुनर्स्थापनाका लागि ज्योति सामुदायिक विकास सेवा नेपाल (JCDSN) को प्रतिबद्धता निरन्तर कायम रहनेछ। साथै, यस विषम परिस्थितिमा मानव बेचबिखन तथा ओसारपसारका गतिविधिहरू अझ बढ्न सक्ने सम्भावना रहने भएकाले सम्पूर्ण नागरिक तथा सरोकारवाला पक्षले आ–आफ्नो तह र क्षेत्रबाट विशेष सजगता, सतर्कता तथा सचेतना अपनाउन हार्दिक अुनरोध छ ।

प्रविधिको सही तथा सुरक्षित प्रयोग, सचेतना र प्रभावकारी समन्वय तथा सहकार्यका माध्यमबाट मानव बेचबिखनरहित राष्ट्र निर्माणमा ऐक्यबद्ध बनौँ।

मानव बेचबिखन भनेको के हो, यो कसरी हुने गर्दछ र यसको रोकथाम तथा नियन्त्रण कसरी गर्न सकिन्छ भन्ने विषयमा हामी सबै सचेत र ज...
05/09/2026

मानव बेचबिखन भनेको के हो, यो कसरी हुने गर्दछ र यसको रोकथाम तथा नियन्त्रण कसरी गर्न सकिन्छ भन्ने विषयमा हामी सबै सचेत र जानकार हुनु आवश्यक छ। मानव बेचबिखनबाट आफू तथा अरूलाई सुरक्षित राख्न यसका कारण, स्वरूप, जोखिम तथा रोकथामका उपायहरूबारे जानकारी राख्नु अत्यन्त महत्वपूर्ण हुन्छ।

बिदाइ तथा स्वागत कार्यक्रम !मिति २०८३/०५/१७ गते सशस्त्र प्रहरी बल, नेपाल सीमा सुरक्षा गुल्म हे.क्वा., वीरगञ्ज, पर्सामा क...
03/09/2026

बिदाइ तथा स्वागत कार्यक्रम !
मिति २०८३/०५/१७ गते सशस्त्र प्रहरी बल, नेपाल सीमा सुरक्षा गुल्म हे.क्वा., वीरगञ्ज, पर्सामा कार्यरत सशस्त्र प्रहरी नायब उपरीक्षक (DSP) श्री विकास अधिकारीज्यूको बिदाइ तथा सशस्त्र प्रहरी नायब उपरीक्षक (DSP) श्री श्याम महर्जनज्यूको स्वागत कार्यक्रम ।
यस अवसरमा सशस्त्र प्रहरी DSP श्री विकास अधिकारीज्यूलाई उहाँले पुर्‍याउनुभएको योगदानका लागि हार्दिक धन्यवाद तथा आगामी कार्यकालका लागि सफलताको शुभकामना व्यक्त गर्दै नयाँ जिम्मेवारीसहित आउनुभएका सशस्त्र प्रहरी DSP श्री श्याम महर्जनज्यूलाई हार्दिक स्वागत तथा सफल कार्यकालको शुभकामना व्यक्त गर्दछौँ।

ज्योति सामुदायिक विकास सेवा नेपाल (ज्योति नेपाल)
पर्सा शाखा कार्यालय

"6th Annual General Meeting Successfully Completed"ज्योति सामुदायिक विकास सेवा नेपालको छैठौँ वार्षिक साधारण सभा आज मिति ...
31/08/2026

"6th Annual General Meeting Successfully Completed"
ज्योति सामुदायिक विकास सेवा नेपालको छैठौँ वार्षिक साधारण सभा आज मिति २०८३ साल भदौ १५ गते सोमबार भरतपुर–११ मा संस्थाका अध्यक्ष श्री चोक बहादुर सुनारज्यूको अध्यक्षतामा सफलतापूर्वक सम्पन्न भएको छ।

संस्थाको उद्देश्य, कार्यक्रम तथा आगामी कार्यदिशालाई अझ प्रभावकारी, पारदर्शी र उत्तरदायी रूपमा अघि बढाउने प्रतिबद्धतासहित सम्पन्न यस महत्वपूर्ण अवसरमा उपस्थित प्रमुख अतिथिज्यू, विशिष्ट अतिथिज्यूहरू, अतिथिज्यूहरू, सञ्चालक समितिका पदाधिकारी तथा सदस्यज्यूहरू, साधारण सदस्यज्यूहरू, कर्मचारीहरू तथा सम्पूर्ण शुभेच्छुकहरूमा हार्दिक धन्यवाद तथा आभार व्यक्त गर्दछौँ।

सामाजिक न्याय, मानव मर्यादा र समुन्नत समुदाय निर्माणको यात्रामा ज्योति सामुदायिक विकास सेवा नेपाल निरन्तर प्रतिबद्ध रहनेछ।

Address

Bharatput/11
Bharatpur
44200

Alerts

Be the first to know and let us send you an email when JCDS Nepal posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Contact The Organization

Send a message to JCDS Nepal:

Shortcuts

Share

Category